Category Archives: नेपाली काव्य

Poetry

गजल : सम्झन्छु तिमीलाई

~लिल बहादुर खत्री ‘ललित’~ आकाशको जुन धर्तिमा चम्कदा सम्झन्छु तिमिलाई आफुले आफैलाई भुलेको बेखत सम्झन्छु तिमिलाई । पिरतिको हाम्रो त्यो बगैचा भित्र झुमेको यादमा वसन्ति हावा डुलेको बेला सम्झन्छु तिमिलाई ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भेटिन्छ ऊ

~स्वामी सुभाष चन्द्र~ तिम्रो दिलको सरकारमा भेटिन्छ ऊ र ईज्जतदारको,बजारमा भेटिन्छ ऊ चर्चा संगै व्यस्तताको,कुरा नगर्नुस काठमान्डौ कहिले तपोबनमा भेटिन्छ ऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : गाउँमा

~मुक्ति गौतम~ जलाशयमा पानी छैन, बिजुली बाल्ने खोला सुक्यो रे गाउँमा मूल सुके, युध्दले मन सुके, बजारको आयतन माँत्र फुक्यो रे गाउँमा कपडा कोचेर बनाएको पुरानो मोजाको भकुण्डो खोज्न जाँदा लुकाएको बम भेटेछ सानेले, सानेको मृत्यूमा सबैको शीर झुक्यो रे … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : बाध्यतामा हाँसेको छु

~कृष्ण के.सी.~ खुसी किन्न वर्षौ देखि, मरभूमिमा बाँचेको छु रोदन बिक्ने यो शहरमा, बाध्यतामा हाँसेको छु हाँस्न यहा बन्देज हुन्छ, पीडाहरूको भीडमा तर पनि तिम्रै लागि,आफ्नो यौवन मासेको छु

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना

~सागर कार्की~ कोही सपनीमा आउछ मुस्कुराउछ, र मिठो सपना देखाएर क्षीतिज पारीको सूर्यजस्तै विलीन भएर जान्छ । सपना मिठो हुन्छ, प्रियसीको ओठको हाँसो जस्तै सपना भित्रको सपना झनै सुन्दर हुन्छ, आँखामा फुलेको गुरास भन्दा पनि बाबै ।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो पापी जीवन

~भूपेन्द्र काफ्ले ‘नयन’~ सोचे जस्तो हुन्न रैछ यो पापी जीवन गंगाजलले धुन्न रैछ यो पापी जीवन चोटै चोटले सजीएका फुलबारीका फुल झै जाल नै मात्र बुन्न रैछ यो पापी जीवन

Posted in गजल | Tagged | Leave a comment

कविता : हिरोशिमाका परेवाहरु

~आभास~ जब म एकान्तमा बसेर मुरली बजाउन थाल्छु हिरोशिमाका परेवा मेरो सामु आउँछन् वमले छिया छिया भएका शरीरका मासु देखाउँछन् आँसुले भिजेका पँखेटा फट्कार्छन् आँसुले सेचन गरिदिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : अव्यक्त प्रेम

~गजेन्द्र बुढाथोकी~ मान्छे, बल्ल आफूले पिडा पाएपछि अरुका पिडा बुझ्छन्। हो, तिमीले प्रेममा गुमाएपछि बल्ल मेरो प्रेम बुझ्यौ जति बढी कष्ट सह्यो उति पलाउँछ/फैलिन्छ प्रेम न घृणा बन्छ, न बदला लिन्छ कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

गजल : गुलावको फूल थियो

~कमल प्रकाश पौडेल ~ तिमीलाई नै साँचेको, गुलावको फूल थियो मृगतृष्णा पछि भेटी, बोल्ने बातको हूल थियो ।। सम्झेकै हुँ तिमी नै हौ, मेरो प्राण प्रिय पात्र तिमी र म कैल्यै पनि, नतरेको पुल थियो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : म एक्लो छु,नितान्त एक्लो !!

~चकेन्द्र राई “कैदी”~ म माटो भएर ढुङ्गा सगै टासिन जानिन …… किनार भएर नदी सगै गासिन जानिन…… अन्यायको जातोमा मकै सरी पिसिन जानिन…… आकाश भएर क्षितिज सग मिसिन जानिन…… त्यसैले….. म एक्लो छु , नितान्त एक्लो !

Posted in कविता | Tagged | Leave a comment

रामचन्द्र कार्कीका केही हाइकुहरू

~रामचन्द्र कार्की~ १. चिसा यी आँखा मायाको बियोगमा हाँसेको मन । २. घाम न पानी रमाउदै छातामा साझको बेला ।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तिम्रो सम्झनामा

~कृष्ण पहारी~ एक हिक्का बाडुली काडेर आजकाल मात्रै तिमिलाइ सम्झनेगरेकोछु। तिम्रो अभाबमा छट्पटिएको मन कुन्नी किन हो सिथिल बन्दै गएकोछ तिम्ले नपत्याउन सक्छेउ

Posted in कविता | Tagged | Leave a comment

कविता : पैसाको लोभ

~रामु गैरे~ कुबेर बन्नु थिएन मलाई पिरितिको मायामा आगो लगाइ घर परिवार सबै सँग बिछोड गराइ अनी आफ्नो मान्छे पनि बनायो पराइ आफ्नै सन्तानले पनि बुवा नदेखेको धेरै भैसक्यो अनी उमेर पनि ३ भागको २ भाग गैसक्यो पैसाको जात कालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सिउदो

~योगेन्द्र गिरी ‘संघर्श’~ सप्तरंगी सिन्दुर तिम्रो सिउदोमा सजाइ दिउला मुस्कुराउदै तिमी भित्र मेरो दिल

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल बन्द

~शिरिष लामिछाने~ सुनियो फेरी नेपाल बन्द भयो रे रमाइलो नै भयो रे स्कूलाँ गेट लाग्यो रे, सडकाँ टायर नी बल्यो रे जाडोको बेलाँ राती मसाल जुलुसको आगो अनी दिउँसो गोरखकाली टायरको राँको सबले मनग्ये तापे रे साँच्चीकै रमाइलो भयो रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई सम्झी

~दिव्य गिरी~ रातभर जून रोयो तिमीलाई सम्झी दिन पनि उदास रहृयो तिमीलाई सम्झी । फुलेका थे मखमली, बेली-चमेली गुलाफको फूल छोयो तिमीलाई सम्झी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आसुँ सुक्दा पनि

~इप्सुल मगर~ रसार्इरह्यो गह अझ आसुँ सुक्दा पनि बोक्नै नसक्ने ब्यथा रै’छ हेर्दा हृदयमा खनि पूर्णिमाको रात मलार्इ वन्दा काल रात्री अव शायद मेरो भाग्यले गर्दा होला मनोमानी

Posted in गजल | Tagged | Leave a comment

कविता : पिडा केहो ?

~लिल बहादुर खत्री ‘ललित’~ पिडा केहो भन्ने धोका खाएकालाई मात्र थाहा हुन्छ जतिखेर मुटुको देव्रेपट्टि केहि असजिलो भएको हुन्छ । व्यथाको गहिरो चोट आँसु पिएकालाई मात्र वोध हुन्छ कसैले दिएको चोट सोच्न सक्ने नसामा गएको हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जेल रैछ माया

~सुरेश पोखरेल~ एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया हेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें रुने अनि रुवाउने खेल रैछ माया

Posted in गजल | Tagged | Leave a comment

कविता : ताप्नै छ बाँकी दिनको पहार

~तीर्थराज अधिकारी~ फुल्दै थियो कोमल लोकतन्त्र निल्दै उठ्यो गोमन झोँकतन्त्र उमान्दको बन्दुकको रजाइँ खप्दै बिते दर्जन वर्ष रोई । बाढी, हुरी, भोक असङ्ख्य रोग छन् प्यास, अत्यास यतै वियोग बनेर चिल्ला सर –कार चढ्छन् पसेर भ्रप्रा किन दर्द बुझ्छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शंकालु त श्रीराम धेरै

~गणेश कार्की~ खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।। स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्तिको ध्वनि छर्दै जाऊ

~चाँदनी शाह~ पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै हर गाउँ गोठ आगन पँधेरीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसिरहेको छु

~मदन मुस्कान~ हो म हाँसिरहेको छु बेदना अनि बिबशताको हासो असफलता अनि लजस्पदताको हासो समस्या अनि अभाबताको हासो करुणा अनि बिच्छुकताको हासो! किनकि म रित्तिएको छु अदैृत अनि उमंग बाट म नाङ्गि सकेको छु अब स्वाभिमान र अस्मिता बाट मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्कै तिर सरेउ अरे..!!

~हरी गौतम~ झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!! सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!! दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”- चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!!

Posted in गजल | Tagged | Leave a comment

कविता : मरेको छैन त्यो जीउदो छ अझै

~ठाकुर मान लामा~ मरेको छैन त्यो जीउदो छ अझै देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै एउटा तारा खसेर के भो असंख्य तारा भेटिन्छन् देशको रक्षार्थ निम्ति कयौं वीर सपुतहरु जन्मिन्छन् डराउदैनन् उनीहरु बरु बनिदिन्छन् शहिदहरु मरेको छैन…………….

Posted in कविता | Tagged | Leave a comment

कविता : अग्लिरहेछ

~लारा राइ~ अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ र, प्रत्येक मोड़हरुमा अनि औसत मान्छेहरुका हुलबाट अलग्गिएर भूगोलको यो गोलार्द्धमा अग्लिरहेछ………….. प्रश्नहरुका पहाड़ कुन नियतिले डोर्र्यायो होला? रहर/बाध्यता या, लहै लहै!

Posted in कविता | Tagged | Leave a comment

सिजो : रात र दिन

~भीष्म उप्रेती~ रात र दिनलाई एकै गरेर बसिरहेँ फूलको छेउमा काँडासँगसमेत

Posted in सिजो | Tagged | Leave a comment

व्यङ्ग्य गजल : गाउँमा फर्किन्छन् यिनै

~मरुभूमि नारायण~ जब चुनाब आउँछ गाउँमा फर्किन्छन् यिनै जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै । सोझा जनतालाई बलिको बोको बनाई घोक्रे स्वरले हामी माथि गर्जिन्छन यिनै ।

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नियति

~भिम बहादुर थापा~ व्यस्त संसार, खुल्ला निश्वास, पेवा होइन कसैको यो आनन्दको सर्वोच्चता, सर्वव्यापी फुल्दैन यो, सजिव इच्छा छेकिंदो छ, रोचक कथा जिन्दगी यो विवेकको वशभित्र, झुल्दो छैन नियति यो, ** समस्याको खडेरीमा, अठोटहरु छिपेपछी

Posted in कविता | Tagged | Leave a comment

छोक : चोखो माया

~गणेश पुर्बछाने मगर~ बनेर अन्जान गरे चोखो माया भएछ म बाट भूल क्ष्यण भर को निम्ति राख्यो उस्ले संगाली पाए धोका स्वार्थी धमिलो रैछ माया छोडेर गईं सम्झना को फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : म काठमाडौंको मान्छे

~कर्मठ सुवेदी~ म काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मेको मान्छे म काठमाडौंको Boarding मा अङ्ग्रेजी रटेर हुर्केको मान्छे, मलाई तिम्रो गरिवीले काँही छुदैंन मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन । मेरो शहरको वरिपरि, जस्तै विपत्ती पनि थेग्न सक्ने बलियो पर्खाल उभिएको छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम तिमी

~अमन महर्जन~ घात र प्रतिधातको कसिमा बांघेको प्रतिगामी कलम सड़कछाप र ड़कैतहरूले रमाएको कलम मसानमा बल्दै धुंआंस्रिएको आगोमा हाँसेको कलम रोदन र आंसुमा नाचेको कलम कहिले तिमी असत्यलाई सत्य बनाउँछौ

Posted in कविता | Tagged | Leave a comment