Category Archives: कविता

Nepali Poems

कविता : म पापी पुजारी

~मेघ बस्नेत~ म उनको पुजा गर्छु उनकै सन्तानको बलि चढाउँछु। ससाना फुलका कोपिला चुड्दा भन, साच्चै के मैले भगवान् पाउँछु।। म उनकै पुजा गर्छु बिचरा कलिलो बाच्छोको भोक मेटाउँछु। शिवलिङ्गमा पाथी दूध चढाउँदा भन, साच्चै के मेलै भगवान् पाउँछु।।

Posted in कविता | Tagged | Leave a comment

कविता : विवश

~दीपक कुमार ज्ञवाली~ श्रद्धा र आस्था रह्यो प्रवल । ठानेकै थिएँ आस्थाको धरोहर । फोहर र कसिंङ्गर नमानी घृणा । आत्मसात गरीरहें समीपमा रहेर । भावना कुल्चिन, आस्था डग्मगाएन । अटल बिश्वास सधै मनमा राखेर । गुलाबको फूल ठानेको थिएँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~ म एक अपुरो कथा आफ्नो अन्त्यको खोज मा तर के हुन्छ चाहँदै मा यहाँ जब कि कलम नै रुकी सकेको छ. म एक लक्ष्य बिहिन यात्री आफ्नो अन्त्य को खोज मा

Posted in कविता | Tagged | Leave a comment

छोक : वैश

~आभास~ घोप्टे काँडाबीच फुलेको एउटा नाजुक फुल जसको मनमोहक सुगन्धले हरेक बैँसालु मन पग्लन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बोझिलो रात

~विश्व राज भेटुवाल~ बोझिलो रात चाँदनिको भट्टिबाट लर्खराउदै निस्कन्छ सडक किनारामा उन्मुक्त भएर र फाटक खोल्छ गलाको उन्मादी स्वरहरुमा कासन ठोक्न । एइ सुतेका मान्छेहरु सुत ! सुत ! चिर निद्रामा सुत !

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्वा ‘तोर नाउँ कथि हलही ?’

~सरिता तिवारी~ चुरमुनिया मोहना शोभना कलधरा या अरु केही जे पनि हुन सक्थ्यो तर लेखिएको छ नागरिकतामा मेरो नाम– दुखा महतो म जन्मिएपछि लगत्तै माइले खाएको हो मेरी आमालाई र छोडेको हो मेरा गालामा अवशेष

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुल्दाईको सम्बिधान

~दिपा एवाई राई~ हउ ! ठुल्ल दाई तिम्ले तरेको रतुवा खोला यस पाली त खडेरी परेर सप्पै सुके छ भन्छन् गाम घरमा काका-कुल परेछ रे हिजै मात्र झुमाकी चिठ्ठी पाए हैन हउ ! गाम जाने कुरै छैन ठुल्दाईको सम्बिधान कहिले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घन्टीहरू

~अमर नेम्बाङ लिम्बू~ धेरै वर्ष भयो एक दिन तुम्लिङको उकालो बाटोमा घत्र्याकघुत्रुक गर्दै हिँडिरहेका थिए तीनचार वटा खच्चरहरू । जति जति हिँड्दैजान्थे ती खच्चरहरू उति उति ठोकिंदैजान्थे मेरा कानमा तिनीहरूका घन्टीका आवाजहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश हार्दै छ आज

~देवी नेपाल~ मेरो छाया रविकिरणको खोकिलामै बिलायो मेरो माया अलमल भई कोपिलामै हरायो । मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।। मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसबाट घरमा चिठी !

~ज्योतिराज अधिकारी~ सानो सानो भन्दा भन्दै कति ठुलो भएछ हेर त बाबा बाबा भन्थ्यो आउँदा अब त चिन्न छोडेछ ! होनी मैले नै सिकाएको हो उसलाई बाबा भन्नलाई तिमीले त बुवा भन्नु भन्थ्यौ आफु चाही बरु बाबा नै भन्थ्यौ ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शताब्दीको अनौठो व्यंङ्ग

~अजम्बरध्वज खाती~ यो बार बन्धन केही नभएको खुला सीमानामा जति पल्ट गए पनि जाउन् जतिपल्ट आए पनि आउन् छेकिन्नन् मेरा पाइलाहरु तर जब जब यो शरहदको सीमाना नेर म अमीलो भएर पग्लन्छु अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु। मन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गालिबको चिहान

~प्रकाश सायमी~ घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आख़िर सन्देह किन ?

~नवराज दाहाल~ माया नै मायाको ओईरो बिचमा अभाब तिमीले देख्यौ कहाँ? बरु आफु रित्तिदिन्थेँ तिमीलाई भरिदिन्थेँ। कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ?

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपना देख्ने मान्छे

~गिरिप्रसाद बुढामगर~ एउटा सपना देख्ने मान्छे एक दिन उसले एउटा सपना देख्यो संघीयताको ! संघीयता भित्र आफ्नो राज्यको ! त्यो राज्य भित्रको उ एउटा हकदार !!! त्यसैले उ आफ्नो राज्यको मनोरम पहाडवाट सेता झर्नाहरू खसेको देख्यो पाखाहरूमा चेलीहरूको मिठो भाका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के भनु ?

~दिपक पौड्याल~ अन्धकार चिर्दै बन्धनहरू तोड्दै अगाडि बढिरहेको बेला अनेकौं मोडहरू पार गर्दै शिखर चढिरहेको बेला चटक्क यात्रा छोड्नेहरूलाई ईतिहासलाई हिलो छय्ापी ल73य मोड्ने हरूलाई खै के भनु? विजारोपण दोषको के नौलो भयो र? समय–समयका बर्बरहाटहरू जसको प्रतिवाद तिमी पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज म स्वतन्त्र छैन

~विवेक अर्याल~ गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !! सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए समाजको त्यो दुगमा, काटे मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पवृक्षको कथा

~पीताम्बर भट्टराई~ हजुर आमाले भनेको कल्पवृक्षको कथा जे सोच्यो त्यही पुग्ने जे माग्यो त्यही मिल्ने चुनावको दौडानमा कल्पवृक्ष सम्झेर आफ्ना पीडा र बेदनाहरुको अन्त्य सम्झेर डम्म मतपत्रमा छाप लगाउने हातहरु नयाँ आशा र उमंगहरु बोक्ने कोटी कोटी छातीहरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर, महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब । महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति, विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब त सुघ्र

~समर परियार~ अस्ताउँछन् घामहरू फेरि झुल्की नै रहन्छन् बग्छन् पानी निरन्तर मुहानबाट फेरि निस्कि नै रहन्छन् मर्छन हरेक मानवहरू तर मर्दैनन् उसका विचारहरू लड्दैछन् वीर अझै पनि न्यायको निम्ति पार्नलाई निमिट्यान्न अत्याचारहरू ए पाखन्डी हो छोड अब देश चिथोर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सहीदगेट

~पवन भण्डारी “किरण”~ केही पाइला पर बडेमानको घोडामा तरबारी भाषामा खबरदारी गर्ने राणादूत, छेवैमा भाग्लान् भनेर खटाइएको सिंगो टुकडी फौज, केही पर चौबीसै घण्टा जाग्राम बस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो र आज

~गोविन्दप्रसाद आचार्य ~ लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो अन्यायको छातीमाथ मजासँग चढे जस्तो डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो लडाईको मैदानमा रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको मिसकल आयो

~महेश बराल~ आज, अचानक उनको याद आयो । एक्कासी आयो, प्यास आयो, सम्झना आयो, अनी, एक झोँका उन्माद आयो । किनकी आज उनको मिसकल आयो । मिसकलमा एक झंकार आयो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, माटो र धर्ती

~बासु ढकाल~ आमा! मलाई एक मुट्ठी माटो देऊ कतै जीवन दर्शनको उकालोमा थकाई मार्नु पर्ला म,चौतारी रोपी दिन्छु अथवा मलाई एक मुठी ऑटो देऊ कतै देश निर्माणको बाटोमा भोक मेटनु पर्दा म दुईचार टुक्रा रोटी बेली दिन्छु या

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी तिमीलाई स्वागत गरौं?

~यतिराज अजनबी~ हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज पनि म त्यही आगनमा छु अर्को कलम पनि किन्न सकेको छैन त्यही आगनम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : जात-जात भन्नेलाई

~यज्ञेश~ जात-जात भन्नेलाई झूटो धर्मको मात लागेको छ, जात-जात भन्नेलाई अन्धविश्वासको बात लागेको छ,

Posted in कविता | Leave a comment

कविता : अभियुक्त हेल्थपोष्ट

~श्रवण मुकारुङ~ द्वन्द्वकालमा- शहर पसेका जमिनदार फर्किए गाउँ र गरे- जग्गादान अरब गएका युवाले खोले संस्था र पठाए- आर्थिक सहयोग ढुङ्गा, माटो, काठ, पानी जुटायो गाउँले गाउँलेले गरे- श्रमदान एनजीले हालिदियो- टिनको चम्किलो छाना

Posted in कविता | Tagged | Leave a comment

कविता : कारागारभित्रको जून

~बिष्णु राई~ जून आयो भनेर पर्खेको अझ टह टह आएको छैन ल्याम्पोष्टको भरै छैन कसको रगतले रात सहिछाप लगाउँछ स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ जता ततै त्रास छ । जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : किवदन्ती

~निलम कार्की निहारिका~ मेरी सानी नातिनी निन्द्रासँग लडिबुडी गर्नु अगाडि कथा सुनाउन ढिपी गर्छे सधै मलाई मैले उसलाई एकादेशबाट थालनी गरेर बूढो बाघको कथा सुनाएछु एकादेशको जङ्गलमा एउटा बूढो बाघ थियो ऊ निक्कै बलियो थियो आफ्नो बलमा घमन्ड गथ्र्यो ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो जस्ता हुँदैनन मान्छेहरु

~मुकेश राई~ एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै

Posted in कविता | Tagged | Leave a comment

छोक : ऐना

~तीर्थराज अधिकारी~ ऐना आफैँ कसैको चित्र कोर्दैन सामुमा काला–गोरा जस्ता रुपहरु उभिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : छुटेको जीवन

~चन्द्र गुरुङ~ सखारै एउटा कलकलाउँदो दिन उदाउँछु दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिसि्रन्छु अहोरात्र पसिनाको अविरल खोला बगाउँछु ढाडका कोमल हड्डीहरु खियाउँछु जोतिन्छु खुरन्धार मानौँ लानु छ आकाश-धर्ती नै ! समय यसरी बित्छ मनमा अड्दैन कर्कलाको पातमाथि नाच्ने शीतको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब गर्नु छ

~दीपक चापागाई~ देशभक्तिहरूको एउटै माला बनाएर सहिदहरूको सपनाताई पहिर्याई दिनु छ । राष्ट्रघाती देशद्रोहीहरूको चिहान बनाउन एउटा भयानक आधुनिक मिसाइल बनाउनु छ राष्ट्र–राष्ट्रियतामा सधै आघात पुर्याउने लाई गाँउ, बस्ती अनी शहर बाट सधैलाई लखेट्नुछ ।

Posted in कविता | Tagged | Leave a comment