Category Archives: कविता

Nepali Poems

छन्द कविता : दियो

~पूर्ण ओली~ गोरो वर्ण, कपाल त्यो बुलबुले, अग्लो न होचो कद डोलो, सुन्दर जीउडाल, पहिरन्, बोली मिठो बेहद मुस्काईरहने सदा, चुलबुले, बेजोड आकर्षण को हौ ए ? किन पार्दछ्यौ थिलथिलो, व्यर्थै अरुको मन ? गाढा रात थियो तिमी म बिचमा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भग्न चौतारो

~टङ्क उप्रेती~ मेरो गाउँको भग्न चौतारोमा अझै खेलिरहेको बच्चा देखेँ उसलाई देखेर रोमाञ्चित भएँ म उसको हातमा थियो- सेलरोटीको अर्धचन्द्राकार टुक्रा। त्यस चौतारोमा पेसाबाट निवृत्त वृद्धवृद्धाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : बासना छर्न आउनु

~सुरेश सुवेदी~ थोपो भएर पानीको हामी सागर बन्नु छ धूलो भएर धर्तीको हामी पर्वत बन्नु छ पत्झड जङ्गलमा हामी मुना भै छ पलाउनु म फुल्नेछु तिमीचाहिँ बासना छर्न आउनु। बालुवाको बनी तेल धारा भएर झर्नु छ ज्वालामा पनि आगोको हामीले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भेट र पृथकता

~हेम प्रभास~ फूलसँग रङ र सौन्दर्य चोरेर मुस्कुराउन आइपुगेथेँ तिम्रा शिशिरहरूमा तिमीले गाली गर्यौ र, पो म फर्किएँ। तिमी जङ्गलैजङ्गल दौडँदा जङ्गलका काँडाहरूलाई फकाएँ र, तिम्रा पाउहरूमा नबिझ्नू भनेँ

Posted in कविता | Tagged | Leave a comment

कविता : माइलादाइ

~दिलिप योन्जन~ आफ्नै पीडाका गीत गुन्गुनाउदै उकालो ओरालो अनि चौतरीमा ख्वाक ख्वाक खोक्दै थुक्दै स्वाँ स्वाँ गर्दै ठेला ठेलिरहन्छ जाडोमा गर्मीमा एकनासले गन्तब्यको खोजीमा |

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ताको आत्मा

~हेमन यात्री~ बाँचेकाहरूसँग त छँदै छैन म मरेकाहरू सँग पनि छैन तिमीलाई याद हुनु पर्छ अझै शरद ऋतुको एकबिहान मैले बोकेको राजनीतिशास्त्र र केही युद्धका किताबहरू देखेर कलेज जाँदा–जाँदै बाटामै अपहृत भएको हूँ म

Posted in कविता | Tagged | Leave a comment

कविता : नाम धनिमाया थारु — वर्ष चौरासी

~रमेश सायन~ म धनिमाया थारु आगनमा चलिरहे छ मेरै चौरासी पुजा अव एकै छिनमा म मानुख्य बाट देउता हुन्छु । देउतालाइ सुहाउँछ सुहाउँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : हूलिया हराइरहेछ

~उदय निरौला~ पातको नाद–कानपात नाप्दै–नाप्दै वेगले हानिरहेछ हातको हात– दिनदहाडै– दिन तम्तम्याईलो पल्टिरहेछ पेटीको वास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ माथि लक्ष्यको ताँदो नउठ्दै झ्वाट्ट चुँडिरहेछ । गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-साथी

~भिमा राई ‘तोलाछा’~ असिम दुरत्वको क्षितिजलाई सम्पूर्ण उर्जाको अवशेष लाग्दथ्यो ठुलो साँझ पर्न अघि चरीहरू चिरबिऱ्याई रहेको बेला एकतमासको भावबोधसित टोल्याईरहने जीवनका पलहरू आज अचानक त्यै क्षितिजको लालिमामा भष्म भएझैं लाग्छ तिम्रो जन्मदिनमा शुभकामना टकराउने उमङ्ग

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद आइरह्यो

~प्रवीण खालिङ~ तिमी घुम्तिदेखि उता गएपछि सम्झना मात्रै राख्न सकें बाटो भरि पैयुँको फुलहरूमा माया हाँसिरह्यो सारंगीले मुटु रेटेको धुन गाइरह्यो साँच्चै तिम्रो याद आइरह्यो। हिमालको मुन्तिर उभिएर खाएको कसम

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड पुस्तकहरू

~कुमार काफ्ले~ एउटा पुस्तक फगत खाली कागजमा कोरिएको कलमको निर्जीव मसीमात्र हैन लक्ष्य भेदन गर्ने अचुक अस्त्र हो हामी बाँचिरहेको युगको दर्पण हो,यथार्थ हो। प्रकृतिको,मानव मनको इतिहास हो,भूगोल हो दर्शन हो,सिद्धान्त हो

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरा गर्न नसकेको मेरी हजुरआमाको रहर

~नोगेन हांग~ अझै गर्छु अझै बाँच्छु संसार हर्छु भने पनि यो मृत्यु भन्ने अन्तिम घडी आए पछि त जानै पर्छ । तर यी बाँचुन्जेलका अधकल्चो प्राप्तीहरु संग दिक्कदारी को छताछुल्ल संबेगमा पनि भ्रामक दुरबिनहरुले कहिल्यै नभरिएको आशाका खड्कुँडो भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अवश्य आउनेछ

~दामोदर नेपाल~ त्यो भञ्ज्याङमाथिको क्षितिजबाट सधैँ घाम झुल्किन्छ तर मेरो बाबु अझै झुल्किएन आशा मरेको छैन तृष्णालाई बुढ्यौली लागेको छैन त्यसैले त नियाल्दैछु उसको बाटो अनि वर्षौम्म नियालीरहनेछु जबसम्म ऊ आउँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : सिक्रेट सल्काइदेऊ थापा दाइ !

~मीन बहादुर विष्ट~ ‘सिक्रेट सल्काइदेऊ थापा दाइ चाँदीको कुल्पीमा’ सल्काइदिनोस्, थापा दाइ जरुर सल्काइदिनोस् हजुरको हजुरलाई अम्मल बसेको छ सिक्रेटको तसर्थ सल्काइदिनोस् सिक्रेट चाँदीको कुल्पीमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वैचारिक युद्ध लडौँ

~प्रतिमा विवश राई~ म प्रेमको कुरा गर्छु तिमी युद्धको विपरीत ध्रुवमा उभिएका हामी कसरी एउटै विन्दुमा उभिन सक्छौँ ? मसँग प्रेम गर्ने मुटु छ तिमी भन्छौ, मसँग युद्ध गर्ने हतियार छ अब भन मुटु र हतियारलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आकंक्षाहरु

~रुपेश श्रेष्ठ~ छितिज बादलका छिर्काहरु सपना र शाहसहरु। अनाकार आकाशको मुन्तिर वादलुको फेदसम्म उक्ली उक्ली चुलिएर अनाकार अदम्य शाहसले अनाकार सपनाका

Posted in कविता | Tagged | Leave a comment

कविता : बोक्सी

~कल्पना चिलुवाल~ उनीहरूले बोक्सी करार गरिदिएकै रात झाँको फिजाएर बोक्सी खोज्न ऊ निस्किएकी हो कस्ता कस्ता हुन्छन् बोक्सी सम्प्रदायका अनुहारहरू बोक्सी रीतिरिवजहरू बोक्सी नृत्य र गायनहरू बोक्सी बुझ्नकै लागि यो मध्यरात

Posted in कविता | Tagged | Leave a comment

‎कविता : भारी

~यल्जी विवश~ उफ्… सि..sss,औ..स्…sss- यो पसिना पनि कति आएको हो, मैले त सोचेको पनि थिईन- बाह्र बर्ष पछि त खोला पनि फर्किन्छ, भनेझै बर्सौपछि अचानक यहि चौतारीमा यसरी तिमिसँग भेट हुन्छ भनेर, यहि चौतारी हो, जहाँ हामी गुराँसको ईन्द्रेणी बनाउथ्यौँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सिको पिडा

~हरि अधिकारी~ त्यो कालो कुर्सि त्यो सेतो मान्छे, वा तर त्यो सेतो मान्छे पातलो मान्छे, त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ तर त्यो पातलो मान्छे मोटाउदै छ, अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि तर

Posted in कविता | Tagged | Leave a comment

छोक : थाना

~बिमल गुरुङ~ अपशब्दका डंगुर लात/घुस्सी/थप्पड डण्डा/लठ्ठी/करेण्ट

Posted in कविता | Tagged | Leave a comment

कविता : अँध्यारो विरुद्ध

~प्रतिरोध कार्की~ जहाँबाट बाहिरिएकी थियौ तिमी त्यहीँ सम्झना गरिरहेछु म बारीको पाटोमा रोपेको अन्नबाली खेतको डिलमा रोपिएको भटमास त्यतिबेलै ‘बाई’ गरेँ अँध्यारोलाई र, सम्झिरहेँ तिमी हिँडेको पाइला तिमी बाहिरिएपछि उज्यालोको अनुहार हेर्दा छोपिरह्यो अँध्याराको लप्काले।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अँध्यारोको अनुष्ठान

~ठाकुर बेलवासे~ तिमीलाई गहिरो गरी पढ्नका लागि मैले एउटा सिंगो रात मागेको छु। म कल्पना गर्न सक्छु- तिम्रा खुट्टादेखि शिरसम्म पत्रपत्र पल्टाउँदै एउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दा जून सर्वाङ्ग हुने छ र पोखिने छ, आकाशमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐॅठन

~बासुदेव पाण्डेय ‘प्रभाकर’~ बिरानो झैँ लाग्थ्यो रनवन रमाएर नडुले निकै खल्लो लाग्थ्यो रजत रङमा आरु नफुले। अझै होलान् बारी बगर पथमा पत्थर कडा फुले होलान् हाँस्दै धवल रङका आलुबखडा।। डुली खोज्थ्यौँ सल्ली कुसुम वनमा गैकन बियाँ म आफू झैँ, अर्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म निरीह देश

~आचार्य प्रभा~ आरोप प्रत्यारोप , विश्वाश ,अबिश्वास , घाट ,प्रतिघात न्याय ,अन्याय को चक्रब्युहमा फँसेको म निरीह देश मेरो स्वाभिमान आज भोली हरेक जनताको अभिमान अनी प्रतिशोधको ज्वाला बनेर जलिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिविम्ब

~जीवन क्षेत्री~ युगौंदेखिको प्रहार बोकेका, ती खेतका आलीहरू मंसिरमा झुले धानका, ती सुन्दर बालीहरू युगौँदेखिको मुस्काइरहेका ती उषा लालीहरू ती अँध्यारा गल्लीहरू, ती डरलग्दा गल्छेँडाहरू ती दुरुह सिरेटाहरू ती उराठिला खडेरीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म थवाङ हुँ

~वैरागी जेठा~ म थवाङ हुँ अरण्ययुग युगान्तरका मृत्युदण्डको फैसला सहेर बाँचेको छु ज्यानमारा जन्तुवर्षहरू छलेर नयाँ बर्बर युगमा आकास्सिएका सामन्ती जजटाजुटहरूसँग निरन्तर लडिरहेकै छु मित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले जन्माएको शहर

~शुष्मा रुपाबुङ~ उ भन्दै थियो गाउँमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे केही जान्दैनन रे मैले भने, गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ अनि त्यहा बस्ने मान्छेहरु .. जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ एउटा को दुखमा बिनाशुल्क सयौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध मलाई माफ गर

~डिल्लीराम अंमाई~ तिम्रो जन्मभूमिमा धेरै पटक उडाएँ परेवाहरु एकहातमा जोली परेवा थियो अर्को हातमा सेतो फूल शायद गोदावरी थियो कि तर तिम्रै युगमा रोपिएको पानीबाट उम्रिएको यदु बंशीको तरवार अनि पानीबाटै नारिएको शाक्य र कोलिय रक्तपात प्रभु रोक्न सकिनँ बुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कंकाल

~स्लिम जिवन~ म आफ्नै अस्तित्व खोज्दै जाने क्रममा एक खण्डहर बिच जंगलको एक खाडलमा मैँले मेरै अस्थिपञ्जर देखे। मस्त लमतन्न सुतीरहेको आफनै कंकाल देखे। मैँले आँफैले आँफैलाई प्रश्न गरे। आखिर त्यो युद्ध थियो कसका लागि?

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि हुँ नि प्रिय !

~ध्रुबकुमार सापकोटा~ आकाशलाई तिम्रो पछेउरी भनेँ बादललाई तिम्रो केश भनेँ झरीलाई तिम्रा आँशु भनेँ तिमीले किन बुझिनौ म कवि हुँ नि प्रिय !

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्दिन कुनै धर्म

~प्रकाश सुनुवार ‘निराकार’~ प्रकृति अनुरुप धर्म स्थापित हुनसक्छ धर्मले प्रकृति वदल्ने होइन । एकाग्रता ग्रहण गर्नको बदला लक्ष्य निर्धारण गर्नको बदला परिवर्तनलाई पहिल्याउनको बदला कुनै धर्मको आडमा कसैले आफुलाई ठुलो मान्छे वनाउंछ भने मान्छे–मान्छे विच भेदभाव गर्छ भने

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनको हिरासतबाट

~नवीन प्यासी~ यौवनको हिरासतबाट मध्यराति हावाले सुस्तरी अङ्गालो हालेपछि लामो-लामो स्वास तानिरहेकी सल्लाछेउमा बास बसेकी चखेवीलाई जीवन कस्तो लाग्दो हो! समयले दगुरिरहन नछाडेपछि वैशको सगरमाथा चढेकी फूलको छातीमाथि हिमपहिरो ल्याउन खोज्ने भमराहरुलाई जवानीको अत्तर कस्तो लाग्दो हो!

Posted in कविता | Tagged | Leave a comment