Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कार्यपत्र : भयवादी आदिवासी : एक अनुचर्चा

~ प्रा. डा. टङ्कप्रसाद न्यौपाने~ १. बधाई र स्वागतका केही आधारहरू विदेशीमा बसेर पनि नेपाल र नेपाली जातित्व तथा नेपाली वाङ्मयका विकासमा लागिपरेका देश सुब्बाले नेपाली भाषामा साहित्य र दर्शनमार्फ योगदान दिइरहेकामा र्सवप्रथम बधाइ दिनु मेरो पहिलो कर्तव्य हो । यस … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लेख : नेपाली डायोस्पोराको सन्दर्भमा

~हाङयुग अज्ञात~ अज्ञातको अराजकता ———————————————————————— नयाँ नेपाल बन्ने क्रमको प्रथम प्रहरमा प्रवासी नेपालीहरूलाई हेर्ने दृष्टिकोणले केही अलग क्षितिज नियाल्दैछ । मुग्लाने, लाहुरे, परदेशी, प्रवासी जस्ता परम्परागत शब्द र बोधहरूको ठाममा हिंजो आज आप्रवासी या नेपाली डायोस्पोरा शब्दको प्रचलन बढेको छ … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : रङ्गिन सपनाहरू

~उषा गिरी~ जीवनका रङ्गिन सपनाहरू जङ्गलका कन्दमुल खाएर होस् वा रमाइला क्षेणहरू लुटेर होस् भावुकताको पोखरीमा स्वतन्त्र रुपमा अरुको मन नदुखाई भूगोलको कुनै पनि कुनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~उषा गिरी~ बर्षभरिका थकाइहरूलाई पर सारी आसुँ र सुस्केराहरूलाई बढार्दै बिगतका बर्षहरू झैं यो बर्ष पनि दिर्घ विश्वाशका साथ निलो आकाश लिएर, हामी तमाम दिदी बैनीहरूको दैलो र आगनहरूमा सौगात बोकेर शुभत्वको सन्केत दिदै हर्ष र उल्लासका साथ रातो साडी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटालाई दु:ख पर्दा

~उषा गिरी~ एउटालाई दु:ख पर्दा मान्छे त्यसै हाँसिदिन्छन ब्यथा पोख्ने ठाउ नै हुन्न भन्यो भने रिसाइदिन्छन सिथिल हुन्छु त्यसै त्यसै नबुझे झै गर्छन् सबै मनको बाँध भत्काइदिन्छन गोधुलिमा बस्छु रुँदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~उषा गिरी~ जीवनसँग जुझ्दै हारहरूलाई स्वीकार्दै दृढ अठोट मनभरि पाल्दै बिचलित नभैकन चुला र चौकामा ढिकी र जातोमा विवशतामा रमाइरहेकी प्रफुल्ल मेरी आमा तिमीले आफ्नो पीडाको क्षणलाई

Posted in कविता | Tagged | Leave a comment

कबिता : झ्याङ्गिदैछ तीज

~उषा गिरी~ तिम्रो आगमनमा गोधुलीमा फक्रदै बर्षा ऋतुलाई लखेट्दै सरद ऋतुलाई कोरल्दै सर्बाङ्ग पग्लदै,छछल्किदै उकुसमुकुस आएकी छौ । तीज हामी तमाम नेपाली किशोरीहरुको माझमा

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निवन्ध : नेपालीले माया मार्ला बरी लै!

~मनोज गजुरेल~ गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : बादल फाट्न सक्छ

~उषा गिरी~ समयको खाली सिउदोमा रङ्ग भर्ने कोशीस नगर सिमारेखा लामोछ अन्धकार सङ्गै बादल फाट्न सक्छ डाढा पाखा हिजोजस्तो छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~चिना थापा~ प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश छन् धेरै संस्कृति र थरीथरीका भेष । प्रणभन्दा प्यारो छ यो देश नेपाल छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल

Posted in कविता | Tagged | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~ धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू तिम्रो गीत गाइरहन्छन् तिम्रो नीलो शरीर हेर्न कोसौँ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र… मलाई डरलाग्छ तिम्रो स्तब्धता तिम्रो गहिराई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जूनको क्रन्दन

~सरुभक्त~ कुहिरेयात्राः उल्टो घुमेका पाङ्ग्राहरु प्लाष्टिकका पालमुनि वसेर हामी गगनचुम्वी भवनहरुको पोष्टर हेर्दैछौं नेपथ्य युद्धहरुः प्रदक्षिणा विम्वहरु टिपेर शीतलहरीय ढोलपिटाई अभियानमा जुटेका छन् खोई कहाँ के गर्दैछन् परा–संभाषणयुक्त नेपाली तालिवानहरु ? ‘पोभर्टी म्यापिङ – गरीवीमापन नक्सामा हामी कति धनी छौं … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : छत्रभङ्ग

~रमेशजंग थापा~ “यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः- “आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवस्था

~धीरेन्द्र मल्ल~ – नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्‍यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~ ‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुमित्रा पौडेल ‘आँचल’का मुक्तकहरु

~सुमित्रा पौडेल ‘आँचल‘~ १ तिम्रो माया मुटु भित्र अंगालेर बसेकोछु जेजे दियौ तिम्रै लागि संहालेर बसेकोछु ईसाराको भरले तिम्लाई हाँसो खुशी दिई तिम्रा भित्री दु;ख पीडा पगालेर बसेकोछु !!

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ओअसिस

~रिता राई~ हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती साथी भेटें भुलाईदिए सबै कुरा गल्ती सम्झी बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

Posted in कविता | Tagged | Leave a comment

गजल : चट्टान फोड्नुु छ

~दीपक भोजपुुरे~ तिम्रो मेरो साथ मिलाई चट्टान फोड्नुु छ । छुुवाछुतको नेपालमा पर्खाल तोड्नुु छ । घमण्ड छ केही जातको केही धर्म संस्कार, मानव सबै एक हुुन् भनी सन्देश छोड्नुु छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : किन थुकेर जान्छ

~समीर सिम्खडा~ जस्ले पनि मलाई किन थुकेर जान्छ । जून हेर्छुु बादल भित्र लुुकेर जान्छ । दैवले नि मलाई नै गर्छन् कि हेला , कुुकुुरले नि मलाई देख्दा भुुकेर जान्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यही मान्छे

~एकादेशको गगनराज~ बनिन्छ कहिले देवदुुत् यही मान्छे । र हुुन्छ लोकमा अछुुत् यही मान्छे । मान्छेले बेच्छ मान्छेकै मर्यादा , कमाउँछ दौलत अकुुत् यही मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हिसाव भएन

~खगेन्द्र साउद ‘समर्पण’~ कैले अघाइयो होला हिसाव भएन । कैले नखाइयो होला हिसाब भएन । एउटै पानाबाट त्यो बेला थरि थरिका, के के बनाइयो होला हिसाब भएन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आन्दोलनमा छन्

~लक्ष्मण मिलन विष्ट~ हलिया मसाल बोकेर आन्दोलनमा छन् । कमैया चुपचाप–चुपचाप अनसनमा छन् । म तिमीलाई जुन तारा उपहार कसरी दिउँ ? तिमी आफैँ टिपेर ल्याऊ ऊ त्यो गगनमा छन् । मलाई प्यार गर्नेहरु जीवन सुुम्पनेहरु , कोही मेरो दिलमा … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यार हुुँदैन

~कपोल कल्पित~ रहरै रहरमा प्यार हुुँदैन । चाहेकै भरमा प्यार हुुँदैन । आँखाले मनको भाव नवोले , एकै नजरमा प्यार हुँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो ठाउँमा आउनेछ

~कपिल अन्जान~ अन्जान एकदिन यो ठाउँमा आउनेछ । र यी विभेदका पर्खालहरु भत्काउनेछ । बाबुले घरमा हतियार राखि दिएपछि , छोरो कतिञ्जेल दुुनियाँसँग डराउनेछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : संविधान बनाउछु

~युुगल योगेन लिम्बू~ छोड एक्लै जनताको संविधान बनाउछु । सवै राजनितिक दललाई एक चिहान बनाउछु । अन्तर क्रिया गर्नु हुन्न उठाउनै पर्छ बन्दुक, राजदरवार जस्तै सिंहदरवार निसाना बनाउछु ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गजल दर्शन’ नियाल्दा . . . . . . .

~सदानन्द अभागी~ परिचय समिक्षीत कृति गजल दर्शन नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढीरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~ अनुवादः होमर श्रेष्ठ मेरा मित्रले मलाई यो कथा सुनाए : म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे … Continue reading →

Posted in अनूदित कथा | Tagged , | 1 Comment

कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~ जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

~डा. तारानाथ शर्मा~ मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी ? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~ एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : आइसक्रिम हैन माँया पलभरमै बिलाउने

~जीतु खड्का गाउँले~ आइसक्रिम हैन माँया पलभरमै बिलाउने काउशो नि हैन माँया छुदै खेरी चिलाउने !! दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती जाम पनि हैन माँया पिउने र पिलाउने !!

Posted in गजल | Tagged | Leave a comment

गजल : हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ

~फणिन्द्र ‘शान्त’~ हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ ए गाँठे हौ! गणेश पनि आसन छोडी भाग्छु भन्छ ।। शान्त नै छ महासागर हेर फूर्ति खहरेको धमासैमा किन नहोस् जल सत्ता हाँक्छु भन्छ ।।

Posted in गजल | Tagged | Leave a comment