Author Archives: Editor

कविता : कति पटक १२ बज्यो होला जिन्दगीमा?

~कमल कुमार~ १२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा

Posted in कविता | Tagged | Leave a comment

कविता : अरिबहादुरको आँखा

~मनोज बोगटी~ होटलबाहिर बारुदको हावा चल्दैछ। हिंसा हो कि गिद्ध हो बसेको छ बुद्धको काखमा। लाशको गन्ध बोक्ने हावाले बोकेको छ हर्कमान नेपालीको घर ठेगाना टायरको धुँवाले बोकेको छ चेम्जोङनी बोजुको बाह्रमुखे थैली

Posted in कविता | Tagged | Leave a comment

कविता : जाग युवा

~कुन्दन काफ्ले~ बनाऔं देश युवा एकजुट भइकन मनाऔं उत्सव सँधै अफ्ठ्यारा सहिकन देशले रगत हैन,खुसहाली मागेको छ कलह होइन शान्तिको वाहाली मागेको छ

Posted in कविता | Tagged | Leave a comment

गीत : हिरा काट्ने हिरैमा राखेर

~आनन्द अधिकारी~ हिरा काट्ने हिरैमा राखेर दुख काट्ने दुखैमा हाँसेर भन्न सजिलो धेरै सजिलो कसले पो बुझ्छ र मनको पहिरो दैव छोडेर दैव छोडेर दुई छेऊ सिक्काको झै सुख दुख सरोबरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : झिल्को

~प्रणिका कोयु~ यो सडकको यो झिल्को आगोको बन्ला के ज्वाला राँकोको? सडकदेखी बस्ती-बस्तीमा सर्वत्र फैलिन्छ के यो बनेर लप्का आगोको? या कतै मोहिनी मन्त्र छम्काउँदा ति हातले निभेर खरानी बन्ने हुन् – विभुत हुन निधारको?

Posted in कविता | Tagged | Leave a comment

कविता : शरन्निशा

~निर्मोही व्यास~ १ तिमी अपूर्व सुन्दरी, कलावती ‘शरन्निशा’**** त्यही कला पिएर जग्मगाउँछन् दसै दिशा लजाउँदी छ चाँदनी स्वयं प्रिया ! तिमीसँग सँगै तिमी भए पुग्यो, म बिर्सिदिन्छु यो जग २ तिमी पवित्र जाह्नवी, प्रणम्य वेदकी ऋचा तिमी कला र काव्यकी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जीवन ब्रित्तमा घुम्दैछ

~रजित ओझा~ “मोटाईछौ ।” कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ठूला मान्छेसँग सानो प्रश्न

~दिनेश अधिकारी~ तपाई ठूलो मान्छे बिहान बाथरुमुमा पस्दा मात्रै पत्रपत्रिका पढ्न भ्याउने हुनुभो स्लिप नपठाई अब भेट्न नसकिने हुनुभो हाई ! हाई !! जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो स्वागतमा

Posted in कविता | Tagged | Leave a comment

गजल : बाटोले अब मान्छे हिँड्छ

~राजेन्द्र थापा~ मान्छेले बाटो हिँड्न छाडे बाटोले अब मान्छे हिँड्छ हेपिएको सडकले नै अब मान्छेको शिर टेक्छ एत्ति तल तल ठूला ठूला नि गिरेको देखेपछि पछि लाग्ने शान्त लश्कर आफैँ नै पड्केर फुट्छ

Posted in गजल | Tagged | Leave a comment

गीत : निधारमा लर्काएर सप्तरङ्गी टिको

~दिनेश अधिकारी~ निधारमा लर्काएर सप्तरङ्गी टिको हिँडिरहूँ सधैँ तिमी शिखरको बाटो ओखरमा फोरिदिएँ बाधाहरू मैले जता पनि पुग दाजै ! घामभन्दा पहिले चहचह ! पिङ हैन, माया झुलेको छ सयपत्रीसँगै मेरो खुसी फुलेको छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अभिनय

~सुषमा मानन्धर~ “एक्सक्युज मी, के म यहाँ बस्न सक्छु ?” एउटी अपरिचित युवतीले उसले खाँदै गरेको टेबुल छेऊ आएर सोधेकी थिई। “हुन्छ बस्नुस् न।” उसले दोहोर्‍याएर हेर्‍यो। कुनै पनि कुनाबाट उसलाई त्यो युवती परिचित लागेन। “तपाईलाई यहाँ सँधै यति बेला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सूरक्षा

~अरुणबहादुर खत्री ‘नदी’~ लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ । भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बाँदर र देश

~गोविन्दप्रसाद आचार्य~ मैले देश खोज्दै जाँदा अपराधीको मुठ्ठीमा छ देशको नक्सा खोज्दै जाँदा अपराधीको गोजीमा छ साझा देश खोज्दै जाँदा अपराधीको गुठीमा छ स्वतन्त्र देश खोज्दै जाँदा अपराधीको कोठीमा छ अति साह्रो दुख्छ देश सानो केश झर्दा पनि

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तर

~कात्यायन~ – मैले कोमामा देखेको थिएं, – सात वर्षे बालक चकलेट किन्न पसलमा जाँदा अगाडि उभिएको व्यक्तिलाई सोध्ने गर्छ – ‘के तपाईं पालोमा हुनुहुन्छ ?’ – अनि यहाँ देख्छु, – सत्तरी वर्षका बृध्द-बृध्दाहरू पनि कसरि पशुपतिको चन्दन लिंदा होस् वा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेबारिसे ढलेका स्तम्भहरु

~निश्चल काउचा~ बर्सौ देखी बेबारिसे ढलेका सिमा स्तम्भहरु फेरी उठाउने कर्तब्य कस्को? दायित्व कस्को? जिम्मेवारी कस्को? ढलेका स्तम्भहरु भन्छन् हामी आफै ढलेका होईनौ

Posted in कविता | Tagged | Leave a comment

गजल : मेची दुख्छ काली दुख्छ

~केडी रेम्नीसीङ~ देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ, नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ । सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको, फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सरला आन्टी

~सन्तोष चिमरिया~ के भो? निन्द्रा लागेन। किन? आज कति दिन भइसक्यो थाहा छ तिमीलाई? कसले नौ नबजी सुत्नु भनेको छ त? भान्साको काम सकेर आउन्जेल पनि पर्खन नसक्ने अनि मध्यरातमा निन्द्रा लागेन भन्ने?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महाकवि देवकोटाको स्मृतिमा

 ~निशा खनाल अर्याल~ पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शक्रबार काठमाडांै, डिल्लीबजारमा भएको थियो । उनको न्वारनको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भए तापनि लक्ष्मीपूजाको दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ज्यापू

~लक्ष्मी प्रसाद देवकोटा~ छाती चिरीकन पृथिवीको दूध चुस्छन् मानिस, दुहुने मै हुँ । धूप झरीमा आत्मा परिशुद्ध बर्ख यी तनी बीस नहुँदो भौँ हुँ ! श्रृङ्गार हिलो, नङ्गा फिलो,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो बिहे को कुरा चल्दा

~राम श्रेष्ठ~ धेरै कम मान्छेहरु हुन्छन, जो आफ्नो मनले रोजेको केटीको बिहेको कुरा चल्दा रमाउने गर्छन्, त्यही कम मान्छेहरुमा म पनि एक हुँ !! जब तिम्रो बिहेको कुरा चल्यो, मेरो मनमा जिबन् को ज्योति बल्यो, तिमी लाइ सप्तरँगी साडी ओढाउदा,

Posted in कविता | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~प्रदीप नेपाल~ चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आज छोड्यौ किन

~दिलिप योन्जन~ आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन । फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन।

Posted in गजल | Tagged | Leave a comment

कविता : सपना

~मणिराज सिंह~ विचार स्वतन्त्रता र समर्पण सपनामा पनि नाचिरहेको हुन्छ सपना नहुदो हो त मान्छेको धर्म, कर्म र वंश कसरी लहलहाइ रहन्थ्यो । विचारले,

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउँदो हुनुको पिडा

~शशीकला थापा सुब्बा~ मैले सुने यसपालि पहेलै भएर सुन्तलामा फल्यौ रे मकैको जमरामा निस्क्यौ रे धानको बालामा लहरायौ रे खै मलाई धिक्कारयौ भन्ने कतैबाट सुनिन खै मलाई सरापेयौ भन्ने कहीबाट आएन तिमी विकट पहराहरुमा मृत्युसंग लुकामारी गर्दै गर्दा मा मलमलमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : जितौरी

~भूधरा उपाध्याय~ चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।” स्वास्नी पनि खाइपिइ

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : लोग्ने

~डा. राजुबाबु श्रेष्ठ~ जब तिमीले मेरो जीवनको सेतो पन्नामा मायाको गीत लेख्न छोडेर पैसाको गीत लेख्यौं त्यसै दिन उम्रियो मेरो मनमा घृणाको बिरुवा कल्पनामा उभिएको लोग्नेको सग्लो तस्बिर

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : किशुनजीको छाता

~शैलेश भट्टराई~ आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : हरायो हाँसो

~हरिवंश अाचार्य~ हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताको प्रभाव

~हरिवंशराय बच्चन~ अनुवाद : किशोर पहाडी त्यो बेला मैले जे जति कवि सम्मलेनहरूमा भाग लिएँ, तीमध्ये एकको विशेष चर्चा गर्न चाहन्छु । किनभने त्यस सम्मेलनमा यस्तो एउटा दुःखदायी घटना घट्यो कि त्यसले मेरो पहिल्यैदेखि शोकातुर भएको मनलाई झन् उद्विग्न पार्यो … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

गीत : अरबौं मान्छेहरूमा

~मदनकृष्ण श्रेष्ठ~ अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे म मन मिल्ने मान्छे देख्दा संसार नै भुल्ने मान्छे तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु सहानुभूतिको आशा गरेर रुँदै व्यर्थै वेदना पोखेको छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सम्झनाको कोशेली

~अशोक ‘खलानको मान्छे’~ नभन है प्रियशी पर्देशिले भुल्यो भनेर सम्झनाका चिट्ठी पनि लेखेन है भनेर नभन है…………….. माया कती गर्थे ओईलियको फुल लाई सोध तिफुल टिपी दिन्नथे तिमिलाई भनेर नभन है………………

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्ते राष्ट्रपतीको अवतरण

~अशोक ‘खलानको मान्छे’~ बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment