Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

विज्ञान बाल-उपन्यास : अनोठो यात्रा

~डा. कविताराम श्रेष्ठ~ नेपाली विज्ञान बाल-उपन्यास | अनोठो यात्रा | डा. कविताराम श्रेष्ठ १ सूजीतालाई सबैले प्यारो गरेर बोलाउँदा सूजी भन्ने गर्छन् । अहिले तिनी नौ कक्षामा पढ्दै छिन् । सूजी पठ्यपुस्तक त पढ्छिन् नै पुस्तकालयमा गएर अन्य ज्ञान विज्ञानका पुस्तकहरु … Continue reading →

Posted in बाल उपन्यास | Tagged | 1 Comment

बाल नाटक : बाल पुकार १

~पद्‍मलाल काफ्‍ले~ (पहिलो द्रिश्य) (एउटा केटो झोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ) हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ , नपाली पनको अस्तित्व यहाँ सङ्कटमा पर्या छ … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल कविता : आफ्नो देश

~कोईराला सूर्यकिरण~ आफ्नो देश छाती भरि आँखा भरी भरी राखी रहुँ जस्तो लाग्छ मुटु भरी भरी श्रम अनि सृजनाले देश भर्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : घाम र पानी

~रञ्जुश्री पराजुली~ घाम र पानी मिल्ने साथी थिए । मिल्ने साथी भए पनि उनीहरूको भेट भने कहिलेकाहीँ मात्र हुन्थ्यो । त्यसैले उनीहरू टाढैबाट एक आपसमा कुराकानी गर्दथे । आफ्नो घरपरिवारमा घटेका घटनाहरूबारे पनि उनीहरू कुराकानी गर्दथे । कुराकानी गरेरै उनीहरू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-मनोवैज्ञानिक उपन्यास : सानी

~शर्मिला खड्का दाहाल~ सानी र बादल तर्राईको मौसम । भर्खर जेठ महिना लागेको । दुइँ दिनको वषर्ापछि दिनले घुम्टो उघारेको । सानी बिहान चाँडै उठिन् । हातमुख धोएर चिया खाईवरी बाहिर निस्किन् । शनिबारको दिन थियो । शनिबार सानी सधैँ … Continue reading →

Posted in बाल उपन्यास | Tagged | Leave a comment

बालकथा : धैर्यवान-ज्ञानी बोका

~संकलक – ‘राप्रप’~ प्रिया आर्याकी सबै भन्दा मिल्ने सखा थिइन्। उनीहरू “होम् वक्” सकेर खेल्न जाने गर्थे । कहीलेकाँही फूलबारीमा बसेर आफूले सुनेका कथा एकले अर्कालाई सुनाउने गर्थे । आज कथा सुनाउने पालो प्रियाको थियो। प्रिया आर्यालाई कथा भन्न थालिन् … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल नाटक : लोभ

~राजु दाहाल~ (कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल नाटक : छोराछोरी

~राजु दाहाल~ (एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । ) छिमेकी : हजुर नमस्कार लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ? छिमेकी :आरामै छु हजुर ।

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल लघु नाटक : थर्मस

~राजु दाहाल~ एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे । सबैजना ः उ हेर लाहुरे आयो । सबैजना ः नमस्कार लाहुरे दाई लाहुरे ः नमस्कार हजुर, नमस्कार पहिलो ः अनि लाहुरे … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल-कविता : बालक

~होमनाथ पाठक~ बालक हामी चाहन्छौ सुसज्जित हनु विज्ञानले मृत दर्शन नसिकाऊ ज्ञान देओस् पा्रकृतिक ध्यानले राजारानीका दन्त्यकथा परिर्वतनसगँ ै जानु पर्छ समाज हाम्रो बदलिँदै छ गन्तव्य समाजवाद बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : छोरी

~होमनाथ पाठक~ भृकुटी र सीता जस्तै म नेपालकी छोरी नेपाली राष्ट्रियता मेरो छातीभरि विश्वमा सगरमाथाको माया मैले छर्नु पर्छ गौतम बुद्धको पदचाप मैले बन्नु पर्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : बादल

~होमनाथ पाठक~ कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख लहराउँछौ जताततै कति ठुलो मुख गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-गजल : राम्रा-राम्रा फूलहरु

~डा. घनश्याम परिश्रमी~ राम्रा-राम्रा फूलहरु चुन माहुरी फूलबारीमा गर भुनभुन माहुरी कसरि पो फूलबाट रस चुस्दछौँ हामीलाई पनि सिकाऊ न माहुरी

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : छुनुमुनु आँगनीमा

~नारायण प्रसाद शर्मा गैरे~ छुनुमुनु आँगनीमा नाच्छिन् मेरी नानी मनमनै धेरै कुरा साँच्छिन मेरी नानी कहिले बन्छिन आगोजस्तै कहिले बन्छिन पानी मनमा सुन्दर सरल चित्र टाँस्छिन् मेरी नानी

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : फोहोरको, थुप्राबाट के खोज्छ ऊ

~कपिल लामिछाने~ फोहोरको, थुप्राबाट के खोज्छ ऊ ? मजस्तै, पढ्ने बेला, के सोच्छ ऊ ? झुत्रे झ्यामरे तर ममी, मैजस्तो नै थोत्रो बोरा थुप्रा बाट के रोज्छ ऊ ?

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : हामी बिद्यार्थीमा एउटा जोश हुन्छ

~तारा खनाल~ हामी बिद्यार्थीमा, एउटा जोश हुन्छ त्यही जोसमा नयाँ, कुराको खोज हुन्छ जुन जोस आज, ‘अदृश्य’ रहेको छ

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-गजल : कछुवा

~होमनाथ पाठक~ सोझो थियो कछुवा छट्टु थियो खरायो दौडको होड राख्यो घमण्डी खरायो आफै जस्तै कछुवालाई फाने गर्यो कछुवाले उस्तै उस्तै कछुवाहरू प्रत्यके ठाउँ मा बसे

Posted in बाल गजल | Tagged | Leave a comment

बाल गजल : मलाई अलिकति धैर्य

~प्रेम बिनोद नन्दन~ मलाई अलिकति धैर्य र जाँगर देऊ आमा खहरेको भेल होइन, सघन, सागर देऊ आमा यी बलिया पाखुरी र फराकिला छातीहरु यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

Posted in बाल गजल | Tagged | Leave a comment

बाल गजल : किन हुन्छौ टाढा तिमी

~बालकृष्ण लम्साल~ किन हुन्छौ टाढा तिमी मन तिम्रो दुखाए कि? भन्नु पर्ने कुरा हरु तिमी सँग लुकाए कि? तिम्रो खुशी तिम्रो हासो मेरो पनि चाह होनि। कुनै गल्ती मैले गरि शिर तिम्रो झुकाए कि?

Posted in बाल गजल | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

प्राचिन आइरिस लोक बाल कथा : सेतो भूत

~विनय कसजु~ “ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~ कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~ कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~ “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~ भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कबिता : हाम्री छोरी

~नारायण तिवारी~ छोरी हाम्री सा¥है राम्री मानूँ एउटा फूल हो तिमी रोए सृष्टि रुन्छ भन्दै यो त भूल भो आकाशको परी हौ कि घरकी हाम्री छोरी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~ तनहुँ जिल्ला रम्घा गाम हाम्रो भानु जन्मेको ठाम । कविता रच्ने गरे काम भयो उनको ठूलो नाम ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : भुन्टे र बल

~सन्जोग ठकुरी~ खेलिरहेको भुन्टे एक्कासि करायो फकाउदै आमाले सोध्नुहुँदा रुदै भन्यो– बल हरायो । खाटमुनि पनि खोजियो दराजभित्र पनि भुन्टे अत्तालिन थाल्यो लौ, बल छैन कहीं पनि ।

Posted in बाल कविता | Tagged | Leave a comment