Category Archives: नेपाली काव्य

Poetry

गजल : रुमलियो जिन्दगी

~तिब्वत दर्लामी~ घटाउ अनि जोडमा, रुमलियो जिन्दगी हरेक मोड–मोडमा, रुमलियो जिन्दगी । चल्दै थियो सफर एक साथ रमाउदै अनायासै बिछोडमा, रुमलियो जिन्दगी ।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासदका दुखेसाहरु

~बम बानिया प्रभात~ घिन लाग्दा समाचारहरु नछाप ए पत्रकारहरु, सवैका हिलो हाल्ने खाडी हामी नै भयौ हगि ? हाम्रो चै समस्या खै छापेको ? पार्टीले आधा लेवी कटाएर लान्छ कार्यकर्ताले गोजिवाटै थुतेर लान्छन् सहयोग रसिद विहानै पिच्छे आउछन् परिवार पाल्नै … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

उमेश लुईंटेलका ३० मुक्तकहरु

~उमेश लुईंटेल~ नहुँदा तिमी बतास आएन जूनेली फिका प्रकाश आएन बनेर बादल हराएँ तिमीमा, नयनको तिम्रो आकाश आएन | नारा यो सडकमा जारी भएछ भोक र पहाड हाराहारी भएछ भँगालोसरी फाटेर मनोभाव, मुटुबाट देश पारी भएछ | म आदर्श जिएर … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हिजो-आज

~कृष्ण वस्ती~ हिजो भित्री हिर्दयमा दुखेपनि कतै हाँसेर सन्चै थिएँ । छातीभित्र म रोकिएपनि कतै बोलेर ज्यूँदै थिएँ ।। आफैंभित्र झरी सुकेपनि यहाँ फक्रें सँधै बाहिर । सोची खिन्न रह्यो सँधै हृदय यो मान्छे बिरानो छ र ।। आज

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्लीयौ

~राकेश कार्की~ साथी तिमी हल्लीयौ म हल्लीएं जनता हल्लीए देश हल्लीयो दरबारले हल्लायो पार्टर्ीी नेताले हल्लाए पेट आन्द्रा हल्लिए बांच्ने सास हल्लिए

Posted in कविता | Tagged | Leave a comment

कविता : उठ्नुस् न बा

~बादल सुरेश~ तपाईं किन यसरी सुतिरहनु भएको बा? उ हेर्नुस त तपाईंभन्दा ढिलो उठ्ने घाम अघिनै उठिसक्यो तपाईंको हातगोडा किन चिसो बा, किन दर्हो भएको यो शरीर? यी मानिसहरु किन आँसु झार्दै उभिएका बा, उठ्नुस् न।

Posted in कविता | Tagged | Leave a comment

कविता : माला लगाउँदैछु

~जे पि दाहाल~ तिम्रा पैसाले माला लगाउँदैछु क्यामराको लेन्समा चमत्कार छाँउदैछु भोलि हेर जनता तिम्रै छाती माथि टेकेर आकाश छाम्ने छु अनि अविर र मालाले ढाकिएर गड्गडाहट तालिमा

Posted in कविता | Tagged | 1 Comment

कविता : छोडेर जानेहरू

~सीमा आभास~ बग्ने पानीमुनिको ढुङ्गोझैँ लेउ लागेर छोडिएपछि पिँधमा कहाँ चिसो भन्न पाए र ? इन्द्रेणी ओराल्ने गरेका उपत्यका कहाँ बिलाए ? माझीले चलाउन छोडेको डुङ्गा किनारमा छोडी जलकुम्भीझैँ तैरदै कुन बाटो रोजे सेता हाँस बनेर,

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : बैंश अझै बाँकी छ

~नगेन्द्रराज शर्मा~ जब यौवन यौवन यहाँ आँखी छ आँखा आँखामा आमन्त्रणको झाँकी छ किन चासो कि, कहाँ बिताएँ रात मैले ?

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ फाटेको अस्तित्व हेरी,कर्णाली र डोटी रोयो बग्यो कोशी हतासमा,सयौ सयौ चोटि रोयो ।। भोका माग्छन् बाहिर,भरिन्छ मन्दिर पैसाले कुल्चदै पाउमा परेर पवित्र त्यो भेटि रोयो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मैच्याङहरुको वस्तीमा

~तिब्वत दर्लामी~ गुराँशे सपनाका गोरेटो हुँदै धुपी सल्लाका पाखाहरुमा सुसेली हाल्दै एक दिन तिमी फर्केर आउनेछौ मैच्याङहरुको वस्तीमा यही ग्रामिण थुम्कीहरुमा । मनको खुल्ला आकाशमा लुकामारी खेल्दैछन् विश्वासको घाम–जून टल्किदैछन् चम्किदैछन् आस्थाका ताराहरु विछ्याएको छु यि नजरहरु पारी क्षितिजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवेश

~जे पि दाहाल~ पाउलो बनी फक्रिने शित बनी लत्रिने, बैंश हो मेरो खाली पेट फल लाउने शिशिरमा कोपिला बन्ने वशन्त हो, बैश मेरो लालुपाते फूल छ भने सरद मैं आउछु खेतबारीमा सुन फल छ भने हलो बनी जोत्छु

Posted in कविता | Tagged | 1 Comment

गजल : मनका धनि हुन्छन यहाँ

~कल्पना भाबुक~ मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे , सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे| ~ जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ , जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|

Posted in गजल | Tagged | Leave a comment

कविता : गणित, मन अनि तथ्य

~बिबश बिप्र~ संघर्षको लालकिल्ला भत्किएर छरिएका बन्दुकका नाल र कुन्दाहरु स्यालको भाका कुर्लिएर अन्धकारको खेति गर्छन l ** ”मानिसका आँखाहरु बल्न सक्दैनन्”

Posted in कविता | Tagged , | Leave a comment

कविता : ऊ मेरी जीवन

~उमेश चापागाईं~ तिमी जन्मेकै रहिनछ्यौ तर सर्बत्र थियौ मन,मुटु र मस्तिष्कमा एक रोशनी अनेक चाँदनी धड्कन, हेराइ र आवाजहरुमा तिम्रो अटल बिश्वास, साहस र स्वाभिमान् शिखर तर्फ लाग्दै गर्दा

Posted in कविता | Tagged | Leave a comment

गजल : नेताहरू खोई आजभोलि

~राजेश नेपाली~ जनताका कुरा गर्ने नेताहरू खोई आजभोलि के गर्‍यौ त आजसम्म मात्र बाँड्यौं मीठो बोली नयाँ बिहान ल्याउन भन्दै अघि बढे जनताहरू सयौं मरे त्यही लडाईमा रगतले माटो मोली अझै पनि उही बानी जनतालाई झुक्याइरहने सहमति गर्छौं भन्दै कुम्ल्यायौं … Continue reading

Posted in गजल | Tagged | Leave a comment

सरु आस्थाका २ मुक्तकहरु

~सरु आस्था~ (एक) ज्वारभाटा जिन्दगीको फुटाएर बाँच्नु पर्छ सुख दुःख ऐचो पैंचौ मिलाएर साँच्नु पर्छ दुःख मात्र हैन साथी सुख पनि आउनेछ- मनको दीप जगाएर जीवनलाई जाँच्नु पर्छ !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : हामी व्युँझेको बिहान

~कला अनुरगी~ हामी ब्युँझेपछि लाग्नेछ पारिलो घाम ओभाउनेछ शीत र सुनिनेछ चराहरूको गीत । रमाउँदै बालकहरू पोल्न थाल्नेछन् बारीमा जिलौटा आकाशतिर उडिरहेको जिलौटाको धुवाँ हेर्दै हजुरआमाले

Posted in कविता | Tagged | Leave a comment

कविता : यो समय हाम्रो निम्ति घातक छ

~पूर्ण विराम~ धूवाँका मुस्लाहरूले छोपेका छन् आगोलाई र बजाउन सकेको छैन आगोले नगरा यदाकदा बज्ने आगोको सुसेलीलाई बहिरहेको हावाले उडाएर लग्छ यो समय हाम्रो निम्ति घातक छ अहिले पोलियोको थोपा चाटिरहेछ शिशु मुसोलोनीले भोलि मस्तिष्कमा नित्से र जेन्टाइल च्याप्छ फासीवादको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : गरौ नयाँ थालनी

~बिक्रम श्रेष्ठ “सागर”~ लोक छन्द : बालोरी / बालौरी आऊ आऊ भाई हो। आऊ आऊ बहिनी।। साथी भाई मिलेर । गरौ नयाँ थालनी।। जात पात भनेर। छुवा छुट गरेर।। हित हुन्न देशको । आमा लाई रुवाई ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आँधीखोलाको किनारै-किनार

~सन्तोष स्पन्दन~ आँधीखोलाको किनारै -किनार अनि बालुवाको कण-कणसंग मितेरी गास्दै कहिले गहिराईमा कहिले समतलमा अनि कहिले खोंच र कन्दराहरुमा अन्धा-अन्धिको आँशुको प्रवाहित बनेर त्यो बहावले घिसार्दै-घिसार्दै एक अनेकौ जीबात्माहरु खोलाको बाडबनेर , बाडखोलाबाट त कतै सिरुबारिका मुहान अर्घौदिको छहरा बनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिथोलिएका दिनचर्या

~भिम प्रसाद घिमिरे~ घर-अफिस अफिस अनि घर साँघुरा दिनचर्याभित्र यन्त्रवत मान्छे अनपेक्षित पुनरागमन अनपेक्षित अभिलाषा दसकपछि फर्किएको खोलो निर्मल , कञ्चन, शान्त, शीतल अर्थहीन नाता भयावह परिणाम लापरवाह मन बाटो विराएरै हिड्न खोज्छ उनलाई सुनिरहुँ झै लागिरहन्छ दिउँ दिउँ नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : म गरिब हैन

~उमेश लुइटेल~ जीर्ण ति वदनबाट स्नेहका रहस्यमय आभा चम्काउँदै हातका भूवाजस्ता स्पर्शले कपाल चलाएर आफ्नै मुटुमा स्पन्दित गराउँदै मलाई तृणजडित हाम्रो प्यारो घरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मूक्तिका सपनाहरू

~कृष्ण धराबासी~ मूक्तिका सपनाहरू सब बेकार हुन मानिसहरू एक–एकवटा आस्थाको किलोमा कैद छन् एउटै रामलाई म¥यादा पुरुष बनाउनका निम्ति भक्तहरू राम भित्रको हरामा देख्न असमर्थ छन् । ओ ! सिद्धार्थ गौतम ! ओ ! एडोलफ हिटलर ओ ! जड भरत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर

~भगवती बस्नेत~ माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर रितिथिति संस्कार नै कुल्चिएर हिड्यौ भन्छौ आधुनिक समयको चक्रसंगै नाची हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तराष्ट्रिय अदालतमा रामको अग्नी परीक्षा

~दिपा एवाई राई~ न्यायधीस (प्रवेश) ! ठक ! ठक ! ठक ! सम्पुर्ण महानुभावलाई यस अन्तराष्ट्रिय अदालतमा बैठक ग्रहणसँगै ‘आदर्श पुरुष राम’ को सुनवाइ अगाडि बढाउन अनुरोध छ वादी- ‘श्रीमान् !’ आज युग बदलिएर आकाश उज्यालो भएको बेला म ‘सीता’

Posted in कविता | Tagged | Leave a comment

केस्रा : प्रेम

~खेमराज गाउँले~ भेट हुँदाखेरि लजाउँदै हेरी चिनजान भैन भेट भयो फेरि

Posted in केस्रा | Tagged | Leave a comment

गजल : आखीर थामेरै छाड्यौ

~मबि सिंह~ मेरै प्रबृत्ति आखीर थामेरै छाड्यौ ! सिर्फ म, म, म, भनेर बाचेरै छाड्यौ ! अरु नै केहि निस्कियौ आखीर तिमी लामौ अबधि धोकामा राखेरै छाड्यौ !

Posted in गजल | Tagged | Leave a comment

कविता : अनिकाल र भुस

~मिलन बगाले~ अनिकालमा, काम लाग्ला भनेर कसैले ल्याइदिएको एकथैलो अन्न साँचेका थियौ । स्यानोतिनो पिडा त्यसैलाई हेरेर बाँचेका थियौ । पिढिको डिलनेर । भोकले , अचाक्ली अत्याएपछि कुटेर खाने रहर गर्‍यौ । उचाल्दा मेसो पाईएन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामी

~महेश पौड्याल~ हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्त हाम्रा लागि दुखिरहिन्

Posted in कविता | Tagged | Leave a comment

कविता : म मानव कस्तो ?

~जे पि दाहाल~ ढुङ्गा भएर पूजिने म मानव कस्तो ? पत्थर माथि पलाएको पिपलको बोट जस्तो । रङ्गि विरङ्गी अत्तरले सजाइने म मानव कस्तो दोबाटोमा उभ्याएको शहिदको मुर्ति जस्तो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैच्याङ

~बिना तामाङ ‘सुनगाभा’~ लाम्टा चुस्दा चुस्दैको दूधे बालक मोहि पार्दा पार्दैको मदानी रोप्दा रोप्दैको पाखो बारी अनि बग्दा बग्दैको एक ढिको आँशु फ्ल्यासब्याकमा राखेर मैच्याङले दक्षिण बेग मारेको एक दशक वितेछ

Posted in कविता | Tagged | Leave a comment