Category Archives: कविता

Nepali Poems

कविता : लाल सेना

~दिनेश सुवेदी “विकल्प”~ मृत्यु शैयामा लमतन्न एक सिपाही यत्रतत्र छरिएका लासका डङ्गुरहरू बारुदको नाकमा विस्फोटक गन्ध मनमा आक्रोश र बलिदानीको आभास उ कुरूप बनेको छ गोलीका छर्राले

Posted in कविता | Tagged | Leave a comment

कविता : सेल्फिले नखिचेको जिन्दगी

~राजु स्याङतान~ आज देशकै खास मान्छे मरेछ सिङ्गारिएको छ आर्यघाट गरिबको विवाह मण्डपभन्दा धेरै । लाम लागेका छन् मलामीहरू भावविह्वल छन् आफन्तजन साइरन बजाउँदै आइपुग्यो देशकै अर्को ठूलो मान्छे ओढाइदियो झन्डा अग्लो भुँडी छोपिनेगरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु

~सुकान्त राई नामदुंग~ जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई नयाँ हरियो साडी र कंगन दिइरहेछु जब कालो बादल, घृणाले होइन जीवनको मेघदूत सम्झन्छु फेरि आफैले वर्तमानलाई पराकाष्ठामा पुऱ्याए

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिद्वन्द्वी

~गोवर्धन पूजा~ दूध चुस्ने बालक थिएँ केवल आधा माना दूध भए पुग्थ्यो सैसोला र थुमथुम्याइसँगै बाबुआमाको इच्छामा बढे र आधा माना चामल खान सक्ने भएँ एउटै कोठामा/ एउटै खाटमा सुत्थ्यौँ छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्मी

~राकेश कार्की~ सूर्य तिम्रो रुप प्रचण्ड नबिराए पनि के को दण्ड उफ् भतभत पोल्ने गर्मी ग्रीष्म ऋतु रहेछ अधर्मी तालु ताती ओठ सुक्छन् योद्धाहरु मुर्छा पर्छन् मीठो जीवन सल्की दन्दन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु सपना

~दीपा राई पुन~ तिमीलाई भनी साँचेर हिँड्दै थिए बाटैमा सकिएछ जीवनको श्वास रहरले भर्न सकिन तिमीलाई भेट्ने चाह थियो त्यही पनि भन्न पाइन कस्तो छटपट्टी थियो मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : धिक्कार छ तिमीहरुलाई !

~ललिता कार्की~ हजारौं सपुतको बलिदानले पनि फेरिएन काचुली यो देशको रगतको खोला बगिरहेपनि भएन भावना एकताको फुस्रो आस्वसनको भाषाण ठोकेपनि

Posted in कविता | Tagged | Leave a comment

कविता : पहरा

~विश्वविमोहन श्रेष्ठ~ हरे। कति कोतर्छौ यो पहरालाई ? जति कोतरे पनि निस्कने त ढुङ्गा न हो, ढुङ्गा फगत ढुङ्गा । त्यही ढुङ्गा जसलाई खोपेर शिल्पीहरूले मूर्ति बनाए र मन्दिरमा सजाए

Posted in कविता | Tagged | Leave a comment

कविता : आकाश

~अविनाश श्रेष्ठ~ जब पनि यन्त्रणाहरुमाझ घेरिएर भएको छु हताश–हताश; एउटी कुशल प्रेयशी झैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : च्यातिएको कागजसँग

~विनोदप्रसाद धिताल~ व्यर्थैको रिसम परेर शिव हा ! तेरो टुटयो अङ्ग नी ! बिर्सेरै उपयोग आज किन, भो तेरो ठूलो नाश नी ! केही छिर्विर विन्दु-पूर्ण हुनगै तैले अही विश्वमा जे गर्छस् सब काम ती भुलिदिंदा सड्ने भइस् भूमिमा ।।१ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा मेरो वेबसाइटको होमपेज

~प्रवीण राई जुमेली~ मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा साँपले काँचुली छाडे जस्तै पास हुनेहरुले स्कुल छाडे जस्तै त्यस्सै छाडियो गाँउ त्यस्सै छाडियो गाँउ गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन एकान्त र अभावको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : समय

~महेश पौड्याल~ हेरिरह्याे उसले अाफ्नै वृत्तमा चक्कर काटिरहेकाे घडीकाे काँटालाई एक फन्काे मारुञ्जेल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको उपदेश

~आनन्द पौड्याल~ पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर । अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।। परदेश गई के नै पो होला स्वदेश गुमाई । फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।। मनुष्य चोला पाएर तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~सौगात भुर्तेल~ म भ्रमको खेती गर्दिन सत्यतामा जिउने प्रण गर्छु ती फिक्का सपनामा आफ्नै सोचले बुट्टा भर्छु । मेरो चट्टानमा पनि फुल फुलाउने ईछ्या छ किताबमा विश्वास छैन मलाइ किनकि आफै भित्र शिक्षा छ ।। अनियन्त्रित बनाई नरोक मेरो लक्ष्यलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यही हो कमल..

~लक्ष्मी बिष्ट~ आज सम्म के–के लेख्यो, कलम यो सकेन लेख्न, मात्र एउटा शब्द त्यो नाम अनेक, कोर्ने नै काम एक

Posted in कविता | Tagged | Leave a comment

कविता : म त एक शिक्षक हुँ

~चम्फा गौतम~ नेता हैन अभिनेता हैन न त भ्रष्टाचारिनै हुँ ! खुसी लाग्छ आफैमा म त एक शिक्षक पो हुँ !! न त म चाकरी र चुक्ली लगाउने खालको हुँ ! म त ज्ञान बाँड्ने एक निस् कपट शिक्षक पो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : मन्त्रिमण्डल

~अर्जुन पराजुली~ कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : न्याय

~जीवन थिङ~ कहिले काँहि मेरो देश सम्झँदा त्यो देउराली र छर्योतेनको देश सम्झँदा टाडा-टाडामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिर्खा

~सङ्गीत नेम्वाङ~ साहब! तिम्रो शासनको चूङ्गुलमा फँसेर रासनको आश गरिरहने मान्छे हुँ म। सोच्थे…. म त्यो एक्लो मान्छे होला जस्ले भाग्य कोर्ने भाभीलाई गाली दिन्छ, सरापछ तर यहाँ छन् म जस्ता हजारहजार अरूपनि जसले रासनलाई शासन सम्झन्छन् शासनलाई रासन। मानौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो उचाइ छुनै सकिनँ

~निलिमा पुन~ म तिम्रो कोखमा हुर्कँदै गर्दा घलेकीले छोपी छोपी लुकायौ आमा दश महिना आफ्नै शरीरभित्र माया गरी गरी बचायौ आमा म त बयान गर्नै सक्दिनँ तिम्रो मायाको उचाइ छुनै सकिनँ

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको हाल

~शिशिर शर्मा~ यहाँ देश बनाउने नेताहरूबीच नै मेल छैन फोहोरी राजनैतिक खेल छ यहाँ अपराधी र भ्रष्टाचारीलाई जेल छैन सत्ता र कुर्सीका लागि पेलापेल छ यहाँ गरिबको घर दुई छाक भात छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्तिका आवाज

~कृष्णराज पौडेल “सञ्जाल”~ सकारको फेरबदल, जनताका इच्छा मरे गए सत्ता पाए भक्त आफ्नै लागि पेट भरे निमुखाका चिसा चुला कुन दिन बल्नेछन् सामन्तको सरकारलाई जनता आफै ढाल्नेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताप्लेजुङ डाँडैमा

~लता शर्मा~ भुरुरु उडेर गयौं सातैजना, ताप्लेजुङ डाँडाँमा । धुरुरु रुवाउँदै फर्कियांै पोको परेर झोलामा । दुई हजार पचहत्तर साल, फागुनको पन्दै्रमा । बुधवारको दिन थियोे, मौसम पनि डम्ममा ।

Posted in कविता | Tagged | Leave a comment

छोक : पेट

~महेश पौड्याल~ उसका कविता र हृदयसरोवरमा भेटिने प्रेम लहरी र मानवताका गीत तथा उसले दिनहुँ खोल्ने र बन्द गर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : म दलित हैन नि !

~अमृत सिङ थिङ~ मेरो स्वरहरू तिम्रो जस्तै छ मैले देख्ने ,तिमीले देख्ने दृश्यहरू सबै उस्तै छ आऊँ हेर , पानीलाई छोऊँ तिमीले छुँदा साङ्लोको साङ्लै मैले छुँदा धमिलो भाको छ र ? अनि ! म कसरी दलित ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्चना

~सन्तोष आले~ तिम्रो चोखो प्रेम – जलले मनको तृष्णा मेटाएको छु तिम्रो दिव्य सौन्दर्यले मेरो संसार सजाएको छु। प्रेमको झरी बर्सिरहनू तिमी आनन्द मानेर भिजिरहन्छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : “………” प्रति

~गोपालप्रसाद रिमाल~ कुन्नि (कुन अल्लारेपनमा) कुन जून लिपेको सरमा, कुन सूर्य फुलेको नभमा, कुन चरीको बोली फुटेको,

Posted in कविता | Tagged | Leave a comment

कविता : थाहै भएन

~चम्फा गौतम~ समय चलिरहेछ, चलिरहेछ, तर कसरी चलिरहेछ, थाहै भएन । जिन्दगीको होडबाजीमा अघि बढ्दाबढ्दै, कहिले उमेर बितिसकेछ, थाहै भएन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के म गलत थिएँ र ?

~सिर्जना सिंखडा~ बामे सर्दै थिएँ बिस्तारमा अनि कोही आएर तल झारी दिए माथि जाने कयौ कोशिस गरेँ सकिन कसै गरेनि सकिन के म गलत थिएँ र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : समानताको अँध्यारो संसार

~चन्द्र मेघि गुरुङ्ग~ मलाई उज्यालो देखि डर लाग्छ आजकल जब झलमल्ल उज्यालो हुन्छ देखिन्छ स्पष्ट सबै लुक्दैन उज्यालो भित्र वरिपरिका नमिठो थिचिमिचो गन्हाएका भ्रष्टाचार पतित राजनीति लुटतन्त्र खान नपाएका ख्याउटे अनुहारहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : ए आँधि वेरी तँ त बैरो रहेछस् !

~लता शर्मा~ ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।। प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् । धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल । हाहाकार मच्चियो जताततै भयो खलबल ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेम सेलाएछ

~समिर सोदेम्बा~ प्रेम सेलाएछ दुनियाँमा, यहाँ युद्ध चल्दैछ मुटुहरू काम्दै डरले, यहाँ वर्तमान चल्दैछ स्वार्थी दुनियाँमा, आफ्नैलाई मात्र हेर्छन् प्रेमहीन दुनियाँमा, मृत्युको खेल चल्दैछ

Posted in कविता | Tagged | Leave a comment