Author Archives: Editor

गजल : बिपनिमै तर्कनेले

~बि. टि. छेत्री~ सपनिमा किन खोज्नू बिपनिमै तर्कनेले आलोघाउ देख्दा देख्दै नूनचूक छर्कनेले नजरको जालहानी मधहोस पारिहाल्यौ सफाईपो किन दिनू एक्लोपारी फर्कनेले

Posted in गजल | Tagged | Leave a comment

कथा : चमक निमोठिएको स्टार

~धनबहादुर खड्का~ हाम्रो भेट चार वर्षअघि भएको थियो। ऊ मोडलिङको सानदार दुनियाँमा पाइला सार्दै थिई, म पत्रकारितामा बामे सर्दै थिएँ। शुक्रवार निस्कने एक श्यामश्वेत साप्ताहिकको अन्तिम पृष्ठमा ‘फरक पाटो’ भन्ने कोलममा नवप्रवेशी मोडल/गायिकाको अन्तर्वार्ता लिन्थेँ म। यसैमा छापिदिन उसैको गाउँको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्तुको सपना

~वासुदेव गुरागाईं~ ‘बुबा’, चिया लिस्योस् । ‘मम्मीहजुर’ लाई पनि बोलाइस्योस् । चिया सेलाउला । म जान्छु । सन्तुमायाको दैनिकी हो यो । जाडो होस् वा गर्मी । शिशिर होस् वा बसन्त । बाह्रै महिना बाह्रै काल बिहान चार बजे उठिसकेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कथा : वर्डफ्लु

~रजित ओझा~ “वा हेर त !” उसकी छोरीले फेरि हात देखाई।रेखाहरु काला,धुस्रेमुस्रे, भविष्य नै कालो जस्तो,हत्केला चिरा परेका! “के हेर्नु ?” उसले हातमा खासै चासो देखाएन। “मेरो हात नी ! भाँडा माँझ्दा माँझ्दा यस्तो भइसक्यो !” “विहे गरे पछी राख्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मुर्खहरुको देश

~निश्चल काउचा~ चरम बलत्कारको शिकार भई अर्धचेतन अवस्था लडिरहेको सडक टायरको कालो मुस्लो धुँवातिर हेर्दै बर्बराएको सुनिन्छ । ए मुर्खहरू ! आफ्नै सन्ततीको भबिष्य किन अन्धाकार बनाउदैछौ ? बलत्कारीहरू सगरमाथा शिर चुमे सरि अट्टाहास हाँसो हाँस्दैछन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : माया रुपी बिष

~रामचन्द्र कार्की~ काँडा बन चाहे तिमी, फूल बनि बास्ना देउ, पर पर सर्यौ तिमी, किन आउथ्यौ मेरो छेउ । डाँडाकाँडा पहाड पर्वत, स्वर्गरुपी संसारमा, मेरो माया थन्काई दियौ, धुरी चुहिने धन्सारमा । जति अग्लो बन्छु भन्छ, हेर बाँस निउरी राछ, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : मिल्नु पर्छ मिलौन है…….

~कुन्दन काफ्ले~ लेखेर त्यो प्रेम पत्र, कति पटक काटें होला । देखेर ती निश्चल आँखा, कति पटक ढाँटे होला । नढाँट्नु ढाँटे मैले आफैंलाई पटक–पटक । मनलाई आश्वासन मीठो कति पटक बाँटें होला । सफलता मिल्नु पर्छ, तिमीलाई फेरी पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : स्तरीय कथाहरूको संकलन “पाखाको”

~हरि अधिकारी~ “पाखाको” जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : तिमी र म, मात्र तिमी र म

~शर्मिला खड्का दाहाल~ प्रेम शक्तिको निकास बन्छ । प्रेम बहाव हो । सिर्जनात्मक हो प्रेम । त्यसैले ऊ बहन्छ र तृप्ति ल्याउँछ । त्यो तृप्ति यौनको तृप्तिभन्दा अधिक धेरै मूल्यवान र गहिरो हुन्छ । जसलाई त्यो तृप्ति मिल्यो ऊ फेरि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : दुःखले छुँदा

~सुस्मिता नेपाल~ कहिलेकाहीँ दुःख पर्दा म बेस्सरी आत्तिने गर्छु । मनभित्र अनगिन्ती कुराहरूले किचेको अनुभव गर्ने गर्छु । संसार नै अन्धकार हुँदै गएको देख्न थाल्छु । मनभित्र अनगिन्ती तरङ्गहरू फैलिन थाल्छन् । कहिले बाहिर कहिले भित्र गर्न थाल्छु । केही … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सबैभन्दा खत्तम म

~आर आर छुछुनर~ मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउँदा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउँदा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी नभएर पनि

~अशोक ‘खलानको मान्छे’~ तिमी नभयर पनी त घाम झुल्कन्छ पाहाडबाट मेरो माया घामको पाईला संगै खोजी हिड्छ बिहानी बट तिमी नभएर पनि,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जिम्मेवारी

~कात्यायन~ – “काँधमा थप जिम्मेवारी !” – कुनै एक-दिन सर्वदलीय सभामा हामीहरू सहभागी भएकाथियौं | थुप्रै साथीहरू आ-आफ्नै मोबाईलका खेलमा व्यस्त थिए | मेरो एकजना मित्र पनि फेस-बुकको एउटा खेलमा सम्मिलित थियो | खेलको नाम थियो, – “तपाईंको फोटो नेपाली … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : यात्रा भो अधुरो

~दिलिप योन्जन~ हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो। भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी आखाको सामु, पराए भयो, चाहेको माया नि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता  : जानु अघि शहरतिर

~मसान उपासक~ जानु अघि शहरतिर हेर्नु —आमाको पुरानो मजेत्रो भन्नु —अर्को साल फेरौाला सुन्नु—बाबाको युगौादेखिको सपना सम्झाउनु—अव नयाा सपना देख्नुपर्छ नविर्सने गरी हेर्नु —आफ्नो दौतरी अनुहार देखाउनु—देब्रे गालाको खत अलिकति याद छाड्नु यतैकतै भन्दिनु फूलमायालाई त्यही यादले बाच्नु पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेडुसाहरुको राज्य !

~दिवाकर स्वप्नील~ भाग्दैछु पर__तिमीदेखी! पाउँछु तिमीभित्रै आफुलाइ । मायावी जालले पछ्याइरहन्छ निरन्तर। म भित्र तिमी छौ या तिमीभित्र म ? म उही दोधारमा पल्टिरहेँ- तिमी र कविता ? पहिल्याउँदै तिम्रो आत्माको मार्ग विचरण गर्दै मनको भित्तामा तिम्रो मनकै परिभाषा कोरेँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अनाथ

~श्यामसुन्दर अग्रवाल~ अनाथ केटाको दूधजस्तो उज्यालो कपडातर्फ ध्यान दिंदै जग्गुले सोध्यो– “तँ विद्यालय जान्छस् ?” “अँ, अनाथालयका सबै बच्चाहरू जान्छन् ।” “ठूलो भाग्यमानी छस् ?” जग्गुले अनाथ केटालाई कृपादृष्टिले हेर्दै भन्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लज्जा

~मीरा प्रसाईं~ अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए । ब्यस्तताको बाबजुद थकित र गलित भए पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन चिन्न नसक्दा

~श्रीराम अधिकारि~ कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईक्ष्या पनि पुरा गर्न नसक्ने । पार्बती एकोहोरो सरापी रहन्छिन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रुर मान्छे

~बिना थिङ तामाङ~ अनन्त उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो ।पछिल्लो केहि दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ ।अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरु सफा गर्दैछु । यति साबधानीका साथ कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ज्यादै मिलनसार आलु

~दिनेस काफ्ले~ म फेरी आलुको नालिबेली खोज्न चाहिन । एस क साखा सन्तान सात पुस्ता को बारेमा कि त उनै भैरे गलत भैरब आर्यल नै जान्लान कि त भाशाशास्त्री म त एती मात्र जानेको छु कि खादा मा मिठो हेर्दा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : भूमिका

~दीपक राज~ सत्य युगमा एक दिन शनी महाराज र लक्ष्मी को बिच मा को ठुलो भन्नेबिबाद परेछ यसको टुङो लगाउन महादेव थिम पुगेछन महादेब ले कस्लाई ठुलो भनौ एक लाई ठुलो भनौत अर्कोरिसाउने फलानो ठुलो भन्न भन्दा अन्तै पठाइदिय बेस … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुर्झाएको अतित

~पार्वती शाही~ चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरिले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु । एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दान

~रञ्जुश्री पराजुली~ म आमाबुबाकी मायालु छोरी थिएँ। त्यसैले उनीहरूले मेरो नाम माया राखेका रहेछन्। गाउँमा जन्मिएर मेरो घरमा धनको छेलोखेलो नभए पनि प्रेमको अभाव थिएन। मभन्दा दुई वर्ष जेठा मेरा दाजुको नाम पनि प्रेम नै राखेका रहेछन् उनीहरूले। माया र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश , समय र नियती

~सुरज सोडारी~ हेडलाईनमा उत्तिकै महत्वको गर्व गरिरहेका हुन्छन जब छुट्टा-छुट्टै दुई समचारहरु १. “अन्तरमहादिपिया ब्यालेस्टिक मिसाइल परिक्षाण” र २.” जाजरकोटमा सिटामोलको अभाब” यस्तो लाग्छ , नांग्लो ठटाएर लुतो निबारणको उत्तेजना सुसेल्ने मान्छे हामी कतै युगले धिकारिरहेको त छैन?? सोच्छु,

Posted in कविता | Tagged | Leave a comment

कथा : बाछिटा

~सरोजकुमार अर्याल~ भन्छन यो एउटा शक्ति हो। जो भीडमा पनि एक्लिन सक्छन्, म पनि त्यस्तै भएकी छु तर त्यो ममा पलाएको कुनै शक्ति होइन। त्यो त एउटा रोग हो, एक्लोपनको। घरी घरी कान छेउबाट गोली हावा चलाउँदै जाँदा झस्कन्छु। बस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पाठ १. भोलि कण्ठपारेर आउ है !

~चट्याङ मास्टर~ संविधान X १ = संविधान संविधान X २ = अन्तरिम संविधान संविधान X ३ = मस्यौदा नयाँ संविधान संविधान X ४ = सहमतीय नयाँ नेपालको संविधान संविधान X ५ = बहुमतीय गणतान्त्रिक पहिचान सहितको संविधान

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : स्खलित बैंश

~आचार्य प्रभा~ चन्द्रमाको आभासँग कल्पनाको चुम्बन साट्दै तिर्खालु ती अधरहरु तृप्त बन्छन् र टोल्हाउँछन् आफैभित्र मदमस्त भएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : आगो सल्किदै गएको छ

~प्रकाश सुनुवार ‘निराकार’~ सुन्दर आदिम बस्तीहरुमा विष बोकेर केहि सर्पहरु पसे तिनीहरुले बस्तीहरुको घाँसपातहरुलाई छोए – घाँसपातहरु मरे माटोलाई टेके – माटो पनि म¥यो हावालाई चलाउ – हावा पनि दुषित भयो वचेखुचेका वनजंगल, माटो, हावालाई पनि कब्जा गरे आप्mनो अधिनमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : फूलबारी

~मीना बज्राचार्य~ मेरो सानो फूलबारी नजिकै छ घरबारी फूलहरू छन् थरीथरी फूलका रंग कति थरी पुतली र भमराहरू

Posted in बाल कविता | Tagged | 1 Comment

सूत्रकथा : रहर

~भूधरा उपाध्याय~ – श्यामले संसद बैठकमा धेरैजसो सांसदहरु हाई गर्दै निदाएको देख्यो। – त्यसको केही दिनपछि सांसदहरुको तलब बढेको

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : अम्रपाली

~जीवनकुमार शाक्य~ मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment