Category Archives: अनूदित कथा

अनूदित कथा / Translated Stories

अनूदित कथा : शत्रु

~एन्टोन चेखब~ अनुवाद :राजनारायण प्रधान सेप्टेम्बरको अँध्यारो रात । जेम्सवोका डाक्टर किरिलोभको एउटै छ वर्षे छोरो आन्द्रेई डिप्थिरियाले मर्‍यो । डाक्टरकी पत्नी गहिरो शोकमा परेकी थिइन् । मृत बालकको पलङमुनि उनी बसेकी थिइन् । यति नै बेला ढोकाको घण्टी जोरले … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : नवदुलहीको पलङ

~खलिल जिब्रान~ अनुवादः अच्युत कोइराला दुलाहा-दुलही मन्दिरबाट निस्किए । उनीहरूका पछाडि बधाई दिनेहरूको ताँती थियो र ताँती प्रशन्न अनि आनन्दित थियो । अगाडि ठूलाठूला मैनबत्ती र फानूस थिए । नवयुवकहरू खुसीका गीत गाइरहेका थिए, कुमारीहरू मंगलगान गाइरहेका थिए । यो जुलुस … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : एक कप चिया

~क्याथरिन म्यान्स्फिल्ड~ अनुवाद :राजनारायण प्रधान रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् । रोजमरीको विवाह भएको दुई वर्ष … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित लामो कथा : नाक

~निकालाइ गोगल~ अनुवाद  : डा. बलराम अर्याल सेन्ट् पिटर्सबर्गमा मार्च् २५ मा एउटा अत्यन्त असाधारण र अचम्मको घटना घट्यो । भज्निसेन्स्कीइ एभिन्यूमा बस्ने एकजना हजाम इभान याकभ्लेभिछ् (उसको थर हराएको छ, र उसको साइनबोर्डमा पनि – जहाँ रहेको छ गालामा … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : मानिस केले बाँच्ने गर्छ ?

~लियो टोल्सटोय~ अनुवाद : प्रकाशकुमार शर्मा रूसको कुनै गाउँमा आफ्नो नाउँमा एकबित्ता पनि जग्गाजमिन नभएको सिमोन नाउँ गरेको एउटा गरीब सार्की बस्थ्यो । त्यसैले उसले आफ्नी श्रीमती र छोराछोरीहरू राख्नलाई एउटा किसानको छाप्रो भाडामा लिएको थियो र ज्यालादारीबाट पेट पाल्थ्यो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : क्रिसमसको उपहार

~ओ. हेनरी~ अनुवाद :राजनारायण प्रधान एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : केटाहरू

~आन्तोन छेखभ~ अनुवाद : डा. बलराम अर्याल भालोज्या आयो ! – कसैले चोक-आँगनमा करायो । भालोजिछ्का आउनुभयो ! – नातालिया चिच्याइन् डाइनिङ् हलतिर दगुर्दै । आहा, हे भगवान ! कराल्योफको सम्पूर्ण परिवार, जो घण्टा घण्टामा आफ्नो भालोज्यालाई पर्खिरहेको थियो, झ्यालतिर … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : मेजाईको उपहार

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी- एक डलर र सतासी सेन्ट। सबै गन्दा जम्मा तेति थियो । र साठी सेन्ट चाहिँ पेनीमा थियो, टन्नै खुजुरा । किराना पसले, तरकारी पसले र कैलेकाहिँ कसाईलाई दिक्कै लागुन्जेल मोलभाउ गर्दा-गर्दा “कति … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : व्यस्त ब्रोकरको रोमान्स

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ ओ हेनरी पिचर, जो हार्भी म्याक्सवेलको अफिसमा काम गर्दथ्यो, धेरैजसो आफ्नो अनुहारमा कुनै भाव देखाउँदैनथ्यो। सधैँ भावहिन उसको अनुहारमा रुचि र आश्चर्यको भाव देखियो जब म्याक्सवेल आफ्नी जवान महिला सचिवसँग आइपुग्यो। त्यतिबेला साढे नौ … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बीस बर्षपछि

~ओ. हेन्री~ अनुवाद : सरिता तामाङ एकजना प्रहरी सडकको एक छेउदेखि अर्को छेउसम्म हिँडे, बडो जरुरी र जब्बर पारामा । उनी सधैँ यसैगरी हिँड्दथे। उनले आफू कस्तो देखिएको छु भन्ने ख्याल गरेर हिँडेका थिएनन्, उनको यसरी नै ठाँटिएर हिँड्ने बानी … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : पहिलो लाभ

~अलेक्जान्ड्रा कोलोन्ताई~ अक्टुवर १९१७ तुफानी थियो, आकाश मिरमिरे उज्यालो र सफा वादलले ढाकेको थियो । स्मोल्नीको उद्यानमा रुखहरुको टुप्पाहरु तेज हावाको झोक्काहरुमा झुमिरहेको थियो । आफ््नो अंतहीन गल्लीहरुको रमझम, निकै उज्यालो र अपर्याप्त ढंगले सज्जित हलहरुको साथ स्मोल्नीको भवनमा काम … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : पागलको डायरी

~लू शुन~ अनुवाद: दण्डपाणि जैसी दुइजना दाजुभाइ थिए । उनीहरुको नाम चाँही अहिले नभनौं । उनीहरु मेरो स्कूलका साथी थिए । दुवैजनासँग राम्रो मित्रता थियो तर लामो समयसम्म नभेटेकोले भेटघाटको निरन्तरता टुट्यो । केही महिना पहिले तिनीहरु मध्ये एकजना चाँही … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : गङ्गाराम

~आन्विका गिरी~ बाराको बुधिया गाउँमा गङ्गारामको माटोले बनेको एउटा सानो घर छ । चैतको मध्य घाममा मुसाले दुःख दिएपछि मालिकको घरबाट एकछिन छुट्टी लिएर आएकी गङ्गारामकी स्वास्नी घरभित्र मुसाको प्वाल टाल्दै थिई । टाल्न त ऊ घरको छाना पनि टाल्न … Continue reading →

Posted in अनूदित कथा | Tagged | Leave a comment

अनूदित बालकथा : फूलकुमारी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एउटी असाध्य जाती बूढी थिई । उसका छोराछोरी कोही थिएनन् र यही कुरामा ऊ सँधै पिरिइरहन्थी । तर एक दिन एउटी जादुगर्नी उसका अघिल्तिर टुप्लुक्क देखा परी र उसले कोदोजत्रो एक गेडा अन्न उसको हातमा … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : प्याउली फूल

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास लौ, अब कथा सुन्नुहोस् । सडकछेउको एउटा गाउँमा गर्मीका लागि भनेर बनाइएको एउटा घर थियो, तपाईले त्यस घरलाई देख्नुभएको होला । त्यसका अगाडिपट्ट सेतो काठेबार लगाएको सानो फूलबारी थियो र चउरमा सेता पहेँला ससाना प्याउली … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | 1 Comment

अनूदित कथा : एभलिन

~जेम्स जोयस~ अनुवाद : अनुप जोशी ऊ झ्यालमा बसेर गोधूलि साँझले सडकलाई आफ्नो अँध्यारोको पछयौरीले छोप्दै लगेको हेरिरहेकी थिई । उसको टाउको झ्यालको पर्दामा झुकेको थियो भने उसको नाकले धूलो भएको पर्दाको कपडाको गन्ध पाइरहेको थियो । ऊ थाकेकी थिई … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : पाँच गेडा केराउको कथा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले-उहिलेको कथा हो यो । कथाचाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो । वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए, पल्टनका जवानहरूजस्तै लाइन मिलेर आ-आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए । कोसो हरियो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बाल कथा : मानिसले के आविष्कार गर्नसक्छ ?

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना युवक कवि बन्ने उद्देश्यले अध्ययन गर्दै थियो । इस्टरको चाडसम्ममा कवि बनिसक्ने उसको इच्छा थियो । त्यसपछि ऊ बिहे गरेर सुखी जीवन बिताउन चाहन्थ्यो । कविता लेख्नका लागि केही कुराको आविष्कार गर्न सक्नुपर्छ … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : किन दुख्छ मलाई त्यस बन्दी घोडाको आँसु?

~एलिस वाकर~ अनुवाद : राजकुमार बराल “यी आखाँका आँसुहरूले तिमीलाई केही भनिरहका छैनन्?”१ लगभग तीन वर्षका लागि म र मेरा साथीले गाउँमा एउटा सानो घर भाडामा लियाँै । ठूलो चउरको किनारामा उभिएको त्यो घर सिधै पहाडतर्फ दर्गुन तम्तयार परेजस्तो देखिन्थ्यो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बुढी इजरगिल

~मेक्सिम गोर्की~ अनुवाद : खगेन्द्र संग्रौला यी कथाहरू मलाई मक्करमन नजिकैको बेस्सारियामा समुद्र किनारमा सुनाइएका हुन् । एक साँझ, दिनभरिको अङ्गुर टिप्ने काम सिद्धिएपछि मसँगै अङ्गुर टिप्ने मोल्दाबियावासीहरूको टोली समुद्र किनारतिर लाग्यो । इजरगिल नाम गरेकी एउटी बुढी र म … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित बाल कथा : माटाको खुत्रुके

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास खेलौनाहरूले भरिभराउ एउटा कोठा थियो । त्यो कोठा केटाकेटीहरूको थियो । दराजमाथि माटाको एउटा खत्रुके थियो । सुँगुरका ढाडमा पैसा खसाल्ने प्वाल थियो । त्यो प्वाल पहिले त सानो थियो तर पछि ठूला सिक्काहरू पनि … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : कुरूप टिउरो

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास गाउँमा गर्मीको रमाइलो मौसम थियो । सुनजस्तो पहेँलो मकै, हरियो जौ र चौरमा चाङ मिलाएर राखिएका परालका कुन्युको दृश्य राम्रो देखिन्थ्यो । सेतो सारस राता लामालामा खुट्टाले हिँडदै नबुझिने भाषामा कुरा गर्थ्यो । उसले आफ्नी … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित कथा : फाँसी

~जर्ज ओर्वेल~ अनुवाद: महेश पौड्याल कुरा बर्माको हो। बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको। कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो। हामी त्यस श्रापित कालकोठरीको बाहिरपट्टि प्रतीक्षारत थियौँ। दुई लहर बार लगाएका कोठरीबाहिर … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : कात्रो

~प्रेमचन्द~ अनुवादः कुमुद अधिकारी झुप्राको दैलाका छेउमा बाबु-छोरा निभेको आगाका छेउमा चुपचाप बसिरहेका थिए। झुप्रो भित्र छोराकी जवान श्रीमती बुधिया प्रसव वेदनाले कराइरहेकी थिई। बेलाबेलामा उसका मुखबाट हृदयविदारक चित्कार निस्कँदा दुवैजना छाती थामेर बस्थे। जाडाको समय थियो, प्रकृति पूरै शान्त … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित कथा : बुख्याँचा

~सत्यजित रे~ अनुवाद : खगेन्द्र संग्रौला उनीहरू पनाघरमा पुग्न लागेका के थिए, मृगान्कोबाबुको आशंकाको पुष्टि भइहाल्यो। उनका कारको पेट्रोल सकियो। निकै समययता पेट्रोल देखाउने यन्त्रले राम्ररी काम गर्न छाडेको थियो। आज बिहान बाटो लाग्नुअघि उनले यो कुरा उनको चालक सुधीरलाई … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : बूढोले जे गर्छ बेसै गर्छ

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास केटाकेटीमा सुनेको एउटा कथा सुनाउँदै छु । यो कथा जहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । किनकि मानिसहरू जतिजति बूढाबूढी हुन्छन् उतिउति असल र बुद्धिमान हुँदै गएजस्तै यो कथा पनि जति परानो हुँदै भयो उति … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित थारू भाषी कथा : चरित्र

~डा. टीकाराम पोखरेल~ अनुवाद : माेती राम चाैधरी `रत्न´ ‘तै छिनारी बटे ।’ विराज जोरसे बाेलल । ‘का ? का िछनार काम करनु मै ?’ ढिरेसे पुछ्ली सानु ।‘और मुहेमुहे लागटे?’ विराज आपन आवाज बर्हाइल। ‘ढेर बोल्ले नै हु, पुछटु … Continue reading →

Posted in अनूदित कथा, थारू कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : राजकुमारी र केराउको गेडा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित जापानी लोककथा : बूढी आमा

~मात्सुओ बाशो~ अनुवाद : अनुप जोशी धेरै पहिलेको कुरा हो एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरूसंग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

अनूदित बालकथा : टिनको दरो सिपाही

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित बालकथा : सानी जलपरी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर … Continue reading →

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

अनूदित कथा : हात

~सेरउड एन्डरसन~ अनुवादः बलराम अधिकारी वाइन्जबर्ग नगरनजिकैको खोलाको किनारमा एउटा सानो घर उभिएको थियो । घरको आधा भत्केको बरन्डामा एउटा सानो गाँठीको पाको मान्छे यताउति गरिरहेको थियो । ऊ अधीर देखिन्थ्यो । घर अगाडि सोतो परेको खेत थियो । क्लोभरको … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment