Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : मेरो पाङ्ग्रेलाई कस्तो छ आमा ?

~रमेश विकल~ आलोकले एक दिन स्कुलबाट घर आउँदा एउटा सानो छाउरो लिएर आयो । उसको मनमा धुकचुक थियो । भुस्याहा छाउरो बोकेर आयो भनेर आमाबाले केही भन्नुहुने पो हो कि ! गाली पो गर्नुहुने हो कि ? तर आमाबाले त्यस्तो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल एकाङ्की : नाम तिम्रो काम हाम्रो

~नन्दलाल आचार्य~ पात्रहरू छात्रहरू : नवीन, नरेश र निमेष छात्राहरू : आयुषी, आभा र प्रिन्सिपल (शिक्षक अनुपस्थित कक्षाकोठा । अघिल्ला डेक्सबेन्चहरू भाँचिएका छन् । अटेसमटेस भएर विद्यार्थीहरू पछिल्ला डेक्सबेन्चमा बसेका छन् । कक्षामा अरू खाली डेक्सबेन्च भए पनि रित्ता छन् … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कविता : काखमा रमाएको

~अनुकुल प्रकाश~ सपनीबिच निदरीको काखमा रमाएको, सानी नानी लाग्यो ज्ञानी हेर्दा नीदाएको!! निधारमा गाजलटीका रै’छ लगाएको, चिटिक्कको नाना हेर झनै सुहाएको!!

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : ढड्डु मुसाको बकबक

~विनय कसजू~ कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउथेँः–“राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~ आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : मृगका कुरा

~ललिता दोषी~ जङ्गलमा बस्छौँ हामी त्यही हाम्रो घर दुःख नदेऊ हामीलाई लाग्छ धेरै डर बाघ, भालु, सिंहका छन् ठूला–ठूला दारा शिकार खेली मार्न खोज्छन्

Posted in बाल कविता | Tagged | 1 Comment

बाल एकाङ्की : कैद आवाज

~महेश पौड्याल~ पात्रहरू प्रिन्सिपल विप्लव कक्षा ५ को एक विद्यार्थी विष्णु नेपाली भाषा शिक्षक शशी उनका आठ वार्षे छोरो आकाश शशिको सुसारे केटो स्थान : प्रिन्सिपलको कोठा स्कुल लागेको बेला हो । त्यस स्कुलमा भर्खरै मात्र कक्षा ५ मा भर्ना … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कविता : देशप्रेम

~अरुणबहादुर खत्री “नदी”~ प्यारो लाग्छ हामीलाई आफू जन्मेको यो देश थरीथरीका छन् यहाँ आफ्नै भाषा र भेष । गौतम बुद्ध जस्ता शान्तिका अग्रदूत जन्मे यही देशमा गोर्खालीमा वीरता झल्किन्छ यही राष्ट्रिय भेषमा ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल एकाङ्की : मुक्तिको बाटो रोज

~रन्जु ‘मार्ग’~ पात्र परिचय – गीता : डेरामा बसेकी एक नारी हरि : गीता बसेको घर मालिकको घरमा काम गर्न राखेको एक बालक । दृश्य : छिंडिको सानो अँध्यारो कोठामा १०-११ वर्षको बालक हरि रोइरहेको आवाज आउँछ । गीता हरिलाई … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

बाल कथा : सबै बराबर

~प्रभा भट्टराई~ रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्‍यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।” आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्‍यो- “मैले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बार्बी डल

~मीना बज्राचार्य~ सदिक्षा र क्रिष्मा बार्बी डलसित खेलिरहेका थिए । त्यतिनै बेला सुबिर एक्कासी आएर तिनीहरुको हातबाट बार्बी डल खोसेर लगे । त्यसपछि दुबैजनाले सुबिरलाई लखेटे । तर ऊ घोडाजस्तो तेजले दौड्न सक्ने भएकोले उनीहरुले भेट्टाउन सकेनन् । क्रिष्माको सबभन्दा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कस्तो बिर्सिएको ?

~नीलम कार्की निहारिका~ सुरज छ बर्ष पुरा भएर सात बर्षमा हिडी रहेको छ | अप्रिल २१ उसको जन्मदिन हो | त्यसैल्रे सबै लाई भन्दै हिड्छ ‘थाहा छ मेरो बर्थ डे (जन्म दिन ) आउन लाग्यो | अर्को महिना हो | … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : कसरी चिन्ने कोही छैन शहरमा

~राजकुमार पुन~ कसरी चिन्ने कोही छैन शहरमा नौ महिना नपुगी अबैधरुपमा फ्याकिएछु नहरमा कसरी बाँचें, कसरी हुर्कें थाहा छैन मलाई पीडाको रापमा बाँचिरहेछु यो मुटु जलाई पुलको मुनि बस्दछु म त्यही मेरो बास हो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल गीत : आ-उँछ इन्द्रेनी

~एकु घिमिरे~ घाम सँगै पानी पर्दा आ-उँछ इन्द्रेनी हामीलाई मोहनी पो लाउँछ इन्द्रेनी । बैगुनको रङ हुन्छ सबैभन्दा पैले नीर हुन्छ त्यसपछी तिहार सम्झें मैले नीलो आकाश जस्तै रङ तेस्रो खापमा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : म माफ माग्छु

~महेश भट्टराई~ हाम्रो जीवनका हरेक दिन कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । यस्ता घटना कुनै रमाइला र कुनै नरमाइला हुन्छन् । घटना रमाइलो वा नरमाइलो जस्तो सुकै भए पनि हामीले चाहेमा त्यसबाट कुनै न कुनै शिक्षा लिन सकिने रहेछ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कल्पनाको भविष्य

~खिमानन्द पोखरेल~ कल्पना सानी थिई । सानी भएकै कारण उसका बाबु आमाले कल्पनालाई धेरै माया गर्दथे । सानैदेखि उ ज्ञानी र गम्भीर स्वभावकी थिई । कल्पनाको राम्रो बानीदेखि बाबु आमा पनि खुसी देखिन्थे । त्यसैलेे सानै उमेरमै उसलाई एउटा राम्रो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सलगमको सहर घुम्ने रहर

~गङ्गा कर्माचार्य पौडेल~ रामचाकोबारीमा मुला, काउली, बन्दागोबी, भ्यान्टा जस्ता थुप्रै तरकारीहरु लटरम्मै फलेका थिए । ती मध्ये पहिला काउली टिपेर उनले खर्पनमा राखी सहरतिर बेच्न लगे । अर्को दिन, बन्दा गोबी भ्यान्टा मात्र लगे । त्यो देखेर सलगमले मुलासँग भन्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : के के खान हुन्न

~क्षेत्र प्रताप अधिकारी~ सुन सुन नानीहरू खानेकुरा सुन के के खानुहुन्छ अब के के खान हुन्न । दुःख खान हुन्छ बाबा हरेस खान हुन्न दुःख सुख जे परेनि चरेस खान हुन्न ।

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : असल साथी

~रमा अधिकारी ‘कादम्बरी’~ अनिषा, विनिताको असल साथी थिई । उनीहरू एउटै कक्षामा पढ्दथे । घर पनि सँगसँगै जस्तो थियो । अनिषा सरल, मृदुभाषी, लगनशील र सहयोगी थिई । विनिता छुच्चो स्वभावकी थिई । अनिषा विनिताको दुःख-सुखमा साथ दिन्थी । विनिताको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गजल : केटाकेटीका प्रश्न

~बिष्णुमाया बिभु~ त्यो जुन यो घाम कसले बनायो आमा? भगवान शिब राम कसले बनायो आमा? मेचीदेखि महाकाली सम्मै हो भन्छन्! यो देश यो गाम कसले बनायो आमा?

Posted in बाल गजल | Tagged | 1 Comment

बाल कथा : लक्ष्य

~राजा पुनियानी~ टिङटिङटिङटिङटिङटिङटिङ।।। एउटा बूढो हातले समाएको काठको मार्तोलले लामो ठोक्यो जलप उप्किसकेको घण्टीलाई। घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै। यसरी नै सधैं दुवै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : भित्री आँखा

~ललिता दोषी~ सेतो लौरी हातमा छ पीठमा ठूलो झोला छामछाम छुमछुम गर्दै आइन् नेत्रहीन नीरा छैनन् उनी नपढेका छैनन् बेरोजगारी आफ्नो लागि कमाउँछिन्

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : झिमझिम गर्ने सानी पुतली

~रश्मी ‘असफल’~ कस्ती राम्री झिमझिम गर्ने सानी पुतली मेरो पनि भए हुन्थ्यो नानी पुतली मेरा बाबा कहाँ कहाँ आमा कताकता कसले किनीदेला मलाई ज्ञानी पुतली

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : गुजी पाएँ !

~बूँद राना~ अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले आज फेरि भन्नु भयो सम्झाउँदै राती ‘आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !’

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : किताब रोयो

~श्रेष्ठ समनश्री~ सधैँझै १० बजे स्कुलको घण्टी लाग्यो। विद्यार्थीहरु आ–आनो कक्षाको लाईनमा आएर प्रार्थनामा बसे। सबै आइसक्दा पनि सञ्जय भने त्यहाँ उपस्थित भएको थिएन। कक्षा ६ का उसका साथीहरुले सधैँ जस्तै आज पनि ‘सञ्जय कता गएछ?’ भन्दै खासखुस गरे । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : देशभक्त छोरा

~रमा अधिकारी ‘कादम्बरी’~ आकाश उमेरमा सानो छ तर ठूला मान्छे भन्दा पनि असल र ज्ञानी छ । घर, टोल, छरछिमेक र स्कुलमा ऊ अनुशासित बालकको नमूना बनेको छ । शिक्षक-शिक्षिका लगनशील विद्यार्थीको उदाहरण दिनुपरे आकाशलाई नै छान्छन् । स्कुलमा त … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गीत : स्कुलको मुख देख्न नै पाइन

~कृष्ण अविरल~ पिएर रक्सी बाबाले दिन–रात, निहुँ खोजीखोजी पिटेको देख्दा सहनै मुस्किल भएर आउँछ, आमाको हिक्का छुटेको देख्दा पसिना धारा चुहाउँछिन् आमा, आधापेट खाई अर्काको घरमा अपमान पिउँदै दुःखलाई सिउँछिन्, आशाको त्यान्द्रो साँचेको भरमा

Posted in बाल गीत | Tagged | Leave a comment

बाल कथा : बसाइँ सर्ने चटारो

~रञ्जुश्री पराजुली ~ मिर्मिरे सूर्यको किरणसँगै चराचुरुंगी पनि मानव समुदायजस्तो चल्मलाउन थाल्छन्। उनीहरूलाई पनि बिहानीको चटारोले व्यस्त बनाउँछ। मान्छे शुभप्रभात भनेर एकआपसमा आदरसत्कार व्यक्त गर्दै नौलो बिहानीलाई स्वागत गर्छन्। समय भएपछि आआफ्ना कार्यक्षेत्रतिर क्रियाशील हुन्छन्। घरबाहिर पनि चराचुरुंगीको संसारमा त्यस्तै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल लोककथा : जे माग्यो त्यही दिने बाकस

सङ्कलक–डाँडाघरे दाजु भाइ बैनी हो ! अहिले तिमीहरुसँग टिभी छ, कम्प्युटर छ, स्मार्ट फोन जस्ता थुप्रै कुराहरु छन् । तर हामी केटाकेटी छँदा हामीलाई टिभी, कम्प्युटर, मोबायल भनेको हुन्छ भन्नेसम्म पनि थाहा थिएन । त्यतिखेर रेडियोसम्म गाउँघरमा फाट्टफुट्ट पाईन्थ्यो । … Continue reading →

Posted in बाल कथा, लोककथा / दन्त्यकथा | Tagged | Leave a comment

बाल कविता : बाल लोकले

~रामेश्वर राउत ‘मातृदास’~ केटाकेटी मिलेर हान्न थाले मटेङ्ग्रा बगैँचाका फूललाई लात्ती हान्छन् फटेङ्ग्रा फूल रोप्ने मालीको मीठो मुस्कान बालीमा सबको हित चित्तले

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भाइ

~विनोद न्यौपाने~ सानो भाइ मेरो अब ठूलो भएछ ताते ताते गरी गरी हिड्न थालेछ । सक्ने जति सबै सामान बोकी बोकी हिँड्छ गुन गुन गर्देै हिँड्छ, के के भन्छ भन्छ । मुसे दाँत देखाई देखाई, घरि घरि हाँस्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : हाम्री छोरी

~दिव्या बज्राचार्य~ नीलो ज्याकेटमा सजिएकी छोरी रातो रीवन बाटीएकी छोरी आँखामा गाजल लेपिएकी छोरी ओठ फुटेपनि त्यत्तिकै राम्री छोरी सेतो फ्रक औधी सुहाएकी कालो जुत्ता टल्केको लगाएकी भर्खर नाक आफै धोएकी स्कूल जान्छु भनी चाँडै टम्सेकी

Posted in बाल कविता | Tagged | Leave a comment