Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : नयाँ हाकिम

~नारायण ढकाल~ विभागमा नयाँ हाकिम नियुक्त भएर आएपछि वातावरणमा पनि नयाँ रंग चढ्यो । दिनभर विभिन्न शाखाका कर्मचारीहरु जम्मा भएर उसकै बारेमा टीका टिप्पणी गरे । कसैले उसको तारिफ गरे भने कसैले खिल्ली उडाए । तारिफ गर्ने पक्षको खरिदार जीवनाथले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आज हाकिम फेरियो

~चूडा निर्भीक~ आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो । यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : टिकट

~रमेशमोहन अधिकारी~ एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँखा

~रमेशमोहन अधिकारी~ ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् । ‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आकृती

~किशोर सापकोटा~ सौरहाको पवमा वसेर रापतीतिर आँखा डुलाउँदै गर्दा आकृतिलाई देखें । ऊ अगाडिको टेवलमा साथीहरुसँग थिइ । रापती नदी पारी लटरम्मै फूलेका झ्याक्सी नियाल्दै जिवजन्तुको उपस्थितितिर आँखा तन्काउँदै लठ्ठ देखिन्थी उ । रापती नदी पार गर्दा हात्तीले धकलेको पानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खहरेको भेल

~आर. आर. चौलागाई~ “तँ अखिलमा लाग्या छस् रे हो ? ” एकदिन अचानक उसले मसँग यस्तो प्रश्न ग-यो । “हो, लागेको छु । असल काममा को लाग्दैन ?” यसरी मैले छोटो उत्तर दिएको थिएँ उसलाई । दुई हजार पैँतीस सालतिरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : भोग

~युवराज नयाँघरे~ किनारमा छु रगते आहालको ! सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : चप्पल छिने के भो र यात्रा जारी छ

~नीलम कार्की ‘निहारिका’~ सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐठन

~नीलम कार्की ‘निहारिका’~ तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~नीलम कार्की निहारिका~ साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ। उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विवशता आफ्नै धरातलसँग

~बिकास घिमिरे~ प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : ग्रेटर नेपाल-ग्रेटेष्ट नेपाली

~मनोज गजुरेल~ इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : किर्नो

~गोविन्दप्रसाद आचार्य~ म पहाडमा जन्मिएको गाई गोठसँग राम्ररी परिचित छु। गाई बस्तुका पनि दुश्मन हुँदा रहेछन्। तिनीहरूको रगत खान विभिन्न प्रकारका किराहरू तछाड मछाड गर्दछन्। सबैलाई रगत चाहिएको छ। राम्रो वा नराम्रो जुनसुकै प्रकारको बलिदानीपूर्ण संघर्षमा रगतकै भूमिका हुँदोरहेछ। यहाँसम्मकि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : स्वतन्त्रता

~राजु स्याङ्तान~ ……..त्यस पछि उनले आफ्नो केश डल्लो पारी, अनि दुई लालावालाको मुखतिर पुलुक्क हेरिन् । हेराई असामान्य थियो । अनुहारमा विछिप्त कहानीहरू मडारिरहेको थियो । दुई बच्चाहरूलाई खस्रा हातले सुम्सुम्याए पछि गाडीको झ्यालबाट पर पर हेर्दै आफैसँग हराउन थालीन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मानिस ठूलो जातले हुन्छ, दिलले हुँदैंन

~गोविन्द्रप्रसाद आचार्य~ मलाई एउटा पंक्तिको सम्झना आइरहेछ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन् “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।” यसलाई साम्यवादी कोणबाट हेर्ने हो भने कार्लमार्क्सको वर्गसंघर्षको विचारलाई अपनाएको पाइन्छ र सामन्तवादी संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने विषयमा गम्भीररूपमा प्रकाश पारेको पाइन्छ। … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : घोषणापत्र

~कृष्ण बजगाईं~ कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए । -दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्‍याउनेछौं । -देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शुभचिन्तकहरु

~जगदिश घिमिरे~ उ शुभचिन्तकहरुको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटिले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेल ले घेरिएको हुन्छ, जसरी देश साँध सिमाना ले घेरिएको हुन्छ । उ यसकारण बाँचेको थियो, कि कुनै शुभचिन्तकले उसलाई मर्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वोध

~माया शर्मा~ गह्रौं मन र क्षतविक्षत मुटु लिएर चौरमा बसिरहेको थिएँ । एउटा फुच्चे पत्रिका हातमा लिएर कराउँदै आइपुग्छ “लौ आयो ताजा खबर लिउँ हजूर लिउँ । आफ्नै लोग्नेद्वारा स्वास्नीको हत्या, महिलाहरु नारा लगाउँदै अब सडकमा” । यस्तै के-के ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अकल्पनीय निमन्त्रणा

~आचार्य प्रभा~ सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मी� ो गरि पकाएकि छिन् । ” सरोज अनायास … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : टर्मिनल थ्री

~सुन्दर जोशी~ व्यस्त जिन्दगी अर्थात भनौ नियममा बाँधिएको जिन्दगीबाट भाग्ने अवसरको प्रतिक्षामा थियो बसन्त। सप्ताहान्तको दुई दिन प्राःय हरेक शनिवार एका विहानै सागरको किनार सँगसँगै भागेको ओसन ड्राईभमा पुग्नु अनि सुर्यका किरणका पाईलासँगै सागरमा हाम्फाल्न आतुर बोटहरुको कर्कश आवाज सुन्नुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुङ्गना र डम्फु

~सुन्दर जोशी~ आज भ्यालेण्टाईन डे । फिल्म ईन्ष्टिच्यूटमा ल्कास लिन जानु पर्दैन । मेलिना डोर्मको वरण्डामा बसेर वाँफको सेरोफेरोको अलौकिक सुन्दरता नियाली रहेकी छे । बजारभन्दा पूर्वतिरको पाखामा अवस्थित डोर्मको वरण्डाबाट सिङ्गै वाँफको सेरोफेरो नियाल्न सकिन्छ । म शब्दमा शायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साईबर साईनु

~भारती गौतम~ “कबिता, ए कविता, खै आज उठ्नु पर्दैन कि क्या हो”? प्रमोदले बिहान पांचबजे उठेर रामदेवको कपाल भांती स्वास प्रश्वास सकेर प्राणायाम सकेपछिको “ओम’’, “ओम,” को झन्कार बाट ब्युँझिने कबिता आज त भुसुक्कै निदाईछन्। प्रमोदको आबाजले झस्किएर ब्युँझिएकि कवितालाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हामी किन मौन छौँ ?

~डा. कविताराम श्रेष्ठ~ बुईङ्गलमा पसेको चोरलाई मैले हाँक दिएँ – ‘झरिहाल तेरो खैरियत छैन ।” त्यसले अनुहार देखायो । निडर अनाक्रमक र दृढ । एउटा हातमा भएको प्लाष्टिकको जर्किन झड्कादैैै्र त्यसले आवाज निकाल्यो – छत्ल्याङ्गु…।छत्ल्याङ्ग…॥छत्ल्याङ्ग…॥ अर्काे हातले लाईटर बाल्यो- चर्याक्क … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : उज्यालो नजिकै

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ । उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुलक्कड

~विपुल सिजापति~ युगोस्लाभियाबाट अलग हुनकोलागि क्रोएसियनहरुको युद्ध चलिरहेको थियो । युगोस्लाभियासँग साँध जोडिएको क्रोएसियनहरुको बाहुल्य भएको एक बस्तीका बासिन्दा मार्कोभिच मध्य डिसेम्बर महिनाको एक साँझ बिना खबर हराएका थिए । त्यसैले उसको घरका परिवारका सदस्यहरु चिन्तित थिए । “प्रहरीहरू कुनैपनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : गिरिजाबाबु,अपनत्वभावको सिद्धान्त र हिन्दु हैन अध्यात्मीक राष्ट्र

~चेवन श्री~ अस्ताइ जाने जीवनमा आशक्ति किन ? आमरण कुर्सीमै निर्लिप्त किन ? माथिका हरफहरू स्व.गिरिजाप्रसाद कोइरालालाई लक्षीत गरी मैले लेखेको थिए । मेरो ठहर थियो वहाँको सत्ता लिप्सा, हठी स्वभाव र रुखो व्यवहार नै राजनीतिक अस्थिरता र हिंशामा उत्प्रेरक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : लिफ्ट

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~कृष्ण बजगाईं~ उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन । शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनास्था

~कृष्ण बजगाईं~ आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुतेको मन

~बासु श्रेष्ठ~ जैसन नुनीको टेबलमा गएर जिस्किरहेको म अक्सर देख्ने गर्थेँ । नुनीको भर्खर ब्रेकअप भएको थियो । जैसनकोपनि गर्लफ्रेण्ड थिएन । नुनीसँग मैले उसको ब्रेकअपको बारेमा सोध्दा भनेकी थिई । ‘उ मलाई कतै जान दिन चाहँदैन 70-480 exam 070-411 … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हेडक्वार्टर

~हिरामणि दुःखी~ ‘कमरेड !’ आफ्नो अङ्गरक्षक प्रह्लादलाई बोलायो उसले र भन्यो ‘आज मेसको हालचाल के छ बुझ्नुस् त’ । यसरी सोध्नुको अर्थ हुन्थ्यो विशेष परिकारको अर्डर । नत्र मेस विभागले बनाएको रुटिन अनुसार नै चल्थ्यो खानाको नियमित प्रकृया । दाल, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अञ्जली

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेबाली उत्पादन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment