Author Archives: Editor

अनुभूति : बेलायतमा कोरोना अनुभव र पुनर्जीवन

~भीम राई~ ‘यदि ज्ञान बाँड्न सकिंदैन भने त्यो महत्वहीन हुन्छन् ।’ भौतिकशास्त्री मिचीको काकुको उक्त्त भनाइले मलाई जिन्दगीमा यदाकदा घचघच्याइ रहेको हुन्थ्यो । आफ्नो जीवन कालमा मानिसले जे अध्यान एबम अनुभव गरेका हुन्छन् ति सबै बाँड्न सकेभने समाजले राम्रो फाइदा … Continue reading →

Posted in अनुभूति | Tagged | Leave a comment

विचार मन्थन : वेदान्त, बुद्ध : विषय र व्याख्या

~गोपाल विरही~ भारतीय राजनीतिकर्मी एवं वेदान्ती करण सिंहका प्रशंसामा शब्द खर्च गर्नुभएछ शारदा शर्मा र डा. भागवत आचार्य आदिले । करण सिंहका लहैलहैमा लागेर ‘बौद्ध दर्शन र उपनिषद्हरुको प्रतिपाद्य विषय एउटै होे’ भन्ने अर्थ लगाउन पनि उहाँहरुले खर्चिएका शब्द पढेर … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

गजल : असल सखिया भइ दिए

~इलामेली टीकाराम दुलाल~ शीरमा श्री लेख्नै पर्दैन असल सखिया भइ दिए लोचनबाट मोती झर्दैन असल सखिया भइ दिए जीवनसाथी,पढाइ साथी,घनिष्ट होस वा अरु कोही मनको माया मर्दै मर्दैन असल सखिया भइ दिए

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : आज्ञाकारी बालक

~मैथिल सुमन~ आज्ञाकारी बालक म असल मेरो बानी पढि-लेखी ठूलो भई बन्नेछु म त ज्ञानी अनेक छन् प्रतिभा म भित्र भन्छन सबले सिर्जनाको खानी चाहना छ मेरो पनि

Posted in बाल कविता | Tagged | Leave a comment

गोधूलि दिनेशका पाँच हाइकु

~गोधूलि दिनेश~ फागुको दिन, रङ्गिन हल्लाहरू – मुसो एक्लो म ! क्याफेरिनामा, फूल काँडाको हाँसो – हिमाल मौन !

Posted in हाइकु | Tagged | Leave a comment

कविता : समानान्तर दृश्यहरु

~डा.मधु माधुर्य~ आँखा खोलेपछि रसायनिक प्रतिक्रिया शुरु हुन्छ भित्र-भित्रै र देखिन थाल्छन् विविध दृश्यहरु प्रेम र घृणाका प्रकरणहरु अर्थात् निर्माण र विनासका शृंखलाहरु ! भगवानले मान्छे बनाएको देखेको छैन

Posted in कविता | Tagged | Leave a comment

कथा : आडम्बर

~आन्विका गिरी~ पात्र परिचय: १. लिंग – महिला उमेर – पच्चिस वर्ष शिक्षा – स्नातकोत्तर पेशा – विध्यार्थी पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधारा नाम थाहा नभएपनि हुन्छ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : पारिजातको घरमा

~महेश पौड्याल~ हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्‍यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : गणतन्त्रको मृत्युदिवस

~उज्ज्वल बमजन~ उपसंहार – चीरहरण भइछाड़्यो यो युगमा अल्पसङ्ख्यक आदिवासी द्रौपदीको बेलतलाको खुल्ला सडकमा। कृष्णले उपस्थित भई

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा तीब्र बिहान

~इश्वरवल्लभ~ ती तीब्र उज्याला परिवेशहरू पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन् तर पनि पग्लिनु स्थिर हुनु होइन, पानी हुनु हो । परिवेश पग्लिँदा नदी हुनु हो ।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : साहित्यमा श्रम विषय

~कुलचन्द्र वाग्ले~ साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : कसम फेरि तोड्ने भए

~रवि प्राञ्जल~ किन खानु झूठो कसम फेरि तोड्ने भए फूल छोडी पत्थर सँग मुटु जोड्ने भए पारि लान्छु भनी नाउ किन खियाउनु मझधारमा पर्दा नाउ एक्लै छोड्ने भए

Posted in गजल | Tagged | Leave a comment

कविता : हेर्नु छ भविष्य -यो दर्शनको !

~आर.बि. निश्चल~ अस्तित्व -यात्राको एक यात्री म एकैछिन पृथ्वी ग्रहको भ्रमण गरूँ भनी मान्छे रूपमा अवतरित भएँ नाम, जात, भाषा, कर्म अनि धर्म सबै- सबै मान्छेले नै तोकिदियो एकैछिन विस्मृतिमा हराएको म आफू जन्मेको दर्शनको साँचो अनुसार ढालिँदै गएँ जीवनबाट … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गोर्खाल्याण्ड

~राजु तामाङ~ बाटो हो कि बगर? चिन्नै नसक्ने यस्तो बाटो भएर म आउनु, भ आउदिन ‘म गोर्खाल्याण्ड’ पहाड़ धाऊदिन । एक टुक्रा रोटीमा राजनीति चल्छ त्यहाँ, म त सोझो राजनीति जान्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : छली मुस्कान

~विमला तुम्खेवा~ तिम्रो आँखामा देखिएको सपना जस्तो मसँग केही छैन जीवनको उमंग छन् त खालि यी नीला सागर छन् जसमा सलबलाइरहेछन् अनेक दुःखहरु यो विरही क्षितिज छ र केही उदास गीतहरु छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : मसानघाट

~सन्जु बजगाईं~ समयमै हरेक काम गर्न सकियोस् भनेर कोठैपिच्छे घडी राखेकी छु घरमा। संसारलाई समय तोकिदिने गि्रनविचसँग खेलवाड गर्न मनाही छ, यो बेलायती सहरमा। त्यसैले हतारिँदै तयार भएर बस चढ्यौँ, आमाछोरी। बस उही पुरानै बाटो भएर गुड्न थाल्यो। जुलाई र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पहिचानको अनुष्ठान

~टंक वनेम~ पहिचान सहित बाँच्नको लागि पहाड पर्वत र खोला नालाको देउ देउताहरुलाई अनुष्ठानको लिङ्गोमाथि जगाउँदै खप्परभरी शब्दका विरुवाहरु उमारेर सुनको खुर्मीले गोड्दै धनु काँड भिर्ने सिकारी देव जस्तो पहिचानको क्षितिजमाथि रङ विरङका जामाहरु पहिरिएर

Posted in कविता | Tagged | Leave a comment

गजल : के थाहा ?

~रुपिन्द्र प्रभावी ‘कटु’~ अचानोको पीर खुकुरीलाई के थाहा ? झुपदीको पीर त्यो हुरीलाई के थाहा ? आफन्ताको भीडमा पनि एक्लै भएजस्तो बाआमाको माया टुहुरीलाई के थाहा ?

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रवासीलाई देशको पत्र

~टोप बहादुर राई~ सबै उस्तै छन् जस्तो थियो हिजो अनि अस्ति तिमिले गाउं छाड्नु अघि चौतारीमा विच्छयाइएका बम, विस्थापित सुन्य गाउं, कांडेतारले घेरिएका शहर र डुवान पिडित तराई सबै उस्तै,उस्तै छन।

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी मोह

~देवेन्द्र खेरेस~ घर र परदेशको दुरी टाढाभए…पनि आँगनको माया धेरै नजिक दलानको सम्झना धेरै गाढा र चुल्हाको चिन्तन धेरै गम्भीर घरलाई एति धेरै माया कसैले गर्दैन जति परदेशीले गर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : फरक

~राजकुमार बराल~ ऊ पसिना पुछ्दै त्यो उचा ठाउँबाट तल हेर्छ तर देख्दैन मानवता फगत देख्छ गगनचुम्बी महलहरु र पैसाका मान्छे ।

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “रुदिना” र शिव प्रधान

~चन्द्र मादेन ‘आन्छन’~ हङकङमा नियमित हुने साझा साहित्यको  ९९ औं श्रृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ” रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुईतीन जना साथीहरुको हस्तलिखित नामै सम्वोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : बसाइँ उपन्यास कसरी शोषण–दमनको कथा ?

~डा. टीकाराम पन्थी~ ‘लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ   (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : मनको क्रान्ति नहोस्

~डम्बर बिकेल~ आफूसागै आफ्नो मनको क्रान्ति नहोस् मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् फूल दिनेहरुलाई काडा नदिऊ म घृणा दिई अरुलाई माया नलिऊ म

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : के कोलम्बस नै पहिले अमेरिका पुगेका हुन् ?

~भीम राई~ क्रिष्टोफर कोलम्बसको जन्मस्थल इटालीको दुईहप्ता भ्रमणपछि १२ अक्टुबर २०१७ को दिन हामी लण्डनदेखि जमैका जाँदै थियौ । हामीलाई यात्रामा सदाझैं भाई कृष्ण र बहिनी सानुले साथ दिइरहनुभएको थियो । लण्डनदेखि उडेको साँढे दश घण्टापछि मस्याइला पाराको आवाजमा बिमान … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : प्रधानमन्त्रीले जुँगा ट्रिम गर्नुभयो

~कुमार नगरकोटी~ वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन । दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ–टब थियो । बाथ–टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : माइन सेबोटेज

~नन्दलाल आचार्य~ ‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’ श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : पागलको डायरी

~लू शुन~ अनुवाद: दण्डपाणि जैसी दुइजना दाजुभाइ थिए । उनीहरुको नाम चाँही अहिले नभनौं । उनीहरु मेरो स्कूलका साथी थिए । दुवैजनासँग राम्रो मित्रता थियो तर लामो समयसम्म नभेटेकोले भेटघाटको निरन्तरता टुट्यो । केही महिना पहिले तिनीहरु मध्ये एकजना चाँही … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : पाए त आमा

~सुदर्शन थिङ्ग~ पाए त आमा रोजगारी यँहा बस्थे है हाँसेर आउने त पक्का थिएन आमा बाकसमा बाँधेर दशधारे दुधको ऋण है आमा तिर्नलाई यहाँ सकिन बसेर पलाएन भए विदेश है आमा चिल गाडी चढरे सुखका भाति दु:खका खेती गर्दैछु कसेर

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Tree

~Manjul~ Translated by Mallika Shakya Look at the tree through the window It looks back at you Embodying your own self Standing in the darkness Alone Feeling cold

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : गने यसरी गणबहादुर बन्यो

~लक्ष्मीप्रसाद देवकोटा~ यस बर्ष खडेरी परेको थियो । आकाश दाता छ । धार्मिक जनता स्वर्गको भरमा अडेको छ । माथि देवताको महफिलमा कुन्नि के खित्रिक्क पर्न गयो । शायद कुनै क्रान्तिकारी दानवले खरो वचन बोल्यो होला । देवताहरूले नागहरूलाई इशारा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डा ऋषि बस्ताकोटीका एघार मुक्तक

~डा. ऋषि बस्ताकोटी~ न भरोसा अब संविधानको धारामा छ न त केही होला भन्ने नै फेवा रारामा छ तिनैले चाहेको तिर धकेलिँदैछौं हामी जे हुन्छ अन्धा अगुवाको पारामा छ । ************1**************** समयले कसैलाई राजा बनायो, कसैलाई रानी बनायो,

Posted in मुक्तक | Tagged | Leave a comment