Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : जेलातो

~रजित ओझा~ मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~केडी रेम्नीसीङ~ गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लो रोसी

~राजव~ कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेरोजगारि व्यथा

~सुरेस खनाल~ मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ! निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्र्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो। बिहान उठे देखि नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यमी

~कञ्चन लिम्बु~ “त्यसो भए तिमी जाने नै भयौ..” मैले अघिजस्तै आफ्नो कुरालाइ दोहोर्‍याएँ । मलाई ज्यादै नरमाइलो लागिरहेको थियो। पहिलेको कुराहरु सम्झिँदै गएँ । मन अमिलो भयो। “तिमी अबुझ जस्तो नबन न प्लिज । तिमीसँग छुट्न मलाई कति गाह्रो भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : डाक्टर

~कुमार काफ्ले~ -रोगको उपचार गर्ने डाक्टर श्यामलाललाई भगवानभन्दा कम लाग्दैनथ्यो। -परिवारमा कोही बिरामी भए कि डाक्टरकोमा पुर्याइहाल्थ्यो। -यसपटक पनि आमाको आँखा दुख्न थालेपछि उसले विना विलम्ब अस्पताल पुर्यायो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : कतारमा देविकाका सपनाहरू

~पेशल आचार्य~ देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानो ट्याक्टर

~निर्मल आचार्य~ हिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले । आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन । दिनदिनै काम पाए पो सजिलो । किस्ता तिर्न सजिलो । छाक टार्न सजिलो । दुःख बिरामी पर्दा सजिलो । यसो आफन्तलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बत्ति

~कात्यायन~ – साँझ परिसकेको थियो | श्रीमतीले लोडशेडिंगको तालिका सोध्नुभन्दा पहिले नै भान्सामा गएर मैन-बत्ति बाल्छु | – छोराहरू नया-पुराना पत्रिकाका पानाहरू हेर्दै हाँस्दै थिए| – यसो नियालें | कतै लेखिएका थिए – जलश्रोतको अपार धनि देश … त कतै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : भानुभक्त बाजे

~राजमाया पुतवार~ एकादेशमा एउटा बाजे थियो । उसको नाउँ भानुभक्त थियो । लौ भएन, एकादेशमा एउटा भानुभक्त थियो, ऊ बाजे थियो । खै के खै के । भानुभक्तको कथा लेखुं कि बाजेको । उस्तै उस्तै हो नानु भनेझैं पो भयो … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सूत्रकथा : छायाँ

~भूधरा उपाध्याय~ प्रेमिका : बादलतिर इसारा गर्दै -‘हेर त कति ठूलो हात्तीजस्तो!’ प्रेमी : ‘ हा हा हा काहाँ हात्तीजस्तो हुनु नि !

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : वनस्पति र आतंकवाद

~विवश वस्ती~ मेरो एकजना भरपर्दो मित्र छन्- वनस्पति विशेषज्ञ । धेरै वर्षदेखि वनस्पतिको क्षेत्रमा आफ्नो विशेषज्ञता अर्पण गर्दै आइरहेका छन् । उसको काम गराई शैलीबाट म मात्र होइन, सिंगो देश नै कृत् छन् भन्नुपर्छ । परार सालमात्रै राष्टूको तर्फबाट उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्दा पछाडि

~लक्ष्मण श्रेष्ठ~ ‘जे जे हुने हो हुन्छ यहाँ पर्दा पछाडि नै दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडि नै’ क्यान्टिनको वुफरमा गीत बजिरहेछ। चियाको चुस्की लिंदै सुनिरहेछु म। जेठको महिना बिहानदेखि नै उखरमाउलो गर्मी छ। क्याम्पसमा चल्ने उत्तरी हावा पनि लाग्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डुलकचन्द्र डुम्रेको हक

~रामप्रसाद गौतम~ छ जनाको टोलीमा आँखा पनि उनैसँग जुधे, कुरा पनि उनैसँग मिल्यो। जिन्दगी अचार न हो। कहिले घाम कहिले पानी, कहिले जन्ती कहिले मलामी। यस पटक एउटा परियोजनाले के-के तथ्याङ्क जम्मा पार्न हो कुन्नि, गाउँतिर पठायो। यी एनजिओका न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुईचाँलो: परीचित मृत्यु

~रुमन न्यौपाने ‘अमन्त’~ एउटा जिबनले मृत्यु ढकढकाई रहेछ…. ढकढक मृत्युको ढोकामा ….ढकढक स्वर्गको  ढोकामा । म एउटा सम्पादीत अशं आफ्नै पारामा गाँउदै छु । साँझ क्रमश एउटा भयानक रात तिर धकेलिदै छ । अनुदित हुँदै । एकछिन अघी सम्म बाहीर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : के सारो हाउ …..

~शर्मिला खड्का दाहाल~ ‘के सारो हाउ !’ यो पूर्वतिरको जनजीवनमा प्राय बोलिने वाक्य हो । यसलाई कतिपयले थेगोको रूपमा पनि प्रयोग गर्छन् । पूर्वमा पनि अझ घरानका मानिसहरूको जनजिब्रोमा सजिलै झुण्डिने वाक्य हो यो । आफूलाई कुनै कुरा चित्र बुझेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : ‘कलेजी ब्लेजर’ कि आईमाई

~रुमन न्यौपाने ‘अमन्त’~ Banquet hall बाट मध्य राती निस्कीएको थिँए । सुनसान भईसकेको थियो । गस्ती गर्दै हिडेका एक दुई प्रहरी र कालो सडकको छाती चिरेर दौडीने royal आकारका कारहरुले मात्र मलाई झस्काउँथे । भुतपुर्ब मेयर र सोसियल सेलीब्रेटी को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो एउटा उजाड थलो

~चुडामणि रेग्मी~ म सुनौला सुन्तला र धान फल्ने तर रुन्चे वेहुली वोक्ने डाली जस्तो यस गाउँमा के सुनिरहेँछु ? विचित्रवाणी गाउँमा नभअ‍ेका कुरा । म के देखिरहेछु ? उसको ढङ्ग नभअ‍ेको वाङ्मुखे लोग्नेले वनाएको वाङ्गो घरको छाना उदाङ्ग भअ‍ेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निसास्सिएर फुलेको प्रेम

~रमेश पाण्डेय~ मैले एक दुई गरेर गनेको भए पनि १२÷१५ जना जति थिए होलान् म त्यो वेटिङ रुमभित्र पस्दा । म छेउको कुर्सीमा गएर थपक्क बसें । चारैतिर नजर पु¥याएँ । धेरैजसो त विवाहित महिलाजस्ता देखिन्थे तर म अविवाहित । सबैले मलाई नै हेरिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कुकुरको सपना

~नरनाथ लुईँटेल~ कुकुर महँगो गलैंचा ओछ्याइएको बैठक कोठामा पाउपोस नफुकाली निर्धक्क पस्नुभयो र सबभन्दा बीचको सोफालाई आसन बनाएर गजक्कसँग बस्नुभयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूर्ण वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : अनलाइन लभ

~जनकराज भट्ट~ “कसको हो ?” “कहाँबाट आयो ?” “कोसँग डेटिङ थियो ?” एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : पल्लोघर

~खेमराज गाउँले~ म मध्यरातमा व्युँझिएँ । उनको शरीर चिसो भएको थियो । उनकै चिसोले मलाई व्यँुझाएको हो । छामें उनी मस्त निद्रामा भएझैं थिइन् । उसै त पुसमाघको जाडो । हामीसँग ओढ्ने लुगा कम थियो । उनलाई र मलाई पुग्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नागरिकता हराएको मान्छे

~शिरिष पराजुली~ घरको आँगन छोडेर हिडेदेखि मैले बल्ल धेरै चिजको महत्व बुझेको छु र बुझ्दै छु । सायद हराएका चिजको महत्व स्वत: बढ्छ भन्छन् आजकल मेरा अनेक सजिव र निर्जिव चिज हराएका छन्– सजिव मन र निर्जिव सपना । निर्जिव … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको बाटो

~स्नेह सायमि~ निर्जनको घर कास्की जिल्लाको दूर्गम गाउँमा थियो। त्यहांबाट बसाईं सरेर भरतपुर चितवन आइपुग्दा निर्जन ५ वर्षको थियो। निजर्नका बाले गाउँमा पुर्खौली घर जग्गा बेचेर पाएको पैसाले भरतपुरमा भूँइतल्ले घर र एक कट्ठा जमिन किने। निर्जनका बा सानैदेखि राजनीतिमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुधेको जीवन

~विवेक वाइबा~ बुधे दूरदराजको ग्रामीण इलाकामा बस्ने गर्दछ । उसको दाम्पत्य जीवन यतिबेला उजाड र शुन्य छ । किनकी, उनीहरु आफ्नो जीवनदेखि असन्तुष्ट देखिन्छन् । उनीहरुको जीवन वास्तवमा सुखमय जीवनयापनका हरेक भौतिक आवश्यकताहरु प्राप्तिका लागि संघर्षयुक्त परिश्रम गर्नुपर्ने अवस्था छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बाल अधिकार

~महेन्द्र महक~ उसको लागि यो असंख्य कार्यक्रममध्येको एक कार्यक्रम थियो । यस्ता तालिमहरु उसले थुप्रै दिइसकेको थियो । यस कार्यक्रममा पनि ऊ तालिम दिदै थियो । कार्यक्रममा थुप्रै संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । यो कार्यक्रम एउटा पाँचतारे होटलमा भइरहेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक कथा : पुनर्मूषिको भव

~उमाशङ्कर द्विवेदी~ गङ्गाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्द, मूल, फल खाई जीउ सुकाई तपस्यारत केही ऋषिहरूको परिपूर्ण एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवल्क्य नाम गरेका ऋषि थिए । … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : असहज निकटता

~सीता अर्याल~ लण्डन सहरको पिकाडेली सकर्सतर्फ विषेश जरुरी काम भएकाले म सधैँभन्दा केही मिनेट छिटै घरबाट निस्केँ। मलाई ननिस्कियुन्जेल निकै तनाव महसुस भैरहेको थियो कारण निकले फोन गर्छ कि भनेर। उसले फोन गर्यो भने घन्टौंसम्म पनि राख्नै मान्दैन। निकको आदतले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : उपहास

~कुमार काफ्ले~ -महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए। -आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : मेरो दोश्रो प्रेम

~सिमियोन रोक्का~ मलाई उसले छोडेर गएको पनि धेरै भएछ तै पनि उसका यादहरु आँखामा अझै झल झली आउछन । भनिन्छ पहिलो प्रेम जसै गरे नि भुल्न सकिन्न अनी पहिलो प्रेम जस्तो अर्को प्रेम गर्न सकिन्न । अनी भन्छन जीवनमा साचो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्लज्ज युद्द

~डा मधु माधुर्य~ “अँ, २ घण्टापछि मलाई फोन गर्नुस्।” यो थियो राती ३ बजेतिर आएको फोन उचालेर ” हेलो, नमस्कार, को बोल्नु भएको? ” बोल्दाको पूरा जवाफ । अति नै चिसो, अभिवादनबिहीन त्यो जवाफ घनघोर घृणाको मृत र रुखो अभिब्यक्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमैया

~सोमना थारु~ “यो निबुवा खान अलि कति नुन पाउँथ्यो कि हजुर ? ” राम प्रसाद भण्डारीले निबुवा देखाउँदै थारु गाऊँको एक घरमा आफ्नो टोपी थाप्यो । घाँटीमा हसुलि । पाखुरामा मठ लगाएकी ।  हात पाखुरा, पिडौलामा खोपेकी (टट्टू ) एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment