Author Archives: Editor

गीत : चाँदीको भित्ता सुनको छानो

~यादव खरेल~ चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार मानिस भयो लिलामी वस्तु यो कस्तो संसार पैसाको लागि आजको मानिस सब पाप गर्दछ धनको कैदी लोभको जेलमा निर्धन मर्दछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~ छन्द : शार्दूलविक्रीडित वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।। रोइन् धर्धर वस्त्रको हरणमा लज्जा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : नेताहरु

~दिलिप योन्जन~ जुन बेला म भिडहरु बीचमा छटपटिदै हतार हतार कोलाहलबाट भाग्छु ………..निस्सासिदै……… देख्छु त्यही भिड ………….त्यही जमात एउटै झन्डा ………………… एउटै माग हातभरि बिरोधका ब्यानर बोकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर र मट्टीतेल

~कमल कुमार~ मेरो जहानका आँशुले चुलो बल्ने भए कति जाति हुन्थ्यो किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल पसलेले मस्यौरा पोको पारेर दिएको अखबारमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~ बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~ स्वतन्त्रता हो मानवता रे ! घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ? कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे ! सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !” धेरै बोल्छन्, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~ छ यो मेदिनीसङ्ग नाता पवित्र यही स्वर्ग मेरो, यही पुण्य तीर्थ नखाऊँ कसैको कहीँ गाँस खोसी सकेमा अरूको बसूँ प्राण पोसी म आस्था बिसाऊँ सधैँ पात्रतामा

Posted in कविता | Tagged | Leave a comment

कथा : …..अर्थात् स्वत्व

~सुवास खनाल~ यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : न्हाँ सोःत

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~ ’लाँऽका ग्लिःत न्हाँ सोःत, बोअ्शा लापचो गुअ् रोअ्ता ! अ्वाक ’दाऽइशशा कुल चिअ्सिति, ब्लेअ्से पाथि गो निससिति !! मामाम खामे मिऽ’पाऽइतु , खामे जाथि निपपाऽइतु ! जाऽइँ तुःइ पाशा गुइचिअ्सिति, ब्लेअ्से पाथि गो निससिति !!

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गजल : ज्यामीको सुख्खा रोटी पढ्नू

~राजेन्द्र थापा~ देश चिन्न मन भए, ज्यामीको सुख्खा रोटी पढ्नू आफू चिन्न आफ्नै मुटु, कमसेकम एकचोटि पढ्नू काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो साँच्चिकै देश पढ्न, कर्णाली र डोटी पढ्नू

Posted in गजल | Tagged | Leave a comment

कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~ ‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : तपाइँको पहाड कहाँ हो ?

~भीष्म उप्रेती~ ‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

बाल कविता : सानी मेरी नानी

~दीपक कुमार ज्ञवाली~ छम् छम् गर्दै आईन् सानी मेरी नानी तोते बोली बोल्दै सोध्छीन् आमा लोरी गाऊ‘ने मेरी सानी नानी लोरी सुन्दा रमाऊने हे हे मेरी नानी तिमी कति ज्ञानी

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : बिद्रोह

~नवराज शमिर~ आमा, म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सजीव-चित्र

~कात्यायन~ – चित्रकारले सानो छंदा एउटा चित्र बनाएकोथियो | चित्रमा आकाश थियो ! इन्द्रेणी थियो ! मयूर नाचिरहेको थियो ! – उसले केही वर्षपछि त्यही चित्रमा – बादल थप्यो; वर्षात थप्यो; चट्रयांग थप्यो |

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : दसैँ

~कार्तिकेय घिमिरे ~ “हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?” आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : घन

~रन्जु ‘मार्ग’~ निकै दिन भै ‘सकेको थियो उसले त्यो कारखानामा काम गर्न थालेको | ऊ फलामबाट घरायसी हतियारहरु हँसिया ,खुर्पा ,बन्चरो ,तरबार -खुँडाहरु बनाउने काम गर्दथियो | ऊ त्यही काममा दिनभरी ब्यस्त हुन्थियो |उसलाई यता उता जाने फुर्सद पनि हुदैनथियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गुनासोरहित

~दिनेश अधिकारी~ धेरै पल्ट बढो मुस्किलले समय निकालेर तिमीलाई भेट्न भनेर आएको – म हरेक पटक तिम्रो ढोकासम्म पुगेर पनि तिमीलाई नभेटिकनै फर्केको छु ! थाहा छ किन म तिमीसँग केही माग्न चाहन्नथें म तिमीसँग केही पाउन चाहन्नथें

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना

~सुबेश घिमिरे~ फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल, नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फलोस् अब सदा पाखा पखेरा महाँ ॥१॥ स्वामी, मालिक, दास, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~ थुक्क ! मान्छेको जिन्दगी बुझ्न थालेदेखि बाँचुन्जेलसम्म सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ बढ्तै गर्न सके दालभातको सम्पन्नता साटेर दिनहुँ- आफ्नै जिन्दगी चपाउनुपरेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हरिया झिंगाहरु

~निश्चल काउचा~ सुन्दर शान्त नेपाल कुनै दिन थियो होला आजकल सधैंको कचिंगल हरिया झिंगाहरुको बेमौसमी समागम छुट्टाउन गार्हो भो ईस्त्रिलिंग की पुलिंग

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रीतको भाषण

~बिमल गुरुङ~ नेपाली टोपी पुरानो ज्याकेट फ्याङ्ल्याङ सुरुवाल छालाको कालो जुत्ता खाइलाग्दो शरिर होचो कदको मान्छे तर बिचार अग्लो । चिच्याउँदैनन् उनी

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~ ‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले । २०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : नसोचेको उत्तर

~दुर्गाप्रसाद ग्वालटारे~ कतिपय नेपाली उखान-टुक्का सुन्दा कन्सिरी तातेर आउँछ मेरो। त्यसमध्येकै एउटा हो- “उल्फाको धन, फुपूको सराद्दे” । मलाई सबभन्दा बढी मन पर्ने र मलाई सबभन्दा बढ्ता मायाँ गर्ने मान्छे मेरी फुपू नै हुनुहुन्छ । मैले थाहा पाएदेखि नैं उहाँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : गुराँस छ

~रवि प्राञ्जल~ आँखाभरि गुराँस छ छातीभरि पलाँस छ । कस्को हो पदचाप यो ? फूललाई त्रास छ ।

Posted in गजल | Tagged | Leave a comment

Poem : Prove me, Wrong !

~Milson Rai~ I always want to have a glimpse, Of your lips. I adore you & doesn’t matter what the World believes. Prove me, WRONG! I always thrive for your smile And full of innocence. With no wonder, my mind … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~ विकाश तिमी आऊ पानीको फोहरा बनेर सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर अनिकाल र अभावलाई थिच्ने पहरा बनेर तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एकता

~एकदेव अधिकारी~ आज देवमाया खुसीले गद्गद् छिन्। अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्। देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उहिले र अहिले

~टंक सम्वाहाम्फे~ उहिले त्यस्तो थिएन अमनचयन थियो न्याय निशाफ थियो जीवनको मुल्य थियो त्यसैले अघाउन्जेल हास्न पाइन्थ्यो कुनै व्यवधान थिएन बाचुन्जेल जिवन जीउन पाईन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारका प्लेटहरु

~प्रकाश सुनुवार ‘निराकार’~ मान्छेहरुको भिड थियो भिडमा मान्छेहरु हराएका थिए त्यहि भिडवाट अस्पष्ट आवाजहरु आइरहेका थिए कोहि भन्दै थिए अधिनायकवाद माथि बिजय हासिल गर्नु छ कोहि भन्दै थिए स्वतन्त्रताको शुरुवात गर्नु छ कोहि भन्दै थिए एकल विरासतलाई परास्त गर्नु छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~ विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम वर्षौंपछि बुद्द बने र एकदिन आफ्नै आँगन आए यशोधराले भिक्षा दिइन् क्षमा दिइनन् बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के विरक्तिएर नै मैले नि देश छोडें वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर नयाँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरी मृत्तिका

~हुसैन खाँ~ छन्द : पाचचामर मृत्तिका देशको चुम्न पाऊँ सधैँ राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ । मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी सम्झनामा रहून् यी पला औ घडी ॥ ओममा शान्तिकी छ्यौ किनारा तिमी सत्यमा जीतकी सत्य नारा तिमी ।

Posted in छन्द कविता | Tagged | Leave a comment