Category Archives: कविता

Nepali Poems

कविता : भोकानांगा भाइ भाइ

~युद्धप्रसाद मिश्र~ रगत चुसेका छाती खोल्दै भोका नांगा लागे उठ्न आम दलितको पीडाबाट लाग्यो दिनदिन प्रतिभा फुट्न झुपडीले अब आँखा खोल्यो बोल्दै धावा अब जनमत गम्क्यो कदम कदमका आतुर गतिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~ घुमाइरहेछन टाउकोहरु माथि बडेमानको जातो र पिसिरहेछन हाम्रा सुन्दर सपनाहरु । हाम्रै छातिमा खेल्छन परेड हाम्रै काध चडेर उक्लिरहन्छन सताको कुर्शी र पुगेर घुमाउन थाल्छन यामानको तेही जातो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बा

~नीरा शर्मा~ मैले धेरै पढेँ  आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिना बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरू धेरैपटक कविले आमाकै तारिफमा कविता कोरें आमाकै गीत–सङ्गीत भरें आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे ।

Posted in कविता | Tagged | 2 Comments

कविता : सिंहदरबारबाट कोसौं टाढा

~देवकी अभिलाषी~ म टाढा छु सिंहदरबारबाट कोसौँ टाढा थाहा छैन मलाई यो देशमा नागरिक हुनुको मापदण्ड के हो ? कसको पक्षमा लेखियो संविधान ? यो पनि थाहा छैन म त टाढा छु अग्ला–अग्ला पहाडको गहिराइतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~गौरी मल्ल~ जिन्दगी , तँ क्रुर छस स्वार्थी छस , तैँले कसैलाई केही दिईनस ! फगत लिन जानेको छस , लिँदैछस् …! असिम् विश्वाशले मानिसहरु तँलाइ हुर्काउँछन , अहोरात्र .. तेरै गुण गाउँछन ! … तेरो बिखालो बिभत्स अस्तित्वको पूजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : पुलिस र कविता

~विमल निभा~ पुलिसले कविता पढ्यो र भन्यो राम्रो छ पुलिसले कवितालाई राम्रो भन्यो कवितामा लेखिएको थियो के लेखिएको थियो कवितामा पुलिसलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसारलाई हेर्न देऊ

~तुलसी पान्डे~ निर्दोष यी नयनले संसार, हेर्न देऊ, नारीलाई दमन गर्ने नीति फेर्न देऊ। कालो निमय कानुनलाई च्याति फाल्न देऊ, नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ। क्रान्तिकारी पदहरु अघि बढ्न देऊ, यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,।

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो

~मदन राई ‘लामाखुले’~ मिर्मिरे उज्यालोलाई कुल्चनेहरू , अनन्त अनन्त सम्मका सुन्दर सम्भावनाहरूलाई, फोहरमा फाल्नेहरू , उत्साहित फूलका बगैँचाहरूमा बिहान बिहान पातमा टल्किने शीतका थोपाहरू, झुल्के घाममा टल्कँदा आफ्नै आँखामा नलुकाएर निर्मम् खस्न दियौ भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको फ्रेमबाहिर

~महेश रेग्मी~ प्रार्थनासभामा प्रार्थना गर्दा सोच्थेँ – जीवनको समय सच्याउन पाए हुन्थ्यो । कपडा बदलेजस्तो समय बदल्न पाए देश र इतिहासको समय सच्याउनु हुन्थ्यो । समयलाई जित्न नसकेपछि सबै-सबै हारिँदोरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बह्मपुत्रको सम्झना

~देवी नेपाल~ अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो । कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मोनालिसा र मार्च ८

~उमेश राई ‘अकिञ्चन’~ ओ ! इन्द्रेणी नायिका सदियौ कुजिएर एउटा फोटो फ्रेममा कति कुरीरहन्छौ घाम र पानीको आगमन म दिन चाहान्छु तिमीलाई नीलो आकाशमा उडदै गरेको चरा तिमीले पोत्नुपर्छ मुस्कान समयको तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~आयाम फुयाल~ म एउटा खोक्रो पाना ममा छन् अनगिन्ती सपना मसँग छन् अपार शब्द तर, म आफैँ कोरिन सक्दिनँ म आफै केही बोल्न सक्दिनँ किनकि म देख्दछु- ‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मको नाममा

~ईन्द्र नारथुङ्गे~ छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर… एउटा ढुङ्गालाई थपना राख्छ मान्छे र, सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै धर्म गरें भनी मख्ख पर्छ । आफू झैं मृत्यु पर्खिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भूतपूर्व कवि जी सँग

~बिष्णु सुवेदी ‘दोलखे’~ ओ भूतपूर्व कवि जी आङ्गमा घाम सुकाएर निधारमा चिट चिट पसिना उमारेर के सोचिरहनु भएको यो अभावग्रस्त मौसममा एक छाक भात कि एउटा पीडायुक्त कविता ? जीवन भर कलमलाई घोडा बनाएर कत्ति डुल्नु भो गाँउ वस्तीहरु

Posted in कविता | Tagged | Leave a comment

छोक : शब्दको किनारैकिनार

~अभि सुबेदी~ राती कति आँशु बगे थाहा पाइनँ बिहानको खोलाको स्वाँ ! सुनेपछि वगेको मन झिक्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धको घेरा

~विमल पोखरेल~ मलाई बाँच्नु नपर्ने भए खाना र भोको पेटको नाता तोडिदिने थिएँ मैले मेरो यति धेरै श्रम एकमाना चामलका लागि त्यो चामल काँचै चपाउने कि पकाएर भात बनाउने? एक माना चामलको परिपरि करिब आधा दर्जन पेट कराइरहेका छन् !

Posted in कविता | Tagged | Leave a comment

कविता : वैचारिक शुन्यतामा हराउँदा

~शिवराज पन्थी~ म वैचारिक द्वन्द्वसँग धेरै लडें झोलै बोकेर समर्पित पनि भएँ न त सोचेको मुक्ति प्राप्त गरें न बोकेको लक्ष्य नै ! म त कथित पो भएँछु कता?! दीर्घकालिन लक्ष्यका लागि लडेंथें नैसर्गिक अधिकारका लागि लडेंथे लडिरहनुसँग यत्ति लिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : रोटी

~आभास~ यो कुनै प्रतिष्ठित बिम्व होइन जसलाई न घाम झैँ कवितामा सजाउँन पाउँ न जून झैँ गीतमा गाउँन पाउँ यो कुनै गुराँस होइन

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युको आह्वान

~सुमन लम्साल~ प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो देश

~अमर नेम्बाङ लिम्बू~ मेची र महाकाली हिमाल र तराइभित्रको यो देश यो देश हाम्रो देश हो, सधैँ जय होस् हाम्रो देशको। युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू, समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू, मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू, तराईभरि मनैभरि झुलिरहने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त कोकिल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भरी लता वृक्ष विषे टनाटन नवीन लाखौं फूल पालुवाकन । वसन्त आयो कलकण्ठको अब सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।। अगाडि जो दीन बनी लुकीकन बिताउँथ्यो केवल दु:खमा दिन । अहो !! उही कोकिल हेर आज यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधी

~सरस्वती प्रतीक्षा~ निरपराधी हुन केही गर्नै पर्दैन यहाा बााच्नुको नाममा केवल सास मात्रै फेरिदिए पुग्छ ! हावा उल्टो बगोस् वा सुल्टो बस् हावाको दिशासागै बगिदिए भइन्छ निरपराधी ख्वामित् ख्वामित् भन्दै मुर्कट्टाहरूलाई आफ्नो मस्तिष्क बुझाएमा भइन्छ निरपराधी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाट जाने अघिल्लो रात

~राजन मुकारुङ~ भोलि त हाटा जानु छ बेच्नु छ एक पेरुङ्गो बैँस । सुँगुरको पाठोमा पनि छ सपना कहिल्यै बदल्न नसकेको जिन्दगी छ एक सिल माछामा पनि साट्नु छ यो मनलाई । क्याम्पस रोडदेखि भाउ सुरू हुनेछ मेरो सपनाको जिरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न मन लाग्छ हाम्रा नेतालाई

~बिन्दू प्याकुरेल ‘लुना’~ हिजोको कथा अनी व्यथामा फेरी आज खाडीका कथा अनी व्यथाहरु थपिएका छन् मन ह्वार्र ह्वार्र बल्छ मुटु जल्छ । जे सोचे मैले – हाम्ले  त्यो भएन अहिले यतिखेर मुलुकमा लोकतान्त्रिक कोपिला फूल्नू पर्ने हो जनताहरु माली बनेर गोड्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आउदैन पानी!!

~जगन्नाथ दाहाल~ घरमा छ धारा हजुर ! आउदैन पानी घन्टौसम्म कुर्नुपर्छ आँखा तानी-तानी !! सगरमाथा शिर हाम्रो हिमचुली टोपी पानी छैन भन्नुपर्छ त्यही मुख छोपी ओठ-मुख सुकेको छ नपाएर पानी घरमा छ धारा हजुर ! आउदैन पानी!! शहरमा बिक्छ यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छेस्का कविता

~कालीप्रसाद रिजाल~ कहाँ जानु ? कहाँ कहाँ भौँतारिनु ? नचिनेको कहिल्यै नदेखेको देउता खोज्न ? मैले त हातको फूल आमाको चरणमा राखिदिएँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : पुग्दो हो मृत्युसम्म युद्ध

~पूर्ण विराम~ लुट्नका लागि उनीहरूका निम्ति निश्चय पनि हाम्रो पसिना छ र उनीहरूको बेजाब्तालाई रोक्न निश्चय पनि हामीसँग अविरल बग्ने रगतको नदी छ । र यसबाटै बज्ने गरिरहेछ सदियौँदेखि द्वन्द्वको नगरा मानिसका टाउकाहरू बोकेर धेरै अगाडिदेखि मिनारमा बस्छन् माउसुलीहरू र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नायिका

~कञ्चन पुडासैनी~ उपमा पनि हिँडिछ उपमा उसको नाउँ थियो तर, यस शब्दले उसको आकारप्रकार ल्यायो आँखासहित अनुहार ल्यायो नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो मानौँ सुने न जानेको कोही परदेशी शब्द जसको कुनै नागरिकता छैन र कुनै माइती-मावली छैन गोठ छैन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मरें भनौं जिउँदै छु

~भोगेन एक्ले~ जिन्दगी सारै झुरपट्याँस भो । थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो घर छाडी हिंडेको म, महलको तलासमा जाहै, आज कुटीको बास भो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिम्रो योग्य छैन

~रामनाथ घिमिरे~ म आमाले घाँसको भारी बिसाउन नपाउँदै मलखादमा जन्मीएको मान्छे । मैले जन्मीने साथै माटो स्पर्स गरे तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल मेरो शाल घाँस काट्ने हसिँयाले काटियो तिम्रो धार युक्त पत्तिले

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड र आकाश

~मञ्जुल~ पहाड चढ्दै गयो भने मानिसको आँसु पनि भेटिन्छ हाँसो पनि भेटिन्छ । पहाड नभएको मानिस संसारमा कुनै पनि ठाउँमा कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म सेती गहिरो बग्छु

~दिपा एवाई राई~ यहाँ ताल भएर जम्न पहाड झै अटल धेरै उचाईको हिम शिखर बन्नुसँगको औचित्यमा ठट्टा लागेर सबै सबैका अगाडिबाट रहस्यमय बिल्कुल स्वतन्त्र तर भासमा गहिरीएर म सेती बगी रहेछु,

Posted in कविता | Tagged | Leave a comment