Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : सीपीको ढिपी

~मिलन बगाले~ दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ? सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए। दिनदिनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुइङ्गम

~दीपेन्द्रकुमार जोशी ‘निक’~ ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : हाइ, हाइ हिमाल

~युवराज नयांघरे~ मनबाट बाहिर निस्के हिमालहरू । कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।। गोरखाको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : उसको आत्मकथा

~खेमलाल पहारी~ थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शत्रु

~विश्वेश्वरप्रसाद कोइराला~ ‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : वास्तविक रूप

~सिन्धु गौतम~ बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~ आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन। शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : शम्भवामी युगेः युगेः

~पेशल आचार्य~ युग अनुसारका खोजी हुन्छन् । वैदिक युगमा दर्शनको खोजी भएथ्यो । उत्तरवैदिक युगमा भक्ति र द्वन्द्वको खोजी भयो । रामायणले भक्ति र महाभारतले खोजेको द्वन्द्वमय गूढ रहस्यका बारे यद्यपि खोजीको विषयातिरेक हुन सक्छ या सक्दैन विद्वत् वर्गबाट सन्धान … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघु कथा : छोरीको कोशेली

~आचार्य प्रभा~ उस्ले बडो आनन्द र गर्वको साथ भन्दैथियो ।”मेरी छोरी एयरहोस्टेज हुँदा त मैले ब्ल्याक लेबल र रेड लेबल त कत्ती खाएँ,खाएँ । बिदेश जाँदै पिछे ल्याइेदिने । जे होस् व्हिस्की र ब्राण्डी त धित मरुन्जेल नेपालमा हुँदा नै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चित्कार त्यो चितवनसँग

~नवीन अभिलाषी~ सिमलटाँडीमा ओर्लिएँ । दिनभरिसँगै दौडिएको सूर्य रातो साँझको उपचार दिएर डुबिसकेको थियो । पहिलो पटक पुगेको त्यो सहरी ईलाका थियो । नयाँ चलचित्र हेरेको महसुस भैरहेको थियो मलाई । पुरानो एटलस साइकल लिएर ११÷१२ वर्षकी एउटी काली काली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊसको कथा

~सुमन पछाई~ कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : फेसबुक

~टीका बस्नेत~ आज लामो समयपछि फेसबुक खोलेको छु । साथीहरुले पठाएका म्यासेजहरु एकएक गरी पढ्दै अगाडि बढिरहेको छु । मप्रति धेरैकोे गुनासो हुन्छ–सन्देशको प्रतिउत्तर नदिएकोमा । हुन पनि हो करीव दुई महिना अघिदेखि म सम्पर्कविच्छेदको अवस्थामा रहेको छु, फेसबुकको संसारबाट … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~ बाजा एकतालमा एकैनाशले बजिरहेछ । उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ? दोश्रो कुरा फेरि उसलाई के छ भने उसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छिमेकीहरु शीत चाट्छन्, तर हामीले छोएको पानी पिउँदैनन्

~विपुल सिजापति~ ‘बा sss आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।’ सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो । ‘बा sss, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?’ यो प्रश्नले पनि छोराको शिरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्नपूर्णाको भोज

~मनु ब्राजाकी~ दुई किलो माछा लिएर ऊ आइपुग्यो। घर आइपुग्दासम्म ऊ दगुरेझैं भएको थियो। सधैं कति खसीको निहुँले राँगो खानु? अनि शुभदिनमा माछा साइत हुन्छ भनेर उसले ६० रुपैयाँ किलोका दरले माछै बोकेर आयो। ‘अन्नपूर्णा, ए अन्नपूर्णा! लु हेर् त, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौ महिना कोखमा नराख्दाको पीडा

~चित्रकला विवश~ आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अग्रिम उपहार

~आचार्य प्रभा~ आज रेजिनाको बेबी सावर । सबै साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~पुष्प अधिकारी ‘अञ्जलि’~ “हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ? केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् । भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लधुकथा : बिदा

~साक्ष्यात सुशिल~ दाइले फर्स्ट डिभिजनमा एस. एल. सि. पास गर्दा दानुको माइलो भाई गोठालो जाने र भैसी चराउने पेशा मै ब्यस्त हुन्थ्यो, कती पटक गाँउले ले गाली गर्दा स्कुल जा पढनु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्दा रिसाउथ्यो रे, अह … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियति

~यासिन राई~ पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, अलौकिक दृश्य … नियाल्दै म…. . . . घाँसको कस्सिलो भारी लिएर घर मुनिको काँल्ला उक्लदैथे मलाइ देख्न साथ् मेरो सानो छोरा चिच्याउन थाल्यो र रुन पनि । घाँसको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : संबाद

~डा रवीन्द्र समीर~ ” बाबू ! तिमी ठूलो भएपछि के बन्ने ? ” मायालु स्वरमा इश्वरले सानो बच्चालाई सोधे ! ” अंकल ! म त डाक्टर बन्ने ! ” ” अनि तिमी नि ? ” ” म त इन्जिनियर बन्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आज केटा आउने रे

~विश्वराज अधिकारी~ ‘हेर तिमीहरु सबै उमेरदार भइसकेका छौ। सवैको बिबाह गर्ने उमेर पनि भइसकेको छ। त्यसकारण केटाले तिमीहरु मध्ये जसलाइ मन पराउँछ उसैको बिबाह गरिदिने। पहिले जेठीकै हुनु पर्दछ भन्ने छैन। जेठी दिदीलाई मन पराउनु पनि त पर्यो नि केटाले। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा तिमी कहिले आउँछ्यौ ?

~श्लेष्मा क्षेत्री~ राजधानीको एक प्रतिष्ठित विद्यालयमा पाँच कक्षामा पढ्ने प्रतिमा राईको दसैं बिदा सुरु भयो। उनका सहपाठीहरूलाई लिन तिनका अभिभावकहरू आए। उनी आफ्नो होस्टलको चौरमा बसेर हेरिरहेकी थिइन्। साथीहरू भने आमाबुवासँग अँगालो हालेर घर जान पाएकोमा खुसी थिए तर प्रतिमालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडल

~माधव सयपत्री~ म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुमिना

~रविन्द्र रिजाल~ भन्दै थिएँ केटाहरूलाई आज बिहीबारै नगरौँ भनेर। कसैले टेरपुच्छर लाको होइन। पार्टी र डान्स भनेपछि सुकेको हड्डी पनि रसाउन थाल्छ ब्रो हरुको। अस्ति भर्खर ख्रिष्टमसको पार्टीमा भैलो खेलेपछिको पार्टीको ह्याङ्ले छोडिसकेको छैन, फेरि पाँच नबज्दै कलेजको गेटमा आइपुगे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : झोला

~दीपेन्द्रकुमार जोशी ‘निक’~ निर्माणाधिन घर छ । घर नजिकै एक खँदिलो झोला भेटिन्छ । कहाँबाट, कसरी र किन आयो भन्ने कुरा कसैलाई थाहा हुँदैन । तुरुन्तै मानिसको भीड जम्मा हुन्छ ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : क्याफेमा चिसो चिया र कथा

~कल्पना आचार्य~ यतिबेला म सहर नामको एउटा अव्यस्थित बस्तीभित्र कहिल्यै नउकासिने गरी भासिएकी छु अथवा यसो भन्दा पनि हुन्छ अब मेरो जीवनको कुनै गन्तव्य छैन। अब मेरा दैनिकी छोरीका आवश्यकतामा गएर टुङ्गिन्छन् अनि छोराको भविष्य र श्रीमान्को अपेक्षामा गएर रोकिन्छन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुडबाइ ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्तली

~दिनमान गुर्मछान~ बिहानैदेखि ऊ काममा तल्लीन छे। ऊ पूर्वमा लालिमा छाउन नपाउँदै जुरुक्क उठेर घरधन्दामा लागेकी थिई। उषाको लाली आँगनमा छरिँदानछरिँदै ऊ घरबाहिरको काम, गोठको काम सिध्याएर चुल्हामा पुगिसकेकी थिई। बारीको कान्लामा भएको फर्सीको लहराबाट मुन्टा टिपेकी थिई। त्यही केलाइवरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्ग्यानीक माया

~रामनाथ घिमिरे~ सबै सम्बन्ध यादगर हुदैनन्। कतिपय यादगर हुदाँ हुदै पनि जिन्दगीभर आँखा वरिपरि आउदैनन्, तर केही सम्बन्ध यस्ता हुन्छन् जुन सम्झिन फोटो जरूरी पदैन्, आँखामा झलझल आइरन्छन्। सम्बन्ध उमेरसँगै परिवर्तित नहुदोँ रहेछ। यो बीचमा शेरे खोलामा धेरै पानी बगीसक्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दाइजो

~लिला रिजाल सुबेदी~ छोरीको बिहेको कुरा त पक्का भो अब बिहे पो कसरी गर्ने होला …कस्ता खालका कुटुम्ब हुन … पौडेल सर गहिरो चिन्तामा थिए | मिठाईको थाली टेबुलमा अघि सार्दै भने – ‘ केटाकेटीबाट मनपरापर भयो | अब हाम्रो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भगवान्

~डा. टीकाराम पोखरेल~ ‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment