Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : लाइफ इज ब्युटीफुल !

~भाउपन्थी~ नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पार्कमा एक घण्टा

~आन्बिका गिरी~ केटोले केटीको ओठमा ओठ राख्न लाग्दा सम्म मैले हेरीरहे । केटीका आँखा बन्द थिए । जब उसले राख्यो नै तब मलाई अचानक खोकी आयो । मैले खोके, दुबै झस्किए । केटी लजाई, केटो रिसायो । यस्तो लाग्थ्यो उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडल

~चंकी श्रेष्ठ ‘अभय’~ आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेब्राक्रसमा उभिएर

~अनमोल मणी~ म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो । ऊसँगको मेरो यो दोस्रो भेट थियो । यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डुलिपि

~कुमार नगरकोटि~ १) अज्ञात लेखक त्यो कुनै आदिवासी-मौसम थियो सायद….। एउटा आत्मकथाको पाण्डुलिपी मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो । आफूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : यन्त्रवत

~कृष्ण बज्गाईं~ आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो। भीडका मानिसहरु बडो आश्चर्य मान्दै त्यहाँ देखिएको दृष्यको मजा थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भन्सारको जागिर

~मञ्जु काँचुली~ भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन। यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र। तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो डायरी

~लक्ष्मी पोखरेल~ छितिज र रातो घामको मिलन भएको गोधुली साँझ थियो, चराहरु बास बसिसकेका थिए । पुर्णिमाको रात चाँदनी को आगमन हुँदै थियो म भने आफ्नै सोंचमा

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समारोह

~डा. ध्रुबचन्द्र गौतम~ हाम्रो कम्पनी अब कर्पाेरेट बनेको थियो। हामी देशका मल्टिनेशनल भनिने गन्तीका थोरै कम्पनीमा सामेल भइसकेका थियौं। प्रचारहरूमा हामी भन्दथ्यौं, “हाम्रो सफलता हाम्रो सङ्घर्ष हो।” कोही कोही यसलाई उच्च आकाङ्क्षाको मनोविज्ञान मान्दथे जुन हाम्रा लागि हानिकारक थिएन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

देहत्याग

~दिपक जडित~ “दीपक, उठ छोरा । आज मातातीर्थ औंसी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मीठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाइदे । बैनीले अगि नै उठेर सबैथोक गरिसकी । ऐले तेरो क्याम्पस जाने बेला हुन्छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुखको प्रणय

~राशि पाण्डे~ उनी धेरै दिनपछि माइत जान हिँडेकी थिइन् । लोग्ने लाहुर गएको पनि ६ वर्ष भइसकेको थियो । घरमा सासु–ससुराबाहेक अरू कोही थिएनन् । मध्याह्नको करिब दुई बजेको थियो । ठाडो उकालो । उनलाई थकाइ लाग्यो । उनी चौतारीमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : आम्दानी महात्म्य

~डा. सुमन राज ताम्राकार~ काठमाडौं नाम मात्रले पनि भारिलो छ । उहिले उहिले भए काठमाडौं भने बित्तिकै पशुपतिनाथ, स्वयम्भु, धरहरा, घण्टाघर, शहिदगेट सम्झिन्थ्यौं , आजकल त काठमाडौं भन्यो कि आलु धार्नी ५०, प्याज धार्नी १२०, साग मुठा १०, चामल किलो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ढुङ्गा

~डा. ध्रुबचन्द्र गौतम ~ केवल एउटा ढुङ्गा बाँकी थियो । आफ्नो भन्नलाई र घर भन्नलाई । ढुङ्गा ? हो । एउटा विशाल चट्टान भनुँ । पातलो हुँदै भुइँमा गाडिएको थियो । मास्तिर विशाल फिंजिएको त्यो चट्टानको विस्तृत भाग थियो । कथामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युशय्यामा युधिष्ठिर

~नयनराज पाण्डे~ यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् । त्यसैले यो कथा अविश्वसनीय लाग्न सक्छ । तर पनि म तपाईं … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पैसा

~भवानी भिक्षु~ ‘एक पैसा हजुर… …सानुलाई म नभोग .. … … ।’- मैलो टालोमा बेह्रिएको एक-डेढ महिनाको शिशुलाई देखाउँदै, जीर्ण-सीर्ण आइमाईले भनी । नाउँ मात्रको पातलो फूटपाथको पुछारमा बसेर पर्ूवपट्टबिाट आउने सूर्यको अलिअलि मात्र घाम आफ्नो सानुलाई ओगटी त्यो बसेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिडनाइट हट

~ब्रजेश खनाल ~ उमेरको झण्डैझण्डै पचास वर्ष छुनेबेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ। उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन। जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : घरको जग हाल्दै

~बूँद राना~ बूँदजी !, काठमाडौँमा घर बनाउनु भो ? केही समय यतादेखि मेरा परिचितहरूले मसँग सोध्ने गरेको प्रश्न हो यो । यो प्रश्न सोध्नेक्रम घट्लाजस्तो लाग्दैन, बरु बढ्ला । काठमाडौँ र घरको प्रसङ्ग उठ्दा विगतका तत्सम्बन्धी केही भावनात्मक तथ्यहरू मेरा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

एउटी विवश महिला

~महेन्द्र चालिसे~ म यहाँ अहिले तपाईंहरूसामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु सुनिसकेपछि तपाईंहरूले मेरो र मजस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

शब्द निश्शब्द कोलाज

~तुल्सी थापा~ पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : चरिचुच्चे ‘च’

~भैरब अर्याल~ हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘उडाउनु’ सित एकछिन उड्दा

~भैरब अर्याल~ एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : केही राष्ट्रिय रोग : एक अनुसन्धान

~भैरब अर्याल~ केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नाम फर्ने धुनमा

~भैरब अर्याल~ …धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’ भन्दा कति जाग्लिन् ? अनि म … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जय भोलि !

~भैरब अर्याल~ पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : भान्सा भो हजुर ?

~भैरब अर्याल~ “भान्सा भो हजुर ?” आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरु पुलिसको आवाज सुनेका जुवाडेहरुझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चुरोट : केही झिलिमिली संस्मरण

~भैरब अर्याल~ एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेता नम्बर एक सय एक

~भैरब अर्याल~ दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : विकृति प्रतियोगिताको आयोजक समिति

~भैरब अर्याल~ नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपाली सुन्दरसुन्दरीहरु दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीझैँ भित्रैदेखि प्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझैँ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : लाहुरेको यात्रासंस्मरण

~भैरब अर्याल~ एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मादक वस्तुको सेवन

~शङ्कर लामिछाने~ झोछेँको सडकमा गाँजा तथा हृयासिसको पसलहरूको लाइन छ । जत्ति विदेशी पर्यटक आउँछन् तिनका लागि यो खुलेआम बिक्री ज्यादै आश्‍चर्य लाग्दछ । साइनबोर्डको फोटो त उनीहरू खिच्छन् आफ्ना, फर्केर मित्र तथा परिवारलाई देखाउन, नत्रभने उनीहरूलाई विश्वास हुने छैन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : माया नं ६५३

~शङ्कर लामिछाने~ माया आज अलि उद्विग्न थिई । हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई । पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस् । र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : एब्स्ट्रयाक्ट चिन्तनः प्याज

~शङ्कर लामिछाने~ हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?” ” मजाको छ । अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्रयाक्ट शैली प्रयोग गर्नुस् न ।” … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment