Category Archives: गीत

Songs

गीत : चर्किएको ऐना हेर्दा

~दीपक जडित ~ चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें । ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें । बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियो तिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियो आज फेरी तिमीलाई आफ्नै दाँया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : च्वास्स मुटु दुख्दो रैछ

~बिमल गिरी~ च्वास्स मुटु दुख्दो रैछ आफ्नै मान्छे टाढि दिँदा मन हलुँगो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा बैँस बगी टाढा पुग्यो जीन्दगीको हिउँद सँगै विरक्तिन्छु सुनसानमा उदासिन यो बतास सँगै जीवन भारि हुँदो रैछ आफ्नै मान्छे टाढी दिँदा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा तारा झर्यो, शोकाकुल पारी।

~हस्त गौतम “मृदुल”~ एउटा तारा झर्यो, शोकाकुल पारी। पाइदैन दर्शन कठै, गयो मायाँमारी। स्तब्ध पारीकन भौतिक चोला छोडयौ। कैले भेट नहुने गरी पाइलाहरु मोड्यौं। अनयासै दुखद खबर धर्ती भरी छायो। श्रद्धान्जली अर्पन गर्ने कस्तो बेला आयो।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्लाई जस्तै जिन्दगीको माया

~निरोज~ तिम्लाई जस्तै जिन्दगीको माया धेरै धेरै लाग्छ पराईलाई सिउँदो सुम्प्यौ तर तिमी मेरै लाग्छ पधेँरीमा तिम्रो गाग्री मैले समाई बोकाई दिन्थे भिर पहिरोमा हिँड्नु पर्दा तिम्रै हात समाई दिन्थे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ढुंगे मन पग्लिएन ….

~दोषबिहिन टुहुरी~ ढुंगे मन पग्लिएन सकिएन सम्झाउन लाई हार भयो मेरो आज जिन्दगीमा हार भयो सपना त देखाको थिन भनेकै थे मेरो ब्यथा कसैले कै सुनायो कि बुझिनौ तिम्ले कथा बगरको घर हो मेरो छाल सगै भत्की जान्छ हिमालको हिउ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मलाई त घाउ छोप्ने बहाना हो हाँसो

~दिनेश अधिकारी~ मलाई त घाउ छोप्ने बहाना हो हाँसो दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो खुसी जस्तो देखिन्छु म पीर लुकाउन हेर्नेको मन् तर त्यही सतहमा खस्यो ! के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म अघि बढ्ने ठाउँ … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हिजो राती गोली चल्दा

~इश्वर चाम्लीङ्ग~ हिजो राती गोली चल्दा लुक्न भने मलाई बर्ुइकलमा आमा तिमी कहाँ लुक्यौ, बाबा तिमी कहाँ लुक्यौ, आउन अब विहान भयो एक्लै छु है मत घरमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : डाँडैनेरि देखेर जून

~स्व. स्वप्निल स्मृति~ डाँडैनेरि देखेर जून छुन खोजेँ टाढा रै’छ दुखियालाई आफ्नै आँशु ए..लै..सुनको बाला रै’छ कर्कलाको पातमाथि नाचिरह्यो शित मोती जिन्दगीलाई त्यै मोतीले सोचेँ सजाऊँ एकचोटी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मन भरि आशा

~मन्जील दिप शुब्बा ‘गरिव’~ मन भरि आशा बोकी कल्पी बस्छु मुटु भरि माया साची अझै बाच्छु तिम्रो आगमनको सुनौलो बिहानिमा ! बशन्तको वहाँर बनी छाई दिन्छु आशाहरु जलन भएर किनार खोज्दै बगे भने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फेवा तालमा साईली

~किरण घिमिरे~ फेवा तालामा साईली डुङ्गा सलाल संझनामा तिम्रो तस्वीर झलल सेती नदी साईली बग्यो सलल संझनामा तिम्रो तस्वीर झलल

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गीत : मेरो ईच्छा लत्याउने तिम्रो

~मालती श्रेष्ठ~ मेरो ईच्छा लत्याउने तिम्रो मन पापी तिम्रो लागि मरिमेट्ने मेरो मन पापी किन बोक्नु मैले मात्र भारी सधैं भरी छुट्याईदिन सके हुन्थ्यो मायाँ बराबरी बाँच्न गाह्रो निर्दोषी भै दोषकोअर्को खापी तिम्रो लागि मरिमेट्ने मेरा मन पापी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घर छोडी परदेश लाग्दा

~गणेश रसिक~ घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ कहिले घर फर्कूँ भन्ने रहर मनमा जाग्दो रैछ चाहना र इच्छाहरु जिन्दगीमा धेरै थिए जन्मघर झुप्रो नै होस् त्यही घर प्यारो लाग्दो रैछ आमा बाबु दुखी नै हुन् तिनकै माया … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जानिन देह पैले यो प्रेममा डुबाएँ

~भीमनिधि तिवारी~ जानिन देह पैले यो प्रेममा डुबाएँ लागेन हाथ मोती गोता हजार खाएं फक्रे गुलाफ थुंगा देखि भई म मोहित आशा र लालशाले पाऊ उतै बढ़ाएं

Posted in नेपाली गीत | Tagged | Leave a comment

हाँस्य-गीत : कागज काट्ने बन्चरो त काठ कट्ने कैची

~सि यम नेपाल~ कागज काट्ने बन्चरो त काठ कट्ने कैची कुखुराले पाडो पायो छक्क पर्यो भैंसी आहै ! भिगी भिगी रातोमे , मिठी मिठी बातोमे भरी बर्षातोमे कैसा लगता है ? यैसा लग्ताहै मेरे मन के बादल, तिमी बजाउ मादल … Continue reading

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : मलाई जस्तो पिर व्यथा

~राजेश रुम्बा लामा ‘अतृप्त’~ मलाई जस्तो पिर व्यथा अरु कसलाई होला, बग्छ आँशु आँखाबाट जस्तै कालीखोला … (बाँचे छु सँधै भरि, चोटै चोटमा कहिल्यै लाली छैन हजुर ,मेरो ओठमा !)2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अब के बाँकी छ र

~राकेश कार्की~ अब के बाँकी छ र सबै दिइसकेँ पिउदा पिउदै रहरहरु सबै पिइसकेँ सबैको माया किन एउटै हुन्न मेरो जस्तै तिम्रो किन मुटु छुन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भरियाको गीत

~किशोर चाम्लिङ~ बगरको प्यासमा पनि पाइएन पानी पिउन भरियाको जीवन हजुर गाह्रो भयो जिउन उकाली र ओरालीमा पसिनाको खेती आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति इज्जतको भोटो हजुर सकिएन सिउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बादल बनाइदेऊ

~नीर शाह~ बादल बनाइदेऊ आकार बदल्न सकुँ क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी चूपचाप सहूँ कसरी आफ्नै बदनामी सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सगरमाथा रङ्गिनेछ

~विशद~ सगरमाथा रङ्गिनेछ गुराँसको रङमा माटो बग्नेछ हाम्रो आफ्नै धड्कनमा आफै बुन्छौ कंचनजङ्गा आफै चुन्छौ स्वतन्त्रता फिर्ता ल्याउँछौं नैनीताल आँदो साउनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फुल्छु भन्थेउ मनै भरी

~अनुराग कंडेल~ फुल्छु भन्थेउ मनैभरी अनयासै झर्यौ किन? डेरा जमाइ मुटु माझ फेरी पर सर्यौ किन? मन्को घाऊ बल्झिएर पीडाहरु सल्बलाउछन् तिम्रै याद सिरानीमा सारा रात खल्बलाउछन् जानु रैछ मुटु रेटी झुठा बाचा गर्यौ किन?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गैर आवासीय नेपाली

~मित्रलाल पार्दे~ एक पटकको नेपाली हामी सधैंको नेपाली नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली बगेको छ छातीमा हाम्रो स्वाभिमानी रगत लुकेको छ पाखुरीमा हाम्रो संसार हाक्ने तागत बलेको छ आगो तालुमा हाम्रो वैभव नेपाल बनाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बुद्धलाई अपनाऊ, शान्ति मिल्नेछ !

~ज्ञानेन्द्र गदाल~ रिसले होइन मायाले पो, संसार जितिन्छ आफ्नै मनभित्र खोज, बुद्ध भेटिन्छ । सत्कर्मले जिन्दगीलाई, बाटो देखाउंछ सत्धर्मले जिन्दगीलाई, जिउन सिकाउँछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गल्ति मेरो

~सागर बस्नेत~ गल्ति मेरो दोषी मै हु के छ सजाय ! मिल्छ भने माफ गरिदेउ मैले बिराए !! रिस हो कि डाहले हो जल्छ मेरो मन ! खडेरीको पत्कर सरि बल्छ मेरो मन !! अरुसंग हास्दा तिमि, आखा भिझाए !!!

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कञ्चन तिम्रो रूप

~चर्चित ढुङ्गेल~ समुन्द्रको पानीजस्तो कञ्चन तिम्रो रूप अप्सराकी रानीजस्तो भन्छन् तिम्रो रूप

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चाहिन्न विहानी मझेरिमा

~ज्ञानेन्द्र गदाल~ तिमी उदायौ जून बनेर यो रातको अंधेरिमा, मात्र वादल नलागोस् अब चाहिन्न विहानी मझेरिमा । दिनको वयान म के गरुं, रोएकै छु सधैं फगत बरु आनन्द छ रात मै, तिमी हुंदाको यो बखत । तिम्रो शितल रोशनीले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घाउ त घाउ न हो

~सुजन बैरागी~ घाउ त घाउ न हो बल्झी बल्झी दुख्छ यात्रा न हो जिन्दगी अल्झि अल्झि दुख्छ सधैँ हाँसी खुसी बाचौ सबैले यही चाहन्छ सुख मात्र हुन्न जीवन दुःख तिर गई अल्झन्छ हृदयमा घाउ लागेसी बल्झि बल्झि दुख्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मनमा माया

~महेश बर्तमान रानामगर~ मनमा माया छैन हजुर देवतालाई चढाईंदिए धोका मात्र पाएपछि म त हजुर ढुङ्गा भएँ आस्था जगाई ढुङ्गा उठाई देउता भनि पुजौला चोखो दिलले,भत्तिभावले अर्पण पनि गरौला निरर्थक तिम्रा पुकार म त हेर निर्जिव भए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पुग्नु टाढा छ

~नाकिमा~ घामले आँखा खोलिसक्यो पाखा-पर्वत चुमिसक्यो उठ ए मान्छेहरु पुग्नु टाढा छ । पीठो-गुन्द्रुक उमालेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो होइन आँसु दिएँ

~श्रमिक बराल~ आगो माग्न आयौ तिमी मेरो अँगेनीमा आगो होइन आँसु दिएँ झार्दै परेलीमा आफै वाचा गरिकन कसम आफै खायौ आफ्नै कुरा गरिकन मेरो हात माग्यौ ओत माग्न आयौं तिमी मेरो बलेँसीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बारीको कान्लो

~निष्प्रभ सजी~ बारीलाई कान्लो चाहिएको छ, खेतलाई आली चाहिएको छ मेरो देशको सीमानामा भने पर्खाल हैन नेपाली चाहिएको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँगा बाट झरेको फूल

~“जीवन्त” रुकु~ बतासले हागाबाट एउटा फुल झारिदियो एक्लो भै छट्पटायो हुरीले बिचल्ली पारिदियो मुटु भित्र बस्ने फूल सडकको बास आखा भित्र हास्ने फूल भयो आज लास बोटलाई के भयो र दुख पनि लागेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सोचे जस्तो हुन्न जिवन

~दिनेश अधिकारी~ सोचे जस्तो हुन्न जिवन सम्झे जस्तो हुन्न जिवन जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जिवन पिरहरु बटुलेर रोइरहूँ जस्तो लाग्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment