Category Archives: गीत

Songs

गीत : फर्कि कतै आइन भने

~भाग्‍य‌ लिम्‍बु‌ ‘भगी’~ फर्कि कतै आइन भने मेरो बाटो नकुर्नू आउन खोज्दै मरे भने मलाइ सम्‍झी नरुन आंखा रसाइ आयो भने आकाश हेरि रोइदिनू मनको वह ओर्लिआए यहि धर्तिमा पोखिदिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपना ति काँचसरी

~नवराज ‘नबोदित’~ सपना ति काँचसरी,टुटेपछि थाहा पाएँ । तिम्रो माया तिमीसंग,छुटेपछि थाहा पाएँ । सोच्या थि’न पर्देशी म,बन्नु पर्ला कुनै दिन नरोएर बसेको पल् , छैन आज एकैछिन आँखा बाट आँशुको मुल्,फुटेपछि थाहा पाएँ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दियौ हात तिमीले र मैले समाएँथे

~भगवती बस्नेत~ दियौ हात तिमीले र मैले समाएँथे सँगै सँगै हाँसी खुशी हिड्दा रमाएँथे अनायसै आज तिमी टाढा भयौ किन जान्ने रैछौ तिमी साह्रै मन्मा चोट दिन तिम्रै निम्ति सारा नाता टाढा बनाएँथे तिमी सँगै जिउन पाउँदा धेरै रमाएँथे निष्ठूरीको … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मै नरहे मेरो लागि

~जनकराज पौडेल~ मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र बाँचुन्जेल संसार छ भने अरू केको डर मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ म बगे यो नदी बग्छ, … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : देशको गीत

~क्षेत्रप्रताप अधिकारी~ मलाई सञ्चो छैन तर देशलाई सञ्चो भइरहोस् म त आउँछु जान्छु तर यो देश सधैं रहिरहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

भजन : दुर्गा स्तुती

~आचार्य प्रभा~ हे दुर्गा भवानी,सबकी माता तिमी हौ हाम्रो भाग्य बिधाता गर्छौं अर्चना राखेर मनमा तिम्रै विश्वास फिँजाइे जनमा

Posted in नेपाली भजन | Tagged | Leave a comment

गीत : एउटा मान्छेको मायाले कति

~चाँदनी शाह~ एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : शुभकामना भरी

~चाँदनी शाह~ शुभकामना भरी हरेक स्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पसिनाको जलैले

~नीर शाह~ पसिनाको जलैले, मेहनतको मलैले हामी आफ्नो भाग्य लेख्छौं, आफ्नो पाखुराको बलैले हिमाली रगत नेपाली मुटु बाँच्नु पर्दैन कहिले जालै र छलैले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो देखे आगो बन्ने

~नीर शाह~ आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने मलाई यस्तो अस्थीर मन नदेऊ धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका मलाई यस्तो स्पन्दन नदेऊ भावनालाई दुर्भावको तुँवालोले ढाक्छ भन्छन् मनको बह मनमै रहे नराम्ररी पाच्छ भन्छन् मिरमिरेको तिम्रो … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाग्छ फर्कि जाऊ

~योगेन्द्र गिरी “संघर्ष”~ हेरू भेन हे कान्छी डाडैले छेकिनछ नहेरुम त हे कान्छी मनैमा लेखिन्छ मेरो सानो गाऊ प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ बिहानीको मिर्मिरे मै सगरमाथा हँसो हरियाली हुदा खेरी डाफे चरी नाच्यों

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँसु पिएर मुर्छित हुँदा

~दिलिप साम्पाङ राई~ म आँसु पिएर मुर्छित हुँदा तिमी विजयउत्सव मनाइरहेथ्यौ म वियोगमा छटपटाइरहँदा तिमी प्रणय बन्धनमा रमाइरहेथ्यौ तिम्रो संसार बेग्लै रहेछ मैले कहिल्यै चिन्नै सकिन पैसामा बिक्ने तिम्रो मायालाई मैले कहिल्यै किन्नै सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाग्छ फूलहरुको हाँसो फिका

~तिब्बत दर्लामी~ तिम्रो मुश्कान हेर्दा लाग्छ फूलहरुको हाँसो फिका जून तारा भन्दा राम्रो त्यो निधारको रातो टिका । ओठ राम्रो आँखा राम्रो अनि नाकको फूली राम्रो कालो-कालो बादलु झैं कपालको चुल्ठी राम्रो कुहुकुहु कोइली भन्दा लाग्छ तिम्रै बोली मीठा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँगै भाँची फाल्यौ

~मनु लोहोरुङ राई~ हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें छातीमाथि कुल्चिएको हजार चोट भुलें म माथि शीत-घाम, रमाई डुल्दा पनि दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि प्रकृतिको नियमै हो, झरें र नि फुलें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ओभाएनन् आँखाहरु……..

~मनु लोहोरुङ राई~ ओभाएनन् आँखाहरु,हजार कल्पनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले चाडबाड लाग्यो भन्छन्,सबै साथीभाइ कहाँ रम्न पाउनु छ र ?यो जिन्दगीलाई सिमा नाघी पर्देश आएँ, केको तिर्सनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आफ्नो छायाँ भन्दा नजिक……

~मनु लोहोरुङ राई~ आफ्नो छायाँ भन्दा नजिक,भै’छौ तिमी साथी तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती थाहै नपाई तिमीभित्र आफैलाई हराएछु सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धड्कनलाई बचाई राख्ने मेरा दुई हात….

~मनु लोहोरुङ राई~ धड्कनलाई बचाई राख्ने मेरा दुई हात पौरख र पाखुरी नै मेरो जीवन साथ कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर मलाई पनि मन्त थियो, घुम्नलाई सहर

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेक फुल्यो लाली गुराँस

~शिबराज उप्रेती~ लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी माया डोरीको

Posted in नेपाली गीत | Tagged | Leave a comment

डल्ली मगर्नी

~जंगबहादुर गन्धर्व~ डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि पीर पर्या सि हो सुन माया

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपनामा सधैं तिम्रै

~बिक्रम सापकोटा~ सपनामा सधैं तिम्रै याद आउँछ तिम्रो यादले मेरो छाती चस्की चस्की दुख्छ सपनामा सधैं ******************** सपनामा होइन तिमी बिपनामा आईदेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धेरै धेरै भयो

~महेश बर्तमान रानामगर~ धेरै धेरै भयो मैले हाँस्न बिर्सेंको अरुहरु हाँस्दा मन दुख्ने रोगी भएको एकान्त एकलासमा मन उजाड उदास भएको हरेक साझ पिडा भुल्ने बहानामा पिउन थालेको धेरै भयो एक्लै एक्लै भौतारिन थालेको बनपाखा सारा संसार उजाड लाग्न थालेको … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : लाखौँ जुनी कम हुन्छ

~गणेश रसिक~ लाखौँ जुनी कम हुन्छ तिमीसँग माया लाउन तिमीसँग माया लाउन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो प्यारो ओखलढुंगा

~युग कवी सिद्दीचरण श्रेष्ठ~ जब म चढेर भावको डुंगा सयर गर्छु स्मृतिको प्रिय गंगा स्वप्न गगनबाट सुशीतल जल सुख-स्मृतिको बर्सिन्छ रिमझिम मेरो प्यारो ओखलढुंगा !

Posted in कविता, नेपाली गीत | Tagged | Leave a comment

गीत : चुलेसीले रेटे हुन्छ

~डा.भोला रिजाल~ चुलेसीले रेटे हुन्छ खुकुरीले काटे हुन्छ म त भएँ अचानो जेले जेले हाने हुन्छ मैले मात्रै रुनु पर्ने कर्मै हो कि यस्तो किन भयो जिन्दगानी आज बगर जस्तो सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मैना ए मैना

~डा.भोला रिजाल~ मैना ए मैना तेरो कोही पनि आफ्नो छैन तँलाई मान्छेले पिँजडामा थुनिराखेको मैना ए मैना तेरो आफ्नै जीवन छैन तँलाई जिन्दगीको जन्जीरले बाँधिराखेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गोरेटो त्यो गाउँको

गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : घुम्तीमा नआऊ है

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : वनै खायो डँढेलोले

~कालीप्रसाद रिजाल~ वनै खायो डँढेलोले मन खायो त्यै मोरीको पापी मायाले वनै खायो डँढेलोले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीलाई देख्दा सम्झिन पुग्छु

~प्रकट पंगेनी ‘शिवा’~ थाकेको बेला उकालो बाटो चौतारी टेके झैं तिमीलाई देख्दा सम्झिन पुग्छु छाहारी भेटेझैं

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हाँगा हाँगा वनभरि चैत फुलेछ

~हरीभक्त कटुवाल~ हाँगा हाँगा वनभरि चैत फुलेछ थाहा नपाई मनभित्र बैंस फुलेछ । कता कता कसैलाई भेटे भेटे झैँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न सम्झुँ भन्छु तिमीलाई

~हरिभक्त कटुवाल~ न सम्झुँ भन्छु तिमीलाई नसम्झी बस्न के सक्थें ? नहेरूँ भन्छु तिमीलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उनलाई पीर परेको बेलामा

~हरिभक्त कटुवाल~ आँसुले मेरो कसैको पीर पखाल्न सक्दो हो म रुने थिएँ – आँसुकै एउटा सागर जम्दो हो । मलाई लाग्छ त्यो पीर तिम्रो छातीमा म लिऊँ,

Posted in नेपाली गीत | Tagged | Leave a comment