Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : किष्णे

~प्रयास लामा~ किष्णे त्यसको सबैले बोलाउने डाक नाम । शीतकालीन बिदा सकेर बिध्यालयहरू पुनः खोलिने तरखरमा छ। त्यसलाई भने बिध्यालय चाडोँ खोलियोस र नयाँ कक्षामा जाउँ जस्तो भईसकेको हो। पुरानो सेकेण्ड हेण्ड किताबमा नयाँ खोल हाल्यो त्यसले र डोरेमोनको नक्शा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो जात्रा, अनि त्यो जात्रा

~बिक्रम भक्त जोशी म बस्ती बाहिर बस्थेँ । तर केही समय भो, बसाईँ सरेको । अहिले म शहर भित्रको पुरानो बस्तीमा बस्न आएको छु । इन्द्रचोकबाट आकाश भैरव मन्दिरलाई देब्रे पारेर उत्तरतिर लागे भेडासिङ पुगिन्छ । त्यहाँबाट देब्रे मोडेर पश्चिमतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्र, अरक् र अरूणी

~मधुवन पौडेल~ समुद्र ! मलाई समुद्र भन्नासाथ केटाकेटीदेखि नै निकै मन पथ्र्यो र समुद्रका कुरा चाखले सुन्न मन लाग्थ्यो । त्यो समयमा आफुले समुद्र देख्न पाउने कुरा पनि भएन ! एकाध पल्ट आमाले कान पाक्दा समुद्रको फीँज भनेर एउटा केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेरे ढक

~छेवाङ योञ्जन~ ‘‘जानेहरू बितेर गई त हाले, अब सरापेर के नै पो हुन्छ र?” बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए। ताकमा भएका नानीहरूका खाता-किताब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि फुलेन गोदावरी

~महेश पौड्याल~ हाम्रा घरमा कुनै पनि चाड विषेशमा अनिवार्यतः उपस्थित रहने पाहुनामध्ये एक थियो पुङ्गिन । हामीले दिवङ्गत भतिजाको स्मृतिमा गोदावरीको एक बगैंचा बनाउँदैगरेका बखत पनि ऊ हामीसँगै थियो । जब त्यो सम्पूर्ण बगैंचा पहिलोपल्ट फुलर आफ्नो कुमारी वैंशको वसन्तमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ आयाम

~मधुश्री~ “आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।” दिब्या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सनक

~मनीषा गौचन~ हो, म उसको हत्या गर्ने निर्णयमा पुगेको छु । यसका कारणहरू निम्न छन्,  उसका आँखा उसका आँखाले आक्रमण गरेको पहिलो दिन, पूर्वमा घाम पहेँलो पहेँलो भएर उदाउँदै थियो । अस्पतालको क्याबिन नम्बर २०८ मा म मेरी बिरामी आमाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रानी

~शिशिर पराजुली~ भाग-१ आकाशले भरखरै घुम्टो खोलेको छ । क्षितिज बाट पनि भरखरै वास्ना ओर्लेको छ । म एकैछिन अघि गोधुलीको यात्रामा निस्किएको थिएँ । अहिले साँझ छिप्पिदै जाँदा म आफ्नो कोठामा फर्किसकेको छु । म गोधुलीको यात्रा बाट फर्कँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि उसले काफ्कालाई भन्यो 

~राजव~ कतैबाट उसलाई फ्र्यान्ज काफ्काले हेरिरहेको रहेछ । ऊ भिसा काउन्टरको क्लर्कको कुरो सुन्दै थियो । अमेरिकी भिसाको लागि यो उसको सातौँ प्रयास थियो । काउन्सलरको क्लर्कले उसलाई पहिले जे सुनाएको हो त्यही सुनाइरहेको थियो, ‘तपाईं अमेरिका जानुपर्ने कुनै कारण देखिएन, सरी ।’ ‘घुम्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : संयोगान्त

~अश्रु सिन्धुलीय~ १. सामान्य बेलामा जस्तो छैन उनको चालढाल। अनुहारमा चमक छ र हिँडाइमा फुर्ती पनि। लुगा पनि विहेमा लगाउने जस्तो चमकदार र विशेष लगाएको पाएँ। अनि छोरी पनि सँगै छन्। उनकै छोरी भनेर त अनुमान मात्र गर्ने हो किनभने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोनाका छाप

~राजव~ डेभिडको छाया आफ्नो घरको लनअगाडि ठिंग उभिएको छ । कुनै बतासले उसलाई यहाँ भर्खर ल्याएर छाडेको थियो । मध्याह्न सुरु हुने वेला छ । हिमआँधी र कठ्यांग्रिने दिनका डिप्रेसिभ चिसो महिनाहरू बितिसकेका छन् । ढल्दो मे महिनाको दिन हो । मन रमाउने दिनहरू सुरु भएका छन् । आकाशको रंगमा कुनै दखल छैन । धर्तीमा घामले पूरै विस्तार पाएको छ । म्यापल, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डिङ्गो

~विजयकुमार महर्जन~ रामदास उनका बाबुसँग १८ वर्षको उमेरमा काठमाडौं पहिलो पटक गएका थिए चप्पल लगाएर । साधारण किसानको छोरा एस.एल.सी. पास हुनासाथ उनका बाबुले उनी सानै छँदा काठमाडौं डुलाउन लग्छु भन्ने प्रतिज्ञा गरेका थिए सोही अनुरुप उनी काठमाडौं आउन पाएका हुन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुग्री जुलुस

~नवीन विभास~ दाङ । २०७२ भदौ । ‘छोट्का तँ !’ ‘अँ ।’ ‘काँ जान लागिस् ?’ ‘भुरान ।’ ‘भुरान !’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विध्वंस शहरको विधवा

~टंक वनेम~ पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्टारडम

~प्रकाश लामिछाने~ प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुद्धिमान ठग

~भूवन तामाङ~ मोर्गन एक मध्यमवर्गीय परिवारमा जन्मेको थियो । ऊ किशोरकालमै टुहुरो भएको थियो । उसले उच्चतहसम्मको शिक्षा हासिल गरे पनि बाबु आमाले जोडिदिएका जमिनमा अन्न र फलपूmल उब्जाएर जीवनयापन गर्दथ्यो । टुहुरा भएकाले उसको मनमा के–के तर्कनाहरु खेल्दथे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम भेट

~शिशिर पराजुली~ फोन राख्ने बित्तिकै म सरासर तयार भएँ । नाकाबन्दीको बेला थियो त्यसैले बाइकमा पेट्रोल थिएन । एक हप्ता अगाडी दिन भरि लाइन बसेर बल्ल बल्ल एक लिटर तेल हाल्न पाएको थिएँ । त्यो तेल पनि हिजो सक्कियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन

~गोपाल अश्क~ उसले आफ्नो जेठो छोराको बिहेमा सारा सम्पत्ति खर्चने योजना बनायो । घरको पहिलो बिहे धुमधामले गर्ने रहर थियो । पत्नी शशिकलाले त विरोध गरेकी हुन् । तर उसले पत्नीको कुरै सुनेन । उसलाई थाहा थियो, कान्छो छोरोको बिहे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम इच्छा

~मालिकराम ‘वियोगी’~ धनसेर या चौँतीस मामा र हस्तबहादुर या हस्ते भान्जा गोर्खा भिलेज बस्छन् । उनीहरू नेपालबाट आएदेखि यहीँ बस्दैछन् । एक तले घर छ । सामान्य तरिकाले बारेर कोठाहरू बनाइएका छन् । उनीहरूको साथमा अरु पनि बस्छन् । दुःखले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपरिचित

~सविना सिन्धु~ एउटी महिला पार्कमा भेटिन्थिन् । पहेँलो लुगा लगाएकी हुँदा मैले उनलाई साधुु सन्त हुन कि भन्ने अनुमान लगाएकी थिएँ । तर मेरो अनुमान पटक्कै मिलेन । “उनी फूलहरु पो बटुल्न आएकी हुन् कि ?”, मलाई शङ्का लाग्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीमुनिको जून

~महेश पौड्याल~ आज बुद्धपूर्णिमा । हरेक वर्षझैँ विजय हिँड्यो बुद्धको मन्दिर वरिपरिको सन्ध्याकालिन रौनक हेर्न । उसलाई धार्मिक आस्थाभन्दा पनि त्यहाँको रमणीयतामा चासो थियो । स्वर्णिम मन्दिर, चारैतिर फूलको महक, आउने–जानेहरूको घुँइँचो, र मन्दिर छेउको तलाउ ! त्यो तलाउ, जसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : First लभ

~शिशिर पराजुली~ भाग १ गित बजिरहेको गाडीमा मा म चढे । मलाइ सामाखुशी उत्रिनु थियो त्यसैले ढोका छेवैको सिटमा बसेँ । सिटमा बस्ने बित्तिकै मैले कोहि बोलेको सुनें। “दाइ यो अशक्त सिट हो” सहचालक बोल्यो । आखिर म पनि त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथा लेख्न गाह्रो छ

~पारिजात~ एउटा फुच्चे धेरैबेर मेरो अघि बसेर गुलेली बनाउँने प्रयास गरिरहन्छ । अनि म झल्याँस्स संझन्छु–बर्ष७, पूर्णाँक २२ उत्साह को एउटा कथा पढ्न बाँकीछ –मोहनराज शर्माको गुलेलीघर । हत्तपत्त पत्रिका निकालेर कथा पढ्न थाल्छु । यसै पनि नाउँ चलेको लेखक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समध

~मुना चौधरी~ मुसनी गरिब परिवारकी छोरी थिइन्।  उनले भर्खरै १७ वर्षमा पाइला टेकेकी थिइन्। उनका  बाआमा गाउँको गिरहतको खेतमा मेलापात गरेर जीवन निर्वाह गरिरहेका थिए। गाउँलेले उनका बाआमालाई मुसनीको बिहे कहिले गर्ने भनेर सोधिसकेका थिए। बाआमा राम्रो घर र बेहुला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको आत्मा

~प्रभा पोखरेल ‘स्वेशा’~ उ चुपचाप उठेर हिडि। बढुवाको लागि कत्रो लुछाचुढि चलिरहेको थियो यो कार्यलयमा, कत्ति राजनिति अनि कति जिउजकार, पुकार गरिरहेकाथिए सबैजना आ-आफ्नो तौरतरिकाले, बुताले भ्याएसम्म। केहि महिनादेखि काम सकिएको घन्टौ यहि बसेर थप काम गरि-गरि देखाउनेहरुको पनि लाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कति राम्री गरिमा !

~किशोर नेपाल~ रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय–अन्तर

~आन्विका गिरी~ “ठिक पर्यो खुचिङ्ग, खुव केटी भएर साइकल चलाउने भा’की यस्ताको त हातखुट्टा नै ठनक्क हुनुपर्ने। यसको चाला सार्है निको छैन, सार्है उत्ताउलो भा’की छे। हेरन कपाल कटाइ, मुसाको पुच्छर जत्रो पनि छैन, लुगा हेर हेर, यत्ति ढाडे भएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुरेफिस्टा

~मालिकराम ‘वियोगी’~ त्यसबेला ऊ सानै थियो । गोठालाबाट आएपछि यसो खोलाखाली चराको गुँड खोज्ने गथ्र्यो, ऊ । त्यसबेला चराको एउटामात्र गुँड भेटाउनु पनि साथीहरुको छेउमा शान र रवाफको कुरो थियो । एउटाभन्दा बढी चराको गुँड भेटाउनु र अझ बच्चासहितको गुँड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठै !

~रुपिन्द्र प्रभावी ‘कटु’~ “सबैका छोराहरू कमाउने भए, हाम्रो त ……!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनी

~प्रभा पोखरेल ‘स्वेशा’~ र ऋषीमुनिहरुको आश्रम, वरीपरी ठुला–ठुला बृछ्यहरुले घेरेको, दायातीरबाट कतै छङछङ त कतै शान्त हुदै बगेको …कोशि, कोशिको किनार, डुङ्गामा वारीपारी तर्ने मानिशहरुको प्रतिछ्यारत माझिदाइहरु। अनि त्यै किनारमा ढुङ्गा बटुल्दै बालुवा थुपार्दै बालापनमा रमाइरहेका साना नानीबाबुहरु। कोशिको किनारबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुवार

कुरा सुनेर छेदिलाल चौकीबाट उठे । उनले खाटमुनि हेरे । त्यहाँ एउटा कमन्डुल थियो । त्यसमा हिजो रातिकै पानी थियो । उनले कमन्डुल चौकी मुनिबाट झिके । पैठीमा टेक्दै तल ओर्लिए । तल ओर्लिने वेलामा पैठी हल्लिँदै कुइकुइ बोलिरहेको थियो । दोहमलाबाट झरेर उनी पम्प गए । तीन–चारपटक पम्प पेल्दै पानी हाल्दै फाल्दै कमन्डुल धोए । कमन्डुलभरि पानी भरेर ल्याए । पानो चौकीमा बसिरहेकी थिइन् । छेदिलाल पानोको हातमा कमन्डुल थमाए । पानो कमन्डुलको डन्डी समातेर पानी खान थालिन् । उनले पानी खाँदा घटघट बोलिरहेको थियो । उनले पानी खाएर कमन्डुल चौकीमुनि राखिन् । छेदिलाल चौकीमा पल्टे । पानो छेदिलालको छेउमा भित्तापट्टि पल्टिन् । छे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मूलघाट

~रजित ओझा~ “बा, हेर त कत्रो माछा मारें !” बर्खायाममा कतैबाट मर्नलाई माछो पनि मूलघाट आइपुगेछ, सन्तेको छोराको हातबाट पासो लाग्न । हुन त उसको नाम सन्तराम अनि छोराको नाम प्रकाश तर कथाभरि म सन्ते नै भनेर लेख्नेछु । हेपाहा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment