Category Archives: गीत

Songs

गीत : जननी तिमी

~महेश बर्तमान रानामगर~ जननी तिमी चन्द्रमा जस्तै अधरमा मुस्कान तिमी हाँसे संसार खुसी सधै हाँसन तिमी हाँस्दा संसार हाँस्यो सारालार्ई हँसायो संसारको साहारा तिमी एउटै सृष्टिलार्ई जन्मायो तिम्रो काखमा न्यानो माया मिठो बोली बचन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेचीकाली जस्तो रैछ…..

~मनु लोहोरुङ राई~ मेची-काली जस्तै रै’छ, मानिसको जिवन पनि यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा खहरे झैं उर्लिएर, बग्दो रै’छ जीवन पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : हर दिन दुख्यो

~कृष्ण प्र. पाण्डे~ हर रात दुख्यो हर दिन दुख्यो खप्नै गाह्रो भयो मुटु किन दुख्यो ! पीर वर्षौंको लिएर हो कि! जीवन त मेरो पलपल दुख्यो चाहनेहरुको भिडमा छु , तै पनि एक्लै लाग्छ किन ? सबैले जिए झैं जिएकै … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : देउता पुजाई गाँउको

~चन्द्र कुवँर ‘चन्द्रमा’~ आउँदै छ अनन्त्या पुनी , देउता पुजाई गाँउको । दाईना भया कुल देवता , सन्देश दियाँ नाँउको । । अनन्त्याको मेला होला , मेरा बुढाकोट । पैठ आउन्ना पर्गला आउन्ना , सम्झी मर्म चोट । ।

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : नाकैमा झम्के बुलांकी

~मिन रानाभाट~ शिरैमा लाउली शिरबन्दी नाकैमा झम्के बुलांकी धेरै टार्यौ, भाका सार्यौ अब त घरबार होला की साउने भेल,मायाको खेल हुंदैन पस्न जानि-जानी तिम्रै छु छेउ खाइलाग्दो जिउ केलाई हिंड्छेउ छानि-छानी धेरै छानी नहिंड नानी गालामा चाउरी परिसके ती

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मखमली फूल्यो क्यारे

~गनिन्द्र बिबस~ आगनीको डिल भरि मखमली फुल्यो क्यारे बेसी फाटमा लह लह धानको बाला झुल्यो क्यारे बिबस्ताको जेल बाट सम्झिदैछु चेली तिहार कस्ले बुझ्ने मेरो व्यथा बसेको छु खाली निधार

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भाईटिका थाप्ने रहर

~संकल्प चन्द ठकुरी ‘आँशु’~ भाईटिका थाप्ने रहर यसपालिनी मनमै रहयो | नभएसि कमाई राम्रो घरमा जाने आशै मर्यो | तिहार आयो ढकमक फुलहरु फुल्दै होलान बहिनिहरु बाटो हेर्दै माँला पनि उन्दै होलान भाई बहिनी हुनेहरु टिका थाप्दै रम्दै होलान

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटा कुरा सोध्नु थियो तिमी सँग आज

~दिप्स शाह~ एउटा कुरा सोध्नु थियो तिमी सँग आज सोध्न खोज्छु त्यसैत्यसै ओइरिदिन्छ लाज एउटा कुरा सोध्नु थियो… धेरै भयो हृदयमा उकुसमुकुस भारी मुक्त हुन खोजिरैछु तिमी तिर सारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : श्वास रोकी हेरेँ

~नवीन लामा `सुरेश`~ उन्को प्राण फिर्छ भनी आफ्नो श्वास रोकी हेरेँ कतै छु कि सपनीमा आफ्नै औँला टोकी हेरेँ !! न`त रुन सकेँ मैले न`त बिदा गर्न उनलाई बिर्सीदियो दैवले`नी मैले गर्या सबै गुनलाई भूल हो कि नजरको आँखा पनि … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कलकल निर्मल

~महेश बर्तमान रानामगर~ कलकल निर्मल छहराका गीत हजुर लेख्नै बाँकी छ गुराँस फुल्ने पखेरुको बर्णन हजुर गर्नै बाँकी छ पखपख नुम्बर हिमाल माया प्रीत गाँस्नै बाँकी छ लजाइ–लजाइ दुधकोशी सागरलाई चुम्न आतुर छ सुनाखरी चाँप चिमल फुल्न हजुर अझै बाँकी … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्यारो स्वाभिमान

~मुना निश्चल~ नेपालकी छोरी हुँ म नेपाल मेरो प्राण काचन छ निर्मल छ प्यारो स्वाभिमान देश छोएरै बाँच्छु म त देश ओढेरै हाँस्छु मैले टेक्या माटोसँगै म त नाता गाँस्छु गले गलोस् ढले ढलोस् यही मेरो ज्यान

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : छाति माथि

~महेश बर्तमान रानामगर~ छातिमाथि हात रखि आफ्र्नै मान्छे भन्यौं गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो क्षणभर टाढा हुँदा साह्रै दुःखी बन्छौं स्नेहका आँखा बिछ्याई ठुस्किएर बस्छौ ठुस्किएर नबोल्दा पो धेरै माया लाग्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पहिलो चोटले काट्यो मलाई

~श्रमिक बराल~ पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई कस्ले तानिदिने रै’छ मन, गङ्गासित मनै बुड्यो कस्ले बाँधिदिने रै’छ मन, पवनसित मनै उड्यो चोट पर्दा हाँस्ने आफ्नै थिए दोष दिने कस्ले … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : धेरै हराएँ तिम्रो यादमा

~कृष्ण प्र. पाण्डे~ धेरै हराएँ तिम्रो यादमा पीडै पीडा छ मेरो साथमा आज यो भेट वर्षौँ पछिको लाग्छ देख्दै छु स्वप्न रातमा दैव खेली रह्यो निरस खेलहरु मात्र दिइ रह्यो केवल झेलहरु घात थप्दथ्यो दैव घातमा पीडै पीडा छ मेरो … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाढीले भत्काइदियो

~आर.आर.चौलागाईं~ एउटा बाटो थियो बाढीले भत्काइदियो एउटा सहयात्री थियो समयले छुटाइदियो मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो एउटा फूल थियो हूरीले चुँडाइदियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : तोरियाँ लाग्या झुल

~प्रकाश जे धामी~ घोगा पाक्या सोणा भरी,तोरियाँ लाग्या झुल । परदेशी सम्झि बैरागी हुन्या,,,आँसु धारा मुल ।। धान पागी सिराउली हुन्ना,कठै सकाईल सेरा । जिन्दगी पराय ठाउँ बित्यो,धन्या भाग्य मेरा ।।

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : धेरै भयो सम्झनामा

~दिप्स शाह~ धेरै भयो सम्झनामा तिमी नआएको हृदयको सुनाखरी फुल्न नपाएको घाम जून दिनपनी लाग्नै छोड्यो प्यारो मनको बागमा परिरैछ हरदम तुषारो झल्को आउँछ गुराँश टिपी शिरमा लगाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : फुल चुम्न

~कृष्ण प्र. पाण्डे~ दिल दुख्न यहाँ आँसु झर्नु पर्ने। फुल चुम्न झनै काँढा टेक्नु पर्ने। सब्को मन बुझ्न सकिंदैन सधैं। बुझ्थें होला शायद हुन्थें भने म झैं ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : अन्तै सार्यौ किन

~नवीन लामा `सुरेश`~ मलाई गर्ने माया तिम्ले आज अन्तै सार्यौ किन ? मेरो सामु झार्ने आँशु आज अन्तै झार्यौ किन ? मेरो माया तिम्रै लागी थियो जुनी भरिलाई हुन्थे म`त सँधै तयार तिम्रो लागी मर्नलाई// चोखो हाम्रो नाता थियो आज … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मन खुशी छैन

~महेश बर्तमान रानामगर~ मन खुशी छैन मेरो उच्छ्ववासले छाति खुम्चायो निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो तन रुझाउने झरी पर्‍यो मन रुझाउन आँशु डुबी सक्यो संसार मेरो कुन खुशीमा हाँसु आँशु थामी क्षितिज हेरे तिम्रै याद आयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो धड्कनमा हुन्छु

~दुर्गाबहादुर शाह ‘बाबा’~ मनले बाँध सधंै तिम्रो धड्कनमा हुन्छु त्यही धड्कनको सङ्गीतमा तिम्रो गीत सुन्छु बिनामौसम, बिनाऋतु माया फुल्दो रै’छ त्यही फूलमा भमरा भै’ जीवन भुल्दो रै’छ जिउन जाने कत्ति मिठो जीन्दगीको रङ्ग

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : झण्डा झुक्न दिन्न

~शिव पलाँस~ बरु सहिद बनिदिन्छु झण्डा झुक्न दिन्न यै माटोको कसम खान्छु देश दुख्न दिन्न जब कोही धावा बोल्छ नेपाल राष्ट्रमाथि पर्खाल बनी म उभिन्छु खोली आप्mनै छाती म मरेर केही हुँदैन मुलुक डुब्नुहुन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तुँवालो

~केदार सँकेत~ तुँवालो हो……।तुँवालो हो …॥ तुँवालो जस्तै उन्को त्यो मनमा किन मधुरो छु म कोशेली जस्तै त हो यो जीवन यात्रामा बोकेर हिड्दै छु म । कागजको टुक्रा सम्झेर मलाई कंैचिले टुक्राउदै हिड्छन् समुन्द्रहौ तिमी भन्छन् सबैले पौडीएर उनिहरुनै … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

आधुनिक गीत : म हुँ तिम्रो छुच्चो

~कृष्ण प्र. पाण्डे~ म हुँ तिम्रो छुच्चो तिमी मेरी छुच्ची मेरो पीर मेट्ने ती परेली कुची तिमी प्यार ,खुशी , हाँसो ,मनकी रानी मेरो श्वास तिमी , तिमी जिन्दगानी के के भनुँ अझै छ है लामो सुची

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आशुँ लुकाउन सक्छु

~खहरे~ तिम्रो निम्ती सारा खुशी देखाउन सक्छु। भन्छेउ भने सबै आँशु लुकाउन सक्छु। आकाश हो पिरती यो,जहाँ पुगुँ आशा हुन्छ। निरासको रास भित्र मिठासको बास हुन्छ। तिम्रो निम्ती तिमी भित्रै हराउन सक्छु,

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : सधै हाँसेकै छु

~चन्द्र कुवँर ‘चन्द्रमा’~ दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु । तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । । तिमी सधै खुशी रनु , देउता भाकेकै छु । जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु ।

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : संझनामा टोलाइरहे

~भूमिराज इच्छुक~ बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आज गाउँमै भएको

~केदार श्रेष्ठ ‘गगन’~ सपनीमा देखें आज गाउँमै भएको कान्छी संगै घाँस दाउरा मेला गएको आगनभरि मखमली वेली फूलेको लहलह धानको बेला खेतमा झुलेको साँदेको गुन्द्रुक मकै भटमास मोही खाएको

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सपना बर्खे भेलले लग्यो

~नीलम कार्की निहारिका~ उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो देखेका ति सारा सपना बर्खे भेलले लग्यो छुदै छन् रे सफलताको सगरमाथा उनले टाढै बाट शुभकामना दिई रहन्छ मनले समाज को अघिल्तिर उनी- म बिरानो हिडेका ति कठिन यात्रा भै … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दशै आयो..

~प्रकाश स्याङ्बो~ दशै आयो तिहार आयो गाउँ घरको झल्को आयो नि रूदै होलिन् मेरी आमा परदेशमा रोए म पनि कानमा जमरा निधारमा टिका पोहोर साल लाएको माइतीलाई सम्झी बहिनीले तिहारमा डाकेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

देउडा गीत : अनन्त्या पुनिमा

~चन्द्र कुवँर ‘चन्द्रमा’~ मेरा गाँउमा भोली मेला , अनन्त्या पुनिमा । अब कैले हेर्न पाँउला , पर्देशी जुनिमा । । बुढाकोट रमाईलो डाँडा , खापरमाण्डौ चौर । मन पन एकुल्याई गयो , यै बिराना ठौर । ।

Posted in देउडा गीत | Tagged | Leave a comment

गीत : सुन्धाराको गीत

~हरिप्रसाद काफ्ले “शैब”~ सुन्धाराको पानी प्युने ,ज्युदो ऐले को होला र ढुंगेधाराभरि पानी , देख्ने पनि को होला र ! ! धारा कुवा नदी खोला, पानी हुने ठाउँ भन्थे गाडी कैले आउछ भनी, बाल्टी बोकी कुर्छन ऐले .

Posted in नेपाली गीत | Tagged | Leave a comment