Category Archives: कविता

Nepali Poems

कविता : फेरि बा कै कुरा

~मोहन बन्जाडे~ सन्तान बामे सर्दै गर्दा हुरुक्क हुने बा ताते ताते गराउंदै औला समाएर हिड्न सिकाउने बा कतै लडे सुस्तरी लडेको भए देखेको नदेखी गरी

Posted in कविता | Tagged | Leave a comment

कविता : चाँगुनारायण

~विश्वविमोहन श्रेष्ठ~ जसरी विराजमान गराएर गएका थियौ देवलको यो भित्री भित्तामा म अहिले पनि त्यहीं अडेसिएर बसिरहेछु मौन, तिम्रो प्रतीक्षामा………….। पहिलेपहिले प्रभातमा घामको कलिला किरणहरू आउने गर्थे आँगनमा र परेवाका बथानहरू चरिरहन्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : नितान्त एक्लाे

~‘अभिलाषी’ शारदा राई~ बिरामी भई अस्पतालकाे शैयामा छु अामा काेही छैन अासपास मेरा अाफन्त अनि काेही छैन मेराे सामु कस्ताे छ भन्ने छु त एक्लै म याे शहरकाे भिँड भित्र चिनेकाे छैन कसैलाई मैले यहाँ छु म नितान्न एक्लाे यिनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यका गतिहरू

~जीवनाथ धमला~ एउटा कुरुक्षेत्र जितेर म घर आइपुगेको छु, मेरो आगमनलाई— आमाका आँखाहरूबाट बर्सेको हर्षाश्रुका अविरल ध्वनिहरूले स्वागत गरिरहेछन्, आमाको अनुहारमा अहिले सत्य छचल्केको छ, मेरो विजयको अबिर पोतिएको अनुहारलाई यतिखेर आमाको प्रसन्न मातृत्वले देखिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश के भाको …?

~इश्वर देवकोटा~ बाबु छिरी, आप्पा र पासांग ल्हामु आङरिता… पेम्बा पनि पुगेथे हिउले नाम लेखेथे देशको झन्डा साथमा पसिना धारा माटामा के खान्थे तिनले था छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : संविधानसभा

~रेशम वि.सी.~ संविधानसभा तिमीलाई साढे सातको दशा लागेछ नेतालाई कुर्सी र भत्ता त्यसको लागि सत्ता कर्मचारीलाई घुस व्यापारीलाई कालो बजारी अपराधीलाई राज

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्काइसौँ सताब्दीको मान्छे

~शशिधर भण्डारी~ नीलो आकासमुनि उभिएको एक्काइसौँ सताब्दीको मान्छे अन्धविश्वासको जगमा खडा भएको रुढ कर्मकाण्डका अगाडि गोरु जस्तै नारिन्नँ एक्काइसौँ सताब्दीको त्यो मान्छे अन्ध परम्पराको फाइल फुल्याउने, कारिन्दा होइन ऊ जीवनमुखी चिन्तक हो, त्यसैले मृत्युपछिको जीवनमा अनित्य देख्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : विरामी देश अनि विष

~राहुल पुन~ विरामी देश उपचारको बहानामा विदेशीको चाहनामा परिवर्तनको तीब्र आशामाथि संविधानको उच्च लालसामाथि चलखेलका अनेकौं भेषमा भ्रम र डलरको आवेशमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सामना

~अनिलकिशोर घिमिरे~ यस पटक प्रकृति पनि मात्तियो क्रुर बनेर सबै सोत्रान्न पार्‍यो क्षत विक्षत माटोभित्र सिङ्गो बस्ती गुट्मुटाइदियो डाँडादेखि फेदसम्म केही सग्लो रहेन आकाशका चम्किला ताराहरू पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : छानो चुहिने बलेनी

~केशव गाहा ‘पाल्पाली’~ झुपडी सानो खरको छानो चुहिने बलेनी सकेको छैन टिनले टाल्न जति नै गरे नि ।१। गाह«ो छ सारै जीउन यहाँ दुःखीको जिन्दगी बाँच्ने छ गाँठे तैपनि अझै कर्मले ठगे नि ।२।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो घर

~गोविन्दप्रसाद आचार्य~ तिम्रो घरमा बुढा बाउको टुप्पी घोटेका छौ अनाहकमा भाइ मारेर अंश जोडेका छौ नमस्ते साइनो पनि तिम्ले तोडेका छौँ खाउँ बस आरामले अंश जोडेका छौँ मिलाउँदिनँ हात पनि रगत लागेको छ आउँदिनँ म तिम्रो घरमा रगत पाकेको छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जङ्गबहादुरसँग पुनर्मिलन

~अर्जुन पराजुली~ पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ? जङ्गबहादुर ! तिमी आयौ ? अनुहार पनि सर्लक्कै फेरिएछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटा बटारिएको अनुहार

~अशोक पौडेल ~ यमराज जि आज्ञा गर्नुहुन्छ भन्नुहोस चित्रगुप्त जि, उ त्यो पालो परेको, एउटा बटारिएको अनुहार कस्को हो? को हो? उत्तर:

Posted in कविता | Tagged | Leave a comment

कविता: द्‌याम्बुली त ओढल्याँहा पो गएछ !

~दिल थापा~ मंसिरे रोगी शीतको मिठो स्पर्शसँगै लेकबाट झरेका दयारिहरु दाइँ हाल्न श्रीगणेश गर्छन् । खलाको समीपमा रहेको कुन्नीयोलाई फोडेर । जाँडको तरुनी छोक्‍र्रालाई सम्झँदै रक्सीको पेन्सन पत्तालाई सम्झँदै कुहिरो लागेको फाँटतिर बसेर । घामले कुहिरोलाई चिर्ने आसमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समयले दिएको रोग

~लक्ष्मी बिष्ट~ रोड–रोडमा हिँड्ने, रोगी झैँ बनेर । कसैले चिन्दैन आज, फल्ना हो भनेर ।। चित्कारलाई सोध्छु, बाध्यता हो भन्छ । समयलाई सोध्छु, बिवसता हो भन्छ । हिजोको मुस्कान, खै कता हरायो ? आज यो के देख्नु पर्‍यो तिमीलाई साँझी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो जन्मदिन

~बिपना ढुङ्गाना~ कहालीलाग्दो बिगत सम्झिन्छु आफु भोकै बसी परिवारको भोक टार्न तिम्ले गरेका कयौं त्याग सम्झिन्छु हेरक बिहानीसँगै टुटेका तिम्रा स-साना इच्छा,आकङक्षा सम्झिन्छु आमा,म हरक्षण तिम्लाई नै सम्झिन्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बटुवा

~जीवनस्पर्शी~ एउटा बटुवा अँध्यारो पथको यात्रा गरिरहेछ र सगर्व भनिरहेछ मेरो यात्रा उज्यालोतिरको हो जहाबाट भेट्न सकिन्छ लेनिनको सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : भेटिएन कुनै सुसाइड नोट

~सविना सिन्धु~ फराकिलो निधार भएकी मृत युवती जसलाई समाचार बनाइरहेछ पत्रिकाले । फलाकिरेहछ रेडियोले । प्रश्रय दिइरहेछ टेलिभिजनले । कुनै दिन म बन्न सक्छु त्यही पात्र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुलो प्रजातन्त्र

~आविष्कार कला~ म तिमी भन्छु बरु त भनौला अहिले चाहिँ तपाईँ भन्नै सक्दै सक्दैन ए संसारको प्रजातान्त्रिक मुलुक तिम्रो प्रजातन्त्र हेर त कस्तो छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : फिरङ्गीको देश

~खेम गुरागाईं~ आमा, तिम्रा सपनाका बग्रेल्ति छरिएका टुक्रा टुक्रा भेला पारेर मैले एउटा सपनाको मुल्को बनाईदिएको छु, तर त्यो मुल्को तिम्रा रछ्छान घरानमा बग्दैन, तिम्रो खेत खलियान बाँझै राखेर बग्दो छ निरन्तर सात समुन्द्र पारि, त्यहि मुल्को हेर्न, कि जान्छ्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अस्विकृत पुर्खा

~शिव पन्त~ मलाई माफ गर मेरी प्रिय नातिनी , मैले यो ४ बीस र आठ वर्ष आफ्नो उमेरको पसल थापेँ । र पनि खास गर्न सकिन बस तिम्री फुपुहरू जन्माउदा जन्माउदै आदिसरो कपाल फुल्यो अपुतालीको नाममा भाग नछुट्याउदा थुप्रै चोटी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दुखको तिहार र छट मानौला चाडवाड अनि……

~ध्रुव गजुरेल~ महाविनासकारी भुकम्पले, ध्वस्तै बनउदा पनि , गाउँ टोल सवै रितिएर, शोकै मनाउदा पनि, एैतिहासकि धरोहरहरु, सवै नासीदा पनि, मन सम्हात्दै वसेको छु ठुलो विपदमा पनि । भारतले मित्र भन्दै, घाटी निमोठदा पनि ,

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो फाल्ने दिन

~मोहन बन्जाडे~ सभ्यता समाप्त पार्न संस्कृति ध्वस्त पार्न पूर्वजको सेखी झार्न सन्ततिलाई दास बनाएर बलिन्द्रधारा रुवाउन पराइले थोपरेका आहालमा चुर्लुम्म डुबेर

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~एम.एल. ओली~ हल्लाई धर्ती भत्कायो घर मानिस मार्दियो देशको शान धरहरा मेरो ठहरै पार्दियो शहर मात्र घाइते छैन गाउँको त्यै हाल सम्पदा मेरो बनायो नष्ट आमाको बेहाल । देवता बस्ने मन्दिर पनि छोडेन साथीले चौपाय थिए निर्दोषी जन्तु देखेन भावीले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो स्मृतिमा

~राधा कार्की~ तिमी थियौँ र म थिएँ तिमी नभएर म हराएँ कालो बादल जुटेर खर्लप्पै बगायो म अघिल्तिरको पहाड न रोक्न सकेँ उसको दुस्साहशलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न सन्तानलाई

~निलिमा पुन~ हुर्केका सन्तान परदेशी भए पराइले देशमा आगो सल्काए खुशीमै सारा सन्तान जन्माएँ आपतमा आज एक्लै भएँ कोही अरबमा मारिएका छन कोही मलेसियामा बलात्कृत छन् कोही अमेरिकामै हराएका छन

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी

~गोविन्दप्रसाद आचार्य~ निचता नाप्नका निम्ति यन्त्र विश्वमा छ र ? लौरो भन्दा कतै भाषा सा“ढेले मान्न सक्छ र ? भा“डुवा गति छाडामा मान्छेको मन हुन्छ र ? गन्हायो नाकमा गन्ध नथुनी बस्न हुन्छ र ? मधेश देशमा दाह्रा घस्नेका भा“च्नु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गणतन्त्र

~लक्षीराम आचार्य~ एउट छुट्टै कोखबाट प्रसव पीडा सहेर जन्मिएको हो अमूल्य प्यारो गणतन्त्र रोदन र चिच्चाहटबाट जीवनचक्र पार गर्दै खित्के हाँसो र बामे सराईसँगै अगाडि बढ्दै थियो प्राण प्यारो गणतन्त्र

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता

~अजय अलङ्कार~ लेखेँ अबेरसम्म लेखिरहेँ र, हेरेँ ओल्टाई–पल्टाई हेरिरहेँ भैदिएन कविताको जस्तो मुहार दिएन सौन्दर्यको मुस्कान अनि केरेँ पटकपटक केरिरहेँ विचरी ! मेरी कविता ! कति दुःख गर्नुप¥यो,

Posted in कविता | Tagged | Leave a comment

कविता : हजारौँ चोटि

~ठाकुर मान लामा~ हजारौँ चोटि नियाली हेरे तिमी आईछ्यौ कि भनेर तर भ्रम मात्र रहेछ बतासको सुस्केरासँगै आउने त रुखको पात पो रहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : शिर्षक विनाको कविता !

~ध्रुव गजुरेल~ नेपालसँग सिमाना जोडिएका शक्तिशाली देशहरु, दक्षिण, उत्तर हुदै चारैतिरबाट घेरिरहेका छन् । आफ्नै अधिकारको लागि बोल्नचल्न नसक्नाले, उनिहरुले नेपाल र नेपालीलार्इ पेलिरहेका छन् ।।

Posted in कविता | Tagged | Leave a comment