Author Archives: Editor

कविता : इच्छुकको इमेल

~सङ्गीत श्रोता~ महेन्द्र पुलिस क्लब अगाडिको सडकमा फेला परेको छ इच्छुकको इमेल इमेल तिन बुँदे छ पहिलो बुँदामा छ कमरेड प्रचण्डको नाम र कोरिएको छ पहेंलो मसीमा राष्ट्रपति भवन जस्तो लाग्ने अमूर्त रेखाचित्र

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी हटे कालामैला अति मुदित वातावरण छ सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।। उठे सेता खास्टा तलतल बढाई नगहरू खुले चोखा बन्दै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गीत : के भनुँ म कसो गरी परें

~यादव खरेल~ के भनुँ म कसो गरी परें मोहिनीको मायाजालैमा बोलाइरहने टोलाइरहने त्यो आँखाको नीर तालैमा रुपै कस्तो परी जस्तो दन्तै लहर खोली हाँस्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : डाक्टर

~शेखर ढुंगेल~ अस्पतालको आपद्कालिन कक्षमा दुर्घटना को कारण टाउकोमा गम्भीर चोट लागेको एक युवक का आमा बाबु र आफन्त हरू सम्बन्धित विज्ञ डाक्टर को तिब्रतापुर्बक प्रतीक्षामा थिए । कोही नर्स लाई बारम्बार कुन बेला आइ पुग्ने हो रु डाक्टर भन्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रिय ऋतु

~नेत्र एटम~ आएकी छे बैंसालु ऋतु नवीन शृंगारमा सजिएर स्फूर्तिका पाइलाहरु टकटक टकटक टेक्दै र धर्तीमा टेकेका डामहरु छोड्दै अनि चढेकी छे नदीका किनारदेखि पहाडका उत्तुङ्ग टाकुरासम्म आकाशबाट झरेका

Posted in कविता | Tagged | 1 Comment

गीत : मेरो पछयौरी!

~निश्चल काउचा~ साउने सिमसिम झरीले कान्छा भिज्यो मेरो पछयौरी! आजभोली लाग्दैन बाडुल्की कतै मलाई भूलीसक्यौकी !! नलाउनु रैछ टाढाको माया भेटघाट हुन गाह्रो भो ! पल पल याद आईरहने मन बुझाउन साह्रो भो !!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : गोत्र

~सदिप कुमार लम्साल~ धेरै दिन पछि अनलाइन आउने मुड चल्यो । दिउँसो कामको ब्यस्तता अनि साझ साथी भाइ सङ्गको जमघट्ले गर्दा अनलाइन , फेसबुक तिर ध्यान नगएको पनि हप्ता दिन हुन लागेछ। मलाइ काम र साथि हरु सङ्गको जम्घट भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : प्रियासनको भुमरीभित्र पस्दा

~केशरमान बिसी ~ साहित्य समाजको वास्तविकता देखाउने दर्पण हो । जसले समाजका उतार चढावहरुलाई रोचक तथा तार्किक शैलीमा आम जनमानसलाई चेतना प्रदान गर्ने गर्दछ । वास्तविक साहित्य सदैव समाज सापेक्ष हुनुपर्दछ । समाजमै बस्ने सर्जकहरुले साहित्य विधाद्वारा समाजका विकृति विसंगतिहरुलाई मुख्य … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जुन

~दिलिप योन्जन~ अन्धकारमा डुबेको अभाबको जिन्दगी कालो रातमा उज्यालो छर्न झुल्किएकी जून सुनसान सुनसान सडक बस्ती हुँदै कोठामा निर्बस्त्र नागिए झै सताब्दि देखि एक्लै एकान्तमा पिल पिल रुदै दुख सुख सगाल्दै, निसासिदै समुद्र, मरुभूमी ,हरियाली हुदै एक क्षितिजबाट अर्को क्षितिज … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन’को घर होस

~जीवराज बुढाथोकी~ सुन्दर एउटा मन’को घर होस ! सधैंभरि गृहलक्ष्मी’को भर होस !! थकाइले चुर भई, पुग्दा घरमा, भरि गिलास दुधमा’थि तर होस !!

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पुनर्स्थापनाको माग

~समीर पाख्रिन~ शिवधुनी गाविस आन्दोलनका कारण तनावग्रस्त थियो । आन्दोलनकारीहरूले गाविस भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि शाखा सबै आगजनी गरी ध्वस्त पारिदिएका थिए । करिब पन्ध्र दिनसम्म चलेको हिंसात्मक आन्दोलन सरकारसित ६ बुँदे सम्झौता भएपछि फिर्ता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो बलात्कार भयो

~विश्वराज अधिकारी~ डियर स्नेहा, काठमाडौं आएको एक महिनापछि यो इमेल लेख्दैछु । डिसेम्बर महिनाको दोस्रो हप्ता भइसक्यो । केही हप्तापछि नयाँ वर्ष २०१५ शुरू हुन्छ । ओक्लहोमाले त सेतो सिरक ओढ्न शुरू गरिसकेको होला । चिसो निकै बढेको होला । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्ध कविता : अभागी यात्रा

~काङमाङ नरेश राई~ ऊ— थुम गढी पुर र किल्ला छोडी मायाको लुकुनी ओढी काँधमा थोत्रो झोलो बोकेर झिसमिस नहँुदै अगुल्टो हल्लाउँदै सिमसिम पानी ओढ्दै लालकिल्ला हिँडेको हो

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : मुद्गल ऋषि

~उमाशङ्कर द्विवेदी~ कुरुक्षेत्रमा मुद्गल नाम गरेका एकजना ऋषि बस्दथे । उनी बडो धर्मात्मा र जीतेन्द्रिय थिए । उनी सदैव सत्य बोल्दथे र कसैको पनि निन्दा गर्दैनथे । अतिथिहरूको सेवा गर्ने उनले व्रत लिएका थिए । उनी बडो कर्मनिष्ठ तपस्वी महात्मा … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | 1 Comment

कविता : जिन्दगीको एक पाटो

~रवि थापा~ प्रकृतिको नियम जसलाई चाहेर पनि बदल्न सकिन्न, कति कठोर अनि निर्दयी छ ! जसले स्वयमलाई गुमाएर उसको पलपलमा साथ दिने गथ्र्याे आज उही टुहुरी भएकी छे ।

Posted in कविता | Tagged | Leave a comment

कविता : समय सँगै जिन्दगी सुल्टो घुम्लाकी !

~जिबिहाङ राई~ मेरो भित्तामा सिसा कोरिएको, भाग्य फोरिएको घडी घुमिरहन्छ सधैं सुल्टैतिर मैले जानेदेखी जान्दासम्म कहिले उल्टो घुमेन यो भाले बास्दा ऊ अंक चारलाई धाप मार्छ घाम उदाउँदा ऊ अंक छमा अंगालो सार्छ पालेदाईको घण्टिको आवाज संगै ऊ नौ लाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पिडाहरू लुकाइन्छ

~रामशरण श्रेष्ठ~ हासेर दुख पिडाहरू लुकाइन्छ। यस्तै जीन्दगी चित्त बुझाइन्छ।। परदेशको बसाइ भन्नु यस्तै रैछ बेदनाहरू पोख्न आखा रसाइन्छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म लाटी

~मनुषा राई~ मौन म बोल्दिन मलाई देखनेले लाटी घुस्घुसे अनतर्यामी भनेर आरोप लगाए मलाई थाहा छ बोलेर केहि हुन्न् तेसैले म मौन छु किनकी तिनीहरु लाइ के थाहा म अबोधको पिडा ? कतिखेर थाहै नपाई पसिनाले साटेको पिठो

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँबाट

~करुणा राई~ पुर्व आकाशमा शुक्र झुल्कदा पधेरावाट पानी भरेर घर ल्याइपुराएको खबर पश्चिम् डाडामा बाँस बसेपछि घाम मेलो छाडेर भरिलो डोको अंगरक्षक बनाएर घर फर्केको खबर पठाउछिन मेरी आमा गाउबाट म बसेको शहरको एक गल्लिमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सिल्ली लभर : सिल्ली समयको कथा

~किरण दहाल~ बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : बिलाई जान्छ

~दिलिप योन्जन~ बिलाई जान्छ मान्छेको जिबन आखिरी माटोमा हासी खुसी दुइदीन बाचू जिबनको बाटोमा ! सुख दुख सग-सगै बाडे स्वर्गे पाइन्छ मायामा छुरा मायाले हाने कलंकित भईन्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : किम्बुको बोटमुनि

~कमल कुमार~ हामीसँगै हुर्केको थियो किम्बुको बोट तिम्रो आँगनको छेवैमा छेलिएर किम्बुको बोटमा म हेर्ने गर्थेँ लुकेर तिमीले नुहाएको थाहा छ मलाई पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो दायित्व बन्धन

~निर्मोही व्यास~ पसेछु म विनापत्तो आयुको उत्तरार्धमा यही सङ्केत गर्दै छ जिन्दगीले जहाँतहाँ चौँसट्ठी वर्षको लामो यात्रा मैले तुरीसकेँ यत्रो अवधिमा जे–जे सकेँ कर्म गरीसकेँ सम्झिँदा आज ती सारा चल्छ अत्यासको हुरी साथसाथै छचल्किन्छ तृप्तिको रस–माधुरी जति हेरूँ, अझै हेरूँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आत्मालापको क्यानभासमा

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु । मेरो पात्र भन्दै छ – कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँखाले खिसाएको हुनसक्छ

~रितु खनाल~ चर्केको निद्रालाई आँखाले खिसाएको हुनसक्छ दुख पीडा आँसु मसङ रिसाएको हुनसक्छ । ताता सपनाका घाउ खाटा सकेन देख्न आँखाले जानीजानी पीडा माथी पीडा मिसाएको हुनसक्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : जङ्गे पिलर

~लता कार्की~ मेरो आमाको छातीमा रोपिएका सुन्दर फुलहरु कुल्चिदै एक हुल बन्दुकहरु क्रुरताले उदण्ड मच्चाउँदै आँगन मै आईपुग्यो र,विभत्स मृत्यू सरप्राईज दीएर गयो।। यति बेला म,ठिङ्ग उभिएकोछु मेरो आमाको छातीको सिमानामा लतपतिएर टाटो बसेको रगतले

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कसरी कवि भयौ त ?

~भीष्म उप्रेती~ सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : निषिद्ध प्रदेश

~चन्द्रबहादुर थापा~ निषेध छ तिमीलाई आउन मेरो प्रदेशमा प्रीत लाउन आयौ भने द्वारमा छ भाला छ बाटोमा बम पाइलै नहाल। सम्बन्ध गाँस्न यहाँ पाइदैन

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी बाटो तिमी यात्रा

~दिनेश अधिकारी~ तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति तिमीलाई भेटेपछि मेरो जिन्दगीमा देउतासँग माग्ने पनि कुरै सिध्धियो सबै दुख सबै पीर भुल्छु तिम्रो साथमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पीर

~प्रतिभा पौडेल ‘एकता’~ झुपडीमा बस्ने कालु दाईदेखि लिएर उच्च महलमा बस्ने गोरे दाइलाई हेर्छु फेरी आँखा चिया पसल्नी कान्छी दिदीमा पर्छ अनि रेष्टुरेन्टवाली ठुल्दिदीलाई हेर्छु चारैतिर हेर्छु । कालु दाइलाई महल बनाउने पीर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कथित समाजसेवी

~मीरा प्रसाईं~ ‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ?  धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रकृती

~बादल देबि चाम्लिङ~ राम्रो मिठो, गुलियो जति सवै कुराहरु आफैलाइ राख्छ । र मलाइ, बचेखुचेको रहलपहल बटुलेर खानु भन्छ । वरिपरि नजर डुलाएर यो धर्तिमा जन्मिएको आनन्द लुटौँ है भन्यो । ठुलाठुला पहाडहरु उभ्याएर छेकिदिन्छ । ऑखा अगाडि फगत २,४ झरनाहरु देखाइदिन्छ । म मख्ख … Continue reading →

Posted in कविता | Tagged | Leave a comment