Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

सूत्रकथा : जितौरी

~भूधरा उपाध्याय~ चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।” स्वास्नी पनि खाइपिइ

Posted in सूत्रकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : किशुनजीको छाता

~शैलेश भट्टराई~ आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाइन माने लाइन

~पिँडालु पण्डित~ मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो । अङ्गे्रजी शब्द भण्डारभित्र रहँदा बस्दा यो शब्दले त्यहाँ के के करामत ग¥यो मलाई थाहा छैन । तर, नेपाली शब्द भण्डारमा भित्रिएपछि भने … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : पुरेले के गर्यो?

~सुरेस खनाल~ पुरे बिउँझियो। बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपहरण

~अभय श्रेष्ठ~ चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’। भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभरि अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झिन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~ “मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो । बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड

~स्वप्नील बादल~ शत्रुको निशाना र हाम्रो छातीको दुरी निकै कम हुदै थियो  | तिम्रो युद्ध कुशलता र मेरो कायेरता बीचको   दूरी भने   निकै फराकिलो थियो | तेसैले त तिमी पछाडि नफर्की शत्रु सामु लगातार धावा बोलिरहेका थियौ, आगो उकाली रहेको थियौ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दीवारानी (१)

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मौन विरोध

~शर्मिला खड्का दाहाल~ प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सहयोगको बिजोग

~अरुणबहादुर खत्री ‘नदी’~ कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो । “ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : निरीह भाषा

~कुमार काफ्ले~ -भाषाविद्हरू स्पष्टरुपमा दुई खेमामा विभक्त भएका थिए। -एकथरि भाषाको हिज्जे साविककै कायम हुनुपर्ने पक्षमा थिए। -अर्काथरि भाषाले सरलताको बाटो खोज्छ भन्दै वर्णविन्यासको साविक रुपलाई बदलेर

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : …..अर्थात् स्वत्व

~सुवास खनाल~ यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~ ‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : तपाइँको पहाड कहाँ हो ?

~भीष्म उप्रेती~ ‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : बिद्रोह

~नवराज शमिर~ आमा, म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सजीव-चित्र

~कात्यायन~ – चित्रकारले सानो छंदा एउटा चित्र बनाएकोथियो | चित्रमा आकाश थियो ! इन्द्रेणी थियो ! मयूर नाचिरहेको थियो ! – उसले केही वर्षपछि त्यही चित्रमा – बादल थप्यो; वर्षात थप्यो; चट्रयांग थप्यो |

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घन

~रन्जु ‘मार्ग’~ निकै दिन भै ‘सकेको थियो उसले त्यो कारखानामा काम गर्न थालेको | ऊ फलामबाट घरायसी हतियारहरु हँसिया ,खुर्पा ,बन्चरो ,तरबार -खुँडाहरु बनाउने काम गर्दथियो | ऊ त्यही काममा दिनभरी ब्यस्त हुन्थियो |उसलाई यता उता जाने फुर्सद पनि हुदैनथियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नसोचेको उत्तर

~दुर्गाप्रसाद ग्वालटारे~ कतिपय नेपाली उखान-टुक्का सुन्दा कन्सिरी तातेर आउँछ मेरो। त्यसमध्येकै एउटा हो- “उल्फाको धन, फुपूको सराद्दे” । मलाई सबभन्दा बढी मन पर्ने र मलाई सबभन्दा बढ्ता मायाँ गर्ने मान्छे मेरी फुपू नै हुनुहुन्छ । मैले थाहा पाएदेखि नैं उहाँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकता

~एकदेव अधिकारी~ आज देवमाया खुसीले गद्गद् छिन्। अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्। देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : २३ माइला

~रुपेश राई~ २३ माइलाको मताइले घरलाई पिरलो भइरहेको थियो…। ऊ जान्दथ्यो तरै पनि त्यो लतबाट छुट्न भने सकेको थिएन! गलत निर्णयको गलत मार्गले गलत दिशातिर उसलाई खिचिरहेको थियो। केवल उसले उचित उपाय र संसर्ग भने पाइरहेको थिएन। एक दिन बिहानै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पच्चीस सयका बा

~गणेश ओली~ वनका चरा । खोलाको कलकल । हावाको निष्फिक्रीपन । जूनको चहक । सूर्यको आफ्नै गति । ताराहरुको टिलपिल । यस्तै जीवन जिउन चाहन्छ मान्छे । खुला आकाश । खुला धर्ति । यसैमा छन् अनेक प्राणी । मानिस पनि यस्तै एक प्राणी हो । तर समाजले देशको सीमारेखा कोरेको छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्ठुरी निरु

~निर्मल रायमाझी~ बिद्यालय स्तर को अन्तिम परिक्षा एस .एल.सी. को तयारी गर्नु थियो । कुरा २०५७ साल को हो म आफ्नो पढाई को सिलसिला मा कक्षा १० को सेन्ट अप पास भए पछी एस.एल.सी. को तयारी गर्न को लागि एस.एल.सी. … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बिछोड

~केशवकुमार दाहाल~ बिछोड शब्द आफैमा कति पीडादायक हुन्छ, केही दिन त के, केही छिनको बिछोड पनि धेरै दुःखद् हुन्छ भने कहिल्यै पनि मिलन नहुनेगरी भएको बिछोड झन् कति पीडादायक हुन्छ होला ! त्यो अकल्पनीय नै हुन्छ । हो, उनी अर्थात् … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य कथा : माहिला फुपा

~जयराज भट्टराई~ बिहान माथि पहाडतिरबाट सिरेटो चल्यो । चिसोले सेकिएर नाक–कान–गाला सप्पै लाट्टिए । कान छाम्यो– कानै छैन, नाक छाम्यो– नाकै छैन । यस्तोमा मलाई हर्हरी बाफ चल्ने चामलपिठोको भक्का याद आउँछ । चिसामा तातोभक्का कुपुकुपु खानुको आनन्द म लेख्न … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : सहयोग

~अरुणबहादुर खत्री “नदी”~ सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अस्तित्व

~संकलक : गोपालप्रसाद पौडेल~ तह र तल्लाका कुरा हुन । तह भन्ना साथ एक अर्काका पुरक मानिन्छन । एक अर्काका सहयोग बिना कुनै पनि पक्षको अस्तित्व रहदैन । यस्तै एउटा काहानी हामी सबैलाई थाहा भएकै हो । त्यो कथा एउटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पौराणिक कथा : शिकारी, बँदेल र स्याल

~उमाशङ्कर द्विवेदी~ वनको एउटा कुनामा एउटा शिकारी बस्दथ्यो । एक दिन शिकारको लागि ऊ वनमा निस्केको थियो । हिंड्दै जाँदा उसले अत्यन्त विशाल तथा कालो वर्णको एउटा बँदेल फेला पार्‍यो । सामुन्ने त्यस्तो अदभूत शिकार देखेर शिकारीले तत्कालै धनुषको डोरी … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

लघुकथा : सङ्घीयताको रूप

~प्रदीप नेपाल~ रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~एकदेव अधिकारी~ सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो। घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले। ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सुनामी सन्देश

~रुमन न्यौपाने ‘अमन्त’~ एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर बसन्त नामका दुई राजकुमार थिए । रानी पनी परम सुन्दरी थिईन । राजा र जनता बिच परस्पर राम्रो सम्बन्ध थियो । देशमा खुसी थियो, शान्ती थियो । एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलेसियन सपना

~सुन्दर मानन्धर~ सपना नदेख्नू भन्छन् तर मैले दिउसै सपना देखेँ– सपना देख्दा मेरा आँखाहरु ट्वाल्ल थिए, मनहरु निर्गूढ……..। सपनाको हुरीले हुत्याएर पुर्यायो मलाई मलेसिया । सपनाको आँधीले लत्याएर ल्यायो मलाई नेपाल । म अझैँ पनि सपनाबीच रल्लिएको रल्लिएै छु । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment