गीत : निधारमा लर्काएर सप्तरङ्गी टिको

~दिनेश अधिकारी~Dinesh Adhikari

निधारमा लर्काएर सप्तरङ्गी टिको
हिँडिरहूँ सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले

चहचह ! पिङ हैन, माया झुलेको छ
सयपत्रीसँगै मेरो खुसी फुलेको छ
अङ्ग–अङ्ग पुजेकी छु तिमीलाई मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले

आँगनले भैलेनीको भाका पाएको छ
घर सम्झी परदेशी फर्की आएको छ
मालाभरि उनेकी छु तिमीलाई मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले

शब्द : दिनेश अधिकारी
सङ्गित : शम्भुजित बास्कोटा
स्वर : हेमलता
चलचित्र : बिजय पराजय

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.