Author Archives: Editor

पशुपति कर्माचार्यका १५ हाइकुहरु

~पशुपति कर्माचार्य~ —-शान्ति ॐ शान्ति— शान्ति ॐ शान्ति त्रिपिटक रक्ताम्य डर अन्त्यको । हिमाल रुन्छे प्रकृतिको काखमा आँशुको ताल । फूल बगैचा माहुरीको साम्राज्य सेक्स फ्रिडम । कला-संस्कृति

Posted in हाइकु | Tagged | Leave a comment

समीक्षा : हिमवत्खण्ड महाकाव्यमा अलङ्कारयोजना

~घनश्याम दाहाल~ १. पृष्ठभूमि नेपाली महाकाव्यको विकासको आफ्नै किसिमको इतिहास र परम्परा रहेको मानिन्छ। कविताकै ठूलो रूप महाकाव्य भएकाले पनि विकासको पृष्ठभूमिसँग सह–सम्बन्ध रहनु स्वाभाविकै ठानिन्छ। नेपाली महाकाव्यको विकासमा महाकाव्यकार भानुभक्त पोख्रेलको महत्त्वपूर्ण भूमिका रहेको बुझिन्छ। उनका मृत्युञ्जय (२०४७), जागृतिराग … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : पिरतीको मिठो तिर्सना…

~तुलसी घिमिरे ~ हुँदैन रेलिमाई चट्ट बिपना हुँदैन रेलिमाई माया बिर्सन केटा : पिरतीको मिठो तिर्सना सकिँदैन चट्ट मेटिन हो पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो टप्प टिपन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Lonely I am….

~Krishna Bhakta Shrestha~ Translated by Yuyutsu Sharma Lonely I am as a yoked bull in a life consumed beyond orders of human exhaustion lonely like a lump of flesh and blood waiting in a mother’s womb to grow into a … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : नजोडीएको साईनो

~उर्मिला थपलिया~ भाग-१ नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : आत्मदाह छाडेर ‘माधवी’ लेखेँ

~मदनमणि दीक्षित~ जीवनमा मैले के-कस्ता र कति सङ्घर्ष गरेँ बताउन गाह्रो छ । जीवनमा भयङ्कर आँधिबेहरी आओस् रूखपातलाई भूािसम्म निहुराओस् तर त्यो आँधिवेहरी सक्किएर गएपछि सबै घाँसपातलाई बढारेर लगोस् र सबै निहुरिएका तङ्ग्रङ्ग भएर उठुन जीवन बाँच्न निम्ति हो, आनन्द … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस् अथवा गँड्यौला संविधानलाई संविधान भन्नोस् अथवा चुटकिला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बहरबद्ध गजल : पाइन्न नानी

~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात तपस्या गरी बैँस पाइन्न नानी गुफाभित्र तारा चियाइन्न नानी ।। तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया दुना-थाल हेरी अघाइन्न नानी ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी आउँछौ भन्ने आशै आशमा

~यादव खरेल~ तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु तिमीले नदी किनारमा गएर सुन्नू म कल्कलाएको हुन्छु म तिम्रो मुटुको ढुकढुकीमा सुस्तरी चल्बलाएको हुन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्कृति परिचय : बज्जि र बज्जिका

~शीतल गिरी~ बौद्ध ग्रन्थ ‘अंगुतर निकाय’ एवं जैनग्रंथ ‘भगवती सूत्र’ मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा छ । बज्जिका हठारह गणराज्यहरूको प्राचीन बज्जि सङ्घको आधुनिक भाषा हो । डा. योगेन्द्र मिश्रको अनुसार बज्जिसङ्घको अस्तित्व ७२५ ई.पू. देखि ४८४ ई.पू. सम्म … Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

~मनोज बोगटी~ कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

यात्रा संस्मरण : दशैंमा दिल्ली– २०१२

~सुशील मुडभरी~ सन् २०१२ सालको अन्तर्राष्ट्रिय आर्य महासम्मेलन अक्टुबर २५–२८ चार दिन दिल्लीमा भव्यताका साथ हुने समारोहमा भाग लिन बाराका आर्य समाजका अध्यक्ष विन्देश्वरी आर्यले आर्य समाजका प्रचारक र हामी शुभेच्छुकहरूसँग धेरै दिनदेखि अनुरोध गर्दै आउनुभएको थियो । पहिले–पहिले कलकत्तामा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो कार्यपत्र, धैर्य र भोक

~त्रिभुवनचन्द्र वाग्ले~ भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेका छन् भोक यो अभाव पाक्ने भान्सामा यो भोक पस्कने थालमा पख, पख, पख, बिहान ओर्लनासाथ आँगनमा मैले धैर्यका सम्बन्धमा एउटा कार्यपत्र पेश गर्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जब आटछ मनले

~मनोहर काफ्ले~ दुइ चार रुपिया त के हो र, हजार पनि झर्छ , पाए माग्ने नपाए ठग्ने , चोर-चार गर्नु पर्छ जब आटछ मनले . भट्टी जानु सट्टा, आफै किनी ल्याइन्छ , पानी थप्नुको साटो नेट नै चढाइनछ,

Posted in कविता | Tagged | Leave a comment

गीत : जवानी सिउरेको चुल्ठोको त्यो बेणी

~भेषराज रिजाल~ जवानी सिउरेको चुल्ठोको त्यो बेणी नदी भै चुम्यो यो मनको त्रिवेणी बगुँ कि म पनि छोई सुस्तसुस्त लुकाउँ छातीमा कि लुकुँ त्यसैभित्र सधैँ बग यो मुटुमा भई नारायणी चुमी रहु जीवनका खुसीका त्रिवेणी ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ………..म लजाऊने कि यो परिवेशमा

~दीपक कुमार ज्ञवाली~ तिमी लजाऊँने कि म लजाऊँने यो परिवेशमा । आएकै हो त समय हामी टाढीने यो देशमा । कायम रहन सकेन सौहाद्रता हामी नेपालीहरुमा । मेटीदोरहेनछ विभेद द्वेश ईर्ष्या लोकतन्त्र आउँदैमा । १ तिमी लजाउँने कि म लजाऊँने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य गजल : लिवर हौ तिमी..!!

~हरी गौतम~ मेरो दिल जिगर किड्नी लिवर हौ तिमी..!! थाहै नदीई समाउने ममा, फिवर हौ तिमी…!! विन् तिमी एक-कदम पनी चल्न सक्दीन म मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमी…!!

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कौन बनेगा प्रधानमन्त्री ?

~सन्तोष चिमरिया~ देबी और सज्जनों ! मै अमिताब बच्चन कौन बनेका प्रधानमन्त्रीमे आप सबका स्वागत कर्ता हुं ! आज हटसिटमे नेपालसे प्राईम मिनिस्टर इन वेटिङ श्री प्रचण्ड जि बिराजमान है । कृपया तालिओं से उनका अभिनन्दन करे ……… “बताईए कैसे … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटा पुरानो कविता

~कमल कुमार~ एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के होला नेपाल

~चित्तरञ्जन महतो कमकर~ शान्तिको देश थियो प्रकृतिले भरिपूर्ण आत्मीयताको भावना थियो देशभक्तिले सम्पन्न बुद्धले छरे शान्ति वीरेन्द्रले चलाए शासन

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : प्रकृतिको वेदना

~अजयप्रसाद चौधरी~ धेरै माया र स्नेहले मैले बनाएको थिए मानिस जातिलाई आफ्नो मनको फूल तर अहिले मलाई नै चोट पुर्‍याउने किन गर्दैछन् त तिनीहरु भूल आफूलाई जीवन बनाई बनाएका थिए

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : बग्दै बग्दै

~निर्मोही व्यास~ बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना तीनछक्क परेको छु पोख्नै सक्तिन भावना

Posted in कविता | Tagged | Leave a comment

कविता : जरुरी कुरा

~चंकी श्रेष्ठ ‘अभय’~ मानिसहरूका वाणीबाट निस्कने फोहोरजस्तै यो देशमा धेरैधेरै छन् फजुल कुराहरू । प्राचीन सहरमा स्मार्ट सिटीको सपना, राष्ट्रिय शोकमा प्रधानमन्त्रीको राजकीय भ्रमण र, स्वतन्त्र प्रेसको मायाजाल

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै जस्तो लाग्ने मान्छेको प्रवृत्ति

~अकेला यात्री~ के सम्झेर चित्त बुझाउनु एक्कासि आफ्नो घर हिम पहिरो जस्तो भत्किएपछि ? कहाँ टेकेर उभिनु यो धरातल नै फाटेपछि ? सम्झेर चित्त बुझ्दैन आफैँसँग अनायास ढाँटेर गएपछि आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले । आफैँभन्दा बढी विश्वास गरेर

Posted in कविता | Tagged | Leave a comment

गीत : खुसी छु म

~दिनेश अधिकारी~ खुसी छु म आज तिमीभन्दा धेरै तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ कोसँग म हिषु कोसँग रमाऊँ तिमीलाई भेट्दा हरायो बिरानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अँठ्याउने हात पनि छ

~रवि प्राञ्जल~ घाँटी अँठ्याउने हात पनि छ । मुटु जलाउने बात पनि छ । बताससँग गरेर सन्धि भर्खर झरेको पात पनि छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : कवितामा पहाड

~भीष्म उप्रेती~ पहाड पहाडजस्तो रहेन अब । त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल एउटा जिउँदो सङ्गीत हुनुपर्छ मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम

Posted in कविता | Tagged | Leave a comment

बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~ स्थान – एउटा घरको बैठक कोठा समय – दिउँसो पात्रहरु आमा : ३५ वर्षकी अधबैंसे । छोरी : ११ वर्षकी । (पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा … Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

कथा : विकुलाल कुसाथा

~हरि अधिकारी~ अलि पर, धेरैजना मिलेर ठूलो – ठूलो स्वरमा भजन गरेको कि त असारे दोहरीको भाकामा मन फुकाएर गाएको जस्तो केही लयबद्ध सुनियो । त्यतातिर जाउँ – नजाउँ एकछिन मन दोमन भयो । तर एकैछिन मात्र । एकछिनपछि नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म त प्रेमि हुँ

~रुमन न्यौपाने ‘अमन्त’~ बिस्फारित छाति भित्र अघोषीत चाहानाहरु लुकाएको थिए । एउटा प्रेमीको आडमा, आत्मबल भरिएको चिश्चल मुटु फुकाएको थिँए । सपनाहरु फिँजाएर, भबिष्यको गोरेटो निर्माणमा तिमीबाट, मातृबात्सल्य खोजेको थिँए । म त रहरहरु फुकाउँदै हिड्थे छाँया,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सुन्दर गाउँ

~कात्यायन~ – अति नै सुन्दर गाउँमा उनीहरू पुगे | मानिसहरू पनि सुन्दर थिए | – रूख-बिरुवाहरू ढलेका-सोत्राम भएकाथिए | – नदी-नालाहरू उर्लिएर वस्ती नै उजाड भएकोथियो | – खडेरीले अन्न-पात सबै झुरुम्म भएकाथिए |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सिंहराज र गजराज

~इस्माली~ डाँडामुनिको ओडार अघिल्तिरको टारी चौरमा त्यस वन र वरपरका पशुहरू एकत्रित भएका थिए । ओडार अघिल्तिरको न्यानो घाममा सिंहसिंहिनी र डमरुहरू थिए । अलि परतिर रहेका बाघ, चितुवा र ब्वाँसाहरू पनि निन्याउरो मुख मुद्रामा गजराजतिर हेरिरहेका थिए । चौरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment