Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कविता : म सानी नानी

~शिक्षा भण्डारी~ म सानी नानी राम्रो मेरो बानी। किताब कापी हाली पढ्छु मिली जुली। आज्ञाकारी म छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कस्तो मजा

~दुर्गालाल श्रेष्ठ~ प्राणीमा ठूलो मान्छे हो भनी भनेको कल्ले हो – पशुले होइन, पन्छीले होइन मान्छे आफैले हो । ठूलो छ मान्छु, मान्छेको घर लवाई-खवाई बसेकै छ उ यतिको ठूलो

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : तीन कुरा

~गङ्गा कर्माचार्य पौडेल~ अभिशेषलाई बिरामी हजुरआमा छोडेर स्कुल जानै मन लागेन । उस्ले आफ्नी आमासँग सोध्यो “आमा ! आज म स्कूल जान्न है -” “किन नजाने – दिनभरी हल्लेर बस्न -” प्रति प्रश्न गरिन् अमिलाले । “हैन आमा घरमा बसे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : भोटे कुकुर र फुच्चे खरायो

~सुशीला प्रधानाङ्ग~ बिहानको चिसो हावामा फुच्चे खरायो लुसुक्क नजिकैको गाजरबारीमा गयो र किसानले भर्खरै उखेलेर थुपारेको गाजरबाट एउटा गाजर मुखले च्यापेर बारी पछाडि गई कुतुरकुतुर खान थाल्यो। त्यो देखेर किसानको भोटे कुकुरलाई रिस उठ्यो। उसले खरायो बसेको तिर हेर्दै भुक्न … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो काम

~माधव सयपत्री~ ‘दिदी, हेर्नुस् त, कमिलाको ताँती। भित्तामा कमिला, भुइँमा कमिला। जताततै कमिलैकमिला। यी कमिला कहाँ जान हिँडेका होलान्?’ दमनले सोधे। दीक्षाले भनिन्, ‘उनीहरूको पनि आफ्नो काम हुन्छ नि भाइ, हेर न, कसरी मिलेर काम गर्छन् कमिलाले।’ दीक्षा र दमन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : पुतलीको मामाघर

~रत्‍न प्रजापति~ छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’ छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बोकाको आत्मकथा

~विनय कसजु~ मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पाहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ । रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हर्ुर्केको हुँ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : खुवा र बिरालो

~विनय कसजु~ पाँच पाथी अटाउने कराहीमा दूध भक्भक् उम्लिरहेको थियो । एउटा बिरालो दूधको कराहीको छेऊमा बसेर हेरिरहेको थियो । दूध बाक्लो भएर खुवाको मिठो बास आउन थालेको थियो । बिरालोले कराहीको बाक्लो दूध खान धेरै पटक कोसिस गर्‍यो, तर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आत्मघाती मौरी

~विनय कसजु~ माधे संक्रान्तिको दिन थियो । कुसुम र रेसम घाममा बसेर तिलको लड्डु, ध्युचाकु, तरुल, सकरकन्द खाँदै थिए । अचानक एउटा मौरी भुनभुन गर्दै खानेकुरामाथि उडन थाल्यो । कुसुमले हात झट्कारेर मौरीलाई धपाउन खोजिन् । “ऐय्या” भन्दै कुसुमले हत्केला … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : माया

~सगुन टन्डन~ एकादेशमा एकजना राजा र उनका तीन रानीहरू पनि थिए। राजाको नाम थियो राजबहादुर। उनको एकदमै ठूलो महल पनि थियो। राजा धनी भए पनि लोभी र घमन्डी थिए। कान्छी रानीलाई सबैभन्दा बढी माया गर्थे। उनले जे भने पनि दिन्थे। … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : किसान

~नन्दनी दास~ यो किसान जसले बनाउँछन आफ्नो पहिचान, यो किसान जसले बनाउँछन आफ्नो पहिचान, दिएर अरुलाई चावल, धान पाल्छन सबैलाई भएर महान् । गर्छन परिश्रम दिनभरी खेतमा लिएर माटो आफ्नो हातमा, हेछर्न सपना रातभरी खेतको कस्तो होला उबजनी भी ।।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : छेपारोको फुल

~विनय कसजु~ “ए नफुटाल् भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो । सरुका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरु १५-२० … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मायालु अनुहार

~श्रीराम राई~ आज प्यारो छोरा नम्छिहाङको जन्मदिन । एक मन कताकता रमाउँछ । अर्को मन कताकता दुख्छ पनि । स्नेही छोरा नम्छिहाङ मामाघरमै बसेर पढ्छन्। मन लाग्दा माया गरेर बोक्न पाउँदिनँ म।

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बाँदरहरूको श्राद्ध

~कमल कोइराला~ भर्खरैमात्र वर्षा ऋतु सकिएको थियो। धर्तीमा शरद ऋतुका संकेतहरू देखिन थालिसकेका थिए। पशुपतिनाथ मन्दिरपारिको वनभित्रका प्रत्येक रूखमा शरद नाचिरहेको थियो। वनभित्रका सम्पूर्ण वन्यजन्तु शरदोत्सव मनाइरहेका थिए। वर्षाको बाढीले धमिलिएको बागमती बिस्तारै कञ्चन बन्दै थियो। पशुपति क्षेत्रमा प्रशस्त बाँदर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बिरालोको घाँटीमा घण्टी कसले बाँध्यो ?

~विनय कसजु~ लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने विरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बाघको सत्कार

~विनय कसजु~ चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिडथ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्‍यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जीवन चक्र

~विनय कसजु~ खोलाका माछाहरु भटाभट मर्न थालेका थिए । माछासँगै भ्यागुता, गँगटा र पानीमा बस्ने अरु जीवहरु पनि मर्दै थिए । चंखे भ्यागुताका आमाबामात्रै होइन उसका दौँतरीहरु पनि मरिसकेका थिए । एकदिन दिउँसो चंखे दिक्क भएर खोलाको बगरमा घुम्दैथियो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे

~बिजय चालिसे~ “ओहो, त्यो त सिनेमा नभएर साँच्चिकैको घटना पो रहेछ !” बिहान सबेरै बाबासँग बसेर दूध खान लाग्दा अखबारमा देखिएको एउटा चित्र र समाचार देखेर इशान छक्कै प¥यो । समाचारमा एउटा अनौठो जीवले हिजो राति पृथ्वीका सबै टेलिभिजनमा देखिएर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो डम्फू

~विनय कसजु~ खोलापरि हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो । तर ऊ खोला तरेर परि जान सक्तैनथ्यो । उसले एउटा उपाय सोच्यो । खोलाको तिरैमा एउटा सुरिलो रुख थियो । रुख मुन्तिर मुसाको परिवार बस्थ्यो । बोकाले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कृतज्ञता

~विनय कसजु~ खोलाको दर्ुइ किनारामा आँपका दुइटा बोट थिए । आँप फल्ने मौसममा दुबै बोटमा लटरम्म आँप फल्थ्यो । बोटमा आँप हुँदासम्म विहानदेखि साँझसम्म केटकेटी, तन्नेरी र बूढाबूढीहरु पनि बोटमुनि झुम्मिरहन्थे । कोही झोला बोकेर रुख चढथे र पाकेको नपाकेको … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बत्तीको कथा

~बिजय चालिसे~ ”ल हेर यिनीहरूत बत्ती समेत नबालेर अँध्यारैमा पो खेलिरहेका रहेछन् ! स्कुलको पाठ सक्यौ कि सकेनौ नि, इशान ?” हजुरबाले कोठामा विजुली बत्ती बाल्दै भन्नु भयो । इशान सानी बहिनी इषितासँग कोठामा खेल्दै थियो । इषिता सानै भएकीले … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कान्छाको मोटर

~विनय कसजु~ मोटर नै नपुग्ने गाउँमा सरुले अचम्मको मोटर देख्यो । घाँटीमा दाम्लो बाँधेर बोका डोर्‍याएझैँ एउटा केटोले मोटर डोर्‍याइरहेको थियो । रुखको हाँगालाई चारैतिरबाट ताछेर बसको जस्तो लाम्चो जिऊ बनाएर त्यसमा मसीले झ्याल ढोकाको आकार कोरिएको थियो । अगाडितिर … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : कछुवाको संसार

~विनय कसजु~ कछुवा गुफामा बस्थ्यो । सबैको कुरा सुन्थ्यो । तर धेरै बोल्दैनथ्यो । उ तपस्वीले झैं धेरै दिनसम्म केही नखाई बस्न सक्थ्यो । उसलाई अरु जनावरहरुले दार्शनिक मामा भन्थे । एक दिन उसले बाटामा प्याजको एउटा ठूलो डल्लो भेट्टायो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : मङ्गलबासीको हमला

~बिजय चालिसे~ इस्वी सनको अप्रिल १, २००७ । इशान र इषिता हजूरबा, हजुरआमा, बाबा र आमासँगै बसेर बिहानको कौला खाँदै टेलिभिजनमा हेरिरहेका थिए । रमाइलो कार्यक्रम बीचैमा रोकिएर अकस्मात समाचार आउन थाल्यो । के ग¥यो यो, समाचार आउने बेला त … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सागर र ब्याँग

~विनय कसजु~ आकाश कालो बादलले ढाकेको थियो । बेलाबेलामा बादल गर्जन्थ्यो र विजुली पनि चम्कन्थ्यो । पंधेराका भ्यागुताहरु अंध्यारो ओढार र कुनाकाप्चाबाट निस्केर पोखरीको डिलमा बसेर ठूलोठूलो स्वरले बात मारिरहेका थिए । उनीहरु धेरै पानी पर्यो भने संसार जलले ढाकिन्छ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : गौरवको प्रतिभा

~यमुना पराजुली~ गौरव कक्षा ६ मा पढ्छन्। उनलाई पढाइमा खासै रुचि छैन। उनलाई गीत गाउन खुब मन पर्छ। कक्षामा उनी प्राय: अन्तिमतिर बस्छन्। उनको रोल नम्बर पनि पुच्छारमै हुन्छ। त्यही भएर केही साथी त उनलाई अन्तिमे भनेर पनि जिस्काउ पछि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : अटेरी घडीहरु

~विनय कसजु~ राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : रमाइलो तीज

~गङ्गा कर्माचार्य पौडेल~ ‘तीजको रहर आयो बरिल,’ चौतारीमा छम छमी नाच्छु बरीलै…’ उषा गीत गुन गुनाउँदै घरी भित्र घरी बाहिर गरेको देखी आमाले सोधिन् ‘छोरी निकै खुसी देखिन्छ्यौ नि ? हिजोको दरले राम्रै काम गरे जस्तो छ कि कसो ?’ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जर्मनीको दाँते

~विनय कसजु~ निमाको घरको बुइँगलमा उनका पुराना खेलौनाहरू थुपारिएका थिए । ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो । बास्तवमा त्यो खेलौना हो कि होइन भन्ने निधो पाठकहरूले नै गर्नुहुनेछ । निमाका बुबा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा पनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल उपन्यास : मुस्ताङको गुफा

~विजय चालिसे~ यात्राको तयारीमा ”आमा…आमा….भोलिदेखि त हामीलाई स्कुुलमा छुट्टी भयो ! यो एक महिनाको दशैं बिदामा त बाबाकहाँ लैजान्छु भन्नुभएको होइन ?” अभिनवले झोला फुत्त भुइँमा फ्यालेर भन्यो । “ल…हेर…. त्यसरी झोला फाल्ने हो ! पुस्तकहरु जतन गरेर पो राख्नुपर्छ … Continue reading →

Posted in बाल उपन्यास | Tagged | 1 Comment

बाल कथा : डोल्माको बाच्छो

~यम बाँस्तोला~ डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्‍याउँथिन् र आफू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल गजल : छुनुमुनु गर्दै

~नन्दलाल आचार्य~ छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू बुबुमाम खाइवरी फेरि जाऊ बाबू । मिलीजुली खेल्ने गर साथीभाइसँग उनीहरूसँगै मिली गीत गाऊ बाबू।

Posted in बाल गजल | Tagged | Leave a comment