Category Archives: कविता

Nepali Poems

कविता : ….गल्ली

~गेहेन्द्र अधिकारी~ हर गल्लीहरूमा मन्दिर देख्ने गरेको छु, तर विडम्बना बिना पुजारीका, रात्रिकालीन र झिसमिसेमा धाउने भक्तहरूका साथमा नत संध्याकलिन आरती हुन्छ नत बिहानीमा धण्टी नै बज्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अघि बढ

~कुबेर काका~ हुक्के, द्वारे र बैठके, चम्चेका संगमा बसी बिक्नेकाे शीर गनेरै, काटिन्थाे गाउँमा खसी सित्तैमा टर्दथ्याे छाक, खान बस्थे घुँडा धसी सकिन्न लेखेर कैह्ले, सकिन्छ लेखने मसी चुनाबी लहर मुस्लाेमा, भाेज भतेर चल्दथ्थाे खाएकाे एक छाकैमा,भविष्य बुझ बल्दथ्याे खर्चिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : माइतीको देश

~महेश पौड्याल~ चेलीले पल्लो डाँडोमा उक्लेर गाइन् गीत— “त्यै र पापी तमालैले छेक्यो बरै माइतीको देश !” घरबाट बूढा बाले भने-

Posted in कविता | Tagged | Leave a comment

कविता : विवस

~डा. सबिता सुबेदी~ प्रिय ऐना, तिमी मित्र बनिदेउ | जब राता गाला, गाजलु आँखा, कालो घना केस लिएर तिमीलाई दैनिक हजार पटक भेटिरहेकी म तिमीलाई सच्चा मित्र ठानेर मुस्कुराउँदै भलाकुसारी पनि गरेकी म आज मुजा परेका पिडादाइ अनुहार, कलेठी परेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो शुभकामना

~रमेश भट्टराई ‘सहृदयी’~ चैतेदशैँ रामकृपासँगै रामराज्यको कल्पना, आदर्श भावना नयाँवर्ष २०७६ मा मेरो शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना यहाँको सद्विचार फलोस्, सद्कर्ममा सफलताको चाहना हरेक पल हरेक स्वासमा शान्ति मिलोस्- मेरो शुभकामना । हिजो बित्यो आज हाम्रो आजकै युग विकास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रजस्वला नहुने हाम्रो घर

~अमृत सिङ थिङ~ मेरी आमाले चुलो बारेको दिन भाउजूले पानी नसारेको दिन दिदी बहिनीहरूले बाहिरै खाएको दिन हाम्रो घरमा कहिल्यै आएको छैन त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन पसिना तप तप बगाएर खन्न हुने घाँस ,दाउरा गोठालो जान हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : रिमोट कन्ट्रोलर

~स्नेह सायमी~ उसलाई रिमोट चलाउने बानी परिसकेको छ इशारामा नचाउने इच्छामा कुदाउने रहर बसिसकेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा च्यातिएको पोस्टर

~डा. वानीरा गिरी~ ए मान्छे! च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ मैले आफ्नै कहानी बिर्सिसकेकी छु । अगेनाको छेउबाट मीनपचासको ढिकीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बादल

~गगन बिरही~ सोँच्दै छु, हामीमाथिको बादल विलीन भइदिए पनि हुन्थ्यो पानी पानी भएर कतै बगिदिए पनि हुन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : इलामै जस्तो

~सुवास राई~ ओखलढुङ्गाको डाँडाहरू इलामै जस्तो साउने भेलमा सुनकोशी अजिङ्गर जस्तो पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो यहाँ भिर पाखा जताततै खोला र पहिरो

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम र आकार भन्दा पर…

~बसन्त चौधरी~ तिमी कतै छौ म कतै छु जिन्दगीको वेदना मुटु भित्रै छ यसलाई के नाम दिऊँ म ? यो नाम र आकार भन्दा पर छ माया र मुटुको वर छ तिमी दृश्यमा छैनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभित्र आगो सल्किरहेछ

~लीला पुन~ तेलजिब्रे नेताहरूले तेलारी काम गरेपछि आफ्नो स्वार्थका लागि विदेशीको पाउ मलेसी केही दिन, केही महिना, केही वर्ष मस्ती गर्न पाइन्छ, आफ्नो घर पोलेसी

Posted in कविता | Tagged | Leave a comment

कविता : साम्यवाद

~बिर्ख ‘क्रान्ति’~ शान्ति, सुशासन र समृद्धिको सिला खोज्दै पहाडका डिल र तराईका फाँटबाट राता झ्ण्डा फहराउँदै नागरिकहरू राजधानी पसिरहेछन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कवाद

~गोविन्दप्रसाद आचार्य~ आतङ्कवाद भन्दै साना निसाना बन्छन् शान्ति मलम जपेर तेजाप छिर्किदिन्छन् वस्तीहरू दुःखाई मस्ति चुसिरहेका साना मुलुकमाथि बमका गोला झरेका बेइमानीका विमान खुशी खोसेर उड्छन् साना मुलुक रगतका खोला बगाई दिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ए स्वयम्भू

~रेशम बी.सी.~ ए स्वयम्भू एउटा नाङ्गो वालक सडकको किनारै किनार हिँडिरहेको तिमीले देख्यौ कि ? काठमाडौँका ती गगनचुम्बी महलहरूले उसलाई देखेनन् न देख्यो सिंहदरवारले

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घीयता चाहिंदैन

~गिरीप्रसाद बुढा~ हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने एक एक वटा झुप्रो चाहिन्छ हामीलाई निष्फिक्री भएर टेक्न मिल्ने आफ्नै स्वामित्वको आँगन चाहिन्छ हामीलाई आँगनमा जीवन लुटिने रीति चाहिँदैन हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन हामीलाई आलु रोपेर खान पुग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : आन्दोलनको आगो

~विक्रम सुब्बा~ राजाको शासनमा मानिसका मुखका पखेटा काटिए सम्वेदना र भावना मुक्त भएर उड्न नहुने भयो दु:ख सुखका कुरा चौतारीतिर सुनाउँनु मनाही भयो मनका कुरा बोल्दा राजाको कानुनका कान ठाडा भए तर मानिस भित्रका आवेगले ज्वालामुखीको सिम्फोनी रचे

Posted in कविता | Tagged | Leave a comment

कविता : कुहिरो भित्रको डायरी

~लक्ष्मी बिष्ट~ भनौँ भने, कसलाई सुनाऊ–मुटुभित्रको पिडा यो देख्नेले नै, लगिदिए–जीवनको पल(खुसी) त्यो यही पल्लो कुनामा, ढुकी बस्ने–जन्जिरले फर्काइदेऊ, बिन्ती गर्छु–जीवन भरिकै मसी त्यो थाम्न सके, जिन्दगीकै मृत्युवरण यहाँ–सरीराछ फर्कादेउ, हस्तलिखित डायरी–मलाई नै कुरे जस्तै लाछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हर्केको समय

~ठाकुर मान लामा~ हिजोको त्यों गाउँले हर्के अब त्यों हर्के रहेन हरिष भनी चिनाउछ आफुलाई खुट्टा त्यसको भुइमै छैन छाप्रोको त्यों बास

Posted in कविता | Tagged | Leave a comment

कविता : खै मेरो गाउँ ?

~राइमाण्डु~ गाउँ त्यहा थ्यो । जहाँ म हास्थे अर्गानिक जहाँ म सास फेर्थे अर्गानिक । खान्थे अर्गानिक । बस्थे अर्गानिक । बात गर्थे लाम्काने बाख्रा सङ्ग अनि उस्को पाठो पाठी सङ्ग खेल्थे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको जहाज

~डा. सबिता सुबेदी~ आमा उ आयो ,हेर त दाइ आयो,साच्चै आयो | अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर, आँखाहरु रसाउँदै, भारी मन लिएर निन्याउरो अनुहार, मायाको खाँचो दर्शाउदै तिम्रो काख खोज्दै आयो |

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो समाजवाद !

~जीवनस्पर्शी~ जब म देख्छु आज पनि जताततै गाउहरुमा ,बस्तिहरुमा ढल्न लागेका कतै टेको लगाइएका खुइलिएका लतृएका बूढो रुखझै आस्थाका मनहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जाली नाता

~बिपना ढुङ्गाना~ गुम्सियो यथार्थ, टुटाईदिए विश्वास, रहेनन् कोही आफ्ना, त्यसैले तोडिदिए सम्बन्ध जब प्रश्न मेरो संस्कारमा उठाइयो अनि परिवारभित्रै मलाई बदनाम ठहर्याईयो। प्रतिकार गर्न नसक्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कैले आउने हो ?

~दिल थापा~ मुग्लानी भएको पनि धेरै वर्ष भैएछ् क्या हो। बाध्यताको ताइफुले जीवनका सपनाहरूलाई बेजोडले उडाउन खोज्दानी आशाको मधुसमा राखेर बचाएको पनि धेरै वर्ष भइएछ क्या हो । यो परदेशको भूमिमा सेती नदीझैँ भित्रभित्रै हराएको पनि धेरै वर्ष भइएछ क्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले मलाई कहिल्यै चिन्न सकेनौ

~रमा शर्मा ढकाल~ म त सधैँ तिम्रा बिचारपथमा भौतारिइरहें , म त तिम्रा गीतका प्रतिध्वनि सँगै गुञ्जिइरहे, सभ्यताको सास फेर्ने आसमा म त तिम्रा खातिर धेरै लडेँ पटक–पटक लड्दै उठ्दै र भिड्दै आज सम्म पनि लर्खराँउदै पछ्याइरहेछु तिमीलाई नै तर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई जित्नु किन पर्‍यो

~अमृता बुढाथोकी~ हेरेर चित्र तिम्रो मन्द मुस्कान भर्दै जुनेलीमा सजाएछु सपनीमा तिमीलाई बरु मेरै धरातल भुलेर कल्पनामा । उजागर गरेछु मेरा मृत इच्छा आकाङ्क्षाहरू फन्को मार्दै सम्झनाका तरेलीमा बचाएर राख्न सकिन आफ्नै अस्मिता

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति युद्ध

~चन्द्र मेघि गुरुङ्ग~ नेपाल आमा तिम्रो काखमा एउटा भीषण युद्धको खाँचो छ अहिले यस्तो युद्ध हुनुपर्छ नेपाल आमा जसले तिमीलाई बलात्कार गर्ने बलात्कारीको सफाय हुनुपर्छ देश लुट्ने लुटेरा फसिनुपर्छ देश बेच्ने दलाल मासिनुपर्छ तर यस्तो युद्ध होस अब

Posted in कविता | Tagged | Leave a comment

छोक : पानी

~महेश पौड्याल~ धरतीमा उचाइको सीमा पनि पानी हो गहिराइको सीमा पनि पानी । ऊ सधैँ भन्छ, त्यसैले-

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्महत्या गर्न अघि

~डा. नवराज सुब्बा~ दुनियाँ ! पराजित नठान मलाई पोष्टमोर्टम् गर र हेर आफू जीवनबोध गर नठान साथ दिने हात घटे आफू गन्तव्यबोध गर आखिर जिउने सवालमा मान्छे अभिनयसिवाय बाँचेको को छ र ! प्रेयसी ! बिछोड र पीडाको प्रतिरूप रहेछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीउनुको अर्को नाम रहेछ जिन्दगी

~लक्ष्मी बिष्ट~ हाँसिरहनु सधै भरि, तिमीलाई हाँसो सुहाउछ । संगाली राख्नु इच्छा सधै, जीवन सुमघुर बढाउँछ ।। लानु के नै छ र? जल्नु नै छ यस धर्तीमै खुलेर ।। संघर्षमय जीवन रोज्नु पर्छ, बाटो आफै छानेर ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश अर्थात् देश खोई ?

~वासु शशी~ यो देश अहिले आफ्नो गौरव गाथा गाउने मुडमा छैन यो देश अहिले आफ्नो इतिहास पल्टाइरहने फुर्सतमा छैन यो देशमा अहिले दुई वटा हिमालयहरू छन्– एउटा हिउँको हिमालय, अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको अनुहार

~प्रवीण राई जुमेली~ सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन जबरजस्ती ठेल्दै लगेपछि म-ले बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ

Posted in कविता | Tagged | Leave a comment