Author Archives: Editor

लघुकथा : न्यायको क्षेत्रफल

~शिव भुसाल~ …..र अचानक धनेमाथि कसैले खुकुरी हान्यो । धनेकी दिदी उम्लन लागेको दध छाडेर आई । दाउरा चिदैँ गरेको बुढो बाबु बन्चरो समातेर धनेको बचाउमा आयो । यो सबैलाई एकतमासले हेरिरहेकी धनेकी आमा पारु, जो स्वयं चार वर्षदेखि दमले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मान्छे ठान्छु म त

~शिव वियोगी चौलागाईं~ देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त जे सुकै होस् तिमीलाई प्रेम नजरले हान्छु म त टाढा छ गन्तब्य हिड्न धरै बाँकी छ जीवनको सहयात्री तिमीलाई मान्छु म त

Posted in गजल | Tagged | Leave a comment

कविता : म बिक्री भएको छैन

~महेश रेग्मी~ म क्षत्रि्रस्त जीवन लिएर हिँडिरहेको छु सिंहदरबारको बाटो काठमाडौं मलाई धोका दिइरहेको छ काठमाडौं मेरो हुन सकिरहेको छैन काठमाडौं मलाई कहीँ सिफारिस गर्दैन मलाई मार्न खोज्छ बाँच्न दिँदैन मैले उसलाई जीवनका अङ्गहरू बुझाएको छु तर म उसको छेउ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : समय नै दोषी होला

~खगेन्द्र पराजुली ‘शून्य’~ भेटाएर छुटाउने समय नै दोषी होला ह”साएर रुवाउने समय नै दोषी होला धेरै-धेरै गल्तीहरु भए होला मित्रतामा खुशी मन दुखाउने समय नै दोषी होला

Posted in गजल | Tagged | Leave a comment

कविता : अभिषाप

~बसन्त मोहन अधिकारी~ लोभी, पापी, निर्दही, निर्मोही ! रुप, रङ्ग उडाएर चुस्न सम्म चुस्यौ । बदनाम गराएर उपभोग गर्यौ । त्यतिले नपुगेर

Posted in कविता | Tagged | Leave a comment

कविता : अरुलाई भुल्न थाले

~बिजयकुमार श्रेष्ठ~ विद्याकी खानी तिमी सबैलाई सुबुद्धिको ज्ञान दिने सुबुद्धि दिएका थियौ तिमीले कहाँ गए विधा लिने । गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।

Posted in कविता | Tagged | Leave a comment

गजल : माया पनि लिई गयौ

~केशब आचार्य ~ छाडिगयौ साथ मेरो माया पनि लिई गयौ ब्यथाहरु जिन्दगीका धेरै धेरै दिई गयौ । ओकलेर फालिएको बिष जत्ती मेरै भयो घडाबाट निकालेको अम्रीत सबै पिई गयौ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सतिसाल

~पुरुषोत्तम सुवेदी~ ठूलो वरको रूखको टुप्पोमा काटिएको टाउको आन्द्राभुँडी, कलेजो र करङका लाप्सा ट्वाक्ट्वाक् ठुङ्दै, स्वाद लिँदै समयको बूढो गिद्ध मुक्तियुद्धको पराजयको

Posted in कविता | Tagged | Leave a comment

कविता : अविराम लयः जस्तै जिन्दगी

~साम्ब ढकाल~ मत्स्यन्द्र दाइ हो रहेछ जिन्दगी त अविराम लय नै हो रहेछ । यो कसैगरी कतै जोडिएकै छ नटुटाइकन आमाको काखमा घुँक्कघुँक्क आँसुको गीत हरेक लडाइँमा हारको माला

Posted in कविता | Tagged | Leave a comment

गजल : पानीले झन् पोल्छ

~मनु ब्राजाकी~ आगोले त पोल्छ-पोल्छ पानीले झन् पोल्छ बोल्नेले त बोल्छ-बोल्छ नबोल्ने झन् बोल्छ । आफूलाई बेच्न खोज्यौ भने बुझिराख किन्नेले त मोल्छ-मोल्छ नकिन्ने झन् मोल्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : विदेशको वियोग

~श्रेष्ठ सत्य~ जब साँझको साँडे ६ बज्थ्यो, म काममा जानको लागि पश्चिमोत्तर लण्डनको अल्पर्टन रेल स्टेशनमा पिकाडिल्ली लाइनको पूर्वतिर जाने रेल चढ्न आइपुग्थेँ । मसँगै काममा जानका लागि नेपाली बहिनीहरु सुष्मा र सविना पनि त्यही स्टेशनमै रेल कुरिरहेका हुन्थे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सिपाहीको पत्नी

~शुष्मा रुपाबुङ~ स्वर्णिम अक्षरहरुमा धेरै कुँदिए सिपाहीका कथाहरु वीरत्वको कथा आँट र साहसको कथा धैर्यता र सहनशीलताको कथा त्याग र तपस्याको कथा एउटा अमर इतिहास रचेर लेखकको ताज पहिरिए अनि बेचिरहे सिपाहीका कथाहरु र नेपथ्यमा बने थुप्रै ब्यापारीहरु किन्नेहरु चुकचुकाउँदै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कमीज

~चण्डी सुवेदी~ चाडवाड निकै नजीकै थियो। दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो। हालिदिने भन्दा पनि दशैमा ल्याइदिने भनौ। किनकि पोहोर पनि दशैमा उसले परारकै झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो। नभन्दै दुई चार दिन गन्दै असोज आइहाल्यो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : म रोएको त्यो दिन

~विवशकुमार सेजुवाल~ बार र गते भुसूक्कै बिर्सिएको रहेंछु । आज त्यो दिनलाई सम्झिएर ल्याउँदा मलाई भावनाको पहिरोमा छोपिएको झै अनुभूति हून्छ । जब सेती–महाकालीमा साँस्कृतिक पल्टनहरुको ओइरो थियो त्यतिबेला ती साँस्कृतिक पल्टनहरुसँगै नाच्दै–गाउँदै महाकालीको दोधारा–चाँदनी र सेतीको रामारोशन, बिनायक, छःतारा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : एउटा यात्री

~वैरागी जेठा~ उतिसका पातहरू साउती मारिरहेछन् सल्लाहरू आँसु झारिरहेछन् चम्पापुर उक्लिँदैछु मेरो बन्दुक चूप बसेको छ यात्रा छाँटिएर बीचबाटोमा रोकिएको छ सेनलाई बोकेर म उनकै छायामा हिँडीरहेछु टन्टलापुर घाममा साथी बुझ्दैन सेनको गन्ध सुङ्घदै

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी संर्घष मै रमाउँछौं

~हस्तबहादुर केसी~ हामी संर्घष मै रमाउँछौं संर्घष मै बाँच्दछौं ।। संर्घष नै हाम्रो ज्यान हो संर्घष नै हाम्रो प्राण हो ।। हामी संर्घष मै क्रान्तिका गीत गाउँदछौं संर्घष मै हामी क्रान्तिकारी नाँच नाच्दछौं ।। संर्घष नै हाम्रो उद्देश्य हो संर्घष … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : बाख्राले भनेछ, बाख्राले भैँसीको सिङ धान्दैन

~राजमाया पुतवार~ एकादेशमा एउटा बाख्रा थियो । बाख्रा पनि साँचीकै बाख्रा । ऊ बाख्राभन्दा बढी केही होइन, त्यसैले ऊ बाख्रा मात्र थियो । उसलाई बाख्राभन्दा बढी केही हुनु नै थिएन । त्यसकारण पनि ऊ बाख्रा थियो । कुनैबेला ऊ बयलगाडा … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिहारमा आइन भाई

~आचार्य प्रभा~ टाढा छु परदेशमा तिहारमा आइन भाई रमाइलो चाड बिर्सि अन्त मन लाइेन भाई बिवसताले जित्यो मलाई परदेशमा रुदैछु तिहारको झिलिमिली यहाँ मैले पाइेन भाई

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो हातै मीठो

~बासुदेव बुढाथोकी ‘सागर’~ पिरतीको जातै मीठो,सानु तिम्रो हातै मीठो; मदिरा के चाहियो र!जवानीको मातै मीठो! सन्ध्याकालको अँधेरीमा,पानी भर्ने पँधेरीमा; प्रियालाई बोलाउने पिपिरीको पातै मीठो!

Posted in गजल | Tagged | Leave a comment

कथा : पानी चोर

~लेखनाथ काफ्ले~ आज वडा प्रहरी अड्डामा अजीबको उजुरी पर्‍यो, हिरामान साहुको। त्यही उजुरीको छिनोफानो गर्न भनु वा सत्य तथ्य पत्ता लगाउन उसको छिमेकीको घरमा बस्ने सबैलाई उपस्थित गराइएको छ। उजुरी “मेरो घरको इनारको पानी छिमेकीको घरमा बस्ने डेरावालहरु द्वारा चोरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : ‘फाइभ स्टार जेल’ बाट नेपाल चियाउँदा

~हिरण्य भोजपुरे~ अस्थिर राजनीति र जुनसुकै क्षेत्रमा लथालिंग अवस्था । नेपालको यो हालतदेखि दिक्क भएर यहाँ केही हुन सक्दैन भन्दै विदेश जान खोज्नेहरु धेरै हुन्छन् । त्यसमा पनि युरोप र अमेरिका धेरैको सपनामा हुन्छ । सांगीतिक जोडी हिरण्य भोजपुरे र … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

पुस्तक समीक्षा : निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ पढदा

~सदानन्द अभागी~ बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ?निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

स्वदेश गीत : मेची-काली झंकृत पारी

~रामप्रसाद ज्ञवाली~ मेची-काली झंकृत पारी गुन्जिरहेको जागृति गान जनजनको मन गर्दछ नूतन, छर्दछ जीवन, भर्दछ सान स्वतन्त्रताले राष्ट्रियताले सम्प्रभुताले गर्वित भाल जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : आरनमा तिमी र म

~विप्लव प्रतीक~ खलाँती जसरी फुकिरहेछ हावा र आरनमा ह्वारह्वार्ती बलिरहेछ आगो त्यसैगरी तिमी फुकिरहेछौ सास मेरो पीरको मकलमा, जहाँ सल्किरहेछन् व्यथाका कोइलाहरू । पानीमा चोप्दै, आगोमा सेक्दै जसरी घन पिटिरहेछ तातो राँकिएको फलामलाई

Posted in कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : हात्तीको झुन्ड र खरायोको बथान

~उमाशङ्कर द्विवेदी~ कुनै वनमा चतुर्दन्त नाम गरेको हात्ती आफ्नो परिवारका साथ झुन्डमा बस्दथ्यो । त्यस वनमा लामो समयसम्म खडेरी परेको हुनाले सम्पूर्ण पोखरी, झील, खाल्डाखुल्डी तथा पानीका अन्य मुहानहरू सुकेर गए । यस्तो विकट अवस्थामा हात्तीका ससाना बच्चाहरू पिउने पानी … Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : एकान्त

~सुस्मिता नेपाल~ पतिलाई लग्यो अन्धकार समयले अथाह दुःख छातीमा टाँसेर तिनी छटपटाइरहिन् एकनासले छोरातिर हेर्दै ओर्लिन् आँसुको भर्याङबाट छामिन् दिनलाई मौन रह्यो दिन

Posted in कविता | Tagged | Leave a comment

कथा : ऊ कुन् चीज हो

~राजव~ हरि सिंह कार्की चालीस वर्षअगाडि जङ्गल फाँडेर बसालेको तराइसँग जोडिएको वस्तीको मानिस हो । अठ्र्ठाईस वर्षअगाडि ऊ यहाँ जन्मिएको थियो । ऊ यहाँ जन्मिँदा उसका बाउआमा भर्खर पहाडबाट यहाँ बर्साईंसरेका थिए । त्यस बेला उसका बाउआमासँग यहाँ तीन बिगहा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : औशत माया र जिबन

~रुमन न्यौपाने ‘अमन्त’~ अनुप्रास नमिलेको जिन्दगी बाँच्दै छु । कहिले काँहि पोखिन्छु सफेद पनामा । यादहरुको चपरा पल्टाएर, एक त्यान्द्रो खुसि खोज्दैछु । बिश्वास छैन? म त, बन्द जिबन भित्र दास भएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रिकेट कोलाज

~लक्ष्मण श्रेष्ठ~ १. हर्षको रङ्ग “ए उठ केटा हो !”, बोल्यो हरि। जुरुक्क उठे केटाहरू। टेलिभिजनको स्क्रीनमा बज्न थाल्यो नेपालको राष्ट्रिय गान–’सयौं थुङ्गा फूलका हामी, एउटै माला हामी’। यता केटाहरू पनि सँगसँगै गाउन थाले। शान्त भयो वातावरण। यस्तो पनि हुँदोरै’छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गाईजात्रे देश

~आषिश श्रेष्ठ~ घटना चरीको होस् या परीको, विचित्र, विचार थरी थरीको !! गुन्डा मर्यो लाल झण्डा माथि, निमुखा मरे, सुनकोसी साथी !!

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको शहरतिर

~रुमानी राई~ हिजोअस्ती हो, थाप्लोभरी साहुको ऋण् ढाड कुप्रीनेगरी भारी लादेर गैरीखेतसंगै यो जिन्दगी बन्धकी राखेर सपनाको शहरतिर घर छोडेर हिडेको म उफ्-दुईवर्ष ठाडो उकालो हिंडिसकेछ यो समय! साहुको मुखमा बुझो हाल्न भ्याए पनि जोरीपारीहरुको आँखामा छारो हाल्न सके पनि गैरीखेत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : अपहरण

~टेकु ओली~ सरी ! विशालबजार अगाडी पुग्नै लाग्दा अचानक पछाडिबाट कसैले मेरो आँखा च्याप्प छोपेपछि मान्छे ठम्याउन पछाडी बढेका मेरा हात कसैको छाति सम्म पुग्दा नारी आवाज सुनियो । होलीको दिन करीब ४ बजे होली खेल्ने क्रम सकिएपनि न्यूरोडतिर चहलपहल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment