Author Archives: Editor

कविता : कमिलाहरुको मृत्यु

~बिमल गुरुङ~ रुख त्यस रुख रोगको प्रारम्भिक छडीले स्पर्श गरेको थियो जसलाई, त्यस बखतदेखि जुन बेला लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको टाउको भारी भएर हातमा-खुट्टामा-औंलाहरुमा र पाखुराहरुमा गोलीका दानाहरु हुत्याएर के हुन्छ !

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : तिमीले कैदी बनायौ

~नवराज पोखरेल ‘पाखेली’~ केटा: तिमीले कैदी बनायौ मलाइ तिम्रो मायामा कैदी बनायौ केटि: तिमीले बन्दि बनायौ मलाइ तिम्रो मायामा बन्दि बनायौ केटा: नलाग्छ भोक नलाग्छ निन्द्रा भा’को छु बेचैन केटि: खटपटी हुन्छ यादले सताउछ के भा’को भनन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~ कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : सङ्गीतकार

~जीवन आचार्य~ धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु पर्दा उघ्रँदैन, पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोखनी जाने सहिदहरू

~कृष्णभुषण बल~ बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नीला फूल र पहेँला पातहरू

~कणाद महर्षि~ आकाश मन पर्छ, मलाई सागर मन पर्छ मन पर्छ मलाई किनभने मन–मन उड्न, मन–मन डुब्न पाइन्छ मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : रेडीयो

~बाबुराम पन्थी ‘गुल्मेली’~ कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाई भित्र मौरो परेकोले क्रियापुत्री लाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाई नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक विदाको दिन भएकोले पनी दाजुभाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मान्छेलाई देखूँ

~दिनेश अधिकारी~ उकालीमा चढे पनि मान्छेलाई देखूँ झर्दा पनि ओरालीमा मान्छेलाई भेटूँ हँसाए नि, रुवाए नि, लगाए नि घाउ मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ थोपाथोपा आँसुसँगै खसेको छ मान्छे देउताभन्दा नजिक भै बसेको छ मान्छे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~ मेरो टोपी कहिलेकाहीँ दराजले लगाउँछ कहिलेकाहीँ बाकसले कहिलेकाहीँ गलैँचाले लगाउँछ कहिलेकाहीँ गिटारले कहिलेकाहीँ कुर्सीले लगाउँछ कहिलेकाहीँ पर्खालले

Posted in कविता | Tagged | Leave a comment

कथा : वृद्धआश्रम

~सरला अर्याल~ काममा व्यस्त थिए । फोनमा घण्टी बज्यो , हेर्ने फुर्सद थिएन ।लगातार घण्टी बजे पछी हेरे मेरै साथी सन्दीपको रहेछ । यसै गरेको होला उसले , अली फुर्सदमा कलब्याक गर्छु , ऊ संग सधै लामो कुरा हुन्छ भन्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : चन्द्रमा तिमी बनिरहू

~बच्चु कैलाश~ चन्द्रमा तिमी बनिरहू जिन्दगीभर म जून बनूँला हृदयमा मेरो तिमी रहे ढुकढकी भई म धड्किरहूँला ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : जुनु म्याडम

~होतराज पौडेल~ सबैले पर्रर्रर्र… ताली बजाए । जुनु म्याडमको प्रस्ताव सर्वसम्मतले पारित भयो । सिडियो सापले आफ्नो अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन भएको घोषणा गरे । आजको कार्यक्रमको उद्देश्य थियो, बाल तथा महिला हिंसाविरुद्धको अभियानलाई जिल्लास्तरमा सशक्त बनाउने । यो कार्यक्रमको प्रायोजन जुनु म्याडमको गैरसरकारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अग्लो घरको प्रतिष्ठा

~आचार्य प्रभा~ भूकम्प गएको केही दिनपश्चात पाँच–छ जना महिला एकआपसमा कुरा गरिरहेका थिए– त्यही गएको भूकम्पबारे नै । पहिलो महिला– ‘आम्मामा मेरो त सातो नै उड्यो । म त सास न बास गुजुल्टो परेर कोठामै बसिछु । भरै पो होस् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Translated Poem : Song of the Slaves

~Gopal Prasad Rimal~ Translated by Yuyutsu Sharma Our ponds of inertia are dear to us. Our pride in preserving the ponds is dear to us. Who are you to tarnish glorious pinpoints of our pride? In here we love the … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : एक्लो यात्री

~सरु पेखरेल~ बर्षौपछी आज यो बाटो हिडेको उ |बाटोका दृश्यहरु फेरिएका छन्|हुन त उसको मन पनि फेरिएको छ |उसलाई यताबाट जाँदा नौलो लागथ्यो, अहिले फर्किदा नौलो भैरहेको छ| बाटोका छेउछाउका घरहरु,रुखहरु पुलपुलेसाहरू कुनै थोत्रिएका छन्,कुनै नया बनेका छन्|जमिनको आयतन खुम्चिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छोड्न मन लागोस

~निर्मला अवस्थी~ आफै ठूलो हुने बानी छोड्न मन लागोस घात गर्ने अहम् पनि तोड्न मन लागोस।। तेरो मेरो भनी सधै भाग भण्डा गर्ने साघुरो यो मनलाई मोड्न मन लागोस ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : देश र क्रसफायरिङ्ग

~टंक सम्वाहाम्फे~ उहिले उहिले पेन्सन पकाएर फर्किएको लाहुरेले आफ्नो स्मृति कथा सुनाउदा क्रसफायरिङ्गका कुरा गर्थे हामी केटाकेटी रोमाञ्चक भएर सुन्थ्यौ र सोध्थ्यौ क्रसफायरिङ्ग भनेको के हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अलबिदा महम्मद अली

~प्रकाश सुनुवार ‘निराकार’~ सद्भाव र सदाचारको खेलमा क्यासिस क्ले भएर खेल्यौ अनगिन्ती खेलहरुमा विजय हासिल ग¥यौ तर कट्टर रंगभेदीहरुको नजरमा क्यासिस क्लेलाई हेर्ने आँखामा परिवर्तन आएन शोषणको श्रृंखला यथावतै रहयो तिम्रो जीतले

Posted in कविता | Tagged | Leave a comment

कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~ कोही घर र पहराहरुसँगै ढले कोही सडक र गराहरुजस्तै चिरिए कोही डरसँग साहस साटी उत्रे सुस्केरालाई सुसेलीमा बदल्न तिमीले चाही के गर्यौ? ए छाँया भन त तिमीले के गर्यौ? ए छाँया तिमीले सोच्यौ आँशु बगाइदिने हो अझै झुत्रे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : तिमीले

~कुन्दन काफ्ले~ वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले । म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले । प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले ।

Posted in कविता | Tagged | Leave a comment

कथा : एली सुब्बा

~दिनेश कोइराला~ यो कथा एली सुब्बाको कथा होइन । यो नाकचुच्चेको कथामा एली सुब्बा यसरी आएर ठोक्किई, मानौं यो उसकै कथा हो । मुख्य पात्र भएर पनि नाकचुच्चे कथामा कता कता हराउँछ । पछाडि पर्छ । हुन त ऊ जिन्दगीभर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बिसे नगर्चीको खोजीबारे केही कुरा

~आर. आर. चौलागाईं~ केशव श्रेष्ठ ‘ज्योति’ (हालः केशव श्रेष्ठ) मेरा अभिन्न मित्र हुन् । कुनै बेला हेटौँडामा हाम्रो साहित्यिक जोडी एउटा उदाहरणीय जोडी थियो । जहाँ ‘ज्योति’, त्यहाँ आर। आर। । अनि जहाँ आर। आर। त्यहाँ ‘ज्योति’ । हामी दुवै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : फेरिएको साइनो

~सुरेश राउत~ नभेटूँ भन्छुु, नदेखूँ भन्छुु तर पनि त्यहीँ पुुग्छुु सधैँ । के गर्नु समयको खेला हो । समयले मसँग खेल्यो । मेरो परिवारसँग खेल्यो । के हो त्यो, को हो त्यो मलाई थाहा छैन । थाहा पाउन पनि चाहँदिन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू

~भेषराज रिजाल~ वि.सं. २०५५ साल भदौ महिनाको अन्तिमसाता आमा, बुवा र म मुक्तिनाथ यात्रामा निस्कियौँ । हामी पुर्ख्यौली थलो पर्वतबाट कुश्मा, बेनी, गलेश्वर, घाँसा, लेते, टुकुचे, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुगेर आठौंदिनका दिन घर फर्किएका थियौँ । चारदशक लामो जीवन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरा कलम र युरोपका देशहरु

~मनीषा अवस्थी~ म भोकै छु हिजो र अस्ती देखि नै जानी जानी आफैलाई सास्ती दिने अनौठो रहर जागेको छ । हो म चिन्तनमा छु त्यो दिन देखि जुन दिन मैले थाहा पाएँ मेरा कलमहरु कमजोर भएको मेरो देशमा छरपष्ट मेरा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्कासन

~शरद पाैडेल~ अटेन्छेन (एटन्सन) ठन्डेईच (स्ट्यान्ड इजी) एक कदम अागे मारकस तरफ । दाे कदम अागे साेसलिष्ट तरफ । बट, नाे काेइसन्स । अाधा घुम् लेनिन तरफ । अाै पूरा घुम् ख्रुस्चेव तरफ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधार

~सिर्जन अविरल~ कमरेड ! आज तपाईँकै चुनाव चिह्न बोकेर अपरिचित झैँ उभिएको छु, आफ्नै द्वारमा खालि गोडा डुलिरहेको छु गाउँगाउँ बाँडिरहेछु तपाईँकै सपना र, लेखिरहेको छु तपाईंको नारा बोल्दै हिँडेको छु, तपाईंको भाषा तपाईंको गाडीले उडाउँदै आएको धूलोले

Posted in कविता | Tagged | Leave a comment

कथा : स्कूले साथी

~वैकुण्ठ ढकाल~ फेसबुकको ईनबक्समा कल मि ९८४१…… । सन्देश रहेछ । नाम थर हेरें । चिनिन । प्रोफाईल पिक्चरमा गएपछि, घाम जस्तै छर्लङ भएँ । स्कूले साथी रहिछन । माबिसम्म संगै पढेको, सेक्सन फरक भए पनि । एउटै कक्षा हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~ धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ । म आज बस् घर छोडिदिन्छु , र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु । जब मोटरसाईकल किन्न सक्दैनन् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली गीत : रेशम कीरा

~हरिहर तिमिल्सिना~ रेशम कीराजस्तै भयो जिन्दगीको चाल जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल । मेरा लागि बराबरी दिनरातहरू बाटेको छु धागोहरू खाँदै घातहरू

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिलासी मन

~यशोदा अधिकारी~ वास्तविकता नबुझने मान्छ लाटोकोसेरो जस्त पीडाले छट्पटाउँछ समयलाई नबुझने मान्छ विना औचित्य झयाउँकिरीजस्तै चिच्याउछ अँध्यारोलाई उज्यालोमा

Posted in कविता | Tagged | Leave a comment

कथा : बाडेका भट्मासहरु र उमेशका सपना।।।

~राजिव घिमिरे~ उहि दुब्लो पातलो चेहेडा, उडिरहेको कपाल र खैनि मोलिरहने हात । उमेश जस्ताको त्यस्तै लाग्यो, लामो अन्तराल पछि पनि । हंसाइ पनि पुरानै रहेछ । ‘यो डबल मजा धेरै न खा साले, गतिलो चिज होइन, क्यान्सर भएर मर्लास’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment