Author Archives: Editor

गजल : दिलैभरी कपी आएँ

~भिम बहादुर थापा~ चारै दिशा न्यानो रापले, दिलैभरी कपी आएँ विपनीकै सपनीमा, तिम्रै नाम जपी आएँ ** अड्को-पड्को थाँती राखी, मोहनीले माया कस्दा के थ्यो कुन्नी तिमीभित्र, यत्रो हण्डर् खपी आएँ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : समसेरबहादुर

~वासुदेव गुरागाईं~ समसेरबहादुर जागिरमा लागेको त्यति धेरै पनि भएको थिएन । तर उसको रोबरवाफ र फुइँफाइँ देखेर उसका टोलछिमेकी र जागिरदार साथीभाइहरु चकित थिए । जागिरमा उसको तरक्की र रोजाइअनुसार ठाउँ सरुवा उसले चाहनेबित्तिकै भइरहेको थियो । तर साथीभाइ र … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : कवि जी.सी.को “निरीह समयमाथि” हेर्दा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको भण्डारमा एउटा उत्कृष्ठ, सुन्दर र पठनीय कृति बनेर आएको “निरीह समयमाथि” कवि एवं गजलकार उज्ज्वल जी.सी. द्वारा रचित नवीनतम् कविता सङ्ग्रह हो । यस सङ्ग्रहभित्र खै, के कविता लेखु कविज्यू १, वहुसत्य असत्यहरु, मान्छेहरु चुरोटजस्तै, … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मातृभूमि

~टेकबहादुर सुनुवार~ शक्ति कहाँ हुन्छ? दस्तावेज नै खारिज गरे पछि! ईन्डिया कहाँ लुक्छ? चीनले आपूर्ति पदार्थ भरे पछि! बुद्धिमान कहाँ हुन्छन? कसलाई दिनु बुद्धि खै मरे पछि! डराग बन्दैन को यहाँ?

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाले मुलबाटो भुलेछ

~बुद्धवीर लामा~ मायाले मुलबाटो भुलेछ नौरंगी फुलबारी देखेर दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर दिलको चोट झिकिदेऊ भनेर मनको आशा मानेमा ओइलियो कडा कतै अल्झ्यो कि दुख्दैछ छाती सम्झेर राति क भयो भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : अभाव

~रामचन्द्र खतिवडा~ छोरो काठमाडौँ उपत्यकामा घरजम गरेर बसेको सुन्दा बुवा खूब खुसी हुनुभएको थियो । उहाँ छोराको घर पनि हेर्नुप¥यो, काठमाडौँ सहर पनि घुम्नु प¥यो भनेर काठमाडौँ आउनुभयो । यहाँको उकुसमुकुस वातावरणले गर्दा बुबा छटपटिनु भयो । कहिले पशुपति, कहिले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पाए हुन्थ्यो हजुर

~नाइलु क्याबचा~ समिपमा तिम्रो ढल्न पाए हुन्थ्यो हजुर जिन्दगीको दियो बाल्न पाए हुन्थ्यो हजुर । तिम्रो मन मन्दिरमा बसी अटूट अमर पिरतीको मियो गद्न पाए हुन्थ्यो हजुर ।।

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : धरहरा चढ्दाको मज्जा

~कार्तिकेय घिमिरे~ आहा ! आज धरहरा घुम्न जान पाइने भो, मनीषा मनमनै दङ्ग पर्दै एक्लै कराइन् । एकछिन पछि उनी फुर्कंदै नाचेझै गर्न थालिन् । उनी दङ्ग परेको देखेर कीर्तिपुर बालगृहका अरू सबै साथीहरू पनि खुसीले गद्गद् भए । एक … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : आदर स्याम्दार

~मन प्रसाद सुनुवार~ दरदर लेस्या गाःब पुकि ठेसे लेस्या बाःब पुकि मुल्द काःथ बुकिने निप्सङा पुस्सु रोकिने……. मिच कृप्स्या बाःब पुकि नोफा सुस्या बाःब पुकि

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कविता : मृगतृष्णा

~भानु सुनुवार~ समयको कुनै विन्दुमा उष्णताले छोपिएको सपनाको महलभित्र सुन्दर भविश्य खोज्न जिवन संघर्षका पटाङ्गिहरुमा रहरका बिस्कुन सुकाउँदै बाँचिरहेको म एउटा यायावर ।

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : उलझन

~विनीत ठाकुर~ दहेज सँ खरिदल दुलहा पर भाग कि निक निशारात्रि मे अनोना दुलारक राग कि निक

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

गीत : तिमी बिना

~दिलिप योन्जन~ दिलिप योन्जनतिमी बिना उराठ-उराठ भो जिन्दगी तिमी बिना खल्लो-खल्लो भो जिन्दगी न हेरेर प्यास मेटिन्छ, न कल्पेर याद भेटिन्छ तिमी बिना एक्लो-एक्लो भो जिन्दगी। तिमी बिना फुल पनि काँडा भयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : पारे दिउँसै यीनले राती

~भिम बहादुर थापा~ ढाँट्नु, छल्नु, इलम भैगो पारे दिउँसै यीनले राती देश थोत्र्याउने बेइमान नेता बाँच्नु भन्दा मर्नै जाती ** लाजको लर्को पचेपछि, ईज्जत भए पो बेईज्जत हुन्थ्यो खोली शाखा, छली आँखा, लुच्छन् यीनले देशको छाती

Posted in गजल | Tagged | Leave a comment

श्रीहरि फुयाँलका दुई मुक्तकहरु

~श्रीहरि फुयाँल~ 1. मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन दुःख आईपरेको छ मायालुको साथ छैन अब त संसारै बिरानो लागी सक्यो मलाई बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : एउटा दियो हुँ म

~दीप हाँडिगाउँले~ सम्झेर बिर्सेको तिमीले एक सपना हुँ म बिर्सेर सम्झेको तिमीले एक जमाना हुँ म मन्दीरमा बालेको तिमीले एक धुप हुँ म नेपथ्यमा सुनेको तिमीले एक धुन् हुँ म

Posted in कविता | Tagged | Leave a comment

नाटक : जागित्राहरु

~गणेश खड्का~ स्थान :  ( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l ) समय : ( मध्यरातको आसपास ) दृश्य / वातावरण : ( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

गीत : झिरमा ऊनिनु

~राजेन्द्र थापा~ झिरमा ऊनिनु त्यो एउटा कुरा पिरमा ऊनिनु त्यो एउटा कुरा नभिज्ने आँखा कसको छ र तर झर्नु नझर्नु त्यो अर्कै कुरा मैले कहाँ भनेँ र पिरै पिर भो भनेर तल तल खस्दा भिरै भिर भो भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी बिनाको जीवन

~आनन्द अधिकारी~ तिमीबिनाको जीवन सोच्न पनि म सक्तिन फूलबिनाको बासना सोच्न पनि म सक्तिन बरू जाओस् मेरो जीवन माया मार्न म सक्तिन कसले देख्यो र देउतालाई देउता भन्नु तिमी हौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिमी र म

~सोम खनाल~ मैले भने आकासबाट जुन टिपी ल्याइदिन्छु तिम्ले भन्यौ मन छुने एउटा गीत् गाइदिन्छु मैले भने रगतले तिम्रै नाम लेखिदिउकी तिम्ले भन्यौ नयनमा पर्ने घाम छेकिदिउकी । मैले भने तिम्रो नीम्ति मर्न पनि तयार हुन्छु तिम्ले भन्यौ बचाउन जे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “सीमान्त सपना”को उदए

~अरुणबहादुर खत्री “नदी”~ दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

उज्ज्वल जी.सी.का १५ हाइकुहरू

~उज्ज्वल जी.सी.~ १. बनियो दाश भोको पेट रोएर शुन्य उपाय । २. बनेछ देश बाठाका ऑंगनीमा गाउँ दुर्गम । ३. सपना रोप्न पसिना झर्दाझर्दै सुक्छ रगत ।

Posted in हाइकु | Tagged | Leave a comment

निबन्ध : जीवनको विनिर्माण

~सङ्गीत आयाम~ जीवन विर्निमित अवस्थामा सँधै अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरु र यसभित्रका सम्भावनाहरुले समय अनि परिस्थिति अनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रुपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ त्यो आज … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : तीर्थयात्रा

~डा. दीनबन्धु शर्मा~ महिला- ‘मलाई अर्को नजरले हेर्नुहोस् ।’ पुरुष- ‘म मेरै नजरले हेर्दछु ।’ महिला- ‘सक्कली होस् त्यो नजर ।’ पुरुष- ‘म तिमीलाई घृणा गर्दिनँ ।’

Posted in लघुकथा | Tagged | 1 Comment

कार्यपत्र :  नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास

~डा.प्रा. गोपिन्द्र पौडेल~ १. विषयारम्भ नेपाली कथामा समाजवादी यथार्थवादी सिर्जन विधिको प्रयोग २००७ सालको राजनीतिक घटना पश्चात् भएको हो । नेपाली कथामा समाजवादी यथार्थवादी चिन्तन सिर्जनको प्रयोग तथा यसको विकास क्रममा देखिएका मोडहरुको बारेमा विवादित विषय प्रसङगहरु पनि हुनाले आवश्यक … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गीत : डाली डाली फूल फुल्यो

~तुलसी घिमिरे~ डाली डाली फूल फुल्यो पात पात म फुलें फूल भूल्यो भँमरामा कुन्नि केमा म भुलें किन होला हिजोआज बरालिन्छ मन यो जति बाँधिराखुँ भन्छु उति उँड्छ मन यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : विवशता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ । पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।। ज्यामी भै जसले ठुला … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

वियोगी बुढाथोकीको केही मुक्तक

~वियोगी बुढाथोकी~ पत्रिकाको डोको बोक्दै गर्छु वारपार कति फाल्नु कति राख्नु असाहित्यिक झार गाली गलौज मीठो लाग्छ प्रेमपूर्ण भएपछि स्वागत गर्छु पठउनु है रचना लगातार । एउटा पत्र लेखेको थें पठाऊँ कसोगरी सम्झनाले ऐंठन गर्दा रुन्छु धरधरी खा’को विष लाग्नु … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

बाल कविता : मृगका कुरा

~ललिता दोषी~ जङ्गलमा बस्छौँ हामी त्यही हाम्रो घर दुःख नदेऊ हामीलाई लाग्छ धेरै डर बाघ, भालु, सिंहका छन् ठूला–ठूला दारा शिकार खेली मार्न खोज्छन्

Posted in बाल कविता | Tagged | 1 Comment

कथा : थवाङ्को आकाशमुनि

~हरिहर खनाल~ मिमिर्मे उज्यालो धरतीमा खस्न नपाउँदै कुखुराका भालेको ‘कुखुरी …. काँ ….!’ को युगान्तकारी आवाजसँगै गाउँ बिउँझ्यो । पूर्वको आकाशमा बिस्तारै अबिर पोतियो । तल बेंसीमा लागेको कुहिराको पातलो पर्दा पनि सर्लक्कै हट्यो । एकै छिनपछि डाँडाको कापबाट भर्भराउँदो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फुलेको जवानी !

~प्रभा भट्टराई~ अहा ! जिन्दगीमा सुनौला पला ती सधैँ हुर्कंदा, स्वादिला शृङ्खला ती छँदा कोपिला, फक्रँदाका कहानी छुटे, शेष भो लौ, फुलेको जवानी ! अनेकौँ कडा ग्रीष्मका तप्त राप सही, शुष्क हेमन्तको दृष्टिपात शरद्को उज्यालो, बसन्ती बिहानी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : कसरी म बाँचु ?

~रन्जु ‘मार्ग’~ मझेरीमा बस्छिन उनी पिई गहको आसुँ आउने जानेलाई भन्छिन ,कसरी म बाँचु ? सखारैमा गाग्री च्यापी ढुङगेधारो झर्छिन छाँया केही देखिन भने टोलाएर हेर्छिन

Posted in गीति कविता | Tagged | Leave a comment

निबन्ध : प्यारो जिवन

~बाबुराम पन्थी ‘गुल्मेली’~ प्यारो जिवन ! संसारमा सबै भन्दा प्यारो जिवन ! प्यारो हुँदा हुँदै पनी विभिन्न परिभाषाहरूमा परिभाषित हुनु पर्ने प्यारो जिवन । कोही भन्छन् अहो धन्य जिवन ! कोही भन्छन् थुक्क … यो जिवन पनी के जिवन ? … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment