Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : पुतलीको फखेटामा बसेको पृथ्वी

~मनोज बोगटी~ जापानी सुन्दरी मिसुजालाई मैले हाम्रो घरमुनीको मैलो घुरेनमा पाएँ। माकुराको जालोले बेह्रिएर तिनी बिचल्नीमा परेकी थिइन्‌। मैले माकुराको जालो हटाइदिएँ। ‘तिम्रो नाम के हो?’ ‘मिसुजा।’ ‘पुतली होला’- मैले ठूलो स्वरमा भनेँ। ‘मिसुजा नै हो।’ ‘पक्का?’ ‘पक्का।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रूप र गुण

~ध्रुब सापकोटा~ ऊसँग चार विकल्प थिए । एक, दसवर्षे गृहयुद्धका कारण जर्जर भएको ठाउँमा जाने । दुई, पाँच वर्षदेखि पानी नपरेका कारण एक चौथाइ मात्र जीवित रहेका प्राणीहरूको रक्षा गर्ने । तीन, एड्सको चपेटामा परेका ५० प्रतिशत जनताको उद्धार कार्यमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~सुषमा मानन्धर~ ऊ एउटी नवोदित लेखिका। लेख्‍ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फरक ढंग

~कात्यायन~ – ऊ आज-भोलि अलि फरक ढंगले सोच्न थाल्छ | अनि एउटा माईक किन्छ | जहाँ-जहाँ मान्छेहरूको नियमित र अपरिहार्य सेवा र वस्तुहरूको अत्यावस्यक पर्ने स्थानहरूमा अनियमित र अपचलन हुने गर्थ्यो, तहाँ-तहाँ पुग्छ र माईक फुक्छ – पालो पर्ख ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुढाबाको लठ्ठी

~रजित ओझा~ बुढाबा सँधै बरण्डामा बसेर भागवत गिता पढ्थे । घामका किरणमा बुढाबा पहेँला देखीन्थे ।सेतो जिउमा नुहाईसकेपछि पानीका थोपाहरु टलक्क टल्किन्थे । घर अघि तुल्सिको मोठ थियो बिहान पानी चढाउँथे आधा नाङ्गो जिउ भएर ,जनै मात्रै हुन्थ्यो माथि तल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : साहारा

~भूधरा उपाध्याय~ सुन्दरी खूब माया गर्थी धनेलाई, धने चाहिँ क्रिकेट ब्याटलाई। जब क्रिकेट ब्याट भाँच्चियो अनि

Posted in सूत्रकथा | Tagged | Leave a comment

निबन्ध : मान्छे र रूख

~त्रिभुवनचन्द्र वाग्ले~ वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : निरन्तरताको क्रमभङ्ग

~पिँडालु पण्डित~ उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार दिनअघि मात्र नाकका दुवै ओडारमुनि जति खाए पनि नअघाउने हन्तकाली मुखको माथितिरका पाखो चउरमा दुवैतिर टत्रै छ्वाली जुँगा देखेको थिएँ । आज आधा भागको जुँगा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : फेसबुक

~होतराज पौडेल~ ‘खै खै म पनि हेर्छु, फेसबुक ।’ श्रीमतीले ल्यापटपको स्क्रीनमा झम्टिन आइन् । म स्वयं पनि त्यति परिचित थिइनँ त्यो फेसबुक भन्ने प्रविधिसँग । छोराको सहायताले एउटा फेसबुक एकाउन्टसम्म खोल्न सकेको थिएँ । प्रविधिसँग आफुलाई पनि परिवर्तन गर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्ञानी र बुनु

~सुशीलराज रेग्मी~ एक गाउँ थियो । गाउँको माझमा एक माध्यमिक तहसम्मको विद्यालय । जहाँ दुर दुरदेखि विद्यार्थीहरू पढ्नका लागि आउँथे । फरक जाति, फरक भाषा अनि फरक–फरक पारिवारिक पृष्ठभूमि बोकेका नानी बाबुहरू । विद्यालय आफैँमा एक फुलबारी जस्तै थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेवा ही परमो धर्म!

~घनेन्द्र ओझा~ निकै ठूलो समाजसेवीका रूपमा परिचित छ ऊ। उमेरको आधा समय समाजसेवामै समर्पित गरेको छ उसले। घर, परिवार, सन्तानको चाहना भएन उसलाई अथवा त्यसको लोभ देखाएन। समाजको हित, मानिसहरूको सेवा, उसले जानेको यत्ति हो। निकै समय बिताइसकेको छ उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्या

~सीता अर्याल~ बाबुआमाको न्यानो काख र मीठो दूध-भातलाई चटक्क बिर्सेर म पलायन भएको हुँ। पढ्ने, जागिर खाने, आफ्नो भविष्य उज्यालो पार्ने सिलसिलालाई च्यापेर मैले मेरा बुबाआमाको छातीमा लात हानेको छु। त्यसको बदला आज आफ्नै छातीमा कसैको लात बज्रिरहेछ। मेरो पूजनीय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फिलिम

~लेनिन बञ्जाडे~ “बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो …।” रमेशले एकाएक गाउँ थर्कायो। एक हप्तादेखि चित्रहार मा अजय देवगन र रविना टण्डन नाचेको हेर्दा–हेर्दा हामी वाक्क भइसकेका थियौं। अजय देवगनले फूल और काँटे देखि रमेश र मेरो मनमा हुन्डरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जोगी पनि शुद्ध छैन

~वैद्यनाथ ठाकुर~ नम्बर एक क्रान्तिकारी पार्टीको स्थानीय निर्वाचनको लागि उमेदवार चयन गर्ने जिल्लाबाट सिफारिस भइआएको नामावली उपर अन्तिम पैmसलाको लागि गम्भीर छलफल हुँदै थियो । प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गर्दै थिए । एउटा कुनामा बसेको कमरेडको मनमा रिपोर्टिङ सुनेर उथलपुथल भइरहेको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाँस, बास र कपास

~एकदेव अधिकारी~ सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो। उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए। एकैछिनमा होटेलबाट फोहोरको डुङ्गुर लिएर एउटा भ्यान … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : अनुभूति

~कुमार काफ्ले~ -राम र रमिता दिनभर पाखुरी चलाउँछन्,दश नङ्ग्रा खियाउँछन्। -समय कटेको पत्तै पाउँदैनन्। -गाग्रीबाट अंखोरामा सारेर चिसो पानी खान्छन्,प्यास मेट्छन्। -रमिता ढिँडो रोटी,मीठो मसिनो बनाउँछिन्,स्नेह र आत्मीयता मिसाएर पस्किन्छिन्।

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : बन्द

~निश्चल काउचा~ रात भरि भारी बर्षा भए पनि बिहान आकाश खुलेको छैन फेरी पानी पर्ला जस्तो छ ! आज त नेपाल बन्द रे सुन्तली बिहानै गनगनाइ आज के खाने होला केही छैन ! साईलाले गोजीबाट २० रुपया झिकेर दियो ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पालोको पैचो

~पूर्ण कान्छा गुरुङ~ एका देशमा एउटा ढिकुरे नामको सानो गाउँ थियो । ्यो गाउमा भौगोलिक बनावटीको कारणले गर्दा त्यो गाउ अरु गाउहरु भन्दा अलग प्राकृतिक सुन्दरताले सजिएको थियो । दाया बाया बाट सानो खोल्साले काटेको थियो भने तल लिखु खोला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फेसबुकको प्रेम

~अम्बिका कार्की~ म आज नारायणघाट जान पर्ने थियो र स्कुटर भित्रबाट निकालें यस्सो हेरेकी भित्र पर्स छुटेछ स्कुटर रोकेर भित्र गएर पर्स लिएर आएँ र स्कुटर स्टार्ट गर्न लागें स्कुटर स्टार्ट भएन पटक पटक कोसिस गरें किक हानें फेरिपनी स्टार्ट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दर्शन

वैकुण्ठ ढकाल- पैसा सबै थोक हो । पैसा केहि हो तर सबै थोक हैन । हामी बीच यही बिषयमा लामो समय बिबाद भयो । हामी ज्यादै मिल्ने साथी हौं तर पनि पैसाको बिषयमा हाम्रो साझा धारणा कहिल्यै पनि बन्न सकेन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नजोडीएको साईनो

~उर्मिला थपलिया~ भाग-१ नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कौन बनेगा प्रधानमन्त्री ?

~सन्तोष चिमरिया~ देबी और सज्जनों ! मै अमिताब बच्चन कौन बनेका प्रधानमन्त्रीमे आप सबका स्वागत कर्ता हुं ! आज हटसिटमे नेपालसे प्राईम मिनिस्टर इन वेटिङ श्री प्रचण्ड जि बिराजमान है । कृपया तालिओं से उनका अभिनन्दन करे ……… “बताईए कैसे … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : विकुलाल कुसाथा

~हरि अधिकारी~ अलि पर, धेरैजना मिलेर ठूलो – ठूलो स्वरमा भजन गरेको कि त असारे दोहरीको भाकामा मन फुकाएर गाएको जस्तो केही लयबद्ध सुनियो । त्यतातिर जाउँ – नजाउँ एकछिन मन दोमन भयो । तर एकैछिन मात्र । एकछिनपछि नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सुन्दर गाउँ

~कात्यायन~ – अति नै सुन्दर गाउँमा उनीहरू पुगे | मानिसहरू पनि सुन्दर थिए | – रूख-बिरुवाहरू ढलेका-सोत्राम भएकाथिए | – नदी-नालाहरू उर्लिएर वस्ती नै उजाड भएकोथियो | – खडेरीले अन्न-पात सबै झुरुम्म भएकाथिए |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सिंहराज र गजराज

~इस्माली~ डाँडामुनिको ओडार अघिल्तिरको टारी चौरमा त्यस वन र वरपरका पशुहरू एकत्रित भएका थिए । ओडार अघिल्तिरको न्यानो घाममा सिंहसिंहिनी र डमरुहरू थिए । अलि परतिर रहेका बाघ, चितुवा र ब्वाँसाहरू पनि निन्याउरो मुख मुद्रामा गजराजतिर हेरिरहेका थिए । चौरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिभूषण

~अज्ञात~ लेखकज्यू हजुरले देख्नु नै नभएको हो कि जानीजानी टाहोलीदै हुनुहुन्छ -’ परिचित आवाज सुनेर थोरै झस्किदै आवाज आएतिर म फर्किए । रवाफीलो त्यो अनुहार मुस्कुराउदै मलाई नै एककोहोरो हेरीरहेको थियो । ‘अस्तिनै मैले लेखक भनेर कुरा गरेकी थिए नि, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाम नपाएको सम्बन्ध

~विश्वराज अधिकारी~ मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो माया हो ?

~प्रेम लामा~ “लभ गर्ने बेलामा गरिस् । अहिले नलैजान्न भनेर हुन्छ ?” एक १३ वर्षीया केटी कोपिला (नाम परिवर्तन) ले सबैको सामु भनिन् । तर १५ वर्षिय उनको ब्वाय फ्रेन्ड भनौदो डेबिट (नाम परिवर्तन) को जवाफ थियो–“म तँलाई मन पराउँदिनँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आपसी मेलमिलाप

~वीरेन्द्र साह~ सर्लाही जिल्लाको सीतापुर भन्ने गाउँमा रामबाबू सिंह बस्थ्ये । उनकी पत्नी मायादेवी, दुई छोराहरू राधेकृष्ण र श्याम थिए । यिनीहरू अत्यन्त गरिब थिए । रामबाबूले वीरगंज शहरमा ठेला चलाएर आफ्नो घरपरिवार चलाउँथ्यो । उनले परिश्रम गरेर घरखेत पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पिच्कारी

~श्रेयज सुवेदी~ बिहानको घामले पर्दा छिछोलेर कोठाभित्र पस्नसमेत भ्याकाथेनन्…माँको फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाएँ । हेलो पनि नभनी सीधैं सोध्नु‘भो, “घर आउँदैनस् ?” होली खेल्ने मन नभएको र घर नआउने कुरा हिजै जानकारी गराए तापनि एकाबिहानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरामी

~श्रेयज सुवेदी~ म कमजोर छैन । म चुपचाप छु । यसको मतलब यो हैन कि म बोल्न सक्दिनँ । तिम्रो हरकतको प्रतिक्रिया दिन्न यसको मतलब यो हैन कि मलाई प्रतिकार गर्न आउँदैन । मेरोबारे नकारात्मक सोच पाल्ने तिम्रो उपस्थितिले बान्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको चिठी

~यमुना प्रधानाङ्ग ‘मुना’~ मेरो हातमा चिठी ? कसको होला ? म पठाउने व्यक्तिको नामै नपढी आफ्नै मनमा अनेकौं कुरा गुन्न थालें । चिठी पठाइहाल्नुपर्ने कारण के थियो होला ? चिठी नै पठाउनुपर्ने भए पहिले फोन गथ्र्यो होला किनकि मेरा आफन्तहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment