Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने । हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं । हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य : स्वच्छ छविको कवि

~अनिल कोइराला~ बेलाबेलामा अनौठा अनौठा काम गर्ने जङ् चलेर आउँछ मलाई । मनै त हो । कैले कलाकार बनेर सुपरस्टार हुन मन लाग्छ । कैले पत्रकार बनेर लगातार चर्चामा आउन मन लाग्छ । कैले नेता बनेर उता र यता गर्न … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : फरारहरूको फ्रेस विज्ञप्ती

~लक्ष्मण गाम्नागे~ आदरणीय सम्पूर्ण फरार सहकर्मीहरू, क्रान्तिकारी अभिवादन् । केही उल्लू मानिसहरूले, केही पित्तपत्रकारिता गर्ने सञ्चार माध्यमहरूले हामी वरिष्ठ फरार अपराधी महानुभावहरूका बारेमा विभिन्न टीकाटिप्पणी गरी हाम्रोे प्रतिष्ठामा बारम्बार आँच पु¥याइरहेका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिकृयावादी, पुरातनपन्थी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली उपन्यास : हिन्दु नारी

~युवराज बराल~ हिन्दु नारी | नेपाली उपन्यास | युवराज बराल भाग – १ मातातीर्थ औंसीका दिन गङ्गाले जसरी भए पनि माइत जान पाउनुपथ्र्यो । मैले ऊसँग विवाह गरेको पाँच वर्ष बितिसक्यो । अहिलेसम्म मैले उसलाई हिन्दूहरूको एउटा उल्लेख्य पर्व मातातीर्थ … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : शंका

~राजु दाहाल~ “तिमीलाई अचेल कहाँ भेटुँ , पहरामा भेँटु वा छहरामा भेँटु ……………………… …। ” लामो समय पछि उनलाई भेट्ने तिर्सना मनमा सलबलाउँदो छ , यसैको कारणले गर्दा हो वा ?? बिहान देखिनै यो गित त्यसै त्यसै ओठमा झुन्डिराखेको छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यङ्ग्य निबन्ध : ज्वाँई डर

~राजु दाहाल~ करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ? एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल नाटक : लोभ

~राजु दाहाल~ (कुनै एक गाँउमा शुसान्त नाम गरेका एकजना लोभी मान्छे बस्दथे । उनी जसरी हुन्छ आफ्नो पैसा जोगाउने धुनमा लागिरहन्थे । बिहान बेलुकै खाना खाने बेला कुनै न कुनै छिमेकीकोमा पस्दथे । छिमेकीहरु उसको बानी देखि रिसाए पनि अगाडी … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल नाटक : छोराछोरी

~राजु दाहाल~ (एकपटक एउटा लोभी मान्छे थियो । एक दिन पल्लो गाउँको मान्छे लोभीको घरमा आयो । ) छिमेकी : हजुर नमस्कार लोभी : नमस्कार – नमस्कार, के छ आरामै हुनुहुन्छ ? छिमेकी :आरामै छु हजुर ।

Posted in बाल नाटक | Tagged | Leave a comment

बाल लघु नाटक : थर्मस

~राजु दाहाल~ एकजना गाँउले सहर गयो र फर्कदाँ थर्मस किनेर फर्कियो । गाँउलेहरु थर्मसका बारेमा केहि पनि जान्दैनथे । सबैजना ः उ हेर लाहुरे आयो । सबैजना ः नमस्कार लाहुरे दाई लाहुरे ः नमस्कार हजुर, नमस्कार पहिलो ः अनि लाहुरे … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

कथा : ‘रोयल स्ट्याग वाइन’को कथा

~शरद चिराग~ एउटी पूर्व सहकर्मीले केही वर्षपछि अचानक फोन गरिन्- ‘होइन, यो वर्ष पनि जन्ती जान पाइँदैन कि के हो ? कि अझै ‘रोयल स्ट्याग वाइन’ खाँदै हुनुहुन्छ ? यी र यस्तै अरु जिस्क्याइका केही झटारा हानेर उनले फोन त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ढीँचूँ ढीचूँ अथवा गर्दभ राग

~जगदीश घिमिरे~ भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक । प्रतिकृयामा मन्त्रीहरुले ढीँ …. चूँ … ढी … चूँ …गरे । ढीँ … … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : मच्छड संस्कृति : झुलभित्र र बाहिर

~कोमलप्रसाद पोखरेल~ मच्छड शब्दको अक्षरीकरण गर्दा यसमा दुई अक्षर रहेको पाइन्छ भने वर्णगत हिसाबमा म्+अ+च्+छ्+अ+ड् = मच्छड भएको देखिन्छ । यसमा दुईवटा स्वर र चारवटा व्यञ्जन गरी जम्मा छवटा वर्ण छन् । मच्छड अध्ययन तथा अनुसन्धान केन्द्रबाट गरिएको मच्छड शब्दको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आसनग्रहण

~कोमलप्रसाद पोखरेल~ आसनग्रहण तत्सम शब्द हो । शब्दनिर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत (आसनको ग्रहण + आसनग्रहण) भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ — १. … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

अनूदित कथा : पुरुषसँग मेरो पहिलो रात

~तसलिमा नसरिन~ अनुवाद : विकास बस्नेत मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : जुँगा निर्मूल अभियान

~पिँडालु पण्डित~ ‘जुँगा’ को विषयमा नसुत्रे र लुगाको विषयमा नजात्रे मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाउँ लेखाइदिए हुन्छ । तपाईं भत्रुहोला,— ‘जुँगा’ नेपालीभाषी शब्द भएकाले जुँगाका विषयमा नेपालीले मात्र जान्दछन् । तर त्यसो होइन … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : गाईजात्राकी मेरी बूढी

~पिँडालु पण्डित~ बूढी मेरी कस्ती कस्ती साँच्चै नेता जस्ती काम पर्दा चिप्लो घस्छे नत्र ढुङ्गो जस्ती ।। जनताको सुशासनी राष्ट्रसेवी जस्ती पैसा पाए जस्तो पनि नत्र कस्ती कस्ती ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : सिद्धिचरण : एक रक्षाकवच

~खगेन्द्र सङ्ग्रौला~ कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : माप चिडियाखाना

~खगेन्द्र संग्रौला~ सहिदलाई सम्झेर नयाँ नेपालको मधुर कल्पना बुनिरहँदा विचित्रको सपना देखेँ । सपनामा नयाँ नेपालको एउटा दृश्य मेरा आँखासामु आएर छम्छम् नाच्न थाल्यो । खिरलिो जीउ भएको अग्लो गोरा हातमा नोटबुक र सिसाकलम बोकेर काँधमा क्यामरा भिरेर अघि लागेको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति

~खगेन्द्र संग्रौला~ ‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल । ‘जाने होइन दाइ हाइकिङ ? मलाई अघिल्लोचोटि लाँकुरी भञ्ज्याङमुनिको भिरालो, ओसिलो र चिप्लो

Posted in हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

लेख : माधव नेपालको भूमिगत डायरी

~खगेन्द्र संग्रौला~ हिजो के थिएँ, म आज के भएँ ! सम्झेर ल्याउँदा मेरो हृदय सात चिरा परेर धुरुधुरु रुन्छ । हेर्दाहेर्दै, कहाली लाग्दालाग्दै म राजनीतिको गरिमामय शिखरबाट तल फोहोर फेदीमा झ्वाम्मै खसेँ । आफू परियो नास्तिक, इहलोकमा ‘हे हरि’ भनेर … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

लेख : भरतचर्चा

~खगेन्द्र संग्रौला~ परिचित र प्रिय कोही एकबारको जुनीबाट छुट्दा जिइरहने कोही पनि ऊसँगै गाभिएर एक अंश मर्छ। गोपाल योन्जन र नारायण गोपाल एकबारको जुनीबाट छुट्दा हुनुसम्म उदास भएका नगेन्द्र शर्माले कतै लेखेथे – यी दुई गोपाल मेरो जीवनको पनि जीवन … Continue reading →

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

कविता : अपराजिता पारिजात

~खगेन्द्र संग्रौला~ उदास जीवनको उजाड बगरमा मुना टुसायो एक दुबोको पारिजात अपराजिता पारिजात

Posted in कविता | Tagged | Leave a comment

कथा : अहंको भोक

~वसन्त प्रकाश~ त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ त्यतिखेरै बाटो लाग्यो। मान्छेहरूले चियाका पसलमा सबैभन्दा बढी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अाञ्चलिक कथा : बा

~गुरूदत्त ज्ञवाली~ “आज त पश्चिमबाट घाम झुल्केछन् नि, होइन के अचम्म देख्नु परेको हो ?” खेत जोतेर आएको छोरालाई बाले बेस्सरी उडाए । छोरो काम नगर्ने मान्छे होइन । उसको आफ्नै संसार छ । युवक हो, बाउको भन्दा युगै फरक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अब भेट नहुने साथीः विष्णु नवीन

~गणेश रसिक~ ‘विष्णु नवीन‘ सम्झेपछि मैले इलामलाई सम्झनैपर्छ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव सँगालेको ठाउँ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव संँगालेको ठाउँ। इलाम, म त्यही थलोमा नजन्मेको भए पनि जन्मेको सरह माया ममता पाएको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : ऋतुको चिया पसल

~कुमार नगरकोटी~ वि.सं. २०५१ । ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु । ज्ञानीहरू भन्छन्, ‘अतीतमा डुल्ने डुलुवाहरू मूर्ख … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

हास्य-कथा : प्रश्नमा मरेको जबाफ

~दीप हाँडिगाउँले~ एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी। कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : डायमनशमशेरसँगका आठ वर्ष

~ऋषिराम पाण्डे~ सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो । मेरा मित्र कार्तिकेय घिमिरेले एक दिन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : एक जोर सूट

~बसन्त गौतम~ साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो। “के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिरानो परदेशी जिन्दगीमा

~किरण श्रेष्ठ~ झलमल शहर यति बिघ्न बिरानो परदेशी जिन्दगीमा सुख सपना भै, दुख बिपना भै देखा पर्छन् परदेशमा डाँफे र मुनाल नाँच्छन् नेपालको बनमा मात्र तिम्रो सम्झना आइरहन्छ मनमा।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवनलाई हतार छ परिवर्तनको

~किरण श्रेष्ठ~ यहाँ हर जीवनलाई हतार छ परिवर्तनको खै कसरी परिभाषा दिउ यो बातावरणको भित्ताहरु नारा भएर बोल्न थालेका छन सडक पनि जुलुश संगै तातिन थालेका छन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आँखाभरि तिमी, मुटुभरि तिमी

~किरण श्रेष्ठ~ आँखाभरि तिमी, मुटुभरि तिमी, यही कतै मेरो मुटु माझ जिस्की बसेछौ की? यही कतै मेरो छाँयाभित्र लुकी बसेछौ की? आँखा भरि तिमी——

Posted in नेपाली गीत | Tagged | Leave a comment