Author Archives: Editor

गजल : शान्तिको नाममा

~रमेश भट्टराई ‘सहृदयी’~ लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले । गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले ।

Posted in गजल | Tagged | Leave a comment

कविता : अरण्य–रोदन

~अमर त्यागी~ आपसमा पराई छन् मान्छे कसलाई सुनाएँ यो छातीभित्र देश दुखेको पीडा सर्पहरू पालेर वरिपरि आफू सुरद्य्रिात हुनुको नियति संस्कृति बनेको बेला कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा जति चिच्याए पनि सुन्दैनन् आजका सभ्य रावणहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड !! राष्ट्रियता आगोले जल्दैन

~मोहराज शर्मा ‘मोहबाबु’~ कमरेड !! तिम्रो अदुरदर्शिताको पराकाष्टा हो यो । आफ्नो स्वार्थका लागी माटो खल्बलाउन खोज्ने, आफै हिडने बाटो खल्बलाउन खोज्ने तिमी भित्रको लघुमानव तिम्रो आवरणले छोप्न सकेन ।। बिरता एकता र राष्ट्रियताको गरिमा भत्काएर बस्ति कुरुक्षेत्र बनाउने

Posted in कविता | Tagged | Leave a comment

कविता : मलामीको देश

~योगेश ढकाल~ देशको अर्को दुर्भाग्य यी काँधहरु लाश बोकेर मसानघाट झरिरहेकाछन् । कर्णालीको यात्रा गाउँहरु शुन्य छन् सपना बोकेर

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : लिलाम: निम्नवर्गीय जीवनको उत्कृष्‍ट उपन्यास

~रजनी ढकाल~ “…नेपालमा खान पनि पाइन्न, बोल्न पनि पाइन्न । हामीलाई खान पनि पाइने, बोल्न पनि पाइने परिपाटी चाहिन्छ ।” (घिमिरे: २०६४) तत्कालीन पञ्चायती शासनकालको चरम अवस्थामा बाईस वर्षे युवा उमेरको जोसमा जगदीश घिमिरेको परिपक्व दिमागले बोलेको वाक्य हो यो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : शहीद

~अरुणबहादुर खत्री “नदी”~ हे मेरा सहीद तिमी बाँचुञ्जेल आफैंलाई बिर्सिएर देसलाई बलियो बनाउनतिर लाग्यौ हे मेरा सहीद आफूलाई अलग्याएर रित्याएर तिमीले प्रजातन्त्रको गीत गायौ

Posted in कविता | Tagged | Leave a comment

कथा : त्रास

~बखतबहादुर थापा~ ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पु¥यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : घामजूनको प्रेम

~रुमानी राई~ वैंशले, धपक्क बलेकी जून रातभरी आकासमा चुपचाप रोइरहन्छे घामको यादमा र, रातको अन्तिम प्रहर घामले धर्ती चुम्नु अगावै

Posted in कविता | Tagged | Leave a comment

कविता : शाहजहाँको इच्छा

~लक्ष्मी प्रसाद देवकोटा~ क. यमुनाजलमा बज्दछ मुरली ! जलमा बुलबुल रुन्छन् पिलपिल ! रुन्छन् कलकल ! यो तटको, वन छाया छवियुक्त यौवन, यौवन ! दिवानिशाको छाया अङ्कित, वियोगमिलनको क्रीडाभूमि, वृन्दावन ! यो मिलनको रोइरहेको इतिहास ! याद रुँदाको बास ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : आत्मस्वीकृति: नयाँ अध्यायको

~प्रदीप नेपाल~ शरीर थाकेको हो कि मन थाकेको थाहा छैन । हिजोको तुलनामा शरीर थाक्ने समयचाहिँ भइसकेको छ । राजनीति गर्नेले थकाइ मान्नुहुँदैन भन्नचाहिँ सजिलै हुन्छ । तर, शरीर सिद्धान्त होइन, त्यो जीवविज्ञान हो । केटाकेटीमा त्यो घिस्रिन्छ । युवावस्थामा … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : लाटो पहाड

~घिमिरे युवराज ‘कर्जुना’~ यो पहाड साह्रै छुच्चो छ हुनेखानेहरुको लागि यहाँ जति आनन्द छ कामगरी खानेहरुको लागि यो जिन्दगी पेरुङ्गेको चेपबाट हिंडे जस्तै हो । मजदूरी गरी खाने कयौं आदाङ्बेहरु साहुको भारी बोकेर मधेस झर्छन् कति मुग्लान पस्छन् । बाँच्ने … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : एउटा यात्राको कथा

~जयराज भट्टराई~ क्रियाशिल नाट्य समूह शिल्पीसँग हाम्रो नयाँ राजधानी काठमाडौँ देखि उनीहरुको पुरानो राजधानी कोलकाता हुँदै प्राचीन अशोकनगरी उडिसासम्म जाने दुर्लभ मौका मलाई जुरेको थिएछ। त्यो यात्राले म कुवाको भ्यागुत्तोलाई आफूपर्तिरको पृथक दुनियाँ देखाइदियो। त्यो दुनियाँका मान्छे मजस्तो खाँदैनन्, मजस्तो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : भनेँ बाबा हारीसकेँ

~योगेन पौडेल~ भनेँ बाबा हारीसकेँ, अझ कत्ति हराउँछौ, मुटु जल्यो, खरानि भो, अझ कत्ति जलाउँछौ भाग्यमाथी कालो बादल मडारियो धेरै पटक, निरासाको दर्के झरी चुट्नु चुट्यो पटक-पटक

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : दु:खद परिणाम

~समीर पाख्रिन~ वीरबहादुरको डेरा अगाडि मानिसहरूको घुइँचो लागेको थियो । मानिसहरू झ्यालबाट ठेलमठेल गर्दै कोठाभित्र चियाउने कोशिश गरिरहेका थिए । चियाउन जाने र चियाएर फर्कनेरू कसैले रूमालले त कसैले पछयौराले नाक–मुख ढाकेका थिए । मानौं कोठाभित्र कुनै वस्तु सडेर दुर्गन्ध … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : इन्टरनेटकी सुन्दरी नविना

~सावित्रा सुवेदी~ हिजो सपनामा उनलाई देखेपछि त आज पनि म फेसबूकमा च्याट गर्न हतारिएँ । अहा १ कति सजिलो माध्यम छ है यो, न कसैले देख्ने डर, न कसैले कुरा काट्ने डरस पहिले–पहिले आजको जस्तो मोबाइल, फोन, इमेल, इन्टरनेटको जमाना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उपदेश

~श्रीराम पटेल~ अल्छी गरी नसुत साथी बिहानसम्म सारा शरीर गर सफा भएर टम्म जोडेर हात गर ईश्वरलाई प्रणाम सङ्कट हट्छ जसबाट यहाा तमाम आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ

Posted in कविता | Tagged | 1 Comment

व्यङ्ग्य बाल कविता : बोल्ने बानी

~सञ्जय संयोग~ सुशीलजीको तोते बोली सुन्दा मीठो लाग्छ । देउवाजीको लटपटाउँदो बोली नसुनी मन भाग्छ ।।

Posted in बाल कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : ए काल ! तँ आइज

~सुमी लोहनी~ ए मृत्यु ! किन डराऊा तासित आइज आगाल्छु तालाई प्ेरमसित के हाास्नभन्दा कठिन छ र रुन ? के बााच्नभन्दा गार्‍हो छ र मर्न ? बहाना अनेक कारण अनेक मृत्युका रुप अनेक तिनकै प्रहारले पलपल मरिरहेको मान्छे म

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : मेरो देश

~रन्जन पटेल~ पहाड, हिमाल अग्ला देखिए आाखाले बोकी ल्यायो तराई वनको मीठो हावाले सानो तर विशाल विश्वमा छ यसको नाउा पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि

Posted in बाल कविता | Tagged | Leave a comment

लघुकथा : स्वाभिमान

~विश्वराज अधिकारी~ मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन? उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : देश बनाउने लोभ देखाइ मन्त्री बने नेता

~जानवी चिमोरिया~ देश बनाउने आशामा जनताले नेतालाई मन्त्री बनाए देशलाई लुटी नेताले आफ्नो र आफन्तको भुाडी भराए । यो संसारलाई अज्ञानतामा राखी देशको ढुकुटी रित्याए संविधान र देश बनाउने लोभ देखा

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरि आज याद आयो

~आशिष पौडेल~ एकान्तमा बसेको वेला आफै आफैमा भुलेको वेला फेरि आज याद आयो मलाई मेरो देश नेपालको याद आयो ।। भाग्यको खेलले गर्दा आज विदेशित पुगे

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : भीमसेन र हनुमान

~उमाशङ्कर द्विवेदी~ जिउँदै स्वर्गमा गएका अर्जुन फर्कने आशामा पाण्डवहरू नरनारायणको आश्रम काम्यकवनमा छ दिनसम्म विश्राम गरे । छैटौं दिन अकस्मात् इशान कोणबाट बग्दै गरेको हावाको कारणले हावाको साथ एउटा सहस्रदल कमल उड्दै आएर उनीहरूको छेवैमा आई खस्यो । त्यो कमलको … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : मुक्ति

~बैधनाथ ठाकुर~ कस्तो आध्यारो रात लाटोकोसेरो तिखार्दैछ दाात आपत छ बिचरा मुसाहरुलाई मुश्किल छ जोहो गर्न जीवन धान्नलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : आजका कविहरूसँग

~भेषराज रिजाल~ एकदिन विकट गाउँको कुनै बस्तीमा घुमफिर गर्दै थिएँ एकाएक कविता फुर्यो कलम त गोजीमै रहेछ तर, कागज भेटिएन हिजोको पानीले भिजेर फुकालेका कपडामा प्रेमपत्रका टुक्राटुक्री थिए कि कुन्नि ! तर, अहिले म निर्जर चउरमा थिएँ !

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जात

~वासुदेव गुरागाईं~ करिब पचास वर्ष जति अघिको कुरा हो । हर्षजित र यदुनाथ एउटा सामान्य गाउँले परिवेशमा जन्मेहुर्केका अलग–अलग जातिका केटा थिए । हर्षजित ‘तामाङ परिवार’ र यदुनाथ ‘ब्राह्मण परिवार’ का गहना थिए । उमेरमा यदुनाथ हर्षजितभन्दा झन्डै दुई वर्षले … Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

कविता : अंश…

~क्षेत्री अजित~ मैले नौ महिना गर्भमा पालेको मेरो रगतको एक अंश जसको पहिलो स्पर्शमा म आफ्ना पीडा भुलेर अल्हादीत भएकी थिएँ जसको पहिलो रुवाईमा म आमा बनेको खुसीले रोएथें जसलाई तातेताते गराउँदा मैले हिँड्न सिकेथें जसको पापा मामा शब्दले म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वैद्यलाइ अनुरोध !

~मोहराज शर्मा ‘मोहबाबु’~ कमरेड, अव मुल सडकमा ढाट तेर्साएर यात्रामा अवरोध नगर । पुग्नै पर्ने गन्तब्यमा यसै विलम्व भएको वेला गौडो कुरेर नछेक मुलुकलाइ । वाँझो फोरेर आफनै गरामा विउ छर्ने पुरुषार्थ नभएका हरु

Posted in कविता | Tagged | Leave a comment

कथा: पति, प्रोभाइर, प्रेम र हाम्रो दाईं

~शिवकुमार चौलागाई~ निकै ठुला मान्छे नै हुन, ठुला हुनकी साना जे भएनी चिनजानका दाइ हुन हाम्रै टोलका । ज़मानामा टोले दादा दिउसै काण्ड मचाउथे रे म सानै थिए पछी ठुलो भए पछी बुझे काण्डको अर्थ कस्तो लाज लाज लागो साथमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म भित्रका महरु

~रजित ओझा~ भाग १ “यो सिट मेरो हो शायद” झ्यालमा बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो । “होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।” आवाज मधुरो थियो , … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नेपाल र नेपाली सिध्याउने यिनै हुन !

~चटयाङ्ग मास्टर~ चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन् पञ्चायत न ढल्दा जोगाउने यिनै थिए

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : तिमी नहुँदा प्रिय !

~मुना सिग्देल~ छैन मन बुझाउने कुनै आधार, तिमी नहुँदा प्रिय ! यो एेना पनि रिसाउँछ बारबार तिमी नहुँदा प्रिय !! कस्तो शक्ति छ अहो! तिम्रा यी तस्विरहरुमा पनि हुन्छन् हँसाउन-रुवाउन तयार, तिमी नहुँदा प्रिय !!

Posted in गजल | Tagged | Leave a comment