Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : ए मन!

~सुषमा मानन्धर~ म छु। मभित्र मन छ। तर मनभित्र म छु कि छैन? खै कुन्नि! मनलाई बुझ्न यति सजिलो कहाँ छ र? झन् यसभित्रको सत्यसँग साक्षात्कार हुनु त बुद्धत्व प्राप्त गर्नुभन्दा कम कहाँ होला! रहस्यको पत्रैपत्रभित्र खप्टिएको मन जति खोल्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : ब्रम्हा, विष्णु र महादेव: को ठूलो ?

~भैरब अर्याल~ एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ । दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन् । महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन््- “लौ एउटा उँधो जाओ, अर्को उँभो । … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : छाडेको फूल

~दिनमान गुर्मछान~ सुधालाई देखेँ, अचानक । ऊ मेरै अगाडि मतिरै लम्किदै थिई । अब त उसले पनि मलाई देखी । हाम्रा आँखा चार भए । म अडिएँ । धेरै पछि भेट्दैछु उसलाई, चार वर्ष भइसक्यो क्यारे । ‘सुबोध तिमी ? आज अचानक भेटियौ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेम पत्र

~सुषमा मानन्धर~ ऊ मेरी सहकर्मी, हामीले करिब एकै समयमा जागिर खाएका थियौं । म कामप्रति पुरै इमान्दार भए पनि ज्यादै अन्तर्मुखि स्वभावको छु । आफैमा मग्न र मौन त्यसैले मानिसहरु मलाई ‘संकोची’ भन्छन् हुन पनि म अरु जस्तो बढी बोलिरहन्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खण्डिता

~राजेन्द्र श्रेष्ठ~ मधुरो गतिमा आएको कारको गति भुईँमा बिछ्याइएको राजस्थानी मार्बललाई चक्काले घसार्दै घ्याच्च रोकियो। सिट बेल्ट नबाँधी आफैले हाँकेको कारबाट लरखराउँदै दिवाकर हातमा कोट झुण्ड्याउँदै झर्छ। मिल्ने भए ऊ त्यहीँ सुत्न चाहन्छ तर लक्ष्मीले आड दिएर भित्रसम्म पुर्‍याएपछि एकपटक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँध

~सुषमा मानन्धर~ “लेखिका महोदया, कतै म तिम्रो कथाको कुनै पात्र त बनेको छैन?” होटलमा बिहान ब्रेकफास्ट लिँदा सागरले हाँस्दै प्रश्न गरेको थियो। म एक लेखिका हुँ र लेख्नेहरुसँग यस्तो प्रश्न गरिनु कुनै अस्वाभाविक पनि हैन। “पहिला पढ्नू न।” मैले कुरालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरस्कार

~डा. लेखनाथ काफ्ले~ कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्‍यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसली भाउजू

~राममणि पोखरेल~ असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परीक्षण

~बिन्देश मगर~ “जय नेपाल विजय जी।” जय नेपाल।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु। प्रकाश मेरो समकक्षी साथी DSP हो। उ र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दादेखीको नै हो। CBI मा सँगसँगैको भर्ति, एउटै Department र हाल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुत्तरित ?

~दामोदर कोइराला~ २४ भाद्र २०५४ आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ ।अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माया

~माधव नेपाल~ एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पछुतो

~सुषमा मानन्धर~ “साथीहरु, यो कथामा एउटा नयाँ प्रयोग गरिएको छ। कथाको टुङ्ग्याउनी दुई किसिमले सोचिएको छ। कुन किसिमको अन्त्य ठीक होला, तपाईँले भोट गर्नुपर्नेछ। कृपया कथा पूरै पढी यो नयाँ प्रयोगमा आफ्नो सहभागिता जनाइदिनुहोला।” एउटा झिनो आशा लिएर मैले ढोकाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छैन उन्मुक्ति

~प्रमोद अधिकारी~ मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आसन्न मृत्यु

~राजेश नतांश~ मर्नु एक कला हो, हरेक किसिमका कलाझैँ अपवादले मैले यसलाई निर्वाह गर्न सकेँ । —सिल्भिया प्लाथ सप्तकोशीको यो गर्तले मलाई बोलाइरहेछ, “डब् मेरो शरीरमा र सम्पूर्ण जीवनलाई विर्सजन गरी दे ! तेँरो

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो सर

~पी. आर. गिरी~ आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठिन प्रेमयात्रा

~बिकास घिमिरे~ “नाईँ प्रनिश, यो सम्बन्ध कायम हुन सक्दैन, बिना अर्थको सम्बन्ध, औचित्यहिन प्रेम जसलाई बुझ्न र हेर्न कसैले चाहदैन या मान्दैन । यस्तो अनमेल सम्बन्धलाई यही विश्राम दिनु नै बेस हुन्छ तिम्रो लागि अनि मेरो निम्ति पनि । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुक्क! मेरो सपनाको अमेरिका!!

~हरि घिमिरे~ सागर त्यसबेला सुखी परिवारको अभिभावक। छोरा र छोरी विज्ञान विषय लिएर आइ.एस्सी. उत्तीर्ण गरेका। श्रीमती कलेजमा पढाउने। आफू पनि सरकारी कलेजको कमर्शको प्राध्यापक,बोर्डिङ् स्कूलको संस्थापक, निजी कलेजको प्रिन्सिपल। कुनै कमी थिएन जीवन सञ्चालन गर्ने पद्धतिमा।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सबै प्रश्नका जवाफ हुँदैनन्

~झलक पौडेल~ करिब दुई वर्षपछि न्यूरोडमा उसलाई दोस्रोपल्ट देख्दा मलाई छुट्टै किसिमको आनन्द लाग्यो । ऊ बगर जाने माइक्रोको पछिल्लो सिटमा एक्लै थिइ। सायद संयोग थियो त्यो, म पनि उही बसमा चढेँ। हामी एउटै सिटमा थियौँ। ऊ मुसुक्क हाँसी मात्र। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टिमुर्केहरु

~प्रमोद अधिकारी~ टेबुल छेउमा झुण्डिएको बेल स्विच चार पटक दबाइसकें। कोही देखा पर्दैनन्। म आफैँ जुरुक्क उठेर ढोकाबाट मुन्टो निकालेर काउन्टरतिर चिच्याएँ ‘ए बैनी ! एक प्लेट भट्मास चिउरा लेऊ न !’साथी र म सितनको अभावमा चिसिँदै गरेको वियर हेर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निरन्तरता

~डा. लेखनाथ काफ्ले~ ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्याजे पैसा

~उत्तम पौडेल~ हिजोसम्म दिनभरी दाएको गोरुजस्तो देखिने श्यामे आज बेग्लै छ। मनमा शान्ती, मुहरमा कान्ति, शरीरमा फुर्ति -सबै छ। नहोस् पनि कसरी ? अमेरिका आएको ४ महिनामा आज पहिलो तलब बुझेको दिन, त्यो पनि पूरै महिनाको। पहिलो तीन महिनामा उस्ले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तातो पानी

~उत्तम पौडेल~ ” ल यो तातो पानी खुरुक्क खाउ त !! ” एक बिहानै कान नै झर्ने गरी चर्को चर्को बोलीमा भ्यागुतो जस्तै ट्वार-ट्वार गर्दै श्रीमतीको कोठा भित्र आगमन भयो। ” छिटो उठ भन्या…” अलि घुर्किपूर्ण बोलीमा फेरी अलिकिती ट्वारट्वाराहट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गुड्डी

~वीणा सिन्हा~ आमा ! म यो जुठो रसभरी खान्नँ। गुड्डीको यस्तो कुरा सुनेपछि आमा (सुधा)लाई रिस उठ्यो। ठीक छ, तिमी खाँदिनौ भने म के गरौँ ? अब अरु रसभरी छैन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नफुल्दै फूल

~सुषमा मानन्धर~ मैले फोन राखेँ र सोच्न थालेँ। बिहानको भागदौडले जिउ थकाएको थियो र अहिले अकस्मात सन्चो नभए जस्तो हुनथाल्यो। केही यात्रु आज एयरपोर्टमा ट्याक्सीको उपस्थिति निकै कम देखिएको भन्ने कुरा गर्दे थिए। हिजो राती भएको सडक दुर्घटनामा ड्राइभर कुटिएपछि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाउको इज्जत

~डा. लेखनाथ काफ्ले~ पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु रक्स!

~झलक पौडेल~ गण्डकी क्षेत्रीय अस्पताल, पोखराको मेडिकल वार्ड १३ नं. बेड बेडमा म अज्ञात रोगको सिकिस्त बिरामी टाउकोनिर स्ट्यान्डमा झुन्डिएको सलाइनको बोतल

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिशोध

~सुषमा मानन्धर~ त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कुकुरको पुच्छर

~उत्तम पौडेल~ स्वर्ग र नर्कको बार्षिक आय-व्यय, प्रगति विवरण निकाल्न देबी-देउताको असार मसान्तमा बैठक बस्यो। आफैले सृस्टि गरेको हुनाले धरै माया लागेर पो हो की, सृस्टिकर्ता ब्रह्माले पृथ्बीका सबै देशको विवरण पनि सोहि समयमा हेर्ने गर्दथे। राम्रो र गतिलो केहि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपूर्ण प्यास

~अनुपम रोशी~ एघार बजिसक्यो, बाह्र बजेदेखि कार्यक्रम छ। छिटो गर न हो केटाकेटी, अबेर भइसक्यो भन्या। वर्षाले हतारिँदै खाना पस्कन्छे। ह्या यो मम्मी पनि जहिले पनि खाने बेलामा अत्याउनु हुन्छ, छोरी झन्किँदै बोल्छे। त्यसैले त अघिदेखि खाना खान आऊ भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उमेरसँगै सिकिन्छ पहाड चढ्न

~विभोर बराल~ आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा अर्को कथा

~सुषमा मानन्धर~ “मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथीको लोग्ने

~सुनिल सङ्गम~ आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment