Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : मदिरा निषेध

~कुसुम ज्ञवाली~ “भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त ” सन्तरामको मदिराको गहीरो तलतल बोल्यो। “क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुनौलो चश्मा

~कुसुम ज्ञवाली~ अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाज

~उत्तम पौडेल~ समाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ।” …..बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ओरालो

~उत्तम पौडेल~ हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -”हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ” भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~दीपक दाहाल~ “ऋचा!!!” त्रिभुवन अन्तरास्ट्रिय ऐयरपोर्ट को कफीशपमा उनलाई देख्दा एकछिन झस्के म। कस्तो मेरो भाग्य पाँचबर्ष पछि भर्खर नेपाल मा प्रवेश गरेको, अनि मेरो सामुन्ने थिइन उनै ऋचा। “निर्मल!!! तिमी!!!” अचम्म थिइन उनी।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभियुक्त

~दीपेन्द्र दोङ तामाङ~ “सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।” प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा । “के हो तैंले एकोहोरो पछ्याएको होस् ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुइँचालो

~चंकी श्रेष्ठ ‘अभय’~ १ बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गाडी नं २९५५

~पन्त ‘आकाश’~ मोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो। दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्फेसन, पागलपन र भित्ताहरु

~रबिन सापकोटा~ “आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।” कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काको छोरो

~कृष्ण अधिकारी~ अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्रेमी ?

~निरुपा प्रसून अवसर प्रेम दिवसको थियो। दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ। धन्न ! फूल पसल पनि नजिकै रहेछ। हतार-हतार पहेँलो गुलाफ किनँे, सरसलाई दिन। सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थँे। आज आधा घन्टादेखि ऊ

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?

~कृष्णचन्द्रसिंह प्रधान~ दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ? अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार लभ

~खगेन्द्र लामिछाने~ ” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !” धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : बिपीको पत्र रमेशनाथ पाण्डेलाई

~विश्वेश्वरप्रसाद कोइराला~ प्रिय रमेश तिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै। आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

पत्र साहित्य : अरूणा लामाको चिठी

~अरूणा लामा~ प्रिय सम्पादकज्यू, तपाईंले मबाट पनि लेखको आशा गर्नुभएको रहेछ। तर, म लाचार छु। मैले त्यो साहस र कलम पाउन सकिनँ आफ्नै पतिबारे लेख्ने। तपाईंलाई थाहै छ, १९७४ मे ४ को राति १२:३० मा त्यस्तो हुरी आयो, जसले मेरो … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : काइँयो

~विवश वस्ती~ एउटा प्राचीन काइँयो थियो मसित। तर छैन अहिले। मेरो अद्र्धश्वेत कपालको लामो स्याहारसुसारबाट सर्वथा मुक्ति चाहेर नै हुनुपर्छ, सदैव मेरो पाइन्टको पछिल्लो खल्तीमा जम्ने काइँयो छैन अहिले। रित्तो छ खल्ती र नयाँ काइँयोले पनि सहज प्रवेश पाएको छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा: अन्तिम भेट

~गणेश भट्ट~ त्यसपछि हाम्रो कहिल्यै भेट भएको छैन। भेट्नु र नभेट्नुमा अन्तर नभएपछि समयले भेट नगराएको हुदों हो सायद। र सायद हाम्रै मनहरु फेरि त्यही अतीत बल्झाउनु भन्दा सम्झनाहरुमै रमाएको बाहना गरिरहेको भएर पनि। गुनासो छैन केही। आफैंलाई चिनेको थिइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक अंश : आधा जून

~झलक सुवेदी~ एसएलसी दिएर फर्केपछि फेरि उनै खेतबारी र गोठ भकारोका काम सुरु भए। म यसैमा रमाउँदै र अनिश्चित भविष्यको त्रास बोकेर गाउँमा बस्न थालेँ। एकदिन साँझ पर्ने बेला गैरारेकी आमा गुहारगुहार गरेर चिच्याएको सुनेर आमाले भन्नुभयो, ‘ओइ कान्छा, जा त … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : श्वेतभैरवी

~विश्वेश्वरप्रसाद कोइराला~ धेरै दिन पहिलेको कुरा हो , प्रायः पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो । कोशी आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभूती

~बिना तामाङ ‘सुनगाभा’~ अकल्पनिय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन उसंग फेरि दोर्‍याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किनाराको मन

~भगवती बस्नेत~ अभावका ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै एकुरियमका माछाहारु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु । आज पनि बिहानको खान खाएर कोठामा पसेको छु कबर्डमा भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : विवशताको क्यानभासमा ..

~शर्मिला खड्का ‘दाहाल’~ कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फनिलिमा’ को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ललित निबन्ध : मोक्षयात्रामा तिमी र म

~मोमिला~ मैले, मेरा परिवेशहरूबाट मुक्ति चाहेको यकिन प्रारम्भविन्दु अहिले मबाट अदृश्य भइसकेको छ; मेटिइसकेको छ यसैले कि विपरीत लागेका ती परिवेशहरू आज स्वयम् मेरो चेतनाग्रस्त आदत बनिसकेको रहेछ । भवितव्यहरू, प्रश्नरत सागर बाफिएर निर्बन्ध उडेका अमूर्त विम्बहरू, नभेटिएका अस्तित्वरत मनोदशाहरू, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

हाँस्य-व्यङ्ग्य निवन्ध : पाठक

~चर्चित ढुङ्गेल~ ‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्यव्यङ्ग्य निवन्ध : माग्ने

~चर्चित ढुङ्गेल~ ‘माग्ने’ शब्दको उत्पति कसरी भयो र यसलाई सर्वप्रथम् कसले प्रयोग गर् यो भन्ने भाषाशस्त्रीहरुकै टाउको दुखाइको विषय हो । तर मलाई सोध्नुहुन्छ भने -कुनै ‘म’ बाट उठेको नामधारी ब्यक्तिले कुनै बस्तु ‘गन्गन्’गरि हैरान पारेर फुत्काउन सफल भएबाट ‘माग्ने’ शब्दको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एउटा बिशेष उपहार

~पुष्प जोशी~ चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विचलन

~आनन्द राई~ ए, झर्नुभो आमा ? यतै आउनुहोस् न। घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अनलाइन साथी

~सुमिता शर्मा~ हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पर्खाई…

~सुरेश खनाल ‘बिर्खे माईला’~ (पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो) उसले चुरोटको अर्को लामो सर्को तान्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अहंकार छाडेको दिन‏

~गीता थापा ‘दोषी’~ एउटै गाउँ एउटै परिवार,जोडिएको आँगन, साईनोले देउँरानी जेठानी। शिला र शुलोचना कि आमाहरु तर उनिहरुमा मेलमिलाप थिएन। ति दुबैमा देखिसेखी गर्ने बानी एक अर्कालाई होच्चाएर रमाउँन ति दबै कम थिएनन। आँफू मात्र ठुलो हौं भन्ने मानसिक चिन्ताले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : आक्रोश

~चंकी श्रेष्ठ ‘अभय’~ सुमेरु पर्वतको चार सय कोस लामो बरफको चट्टानमा हिँड्दै गर्दा मेरा गोडा फतक्कै गले । अति भएपछि तिनले मलाई थामिदिएनन् । म ढलेँ । जेठा पति युधिष्ठिरले त भनेकै थिए, पापीहरू यस चट्टानमा हिँड्न सक्दैनन् । पाप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment