Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : पेट्रियोटिक इन्लाइटमेन्ट

~शिव प्रकाश~ “तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोडधुवा

~नारायण तिवारी~ घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल । त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : याचना

~केशु बिरही~ उसले जीवनमा कहिल्यै पनि अरुको अघि हात पसारेन । कुनै कुराको पनि याचना गरेन । उसले अरुलाई दिन मात्र जान्यो । लिन कहिल्यै पनि जानेन । जीवन भरी दान मात्र गरिरह्यो वाल्यकालमा होस या किशोरावस्थामा होस उसको कहिल्यै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हिंड्दै गर्दा…

~रूपेश श्रेष्ठ~ र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें। **** “जुनीऽऽऽ” केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो। “हजुर” उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फेसबुकको सुन्दरता

~गोकर्ण भट्ट~ फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो- “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि ….., सो सेक्सी ….., क्यान यु गिभ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : शकुन्तलाको चिन्तन

~पारिजात~ भर्खर निर्माण भएको दुईतले घरको स्टोरसँगसँगै बनेको एउटा चिसो छिंडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ। यतिखेर घडीले साढे आठ बजाइसक्यो। झोल भात पाकेर पनि सेलाइसकेको छ। शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डि. भी., मेरी स्वास्नी र म

~भरत बागलुङे~ कहिं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो हिजोआज काठमाण्डौमा अमेरिका जाने सपना देख्नेहरुको जात्रा नै लागेको छ । यता जाउँ डि. भी. उता जाउँ डि. भी. घरघर, टोल-टोल बाटो घाटो जहाँ तहिं डि. भी. भर्ने-भराउनेहरुको कुडुलो नै लागेको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पत्र साहित्य : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~ धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद ! मेरी प्यारी स्याफ्रोन !!! म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : मायाताल

~ध्रुवसत्य परियार~ राघवको नजर रामाको प्रतिविम्बमा अडियो। मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग र नरक

~रामशेखर नकर्मी~ यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा। यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक। स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐना : एउटा पत्रकारको कथा

~एकराज प्रधान~ ‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपना

~सुशीला देउजा~ झसङ्ग भई निद्राबाट बिउँंझिएका मन्त्री महोदयले सिरानमुनि राखेका फाइल र कलम फुत्त फ्याले । मानौं उनले भयानक सपना देखे । अनि संगै निदाइरहेकी श्रीमतीलाई घचघचाउँंदै बिउंँझाएर भने ‘ए बाबुकी आमा लौन मलाई गालामा ठयाम् ठयाम् हान त’ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तिम्रो स्वास्नी र मेरो कुवेतमा मौलाएको प्रेम

~सुजन अभागि~ सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मबलभित्रको यथार्थ

~सविता श्रेष्ठ ‘बेहोसी’~ श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरिचेको चुपी

~उपेन्द्र सुब्बा~ लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो । नामले साह्रै सुहाएको मरिचे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मृत्यु फरवार्ड

~युवराज नयांघरे~ शोकका खबरले भरिएको छ मेरो इमेल बक्स ! जीवनकै अङ्ग भएको छ-सूचना । आँखाले पाना पल्टाउने अखबारभन्दा हातले माउस चलाउने प्रविधिमा सूचनाको सेरोफेरो बलियो भएको छ हिजोआज । भव्य र खर्चिलो नभए पनि साधारण खालको ल्यापटपले आकुलव्याकुलमा साथ … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

पत्र साहित्य : भीरमा अडकिएको ढुंगा जस्तो देश

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, देश सम्झन्छु मन दुखेर आउँछ । समय वान्ता गर्न मन लाग्छ । परिवेशहरु सहज छैनन् । व्यक्तिगत अराजकताले दिनदिनै सबैलाई त्रसिद पार्दै लगेको छ । क्षणिक उपलब्धि र प्राप्तिको लागि मात्र दौडिरहेछन् । आफूलाई देशको अगुवा … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

लघुकथा : हरिलठ्ठक

~डा. रविन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पण्डितको पछुतो

~मदन “मुमुक्षु”~ पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : महत्वाकांक्षीहरूको भीड

~एम.पी. खरेल~ कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : कोहि बचिरहे छ !

~संगीता भट्टराई~ म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~कमल धिताल~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चोर चिहान

~खगेन्द्र संग्रौला~ रोमाञ्चक खबर विद्युत गतिमा टोलभिर फिंजियो – नेताले घडरी किने। हाम्रो टोलमा। घर बनाएर आफैं बसोबास गर्न। नेता ऐरेजैरे होइनन्, नम्बरी सुन हुन्। त्याग–बलिदानका कथा र पराक्रमका गाथाले उनको जीवन गरिमायम छ। जीवन–संग्राममा के मात्र झेलेनन् र उनले? … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विपरीतको आकर्षण

~दिलिप आचार्य~ उनीहरू दुई जनाको अक्सर बाटोको त्यही मोडमा सधैं भेट हुने गर्थ्यो । आपसी चिनाजान नभए पनि किन हो कुन्नि भेटेको बेलामा दुबै एक-अर्कलाई निक्कै गहिरिएर र उत्सुक दृष्टिले हेर्ने गर्थे । दुबै जना अधबैँसे उमेरका थिए र परिपक्व … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अमृत

~आकाश दवाडी~ आज म यहाँ आइपुगे। हिजोसम्म त उमङ्ग थियो, जोश थियो। आज याताउता हेर्छु, अनी थाहा पाउछु कि यहाँ त केही रहेनछ। लौन यो त मरभुमी पो रहेछ। म छाँगबाट खसे जस्तो भएँ। ला म त फसेछु नि। आँङ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पचास वर्ष पछिको दन्त्यकथा

~सन्जोग नेपाली~ “उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | एक अर्कालाई दोष दिदै दलहरुले संबिधान बनाएनन् | संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि हानाथाप … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जिउँदै खाल्डोमा

~भवसागर घिमिरे~ ‘अब यसलाई गाड्नु पर्छ’ ‘म जिउँदै छु’ ‘कसले मरिस भन्यो र ?’ ‘किन गाड्न लाग्या त ?’ ‘हामी जिउँदो मान्छेलाई मात्र गाड्छौं’ ‘किन ?’

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पाठ

~आचार्य प्रभा~ महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो । एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ? दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!!

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~ “म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई । “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : ढुंगा पो भइएछ

~श्रीबाबु कार्की ‘उदास’~ ढुंगा पो भइएछ अचेल। ढुंगा हुनुको पीडा बाँचिरहेछु म। जीवनलाई सासौँदो राख्न सकिएन। ढुंगामा यो मनको हराभरा आवाद कसरी गर्न सकुँला खै? ढुंगाहरूबीच मानिस उभिन असहज लाग्ने रहेछ। ढुंगाहरूबीच प्रेम/स्नेह/भावना/सद्विचार/संवेदना/सहानुभूति निरर्थक बन्दो रहेछ। लक्खा! अन्ततः म पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : चरीको बिलौना

~कल्पना पौडेल~ घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : सञ्चारको विकासमा बस्तीको आवाज

~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, तिमीलाई थाहै छ । आजकोृ आधुनिक मान्छेले गरेको विकासका नयाँ नयाँ प्रयोगले दुनियाँ एउटा सानो गाउँमा परिणत गरिदिएको छ । थुप्रै सुगमताहरुको प्रयोग गरेर हामी अगाडी बढिरहेका छौ । जमाना अनुसारका प्रविधिहरु विकास भइरहेका छन् । … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment