Category Archives: हास्य – व्यङ्ग्य

हास्य – व्यङ्ग्य / Satire – Humor – Comedy

व्यङ्ग्य निबन्ध : भाषण मन्त्रालयको ल्याट्रिनभित्र

~भैरव अर्याल~ …मेरो टेबिलमाथि राखेको काठको टुक्रामा गफ विकास अधिकारी श्री बकमफूस अधिकारी लेखिएको थियो । मलाई जानेआउने कुनै समय थिएन । म चाहेको बेलामा आउन र जान सक्क्थेँ । एक दिन म टेबिलमाथि खुट्टा पसारेर र मेचको अडेसीमा टाउको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : गाह्रो भा‘छ

~मरुभूमि नारायण~ थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छ आइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ । बन्द हड्ताल नानाथरी के के हो हो आजकल बजारमा देख्नै गाह्रो भा‘छ ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हामी एक नम्बरको भाते

~यम घिमिरे~ मान्छेलाई काम नलाग्ने, बेकामे, खाएर मात्र बस्ने अरु केही सीप कौशल जाँगर नभएको भन्नु पर्यो भने हामीले भनिआएको शब्द हो ‘भाते’। तर, हामीकहाँ काम लाग्ने, गरिखाने सीप जाँगर भएकाले पनि खाने भनेको चैं त्यही भात नै हो । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : जुवाडे

~लाल बहादुर ऐयर~ जुवाडेको हातैमा यो तासको छायाँ छ जुवाड़ीलाइ यो तासको असाध्यै माया छ भोक र तिर्खा लाग्दैन मलाई तासमा रमाउदा रत्तिभर पिर पर्दैन साथि, हप्ताको गुमाउदा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली

~चट्याङ मास्टर~ आहा मेरी बुढीको कति मीठो बुढ्यौली अंगुर थियो जवानी, किसमिस भयो बुढ्यौली हिजो म चिटिक्क, चिटिक्कै परेर देखाइदिउँ शहरलाई म कस्तो भनेर हिँड्दा शहरमा नजर के लड्याथिए रंगिन पुतली मनमा उड्याथिए आइन् ती बाला मलाई हेरेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : ठिटो गयो विदेश

~नबराज खड्का~ गयो एउटा ठिटो विदेश कमायन धन के गरोस त विचारा ! हुन त विदेश जान थिएन उसलाई मन आफ्नै देशमा बसी उ बनन चाहान्थ्यो ईन्टरनेशनल डन, के गरोस त विचारा ! डन बन्नलाई चाहिन्छ गन, गन किन्नलाई चाहिन्छ … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : गैँडाल्याण्ड – जिन्दाबाद

~राजेश राई~ भर्खरै सकिएको गैँडा गणनाको सन्तोषप्रद नतिजा सुनेपछि हर्षित त्यो केटो खुशी अनि उत्तेजनाको भावमा आमालाई भन्दै थियो – एउटा कुरा त हामीले बिर्सिएछौँ नि। आमा – के कुरा ? केटो – गणकलाई हाम्रो आफ्नो पूरा थर र आफ्नै … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : साँढे

~लक्ष्मी प्रसाद देवकोटा~ मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मन्त्रिनीलाई मन्त्रीको मन्त्र

~रामकुमार पाँडे~ मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : दशैं

~बद्री पौडेल~ सोचेथें प्रत्येक दशैंमा नेपाल जाउँला बुढा बाआमाको हातबाट टीका लाउँला हरियोपत्ताको लोभी मनले जाने आँट गरेन बाबुआमा मरेर गए पत्तो हातमा परेन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : लोकतान्त्रिक पदावलीको प्रयोग !

~बासु शर्मा~ लोकतन्त्रमा लोकतान्त्रिक आचरणहरु अपेक्षित भएझैँ बोलचाल र लेखापढीका शब्दहरु पनि लोकतान्त्रिक भावना अनुरुप हुन जरुरी छ । सबैले आपूmलाई सो अनुसार अद्यावधिक गर्नै पर्ने हुन्छ । धन्य हो इन्टरनेट ! अनलाइन खबर साइटहरुको उपलव्धताले ज्ञानलाई अद्यावधिक गर्न साह्रै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : माइतीघर आएकी चेलीको कथा

~राजमाया पुतवार~ एकादेशमा एउटी बुढी थिइन् । कुनै बेला उनको नि दिन थियो– लहलहाउँदो बैंस, हरहराउँदो जवानी । बाटोमा जसले देखे नि लोभिन्थे । इस्कुलका केटाकेटीदेखि वृद्धाश्रमका बुढाहरु समेत फिदा थिए उनमा । एक नजर पाउने लोभमा बाटोमा कुरेर बस्थे … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फेसबुक पुराण

~बिम्मी शर्मा~ मार्क जकरबर्गले जबदेखि फेसबुक दुनियाँसामु पस्के, तबदेखि परिवार र समाजमा एउटा जबर्जस्त क्रान्ति नै आएको छ । फेसबुक अर्थात् सबैका लागि आफ्नो र आफ्नो कामको प्रचारप्रसारका लागि निःशुल्क उपलब्ध गराइएको प्लेटफर्म । आफ्ना सबै भावना र सम्भावनालाई फेसबुकमा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : अब बिदेश जाँदैजान्न

~बिश्व बिनोद~ के छक्क परेर अक्क न पक्कहुनु भा’को हँ-म अब बिदेश नजाने नै भा’को हुँ, स्बदेशमै सबैथोक हुने भएपछि किन बिदेश जानुपर्यो र – कुन देश बाँकि छ र घुम्नलाई – पार्टिको काममा , देशको नाममा बिभिन्न ठाम् ठाम्मा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : भूतपूर्व मन्त्री र बहालवाला मन्त्रीको टेलिफोन वार्ता

~राम लोहनी~ भूपू मन्त्री — हेलो! हरिजी हो? बहालवाला — हजुर हजुर! यहाँ “कोपर्नु” भो? भूपू — कोपरेको थिइँन नि। समातेको मात्रै हो। बहालवाला — को बोल्नुभएको भनेको। भूपू — म? म, हरि!

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : आइज राँके आईजा

~उमेश राई~ आईज राँके आइजा यस्पालीचाहिँ लुतो हैन डल्लै नेता लैजा सुत्त छिर्नु मेचीबाट फुत्त जानु कालीबाट हुत्त आउँनु घरबाट लुत्त जानू पालीबाट लुतो हैन यस्पालीचाही भ्रष्ट नेता लैजा आईज राँके आईज आइज राँके आइजा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : फेसबुके फेस

~प्रमोद अमात्य ~ बाङ्गा छन्, सोझा पनि यहाँ गतिछाडा छन्, गतिमान पनि यहाँ पदवाला छन्, पादवाला पनि यहाँ मनचोर छन्, घरफोर पनि यहाँ जति छन् सब छन् फेसबुक भरी फेसबुक बिना चल्छ जीवन कसरी ।। बच्चादेखि बुढाले चलाउने यो फेसबुक … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : महादेवको त्रिशूल

~आषिश श्रेष्ठ~ आज बाटोमा महादेवसँग भेट भयो, शरण परें पाउमाथी,बिस्तारै हातले माथी उठाएर, ग्वाम्लाङ्ग अन्कमाल गरे,चिसा हातले ! म मौका छोपेर कुनै वर माग्ने सुरमा थिएँ, बुढा अचानक घोप्टो परेर रुन लागे, मैले मेरो कान चिमोटें,म विपनामै थिएं,बुढा होशमै थिए … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य व्यङ्ग्य तीज गीत : तीजको लहर

~प्रमोद अमात्य ~ तीजको लहर आयो बरिलै म बुडालाई ज्वरले पार्यो ठहरै बुडीको नयाँ सारी आयो बरिलै बुडीले सुनको चुडी लायो बरिलै

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~ हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मुण्डन

~भैरव अर्याल~ एउटा कुनै देशको संसदमा एकदिन निकै चर्काचर्की भयो । चर्काचर्कीको कारण कुनै राजनीतिक कारण थिएन । तर कुरो के थियो भने एकजना मन्त्रीले अचानक कपाल खौरिएको विषयमा– हिजोसम्म उनको टाउकामा लामा–लामा मुन्द्रे कपाल थियो तर राति अचानक उनको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : अंशबण्डा

~यज्ञराज कार्की~ नेपाल बाजेका ३ वटा छोरा । जेठोको नाम “तेन्जिङ” माइलोको “बिरबहादुर ” र कान्छो को “हरिया” । जमिन्दारको रुपमा कहलिएका नेपाल बाजेको जग्गा जमिनको कुनै हिसाब थिएन । उनका छिमेकी- भरतनारायण र चिनकाजीको गिद्दे नजर उनको जग्गा जमिनमा … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : झवाक ठिटा देख्यौ

~पूर्ण थापा~ सुकुल्गुण्डा जल्गटेलाई लोर्के झवाक ठिटा देख्यौ गाढा माया फिका बनाई डलरको बिटा देख्यौ चोखो माया भुली गयौ पराइ माया मिठा देख्यौ गाढा माया फिका बनाई डलरको बिटा देख्यौ

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : लोकतन्त्र कि भोकतन्त्र ?

~डिल्लीराज अर्याल~ बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति नसप्रे मति मान्छेको सप्रला कसरी गति? उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो हार खाएर मान्छे यो संहारक बनी हिँड्यो सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : डाक्टरको सपना

~अल्पबिराम ~ भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : अर्थ छुट्टै

~प्रेम चापागाईं~ किताब नै छन् झोलामा तर पड्नुको अर्थ छुट्टै लाईन मिची मिची कन अघी बड्नुको अर्थ छुट्टै सगरमाथा सिखरमा पाइला राख्न जाने पनि सिखर चुम्ने बहना रैछ चडनुको अर्थ छुट्टै

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुलुस

~पेशल आचार्य~ ‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’ –एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो । ‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्छ भन न ।’ –अर्कोले अझ फौज्दारी सम्वाद … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य गीति नाटक : दुलहीको खोज

~प्रमोद अमात्य ~ अमेरिकामा: ममी- आउन छोरा एउटा कुरा जरुरी गर्नुछ नेपाल गई दुलही एक तिमीले हेर्नुछ । छोरा – ममीको मन जरुर राख्छु नेपाल म जान्छु नेपाल जाने टिकट पनि अहिले म किन्छु । नेपालमा दुलही खोज्दै:

Posted in नाटक, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

व्यङ्ग्य निबन्ध : केही उखान र केही बूढी

~भैरव अर्याल~ एउटा पुरानो नेपाली रिकर्डमा बराबर सुनिने गथ्र्यो– ‘लौरो टेकी पोइल जाने दाँत फुक्लेकी बूढी’ यो लोकसाहित्यबाट चोरेको तक्मा हो कि गायकले नै जोरेको तुक्का हो– थाहा थिएन । तर यसले एउटा हा“सो उठ्दो चित्र भने मनको आँखा अगाडि … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~ जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै । सोझा जनतालाई बलिको बोको बनाई घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : झोली महिमा

~जे.बी. शेर्पा ~ हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?

~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment