Author Archives: Editor

कविता : भावनाको बगैँचामा…

~अनुभव मञ्जरी~ भावनाको बगैँचामा एकै क्षण टहल्न मन लाग्यो प्रकृतिको सबै रङ्ग टिपी जीवनको पानाभरि पोत्न मन लाग्यो गराहरू बाँझै छन् घारीहरू बुटृयानले भरिएका छन् कता कति सतहीरूपमा बाँझो फुटाउन सुरु भएको छ भस्मे फाँडिने योजनामा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर अधिकारी जिन्दावाद !

~दीपेन्द्र केसी~ हिजो एकसाथ पढें मैले धेरै समाचारहरु । न्यायका भिखारी नन्दप्रसादले कालो पोतेर गणतन्त्रलाई सुकेको डाँठजस्तो भोको र हलुको शरीर जिम्मा लगाए यमराजलाई । लोकतन्त्रको सबैभन्दा शक्तिशाली हतियार “अनसन” जसले, झुकायो सिँगो व्रिटिश सरकारलाई गोर्खासामु कुनैबेला झुकेथ्यो गान्धी सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भोली पनि बेग्लै हुन्छ

~दिपेन्द्र राई ‘अश्रुमाली’~ हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।। जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।। हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको । हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो मृत्यु कविता

~नरेश शाक्य~ मेरो मृत्यु साधारण हुनेछ घटित हुनेछ सामान्य घटनासरह कसैलाई थाहा पनि हुने छैन न कुनै रोदन न कुनै क्रन्दन मेरो पार्थिव शरीरलाई स्वजनहरूद्वारा छिटोभन्दा छिटो उठाएर लगिने छ र दफनाइनेछ माटोमा एकपटक माटोमा मिलेपछि त्यो सदाको लागि विस्मृत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बालुवाको मरूभूमिबाट

~जीवन खत्री~ बाध्यताको आँधी घरभित्र छिरेर नबगाएको भए बाको अनुहारबाट घाम नचोरेको भए आमाको आँखामा चम्कने जून फूलजस्तो मुस्कान प्रियाको ओठबाट नखोसेको भए नानीबाबुको स्कुल पुग्ने बाटो नभत्काएको भए पुर्खाले उपहार छाडीगएको जिउँदो घर र ताराहरूले गुच्चा खेल्ने आकाशजस्तो आँगनसँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालीगण्डकी

~जीवन क्षेत्री~ कालीगण्डकी सुस्याइरह्यो यो युगको व्याथा बोकेर मधुर गतिमा बगिरह्यो मानव रगतका आहालहरू अमानवीयताका पराकाण्ठाहरू चुपचाप हेर्दै कालीगण्डकी ओरालो झरिरह्यो

Posted in कविता | Tagged | Leave a comment

गीत : गुलाबी अधर त्यो

~रवि प्राञ्जल~ गुलाबी अधर त्यो अलि मुस्कुराऊ लजाएर नजर अरु न झुकाऊ तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ सक्दिन थाम्न नजिक नआऊ गालाभरि त्यो मधुमास लाली देखेर झुम्छ मन डाली डाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मन पोख्दैछ

~देबेन्द्र पौडेल~ सम्हाल्दिने मान्छे भए, मन पोख्दैछ छ कोही तयार रात काटन ?धन पोख्दैछु । । कसी लगाए हुन्छ यहाँ भर्जिन भने पनि हुन्छ अघी बढ उठाउन लाई जोवन पोख्दैछु । ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रहर हैन मेरो

~कृष्ण पौड्याल~ वास्तविकको गजल कोर्ने रहर हैन मेरो। हजुरलाई दु:खीत पार्ने ठहर हैन मेरो॥ सके दिनुस आश्वासन ब्याथा थप्नु हुन्न बिन्ती। मलाई मद्दत गर्नु भन्ने कहर हैन मेरो॥

Posted in गजल | Tagged | Leave a comment

गजल : फुललाई पो बात लाग्यो

~उद्धब ओझा~ भमरालाई भन्दा पहीले फुललाई पो बात लाग्यो कोपीलामै आज तिम्लाई जवानीको मात लाग्यो तिम्लाई पाउने झुटो आसमा म कतिन्जेल जिउन सकु त्रिस्ना मेट्ने भमरा को तिमलाई धेरै खात लाग्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँचेकै छु हजारमा

~रामलाल जोशी~ हाँसेकै छु सयौंबीच, बाँचेकै छु हजारमा तिमी छैनौ र पो एक्लो भएँ आज बजारमा । छोडिगयौ कहाँ एक्लै प्रतीक्षा नि लामो भयो तिमी आउने बाटो हेर्दै बसेको छु दिवारमा ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेशिएको मन

~लिल बहादुर खत्री ‘ललित’~ देशको सक्षम जनशक्ति गै सक्यो खेर माृतिभुमी सुन्यपारी कहीँ नजानु हेर। आजभोली गर्दा गर्दै गाउनै शून्य भय विदेशिदा कोही कोहीले त देशनै भुल्ने भय।। गरे पछि आफ्नै देशमा के छैन र हेर सच्चा मनले कार्य गरे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : के आत्महत्या नै समस्याको समाधान हो त ?

~सजना गुरुङ~ समय कति परिवर्तनशील छ, समयको परिवर्तन हुनु नौलो कुरा होइन किनकी हामी सबै यो कुरा जान्दछौ तर मानिसको जिन्दगीमा आएका कतिपय परिवर्तनहरुले मानिसको जिन्दगीको रुपरंग नै फेरेर राखिदिंदो रहेछ । मैले कहिल्यै सोचेको थिइन, जिन्दगीको अन्तिम पलसम्म हरेक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : बेमौसमी बर्षात्

~रसिक रमण~ चुहिन आतुर भएका निसा ओढेर अकल्पनीय प्रहार गर्न तम्सिएका पहाड र जङ्गलका फेद तथा बिचतिर उछिट्टिएर उत्रिएका मेघका धब्बाहरुसङ्ग ठोकिएर कोमल नयनबाट पिडाका अश्रुधारा बगाइरहेकी प्रकृति ,

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो खै कस्तो छाप थियो

~कर्मठ सुवेदी~ थाहा छैन मेरो जीवनमा तिम्रो खै कस्तो छाप थियो जहाँ म पुगे पनि साथमा तिम्रै पदचाप थियो मन यो ठण्डा हुँदा भित्र भित्रै कति कामको थियो न्यानो पार्ने यो मनलाई तिम्रै मायाको राप थियो

Posted in गजल | Tagged | Leave a comment

‎गजल‬ : थर हटाइनु पर्छ

~लोक राज भट्ट~ बिभेद देखिने मान्छेको,थर हटाइनु पर्छ, बुलन्द हुनुपर्छ आवाज,डर हटाइनु पर्छ। ए सरकार त्यो कानुन, बनाइएको किन हो? कि पालना होस नत्र, फोस्रा अक्षर हटाइनु पर्छ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँसु झर्छ प्रिय

~राकेश कार्की~ नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : विद्यार्थी को जिज्ञासा

~बिकास सुबेदी~ यसैबर्स एस.एल.सी. दिने हुनाले म बर्षे बिदामा टुसन् पढेर राम्रो अंक ल्याउने मेरो इच्छा छ | यसै अनुरुप हाम्रो विद्यालयले पनि बिहान ६ बजे देखि १० बजे सम्म चारवटा बिसयमा टुसन पढने ब्यबस्था मिलाएको छ | आज पहिलो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : बाबु कहाँ छस् ??

~आषिश श्रेष्ठ~ बाबु कहाँ छस् ?? आन्दोलनमा छु बाबा, ध्वस्त शहरको ब्यस्त आन्दोलनमा… भाला रोपेर रगत झार्दैछु, मुख छोपेर मान्छे मार्दैछु, लाशहरुमाथी पाइला सार्दैछु, देश टुक्राउन खाएको कसम, पाइला पछाडी मोडेको छैन, पुलीस होस् या 2 बर्षे बालक, कसैलाई पनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : मेरो नेपाल

~प्याट्रिक सिठलिङ~ तिमीलाई म भुल्न सक्दिन, जहाँ जाउँ तिम्रो याद आइरहन्छ यो खोला, यो नाला, यो पहाड भञ्ज्याङले मलाई बोलाइरहन्छ मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो डाँडा काँडा हरियाली यहाँ आँगनै भरी

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कथा : गोरी गर्लफ्रेन्ड

~पुस्पराज गिरी~ खासै रगतको नाता थिएन, उमेर पनि धेरै फरक थिएन; रूममेट र मेरो। तरै पनि म उहाँ लाइ अंकल भनेर बोलाउथ्यें। एक apartment शेयर गरेर बसेका हामी काका भतिजामा धेरै कुरा मिल्दाजुल्दा थिए। प्राय हामी आ-आफ्नो विदाको दिनबाहेक अन्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिमीलाई माया गर्नु

~दिपेन्द्र खड्का~ ( तिमीलाई माया गर्नु मेरो भुल हो भने)२ ( दुख पर्दा साथ दिनु यदि पाप हो भने )२ तिमी के सजाय दिन्छेउ, म भोग्न तयार छु तिम्रो खुसीको लागी हजार चोट सहन तयार छु हो..हजार चोट सहन तयार … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : आत्मविश्वास

~महेश पन्त~ दुई साथी कुद्दै–उफ्रदै खेल्दै थिए । अचानक एउटा साथी ईनारमा खस्न पुग्यो । उसले सहयोगको लागि यताउता फर्किएर चिच्याउँदै हार गुहार माग्यो तर गाउँबाट अल्लि टाढा कोल्टो पर्ने भएको हुँदा उसको आवाजलाई कोही कसैले सुनेनन् । ऊ के … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : साथ कस्तो होला उसको

~वर्षा आँशु~ याद मात्र यति मिठो साथ कस्तो होला उसको नशा छरे तियो नजरमा मात कस्तो होला उसको अन्धो हुन्छ भन्छन माया कारण के हो थाहा छैन जिवनभरी थाम्न पाए हात कस्तो होला उसको

Posted in गजल | Tagged | Leave a comment

गजल : पैले तिम्ले गरेकै हौ

~कमल प्रकाश पौडेल ~ बोल्ने नाममा चिनाजानी, पैले तिम्ले गरेकै हौ तल देख्दा माथिबाट, गजल सुन्न झरेकै हौ ।। कति नजिक सम्झी बोल्थ्यौ, आजभोलि टाढा मान्यौ कैल्यै नविर्सने गरी, मनमा नाम भरेकै हौ ।।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : पाँच पाउण्डको नौ मुरी पीडा

~जया राई~ मेसेज बक्सभित्र आएको मेसेजले कुनै बेला खुशी बनाउँछ त कुनै बेला निराश । कुनै बेला पारो चढाउँछ भने कुनै बेला हतार लगाउने आदि अनेक गर्छ । करिव एक हप्ता अगाडि आएको ईन्बक्सको मेसेज बीके पाण्डेजीको रहेछ । यसपाली … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : मन्त्रीहरुको लागि परीक्षा !

~गौतम “उदय”~ एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए। “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : डल्लो जिन्दगी

~सागर कार्की~ डल्लै डल्ला छ जिन्दगी डल्लै बाचीरहेछु, डल्लै मरीरहेछु । कहिले गुडीरहन्छ डल्लो अनी टक्क अडिन्छ कहिले एउटा डाँडो उक्लदा एउटा डल्लो मर्दछ अर्को ओरालो झर्दा अर्को डल्लो बाँच्दछ

Posted in कविता | Tagged | Leave a comment

केस्रा : धाक

~दिलिप राई “सगर”~ सत्तामा बसेको हाँक के गर्दछौ ठुलो धाक हाम्रै अन्मोल भोटले पाको हौ तिम्ले त्यो याक

Posted in केस्रा | Tagged | Leave a comment

अनूदित छोक : पाइपको मैला पानी

~अशरफ फयाद~ अनु : राजा पुनियानी निर्वासनको दिन नाङ्गै उभिन्छन् उनीहरू जबकि तिमी पाइपको मैला पानीमा खाली खुट्टै पौड़िन्छौ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

गजल : सार्थक हुन्थ्यो म जन्मेको !

~सजना गुरुङ~ सत्य कर्म गर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! श्रेष्ठ बनि मर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको ! चेतनाको आँखा खोली अँध्यारो यो संसारमा शिक्षा ज्योती छर्न पाएँ सार्थक हुन्थ्यो म जन्मेको !

Posted in गजल | Tagged | Leave a comment

कविता : कस्ती आइमाई उनी!!

~चादनी कार्की~ कस्ती आइमाई उनी!! एकाबिहानै उठेर पूजापाठ छोडेर शिरानिमुनिको पैसा खोज्छिन् त्यो पैसालाई तौलिदै आफु यसै मौलिदै एक हातमा समस्या र अर्को हातमा पैसा जोख्छिन्

Posted in कविता | Tagged | Leave a comment