Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : निरुत्तर

~दीपक जडित~ लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आँपको रुख

~दीपक जडित~ ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो । म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कामना

~दीपक जडित~ गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रोत्साहन

~दीपक जडित~ देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : यू टर्न

~दीपक जडित~ साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : एकादेशको थाल

~दीपक जडित~ एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एकभारी दाउरा

~दीपक जडित~ सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : थप्पडी

~दीपक जडित~ घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

माथ्लो घरको ढिकी

~दीपक जडित~ ‘ साबित्रा ? ‘ ‘………….’ ‘ ए , साबित्रा ? ‘………………….’

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : डाढो

~भैरव अर्याल~ मेरो गाउँले विज्ञानअनुसार डालाको ‘डा’ र ढोक्सेको ‘ढो’ मिलेर डाढो शब्द बन्छ । डालो र ढोक्से दुवैको रचनातत्व बेतबाँस नै हो र कार्यतत्व अन्नपात राखिने भाँडा हुनु नै हो तापनि आकार–प्रकार र प्रचार प्रसारमा यी दुई समानधर्मीका बीच … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : कौवाले कान लैजाँदा

~भैरव अर्याल~ कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने ? एकदिन गुरुले हामीसित सोध्नुभयो । एउटाले भन्यो– कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ ? कुदिहाल्नु पर्छ । कौवालाई समातेर एक थप्पड दिई … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : दौरा सुरुवाल नपठाइदिने भएँ !

~भैरव अर्याल~ स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रह्मकर्म वेदभार सामथ्र्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् । उप्रान्त यहाँ हामीलाईसञ्चै छ, तपाइँलाई काठमाण्डूको फेसने भूत लागेर टाउको टोपीसँग चपाई सक्यो भन्ने समाचार सुन्दा हामीलाई ज्यादै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आइतवार

~भैरव अर्याल~ आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतवार छैन, तर सबैको निम्ति वा सधैंको निम्ति यो कुरा सोमबार या शनिबार पनि छैन । पहिलो त सर्वसाधारण जीवनमा यो सम्भावना नै उठ्तैन, नोकरी, व्यापार र समाजसेवाको कुनै क्षेत्रसित … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली

~भैरव अर्याल~ नाट्यशास्त्राचार्य भरतले श्रृङ्गारको अनुकृति भने पनि मनोविज्ञानाचार्य फ्रायडले दमित कामवासनाको अभिव्यक्ति माने पनि हास्य मान्छेका मौलिक प्रवृत्तिहरूमध्ये एक हो । वियोग, विसङ्गीत, विषाद र विरोधाभास जस्ता विभिन्न व्यथाले व्यथित जीवनमा हास्य नै एउटा त्यस्तो टनिक ड्राइङकुलाइजर हो जसले … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : आरोप

~गीता थापा ‘दोषी’~ छोरो दगुर्दै आयो । आमाले पुलुक्क हेरी । उसले सुनायो ‘आमा ! त्यो पल्लो घरको विर्खेले तपाईलाई बोक्सी भन्छ ।’ आमा भान्सामा व्यस्त थिई । छोराका शब्दलाई गम्भिरता पूर्वक लिइन । बरु सहजै जवाफ दिई ‘भन्न दे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तर

~किशोर सापकोटा~ फोन राखे पछि मात्रै मैले सोचें – आखिर, किन समिताले मलाई भेट्न चाही ? मेरो कलेजको सहपाठी थिइ ऊ । मोरी राम्री पनि । मलाई साह्रै मन पराउँथी । मेरो आफ्नै ताल । केटाहरु भन्थे –

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दरी

~भोजराज न्यौपाने~ झमक्कै साँझ परेको थियो। पुसको महिना, निकै चिसो थियो बाहिरको वातावरण। उनीहरू दुवैले रक्सी खाए। र, रक्सीको सुरमा सँगै बस्ने सल्लाह गरे। चिसोले कठ्यांग्रिएको मध्यरात एउटा घरको पेटीमा बस्दाबस्दै उसले सुन्दरीलाई बिहे गर्ने प्रस्ताव गर्यो। सुन्दरी छक्क परी। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः सपनामा बरबराइरहने छोरी

~गीता खत्री~ मामु मामु – म यो हेर्नै सक्दिन, म यो हेर्न सक्दिन । छोरीको निन्द्रामै कराएको आवाजले सरिताको निन्द्रा बिउँझियो । नानु निन्द्रामै कराइरहेकी थिइन । श्रीमान्को निन्द्रा नबिउंझिने गरी सरिता छोरीको कोठामा कान थाप्न पुगीन । छोरी अझै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्कर्ष

~क्रान्ति श्रेष्ठ~ अक्सर तिनी बार को काउन्टरमा बसेर पिइरहेकी हुन्छे | अघिल्तिर कक्टेल्स को ग्लास अनि चुरोट को धुवा उडाउदै टह्ल्लिरहने अन्तर्मुखी चरित्र |प्राये कसै सँग बोल्दिन | बार को वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरु को हल्ला ले पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अभिमान

~राकेश कार्की~ रूपक र दिपक खुबै मिल्थे । स्कूलदेखिका साथी, आइ एस्सी पनि संगै पढेका । रूपकको शहरमा घर थिएन, भाडामा बस्थ्यो । दिपकको शहरमा घर थियो । रूपकको प्राय दिपककै घरमा बास हुन्थ्यो । उसकै घरमा खाने, सुत्ने पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भिजिलान्ते नेपाली ज्वाँई

~क्रान्ति श्रेष्ठ~ एउटी जापानी परी हिमालय यात्रा को लागि नेपाल हान्निइन | सानैदेखी तिनले नेपाल जाने रहर साचेर रखेकी थिइन | स्कुल पढदा आमाबाबुले उन्लाई छोडेर आफु हरु मात्र नेपाल गएको कुर मन परेको थिएन | स्कुल छुट्टी नभयेकै कारण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रित्तो

~किशोर सापकोटा~ शीताष्मा अर्को पट्टकिो कुर्सीमा बसी । म पटि्ट नै बसेको भए हुन्थ्यो जस्तो मलाई लाग्यो । भावना बुझ्दा बुझ्दै पनि कहिले कांही केटीहरु नखरा पार्छन । मनमनै भने ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पासवर्ड

~नीरा शर्मा~ साच्चिकै रङगिएका छन् आजकल मेरा दिनहरु, जैले देखि मैले अनुकल्पलाई भेटे उसको मायाले मलाई उ तिर खिच्दै लग्यो । उसको आकर्षक र बौद्धिक ब्यक्तित्वदेखि मोहित भएँ म । हुन सक्छ

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्दर्भ हराएको कथा

~केशव राज ज्ञवाली~ आज आइतबार अफिस छुट्टी छ, नगरी नहुने बिशेष काम पनि केहि छैन । आज अमेरिका आइपुगेको पाँचवर्ष पुगेछ । म अलिक नोस्टाल्जिक भैरहेको छु । पुराना डायरीहरु हेर्दै सम्झिरहेछु, पुराना दिनहरु । एउटा निलो जिल्दा भएको डायरीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : यो एकबारको जुनीमा

~लक्ष्मण गाम्नागे~ यो एकबारको जुनीमा अमेरकिाको वासिङ्टन वा न्युयोर्क वा त्यतै कतैकी धनाढ्य कुइरेनीको कोखबाट जन्मिएको भए तेरो नाम लक्ष्मण गाम्नागे रहने थिएन साइँला ! अर्थोकै केही हुने थियो । जापानको राजधानी टोकियोको कुनै व्यापारी, उद्योगपति वा स्वीट्जरल्यान्डकै भनौँ, कुनै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : हीरा साहू र दन्तलाल वकिल

~एल एन सुवेदी ”हस्ती”~ दुबई – यू.ए.ई , ६ मार्च मैले बर्सौ देखि निहाली रहेको छु , त्यो गल्लीका मानिसहरु उस्तै छन् । पुरानो गल्ली , सबै संरचना उस्तै । घरहरुको बनावट उस्तै , मान्छेको जीवन स्तर उस्तै । ज्यापू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निचोरिएको फूल

~शेखर ढुंगेल~ न्युह्याम्सायर, अमेरिका, २१ अक्टोबर कस्ती हुन् यी आइमाई ? ठुली पल्टिएको नि ? किन न् पल्टियोस त ? के न् पुग्दो छ त उस्लाई ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम श्रद्धान्जली

~गीता खत्री~ न्युयोर्क, अमेरिका, ५ डिसेम्बर आखिर किन यो मन कहिले मुलायम नौनी भन्दा नरम त कहिले हाडे ओखरभन्दा कडा भईदिन्छ । मान्छेभित्रको भावनालाई लगाम लगाउन पनि त सकिन्न । मन समय समयमा साह्रै बरालिन्छ, काबुमा राख्छु भन्दा भन्दै यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किँदै किल्लाहरु

~डा. दिनबन्धु शर्मा~ ‘सहर जान्छौ त ?’ मैले सोधेँ । चहकिलो घाम तरेली परेका गराहरुमा लमलमक गर्दै गोठसम्म आइपुगेको थियो । गोठको भुईं र गोरुका ढाडमा समेत पाइला टेक्यो त्यसले अनि गोठ उज्यालो भयो । ‘जान्न भाइ !’ उसले अहिले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अहंकारको मन्दिर

~दिलिप आचार्य~ गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सिन्दुर र पोते

~गीता थापा~ संयोगबस ऊ र म एउटै सिटमा थियौँ । बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ” “महत्वपूर्ण भए सोध्नुस्। होइन भने समयको बर्वादी नगर्नुस् ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : स्मृति बिक्री केन्द्र

~बुद्धिसागर~  उर्खमाउलो गर्मी थियो। सारा काठमान्डु पसिना चुहाइरहेको थियो। अगाडि ठडिएको भव्य ढोकातिर हेर्दा मेरा निधारका पसिना आँखाभित्र पसे। आँखा चहराउन थाले। भव्य र ठूलो ढोका कालो सिसा लगाइएको थियो। ढोकाको निधारमा ठूलो साइनबोर्ड थियो -स्मृति बिक्री केन्द्र। भर्खरै भित्रबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment