Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : सौता भएको घर

~मनोज पनेरु~ “तँ कोसँग बिवाह गर्छस् रे भालु ?” भानुले लाडे श्वरमा भन्यो, “देवीसग ।” भानुले भर्खर बोल्न सिकेको थियो । लाडे श्वरमा आप्mनो नाउँ भानुलाई भालु भन्थ्यो । अनि

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्या, शहिद अनि सुराकी

~प्रमित आचार्य ‘लिबाङी’~ बिहानै बजारमा एउटा हल्ला चल्यो कि— उ मर्यो, अझ भनौ उ मारियो । उसको निर्जिब लाश चौराहामा पल्टेको छ । हुनत कुरा बुझ्नलाई यति नै काफि नै थियो । आजकल मान्छे मर्नु वा मारिनु कुनै ठुलो कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुक्रिएको मन

~वीरेन्द्र ओली~ समयको चक्रब्यूहले मान्छेलाई कहाँदेखि कहाँ पु¥याउँदोरहेछ, कसैलाई पनि थाहाँ हुँदैन । माया शब्द प्राण भन्दा प्यारो हुन्छ । मायामा आफ्नो प्राण आहुति दिने मान्छेहरु प्रसस्तै हुन्छन्् । जिन्दगीका हरेक सुखदुःखमा साथ दिन्छु भन्ने मानिसहरू पनि थुप्रै छन्, तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतित

~अमृत भुसाल~ ‘के तिमीले मलाई चिनेकी छ्यौ ?’ ‘छैन ।’ ‘किन फ्रेन्ड रिक्वेक्ट पठाको त ? ‘तिमी राम्रो मान्छे छौ नि । त्यसैले ।’ ‘चिन्दै नचिनी कसरी राम्रो मान्छे भन्छ्यौ ?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किचकन्यासँगको भेट

~कृष्ण अविरल~ ढल्किन लागेको एक साँझ । कार्यक्रम सकिएपछि गुरुकुलको आँगनमा उभिएको थिएँ, आयोजकहरूले उपलब्ध गराएको फोकटको कालो चिया पिउँदै । अरूभन्दा अलग्गै । एकछिनअघि हेरेको नाटकमा आधारित भएर म सोचिरहेको थिएँ- “समाजमा बेइमानहरू बढी भए भनिन्छ, तर इमान गुमाउनेहरूमध्ये … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चक्करघिन्नी

~ब्रजेश~ उदय निदाइसकेको छ। एकै छिनअघि उनीहरूबीचमा भएको त्यो मादक र प्रेमपूर्ण एकाकारले सन्तुष्ट उदयको अनुहार अबोध छ। सन्तुष्ट त सम्वृद्धि पनि नभएकी हैन। शारीरिक रूपले पूर्ण सन्तुष्ट हुँदाहुँदै पनि मानसिक रूपमा कुनै कुराले उसलाई आज पनि छोडेको छैन। शरीरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वेश्याको सपना र सुँगुरहरु

~मनु ब्राजाकी~ मध्यान्ह छ । सुँगुरहरु भुइँ खन्दै छन् । दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु दिवस

~टीका ढुंगाना~ उसले एक थान चुरोटलाई दागबत्ती दियो। ओठबाट छिरेको धुवाँको मुस्ला बिस्तारै घाँटी हुँदै फोक्सोसम्म पुग्यो र बाहिर सुनगाभाका सुगन्धहरूमा मिसियो। ऊ मुसुक्क हाँस्यो। सायद सम्भि्कयो होला— साला चुरोट, मेरो फोक्सोसँग त घनिष्ट थियो, हँुदाहुँदै हावासँग पनि तेरो यत्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो झरी र यो झरी

~सुमन मञ्जरी~ लगातार दुइ तिन दिन देखि परेको पानीले दिन रुझेको छ । घाम नदेखेको पनि कयौँ दिन भईसक्यो । यसरी लगातार रुझेका दिनहरूले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्छ । त्यो बिगत अनि त्यो झरी जसको स्मृरतिमा म घण्टौँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिस्टेरियस गर्ल

~दीपक सिञ्जाली~ संयुक्त राष्ट्रसंघको सुरक्षा कार्यक्रमअन्तर्गत पाल्पा जिल्लाको उत्तरी गाउँमा स्ट्रेटजी प्लानिङ्का लागि जाँदै थिएँ। पोखराबाट बुटवलको बस समातें। बाउन्न सिटको लामो हरियो बसको ढोका खलासीले ढक्ढकाइरह्यो। ‘भाइ, कति बजे पुग्छ पाल्पा?’ ‘छ बजेसम्म’ उसले भन्यो।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हराएकी चमेली

~पुष्पा केसी~ ऊ अजीवकी थिई । अर्को धरातलमा हुर्किएकी हो जस्तो लाग्ने । हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा । यो उसको हुलुया । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुसाइड नोट

~टि पी मिश्र~ गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने हुँदै अरू घरायसी सबै कामको डङ्गुर यिनकै काँधमा आउने गर्छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पत्रकार, प्रेमिका र डिसहोम

~योगेश ढकाल~ ‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फुच्चे घुस्याहा र म लाचार जन्तु

~निशांक रानाभाट~ ‘ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो’ मैले खुशी हूँदै भने। ‘ल बधाई छ ब्रो, पार्टी खान पाइने भो’ सबैले बधाई दिए। ‘यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले श्रीमती नबेचेको भए हुन्थ्यो

~डा. गोबिन्दसिंह रावत~ अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो कोट

~हरिमाया भेटवाल~ आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इन्डक्सनमा नि भात पाकेन मोतीलालको भान्सामा

~मिलन तिमिल्सिना~ पहिले घरमा माटोको चुल्हो थियो, आफैंले बनाएको । माटोको चुल्होमा पनि मज्जैले भाततिउन पाक्थ्यो । एकदिन पल्लो गाउँ जाँदा जहानले आरनबाट ओदान ल्याइन् । ‘माटोकै चुल्हो थियो नि, किन पैसा खर्च गर्नुपर्यो’ मोतीलाललाई ओदान ल्याएको मन परेन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्यकथा : सपनाको नम्बर

~जीवन लामा~ बेलुकीको ७ बजेको थियो होला । म खाना खाएर ओछ्यानमा सिरोक ओढेर पढ्न लागेको थिएँ । मोवाईल सिरानी नजिकै थियो । घण्टी बज्यो । नयाँ नम्बर थियो । लोकल नम्बर जस्तो पनि लाग्यो । केही समयपछि मात्र फोन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता व्यहोर्दा

~कल्पना खरेल~ मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ । हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तरिम सपनाहरूको उडान

~अनुपम रोशी~ एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्। म आँखा चिम्लेर सहरका गल्ली … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्णिमाले मन पराएको पेन्टिङ

~बिक्रम गिरी “अपरिचित”~ एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाबी हराएको रात

~राजन काफ्ले~ अनिमेष मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बकबक

~नयनराज पाण्डे~ कति बोल्छ यो मान्छे? कसरी यसलाई चूप लगाउने होला? कतिपटक सम्झायौं पनि उसलाई– “ए भैया, यसरी बकबक नगर। हाम्रो दिमाग खराब हुन्छ।” ऊ हाम्रो कुरो सुनेर ङिच्च हाँसिदिन्थ्यो। कति सेतो थियो उसको दाँत। हामीभन्दा अलिक कालो रोगनको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफन्तको खोजी

~एल एन सुवेदी ‘हस्ती’~ निरासाले भरिएको लामो सास तान्दै जमिनबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आंखाबाट आंसुका धारा बगाउंदै तिम्रो आत्माले परमेश्वरको बास पाओस् जीवित हुंदा केही गर्न सकिन भन्दै निकैबेर दलविरले घुक्का छोड्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदेश र घर

~बिन्दु सुबेदी~ “सुँक्क……..सुँक्क…….” को आवाज सुनेर शर्मिलाका भर्‍याङ उक्लदै गरेका गोडाहरू एकाएक रोकिए। उसले उक्लिसकेका खुटकिला फेरि बिरालोको चाल जस्तै गरी ओर्लिएर मटानको दाहिनेतिरको ढोकाको खापामा कान लगाई। निकैबेरसम्म पनि कुनै शब्दहरू नसुनेपछि उसले ढोकाको साँचो लगाउने प्वालमा आँखा टसाएर भित्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बजिबाङ्गे बा

~अभिमन्यु निरवी~ सानो, हरियो चौरको एकातिर म बसेको थिएँ । अर्कोतिर बजिबाङ्गबाट आएका बीरबहादुर बा र पौडेल्नी दिदी । ती दुबैसँग मेरो चिनजान थिएन तर भर्खरैबाट हामीले एकअर्कालाई चिनेका थियौं । पौडेल्नी दिदीको घर माथिको यो चौरबाट रोल्पाको लिवाङ बजार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुनले समेत मुख छोपेको रातमा

~महेश श्रेष्ठ ‘भाजु’~ सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तन

~एकराज प्रधान~ परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फरक

~राजेश विद्रोही ~ एउटाको नाम केशव । हो केशव नै हो उसको नाम । नाममा कुनै विशेषता छैन । आम नेपालीको नामभन्दा भिन्न छैन उसको नाम । नाममा कुनै भिन्नता नभए पनि आम नेपालीभन्दा ऊ ज्यादै फरक छ । फरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओ पत्रकारज्यू !

~कृष्णराज सर्वहारी~ सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) । ओ पत्रकारज्यू पत्रकारज्यू । घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्लो घरकी मेरिना

~भरत बागलुङे~ थाहै नपाई प्रेम गर्नु र थाहै नपाई उपद्रोह गरी पलायन हुने प्रवृत्तीले निलिरहेको छ मान्छेको अस्तित्वलाई मान्छेहरू या युवा–युवतीहरू प्रेमको आडमा अप्रेमी बन्दैछन् हिजो आज शार्दुलले जिज्ञासु आ“खाले मेरो चेहेरामा ताकेर सवाल गर्न पुग्छ । “म प्रेम विशेषज्ञ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झनामा मेरी आशा

~डेभिड ढकाल “भुइँमान्छे”~ साँझपखको धुम्म आकाश, वर्षनै लागेको पानी, बाहिर आफूलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्किसँगै बाहिर नियाली रहेछु प्रकृतिलाई ? हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्न लत परेको मान्छे म । साँच्चै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment