Author Archives: Editor

कविता : म दीपक

~दीपक जडित~ म दीपक तिमीले जलायौ र जल्दैछु शनै: शनै: रित्याउँदै आफुलाई दियालोको तेल जस्तै छोडेर केहि उज्यालो तिमीलाई हेर मेरा ईच्छाहरुको पच्छ्यौरी लहराएको छु धुँवासँगै तरँग फैलाउँदै किरणहरुको मेटीरहेछु आफुलाई पल पल

Posted in कविता | Tagged | Leave a comment

कथा : अलखोरको मिराज

~शकुन्तला जोशी~ “हामी जस्ता गरीबको जिन्दगी भन्नु त्यो अक्करे भीर जस्तै त हो नि ! सधैं अप्ठ्यारो, जहिल्यै दुःख । तर, तिनै भीरमा हाम्रो पूर्खाको नाभी गाडिएको छ । त्यही भीरका गुराँसमा उनीहरूको रगत फुलिरहेको छ । दुःख भयो भन्दैमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : न यता भएँ न उता भएँ

~मोतिराम भट्ट~ यति सम्म प्रीति गरी गरी न यता भएँ न उता भएँ, नत मन् लियें नत दीदियें न यता भएँ न उता भएँ । नत होस् वासकि राखियो नत फूलको रस चाखियो, नत याद भो नत स्वाद भो, न … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : कुन देशकी चरी हौ तिमी

~कृष्णहरि बराल~ कुन देशकी चरी हौ तिमी कुन देशकी परी मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी आँखामा देख्छु जादु सुवास सदा छ भेषमा छल्केको देख्छु भाव नयाँ कोमल ती तिम्रा ओठमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : क. कुसुमको सम्झनामा

~रेम राना~ अजंगको शरीर ढल्यो ०६८ भदौरे यामको भेल झै सीमाको जंगे पिल्लर जस्तै अजंगको शरीर ढल्यो प्रकृतिको नियम पनि कस्तो सोंच्नै नसकिने आकस्मिक घटना जस्तो चाँदवारीमा बाल्यौ तिमी ज्योति

Posted in कविता | Tagged | Leave a comment

कथा : अमूर्त आकार जिन्दगीको

~गोविन्द श्रृङ्खला~ भावनाको आवेगमा पनि अनौठो कुटीलता हुंदो रहेछ । एउटा आत्मीय अन्तरहृदय भित्रको भावनाको पनि अर्थ लगाइदो रहेछ । कसैले नवोलेका र अभिव्यक्त नभएका शव्दहरुको अडकल काटिदो रहेछ । एउटा बिशेष परिस्थिीतीले सिर्जना गरेको समय भित्र कसैले नचाहेर पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अक्षर आरम्भ भएन

~शिवराज पन्थी~ सूर्य झल्किएला भनेको बस्तीमा सधै रात भइरहने भो चाँदनी रातको चन्द्रमा समेत डुबेर चकमन्नै अँध्यारो भइरहने भयो ए ! नयाँ नेपालका पहरेदारहरू सदन र सडक अलपत्र कहिलेसम्म ?

Posted in कविता | Tagged | Leave a comment

कविता : न्युयोर्कका गल्लीहरूमा

~पवन भन्डारी “किरण”~ बसस्टप नजिकै एकोर्डियन बजाउने दुःखी बृद्धको कथा “सब वे” मा बूढो भ्वायलिन बजाएर टाइटनिकको धुन बजाउने बूढी आमैको कथा म्यानह्याटनका फराकिला गल्लीहरुमा

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Bullet

~Keshab Silwal~ Translated by Yuyutsu Sharma This is the rose that a dictator pins on your chest and numerous dead bodies line up… People with guts target people with shining chests. This is a medal earned in the name of … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

नैतिक कथा : अभागी सोमिलक

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : अकल्पित भोगाइ

~शर्मिला खड्का दाहाल~ “साहुनी ……..। दुई कप चिया” प्रत्येक दिनको सुर्यादयको पहिलो भुल्काका साथसाथै उसका कानमा प्रतिध्वनित भइरहन्छन्, यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । “साहुनी” भन्नेबित्तिकै कहिले उनी आफै “कति कप चिया ? भन्न पुग्छिन् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : तिमी जात देख्छौ ?

~लक्की चाैधरी~ मैले बोल्दा, लेख्दा जात देख्छौ उठ्दा, बस्दा कराउँदा नि जात देख्छौ । तिम्रो मथिङ्गल बिग्रेको हो कि मेरो, सुत्दा, खेल्दा र खाँदा’नि जात देख्छौ ?? हाम्रो बालापनको स्मरण गरौं, धुलाम्य माटोमा खेल्दाको स्मरण गरौं । खोला, तलाउमा सँगै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : झुठो आत्मरति

~डा. लेख निरौला~ छन्द : स्रग्धरा उस्तै नै देश देख्दा तन-वदन सबै क्रोधले चूर्ण हुन्छ नौला नौला हजारौँ यतिउति गरिए भन्नु धिक्कार हुन्छ देखेथे स्वप्न राम्रो जति पनि जगमा वीर पुर्खाहरूले… गर्लान् झैँ छैन केही मुलुक हित हुने पूर्ण बाँकी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सराप

~केदार शर्मा~ यसवर्ष रौरव नर्क बनोस् मेरो देश चारैतिर कोलाहल मच्चियोस् सजायको पापी, अपराधीहरूको छट्पटी देखेर अपराध आफैँ कहालियोस्। यसवर्ष मान्छे मार्नेहरूलाई पछुतो होस्, ग्लानी होस्, अपराधबोध होस् र भइरहोस् उनीहरूको प्रत्येक निद्रा ऐँठनबाट खुलोस्

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कथाकार भवानी भिक्षुको प्रवृत्तिगत आलोकमा ’मैयाँसाहेब’ कथा

~कृष्णप्रसाद कोइराला~ भवानी भिक्षुको परिचय माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा विक्रम संवत् १९६६ साल जेठ २१ बिहीबारका दिन लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका भवानी भिक्षु आधुनिक नेपाली कथाको फाँटमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : निबन्धकार जगदीश घिमिरेको ‘स्वभाव’ उपशीर्षक निबन्धका केही घतलाग्दा कुराहरू

~तोयराज कोइराला~ वि.सं. २००२ साल चैत्र– २८ गते जनकपुर अञ्चलको रामेछाप जिल्लाको मन्थलीमा जन्मेका निबन्धकार जगदीश घिमिरे अचेल काठमाडौं चोभारको आÇनै घरमा बस्छन् । समाजशास्त्र र जनसङÑख्या विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिएका घिमिरे उनकै प्रकाशित कृतिका आधारमा हेर्दा उच्च वर्गीय … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : तीजको गीत

~लेखनाथ काफ्ले ‘राजन’~ तीज को लहर माइत जाने रहर आउ नाचौ दिदीबहिनी दिलै खोलेर घरधन्दा सधैभरी दु:खकस्ठ झेल्नुछ आउ गाऔ सङीनी हो दिलैखोलेर रातो साडी लगाकी छु बुट्टे चोली साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : हामीले खेति गर्दा सानु

~दिनेशराज पुरी~ अज्ञात बस्तु खित्खितायो हामीले खेति गर्दा सानु । काँडाहरु उम्रिएछन फूल भनि छर्दा सानु ।। सपनीमा कस्ले थिच्यो बोल्न पनि गाह्रो पर्यो । भैसीँ रैछ लगारेछु आङ समाती चर्दा सानु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेश

~गोपालप्रसाद पौडेल~ बल्ल पढ्न गाथें राम्रै भाको थ्यो बानी राम्रो भन्थे इज्जत आको थ्यो घरको काम गर्दा मज्जा आको थ्यो बाबुआमा हामि सङ्गै सुख भाको थ्यो ।। विदेशमा जाने सपना देख्न थालेथें ठुलो रकम रिण गरि तेतै हालेथें

Posted in कविता | Tagged | Leave a comment

गजल : आउँछ्यौ किन ?

~‘इखालु’ रमेश गेलाल~ बिपनी मै छाडे पछी सपनीमा आउँछ्यौ किन ? जता जता छायाँ मेरो उतै उतै धाउँछौ किन ? एकै नदि दुइ किनार पारी मलाई गए पछी नदी बिचमै मलाई डुवाई डुङ्गा तिमी ख्याउँछौ किन ?

Posted in गजल | Tagged | Leave a comment

कविता : तागत

~सुको साइबर~ मैले कोरेको अक्षरको आँखामा तिमी निर्वस्त्र निदाउन सक्छ्‌यौ मैले उघारेको आँखाको आकाशमा बिनापखेटा रहर पुगुन्जेल उड्न सक्छ्‌यौ

Posted in कविता | Tagged | Leave a comment

गजल : कपुरी क पढेको

~राई रमेश “गाउले”~ संझन्छु म बालापन,कपुरी क पढेको हैट घोडा हैट भन्दै,आपाको काध चढेको सिन्काउली,डण्डीवियो,चोर पुलिस खेल्दा घुडा माथी चोट छनी,त्यसैवेला लडेको

Posted in गजल | Tagged | Leave a comment

गजल : माया बसे पछि

~राकेश कार्की~ बिदेशीसँग माया बसे पछि यस्तै भो मायामा फसे पछि नजिक गई ब्युटीफुल भन्छु दश थरी मेक्अप् घसे पछि

Posted in गजल | Tagged | Leave a comment

कथा : परिवर्तन

~निशा खनाल अर्याल~ समय परिवर्तनशिल छ । सायद त्यसैले होला ,बिहान उदाउने सुर्यले बालक कालको अनुभूति दिन्छ । सुर्योदयको न्यानो ताप जन्मदाको सानो बालकलाई काखमा लिदा,जस्तै सुन्दर गर्व र आनन्दको अनुभूति दिने गर्दछ । जीवनका तिता मिठा पलहरु संग बढ्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अब त बाँचिन्न होला

~इद्रिस सायल~ आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो । भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : देशकै नाम लिए हुन्छ

~के.आर.बिबश राङ्खानी~ मर्नु परे देशमै मरौ देशकै नाम लिए हुन्छ देशले चाहे मेरो बली हासी-हासी दिए हुन्छ रुदिनन मेरी आमा नेपालीकी छोरी उनी एक,दुई शब्द इतीहासमा मेरा नामले सिए हुन्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : लोलाएका ती ठूला

~म. बि. बि. शाह~ लोलाएका ती ठूला तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अर्को केही सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै स्पर्शमात्र पाए चाहिन्न अर्को केही

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : सुन्तली

~मोहन आचार्य जलद~ (कुण्डली देखाएर बिबाह गरेर के गर्नु ? उ त अर्कैलाई लिएर कुलेलम ठोकेछ हेर्नु न मेरो दशा ? कोही छ ? मेरो कुरा सुन्ने ?? सुन्तलीले आक्रोश पोख्दै भनि … दाताराम चुपचाप हेर्दै नहेरी आफ्नो बाटो लागे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रिय प्रतिक

~पस्मिना बस्नेत~ मलाइ मेरा कथाहरुले सुत्न दिएनन्, मलाइ मेरा सपनाहरुले ब्युउझाईरहे, भन्न मन लाग्यो छाती खोलेर , धक फुकाएर जति लुकाउन भन्दा नि लुकेनन , जति छोपु भन्दा नि झन् माथि-२ आए याद हरु यी-छिप्पिंदै गएका रातहरु संगै उठेका धेरै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : मेरो मनको मधुर गीत

~बच्चु कैलाश~ मेरो मनको मधुर गीतमा तिम्रो सङ्गीत बजिरहोस् उर्लिरहोस् प्रीति हृदयमा जीवन आशा छल्किरहोस् ।। मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस् निर्मल नीलो आकाश झैं हाम्रो माया विशाल होस् ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोबैज्ञानिक कथा : सिर्सासको लडाँई

~रुमन न्यौपाने ‘अमन्त’~ १. सगुन ! ए….. सऽऽगुन ! “हेर तिम्रो लागी केही लेराएको छु” । “सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले । “तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कविता : सानी चरी

~निर्मला अवस्थी~ फूर्र फूर्र उड्दै आउँछन् दुइटा साना चरी मेरो घरको दलानमा बस्छन् डेरा गरी एक्लै होइन दुबै मिली घुर्‍‌र्यान बटुलेर बनाउंछौं गुंड भन्छन् मेरै कोठा निर। जीवन साथी होलान् दुबै मिली काम गर्छन् घुर्‍‍र्यान सबै फालि दिए फेरि खोजि … Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment