Author Archives: Editor

कविता : कर्णाली

~शिलु अज्ञात~ कर्णाली को पानी माँ आशु बग्छ , कुना कन्दरा हरु पीडा बोल्छन, आकाश डम्म सधै कर्नालीको, बस्तिहरू सदा जागै बस्छन |१| अमूर्त सौंदर्य छाती भित्र, तैपनी अनुहार धमिलो , देश तिम्रो हृणी छ कर्णाली ,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खबर पुर्‍याइदेऊ न

~अरुणा बैद्य~ ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर म हेरिरहेको थिएँ, मौन आँखाले कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित फर्केर हेरेँ रातो डाँडा बोलिरहेको थियो – तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई एउटा खबर पुर्‍याइदेऊ न- … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिभूषण

~अज्ञात~ लेखकज्यू हजुरले देख्नु नै नभएको हो कि जानीजानी टाहोलीदै हुनुहुन्छ -’ परिचित आवाज सुनेर थोरै झस्किदै आवाज आएतिर म फर्किए । रवाफीलो त्यो अनुहार मुस्कुराउदै मलाई नै एककोहोरो हेरीरहेको थियो । ‘अस्तिनै मैले लेखक भनेर कुरा गरेकी थिए नि, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अमर त्यागीका आठ मुक्तकहरु

~अमर त्यागी~ धुकधुकी हो राष्ट्रियता हृदय हो देश मेरो शरीर हो सम्प्रभुता संस्कृति हो भेष मेरो । पुर्खाको पसीना र शहीदको रगतले सिंचेको यो मृत्तिकामै रम्नसकूँ जिन्दगानी शेष मेरो ।। ढुंगालाई देवता बनाउँछन् र आफूलाई ढुंगा बनाउँछन् मान्छे निर्धाको बली … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : किनकि म हेडसर

~असीम अज्ञात~ शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ मैले पढाउने होइन सबैलाई कराउनुपर्छ किनकि म हेडसर । शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ म आए पनि हुन्छ नआए पनि हुन्छ किनकि म हेडसर ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ठेला हत्केलाको

~रन्जु ‘मार्ग’~ हेर न ठेला हत्केलाको हेर न पसिना निधारको तै पनि भन्छन पुग्दैन खान पल्लाघरे जेठा बा’को ! जाँदछन उनी खेतमा हलो र जुवा बोकी बढदछ दम श्वास पनि

Posted in कविता | Tagged | Leave a comment

गीत : कति माया लाग्छ

~बुद्धवीर लामा~ कति माया लाग्छ रे मै ढुंग्रेमुन्द्रीको आमाले माया गरी किनिदिएको पूर्खाको पेवा पैसा गनिदिएको निधारमा टिका नाकमा फुली सिरैमा सिरबन्दी गलामा लाउँछु कम्पनी माला भएर पियारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सियो

~बिमल गुरुङ~ मलाई थाहा भयो मान्छेहरु अझ निन्द्राको जङ्गलबाट उम्केर खुल्ला चौरमा पुगिसकेका छैनन् त्यो खुल्ला चौर जहाँबाट आफूलाई हेरिन्छ जहाँबाट अरुलाई हेरिन्छ जहाँबाट सारा संसार देखिन्छ । तर, जति जागेका छौं हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : वान्छित सल्यक्रिया

~कुन्दन काफ्ले~ प्रणली कमसल हुन्न कुनै पनि केही गरी, अंगको खराबी हो, पीर्छ जसले घरी–घरी, आँटेरै फाल्नु बेस उखलेर त्यसको जरी, नत्र लाग्ला क्यान्सर है, रह्यो भने कसैगरी । पाँचै औंला एकैनास छैन हातमा तर,

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : चाँदनी रात झल्मलाएछ

~हुसैन खाँ~ चाँदनी रात झल्मलाएछ जिन्दगी सङ्ग मुस्कुराएछ आँगनीमा मिठो हवा चल्दा मख्मली फूल मग्मगाएछ

Posted in गजल | Tagged | Leave a comment

कविता : शहीदहरु

~सञ्जय संयोग~ १. जन्मभूमि हो यो मेरो वीर पाखुराले रचेको जन्मभूमि हो यो मेरो शहीदको रगतले सिंचेको २. शहीदहरुको यो बलिदान खेर नजाओस् बगेर रोकौं नेपाली यसलाई हामी सिमानामा बााध बनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : अनुराधा तिमीले

~आचार्य प्रभा~ शाहसको आसुँ झार्न सिकायौ अनुराधा तिमीले राहतको पूल तार्न सिकायौ अनुराधा तिमीले । ममत्वको भिक्षा बाँड्न लगाइ मनबाटै यसरी कलेजीको माया सार्न सिकायौ अनुराधा तिमीले ।

Posted in गजल | Tagged | Leave a comment

गीत : हाँसो मैले कहिल्यै देखिन

~देव वज्राचार्य~ प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन रुझेका परेलाहरु मैले कहिल्यै ओभानो देखिन प्रिय तिम्रो मुहारमा हाँसो मैले कहिल्यै देखिन

Posted in नेपाली गीत | Tagged | Leave a comment

मुक्तक : जीवन

~उषा शेरचन~ – १ मायाको पोको रहेछ जीवन अतृप्त धोको रहेछ जीवन एक न एक दिन बिलाउनै पर्ने पानीको फोको रहेछ जीवन । -२ हुरीले बतासिएको चील रहेछ जीवन एकलासे जंगलको झिल रहेछ जीवन

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : नाम नपाएको सम्बन्ध

~विश्वराज अधिकारी~ मेरो अन्तरङ्ग मित्र दिवाकरकी पत्नी, राधाको बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा यति धेरै कुरा बताएको थिए“, उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा यति प्रशंसा गरेको थिए“ कि ग्रीष्मा पनि तयार भएकी थिइन्, राधालाई भेट्न । ग्रीष्मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कस्तो माया हो ?

~प्रेम लामा~ “लभ गर्ने बेलामा गरिस् । अहिले नलैजान्न भनेर हुन्छ ?” एक १३ वर्षीया केटी कोपिला (नाम परिवर्तन) ले सबैको सामु भनिन् । तर १५ वर्षिय उनको ब्वाय फ्रेन्ड भनौदो डेबिट (नाम परिवर्तन) को जवाफ थियो–“म तँलाई मन पराउँदिनँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आपसी मेलमिलाप

~वीरेन्द्र साह~ सर्लाही जिल्लाको सीतापुर भन्ने गाउँमा रामबाबू सिंह बस्थ्ये । उनकी पत्नी मायादेवी, दुई छोराहरू राधेकृष्ण र श्याम थिए । यिनीहरू अत्यन्त गरिब थिए । रामबाबूले वीरगंज शहरमा ठेला चलाएर आफ्नो घरपरिवार चलाउँथ्यो । उनले परिश्रम गरेर घरखेत पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : लोभको परिणाम

~रमेश पटेल~ एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : पिच्कारी

~श्रेयज सुवेदी~ बिहानको घामले पर्दा छिछोलेर कोठाभित्र पस्नसमेत भ्याकाथेनन्…माँको फोन बज्यो । सिरानीमा भएको फोन अध्कल्टो निद्रामा उठाएँ । हेलो पनि नभनी सीधैं सोध्नु‘भो, “घर आउँदैनस् ?” होली खेल्ने मन नभएको र घर नआउने कुरा हिजै जानकारी गराए तापनि एकाबिहानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिरामी

~श्रेयज सुवेदी~ म कमजोर छैन । म चुपचाप छु । यसको मतलब यो हैन कि म बोल्न सक्दिनँ । तिम्रो हरकतको प्रतिक्रिया दिन्न यसको मतलब यो हैन कि मलाई प्रतिकार गर्न आउँदैन । मेरोबारे नकारात्मक सोच पाल्ने तिम्रो उपस्थितिले बान्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. उषा चढिन् रे सल्लो ! स्वर्ग भयो आकाश उपल्लो ! त्यसको मछाया, ताल धरामा, तल्लो ! सुन्दरताले झस्केको, वायुमण्डल हाल्यो ! प्रतिस्पर्शले क्या बादल बल्लीे , फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो ! ख. पन्छी–गाना उडाइन् तिनले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : साथीको चिठी

~यमुना प्रधानाङ्ग ‘मुना’~ मेरो हातमा चिठी ? कसको होला ? म पठाउने व्यक्तिको नामै नपढी आफ्नै मनमा अनेकौं कुरा गुन्न थालें । चिठी पठाइहाल्नुपर्ने कारण के थियो होला ? चिठी नै पठाउनुपर्ने भए पहिले फोन गथ्र्यो होला किनकि मेरा आफन्तहरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहास

~अभय भट्टराई~ अनौठो हुलिया भएको एउटा मान्छे हरेक दिन त्यो पबमा आउन थालेको छ । उसलाई कसैको मतलब हुँदैन । दा¥ही छ, सेतै फुलेको । पावरवाला चश्माभित्र गहिरा आँखा । अनुहार गम्भीर । हातमा ल्यापटप छ, ल्यापटपमा केही काम गरिरहन्छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म मदन र मेरी मुना

~टंक सम्वाहाम्फे~ उता नेपालबाट म मदन र मेरी मुना सपनाहरू खोज्दै अर्को भोट हङकङ टेकेको पनि बर्षौ वितिसकेछ तर म मदन र मेरी मुनाका सपनाहरू सपना बनेर अझै आएका छैनन् घाम भएर अझै उदाएका छैनन्, हङकङमा हामीले परीपरीका सपनाहरू देख्यौ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : ननिभ्ने दिप

~दिलिप योन्जन~ ननिभ्ने दिप हो, हाम्रो माया प्रिती हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी। दुख सुख जिन्दगीको, जिउने मिठो आधार जन्म२ रहन्छ माया, इतिहास भै अमर

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : चियांगमाईमा श्रोंगकानको वर्षा

~प्रणिका कोयु~ आजको यो वर्षामा पानी वर्षेन थोपा-थोपामा न त बन्यो भेल बिजुली चम्के जस्तो आकाश गर्जे जस्तो अनि यस्तोमा, सडकमा म उभिएर ठिङग रमिता बनें

Posted in कविता | Tagged | Leave a comment

कथा : अनि बेचिए दुःखीराम

~रामनाथ खनाल~ “यो इन्द्रावती कता बगेको ?” रमिताले बडो अचम्मको प्रश्न गरी । मैले हाँसेरै जवाफ फर्काएँ, “अरे मूर्ख, नदी कता बग्छ, उत्तर कि दख्खिन ?” उसले गम खाँदै भनी, “यो त उत्तरै बगिरहेछ ।” साँघुरो बाटोको कान्लामा पिठयूँ अड्याएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : बुध्द

~घिमिरे युवराज ‘कर्जुना’~ मान्छे गाई बेचेर दुध किन्छ जग्गा बेचेर अन्न किन्छ घर बेचेर डेरामा बस्छ वा जाडोमा आफ्नै लुगा बालेर अागो ताप्छ र भन्छ दु:ख पाएँ !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ए नेताज्यू, एकछिन लजाउनुस् यार !

~योगेन पौडेल~ उता दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ यता हजुरलाई टायर बाल्न पुगेकै छैन रेलिङ्ग भाँच्न पुगेकै छैन हाम्रालागि हामीलाई हामीबाटै मुक्ति दिन पुगेकै छैन ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : एटीएम कार्ड

~समीर पाख्रिन~ मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : भाइचाराको नाता

~निर्मला अवस्थी~ जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।। सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : रंगीन फुलहरु भित्रका रंगिन सपनाहरु

~प्रकाश सुनुवार ‘निराकार’~ भीरमा एउटा फुल फुलेको छ रंगीन छ भीर पनि रंगिन भएको छ सर्वत्र रंगीन तुल्याएको छ रंगिन फुललाई कोहि सजाउनका लागि जुटेका छन् कोहि टिप्नको लागि जुटेका छन् कोहि उखेलेर प्mयाँक्न भएभरका बल प्रयोग गरिरहेका छन् कोही … Continue reading →

Posted in कविता | Tagged | Leave a comment