Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : भित्तेका उद्‍घाटन माला

~जगदीश घिमिरे~ आमालाई क्यान्सर भएछ। खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

पालो जनताको

~प्रेम नेपाली~ १ रंगेलीपाटनमा मानिसहरूको विचित्रको जमघट थियो । गाउँ गाउवाट राता झण्डा बोकेको गाउँलेहरू जिन्दावाद र मुर्दावादको नारा घन्काउदै भेलामा आई पुगेका थिए । भतभति पोल्ने घाममा पसिनाले चिप्लिकै भिजेका गाउँलेहरू ठेलम ठेल गर्दै सभामा वसेका थिए । घरदेखि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : योग्यता

~ जगदीश घिमिरे~ यो कथा होइन, दन्तेकथा हो, एकादेशको कुरा । मैले साथीबाट सुनें, साथीले उसको साथीबाट सुन्यो रे, उसले पनि उसको साथीबाट । सुन्ने सुनाउने क्रम अनन्त छ, तर कथाको अन्त्य यस्तो छ –

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : प्योर नेपाली

~अकवी~ प्योर नेपालीको खेती निकै घटी सकेको थियो। भन्नाले, प्योर नेपालीहरू जन्माउने भनेको निम्न वर्ग र निम्न मध्यम वर्ग मात्रै बांकी थिए। उपल्लो अर्थात एलिट वर्गमा नेपाली र विदेशीको क्रस भएर जन्मिएकाहरुको हालीमुहाली थियो। आफ्ना सन्ततिहरुको भविष्य सुरक्षित गर्ने दुइटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~अनिल पौडेल~ फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम् भेट

~जगतराम वर्देवा ‘घायल’~ २०६१ साल असार महिनाको ४गते दिन् थियो । नेपाली समय अनुसार घडीको सुइ सूस्त सूस्त गतिमा सर्दै थियो मानौ ११ वज्ने तर्खरमा .. काठमाण्डौ वाट झापाको गौरीगंज सम्म जानको लागि यात्रु लिएर आएको तिलंगा यातायात सेवाको ना। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !

~नन्दलाल आचार्य~ श्रद्धेय पूर्व अर्थमन्त्री बाबुराम भट्टराईज्यू, जन अपेक्षाका क्षेत्र सम्बोधनका लागि लाल अभिवादन ! औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको

~विना तामाङ ‘सुनगाभा’~ यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् । झन राम्री पो देखें साथमा लगभग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा माझी

~शिव ज्ञवाली~ माझी घरि बहना चलाउँछ घरि पानीले निथु्रक भिजेको कछाडलाई निचोरेर नदी किनारमा सुकाउँछ । र तरक्क पसिना पुछ्दै फेरी त्यही पुरानो डुङ्गालाई नदीको छालमा हेलिदिन्छ । मैलोमैलो धुलाम्मे कमिज पसिनाका बुँदहरुले कटकटिएका छन् । र काखीबाट आइरहेछ अमिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बूढो र पिज्जा

~सुबिन भट्टराई~ बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक अँजुली खुशी

~अन्ना~ वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कर्फ्र्यू लागेको रात

~सकु थापा~ दिन सुनसान छ, अनि रातपनि त्यस्तै चकमन्नै । बाहिर कतैकतै कुकुरहरूको एकोहोरा कर्राई मात्र सुनिन्छ। मानिसहरूको हर्कत कहीकतै भेटिदैन् केवल सुरक्षाकर्मीहरूको गाडीको हुँइक्याइको आवाज बाहेक । शून्यशून्य लाग्छ सबै कुराहरू। बाहिर जति सुनसान भएपनि त्यसको ठीक विपरित मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सुनको ब्रा

~वासुदेव गुरागाई~ कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : पहिचानको शिकार

~आनन्दराम पौडेल~ भिनाज्यु बैकुण्ठ बलामीको घर हेटौंडा, नवलपुरमा थिएँ। रातको पौनेदश बजेको थियो। बिछ्यौनामा पल्टनासाथ निन्द्राले झ्याप्पै पारेको थियो। कसैले बोलाइरहेको मधुर नारी स्वर कानमा प-यो। अर्धनिन्द्रामै नारी आकृति देखें। औसतभन्दा मोटी अधबैंशे महिला थिइन्। प्रष्ट ठम्याउन नसकेर एकछिन अल्मलिएँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

आजको राशिफल

~चार्ली डेल्टा बराल~ किशोर : ए शिव ! गंगापूर्ण पोष्ट नामको दैनिक समाचारपत्रमा छापिएको आजको मेरो राशिफल त निकै बलियो छ नि। शत्रुमाथि विजय प्राप्त गर्ने। तर के गर्ने? मेरो राशि र मेरो शत्रुको राशि एउटै परेको छ। फेरि मेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु-कथा : बाटो

~राजव~ कसैले उसलाई सोध्यो : “कहाँ हिँडेको ?” “अगाडि ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : निदाएँ जगदम्बा

~नयनराज पाण्डे~ उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सूर्यमुखी

~हरिभक्त कटुवाल~ उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ । हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै । अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिन । तर मभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु-कथा : फस्ट ग्रेडको ब्राह्मण

~राजब~ कुनै कम्युनष्ट देशमा अन्तरराष्ट्रीय कम्युनिष्ट पार्टीहरूको सम्मेलन चलेको थियो । नेपालका तर्फबाट दुई कम्युनिष्ट पार्टीका पाँच नेताहरूले भाग लिएका थिए । नेपालका तर्फबाट भाग लिने सहभागीहरू पार्टिको पोलिटव्युरो र केन्द्रीय कमिटिका सदस्यहरू नै थिए । तीमध्ये तीन बाहुन थिए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : रामराज्यका बाँदरहरू

~शर्मिला खड्का दाहाल~ एकादेशमा एउटा रामराज्य थियो । रामराज्यमा सेनापति, पदाधिकारीहरू सबै बाँदर थिए । एकपल्ट उनीहरूले अचम्मको कुनै वस्तु भेट्टाए । त्यो वस्तु उज्यालो, टल्कने कुनै हिरा जस्तै थियो । त्यसको प्रकाशले कतिपय बाँदर अन्धा भए, कतिपयले घर छोडेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : युगनायिका

~भानु बोखिम~ उसले धेरै युगहरू बाँचिसकेकी थिई। सृष्टिभर कति युग आउँछ, ती युगभरि उसको आयु पक्का थियो। हरेक समयमा बाँच्थी तर उसको नाम कुनै खास समयसँग मात्र तादात्म्यता राख्दैन थियो। समयको अवधिलाई आफूभित्र कैद गर्ने युगसँग सापेक्ष थियो उसको नाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~आन्विका गिरी~ ऋषिकेश घर फर्कंदा रातको ११ बजिसकेको थियो। स्वास्नी टीभी खुल्लै राखेर झ्काएकी थिई। छोराछोरी झुलभित्र सुतिसकेका थिए। एउटा मच्छरले झुलमा टाँसिएको छोरीको गालामा रजाइँ गरिरहेको देखेर उसको पारा तात्यो, “साला!” उसले हान्दा नहान्दै मच्छर फुर्र भयो, छोरी पो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु : अस्ति, हिजो र आज

~आन्विका गिरी~ कसैको रुवाइ बिस्तारै चर्किंदै गएपछि मेरा आँखाहरू आफसेआफ खुले । आँखा खोल्दा कोठा अँध्यारो थियो । सबैभन्दा पहिला सदाझैं मैले आमालाई छामे । आमा हुनुहुन्नथ्यो । अनि मलाई पक्का भो, उज्यालो भएछ । जाडो बढ्दै गएकाले हुस्सुले छिटो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सर्प उद्योग

~पूर्ण मुनंकर्मी~ एकजना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले विभिन्न जातका थरिथरिका सर्पहरूलाई नचाउँदै गाउँलेहरूलाई मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सबै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिस रश्मी

~झलक सुवेदी~ आदरणीय सन्तोष सर, नमस्कार । मजस्ती धोका दिएर हिँडेकी स्त्रीले ‘आदरणीय’ शब्द प्रयोग गरेकोमा तपाईंंलाई आश्चर्य लागेपनि म तपाईंंलाई आदरणीय नै मान्छु । मैले तपाईंंबाटै जीवनका मूल्य र स्वतन्त्रताको शक्तिको ज्ञान प्राप्त गरेकी हु“ । सायद तपाईंंस“ग भेट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहीदको आगमन

~पूर्ण मुनंकर्मी~ हर्क बहादुरको घरमा आज धुमधामको खुसियाली छाएको छ । रातको सन्नाटालाई चिर्दै भित्र कोठामा पृथ्बीको नयाँ पाहुनाको आवाज आएको छ । बाहिर हर्क बहादुर हर्ष बढाइँ गरिरहेको छ । छिमेकीहरू जम्मा भएका छन् । तीन बिस कटेका देखिने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जिज्ञासा

~डा रवीन्द्र समीर~ ‘मामु ! मामु !! … क्लिनिकको डाक्टरले त मलाई माया गर्नुहुन्थ्यो । छोरी भन्नुहुन्थ्यो, कानमा लाउने आलाले पेट, छाती जाँच्नहुन्थ्यो । जिब्रो, घाँटी पनि हेर्नुहुन्थ्यो … यहाँको डाक्टरले मलाई किन नछामेको ? किन नबोलेको ?’

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : मौनको अग्निशमन

~महेश प्रसाईं~ अभिवादन, शून्यलाई अभिवादन। नमन्, रत्तिmतालाई नमन्। पराकृतिलाई नमन्। निराकृतिलाई नमन्। नमन्, आत्मालापलाई नमन्। आत्मोद्गारलाई नमन्। निहत्था कोहरामलाई नमन्। बलात्कृत, सन्ध्यालाई नमन्। अनाधिकृत, अभिवादन नगर्नु समयलाई। नगर्नु, समयलाई अभिनन्दन। समय छैन, समयसित।

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~बिनोद खड्का~ खेतीबारीमा काम गर्ने जाँगर थिएन । जागिर पाउनु सजिलो थिएन । टोलमा ठिटा, बुढा, शिक्षक, जागिरे सबै जग्गाकै काममा लागेका थिए। उसले पनि जग्गाकै काममा लाग्ने बिचार गर्यो र ग्राहकको खोजीमा बाटो ढुक्न थाल्यो । सौभाग्यवस जग्गा खोज्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु पर्खिरहेछ

~राशि पाण्डे~ सम्पूर्ण व्यथालाई अाँखामा समेटेर प्रसववेदनाले भैँसी उठबस गरिरहेको छ । केटाकेटीहरू भैँसीलाई चारैतिरबाट घेरेर रमिता हेरिरहेका छन् । घरभरि खुसी छाएको छ । के ब्याउने हो ? घरधनीबुढी कुँडो पकाउँदै गुनिरहेकी छिन् । पाडो पाई भने त के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निकाह

~राशि पाण्डे~ अब्व्दुल अस्पताल भर्ना भएको थियो । रजिया दुई महिनादेखि दिनरात उसको सेवामा खटिरहेकी थिई । आफ्नो जिल्लामा उपचार हुन नसकेपछि ऊ राजधानीको यस सुविधासम्पत्र अस्पतालमा थप उपचारका लागि आएको थियो । बिरामीको हेरबिचार गर्न उसकी औरत रजिया पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाहुरेको पत्र

~रबिन्द्र रिजाल~ पर पर सम्म हरियाली नदेखिने बालुवे सडकमा ल्याम्पपोष्टको बत्ती मुनि एउटा सिपाही बल गरेर अक्षरहरू खुट्याउन खोज्दै थियो । उ भर्खर प्रौढ शिक्षा सकेकी आफ्नी श्रीमतीका हस्तलिपीहरूलाई बत्तीको वरपर घुम्ने कीराहरूको छायाँले सजीव गराएको आभास गर्दै थियो। शब्द … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment