Author Archives: Editor

यात्रा संस्मरण : एस्तो पनि हुदो रहेछ

~खडानन्द तिमलसिना~ जीवन जीउने क्रममा धेरै यात्राहरु भएका हुन्छन कति यात्राहरु संझौं भनेर पनि संझन सकिन्न भने कति यात्रालाई र्विसौं भनेर पनि विर्सन सकिन्न त्यहि मध्यको यो एउटा यात्रा सिन्धुली देखि बुटवल सम्म भएको छ । यात्रा यसरी सुरु हुन्छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : दोप

~दिल थापा~ यो सहर मेरो आंखाको थकाई मेट्ने सहर आज कस्तो शून्यता यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो म आफैको शोकसभामा आफै आए जस्तो बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बेला न कुबेला ‘बजि नयला’

~हिरण्य भोजपुरे~ — प्याराडाइज कोलोनीमा अचम्म–अचम्म हुन्छ । — के भो भाइ ? — आज हजुरको घरतिर हेरेको,

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पश्चात्ताप

~भवानी पाण्डे~ बिहान उठ्न अल्छी भएँ गृहकार्य थाती साथीभाइ स्कुल पुगे म मात्रै छु बाँकी ढिला भएँ गेटबाहिर परेँ म आज साथीसँगी सबैमाझ परेँ म लाज दिनैपिच्छे फरक–फरक गर्थें बहाना

Posted in कविता | Tagged | Leave a comment

कथा : काठमान्डु गीत

~राजेन्द्र पराजुली~ मैले डिप्रेसनको औषधि खान थालेको तीन वर्षजति भएको थियो। डाक्टर भन्थ्यो- तनाव यसरी नै बढाउँदै जाने हो भने औषधिको डोज बढाउनुपर्छ। ‘कति पटकसम्म बढाउन सकिन्छ डोज?’ मैले एक दिन डाक्टरलाई सोधेको थिएँ। ‘अब एकपटक बढाउन सकिन्छ,’ डाक्टरले भनेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : हाम्रा बाबा बूढो भएपछि के मा खान दिने?

~अज्ञात~ एउटा गाउँमा ७० वर्ष काटिसकेका दयासिंह नामका बूढा थिए। केही वर्ष अघि उनका स्त्री मरिछन्। त्यसपछि उनका छोरा निष्ठुरसिंह र बुहारी कटुगराले उनका हातबाट घरको श्रीसम्पत्तिको साँचो कब्जामा लिए। त्यसपछि बूढालाई उनीहरूले चीसो छिंडीको एउटा कुनामा राखेछन् र खानलाई … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

नेवारी कविता : प्रेम तोता मातृभाषाया

~योगवीर सिं कंसाकार~ प्रेम तोता मातृभाषाया नेम गननं ओइगु ।।धू।। देश भाषा तोलतावो मेव भाषा का वन ।। सुख तोता दुःख मालिम्ह मूर्ख सरिवरि जू वन ।।१।।

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : शोषकको स्पष्टोक्ति

~गेहराज थापा~ म त एउटा शोषकै हुँ शोषण मात्रै गर्ने अरू चाहे भोकै मरून् आफ्नै भुँडी भर्ने शोषण गर्न पाइनँ भने मलाई हुन्छ डाह अरूको भोक, पिर–मर्का मलाई के थाह ? ईश्वरैले मलाई शोषक बनाएको जान मेरो विरोध ईश्वरैको विरोध … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुक्नुभन्दा अघि उठौँ

~केशव गाह~ शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ तनभरी जताततै काटिएका घाऊहरू भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~ अघि बढेका छन् तिम्रा पाइला पछि हट्नु हुन्न अब रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब । आउछन् हजार विघ्नवाधाहरू तिम्रो हिड्ने बाटामा

Posted in कविता | Tagged | Leave a comment

गजल : अब बसिदिन सक्छु

~निर्मला अवस्थी~ तिम्रै नजिक आई अब बसिदिन सक्छु थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।। मलाई छोडी अन्त कतै जान खोज्यौ भने बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : रुखमा निन्द्रा पाकेको छैन

~बिमल गुरुङ~ रातभरि प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा रुखमा निन्द्रा पाकेको छैन । हातले भक्कु रगड्दा निस्केका मयलका टुक्रा जत्रै थिए ती सेनाहरु । ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म

Posted in कविता | Tagged | Leave a comment

हीरारत्न श्रीशाक चौध हाइकुहरु

~हीरारत्न श्रीशा~ १ बिग्रँदो राष्ट्र पुरुषको बखेडा नारीको इज्जत् २ आकास आधा सुनसान छ धर्ती अज्ञानी धेरै

Posted in हाइकु | Tagged | Leave a comment

गजल : लासका खालहरू

~कल्पना पौडेल~ बढ्दै छन् दिनहुँ लासका खालहरू रगतले रङ्गिँदैछन् नयाँ सालहरू हत्या हिंसा बढ्दैछ हाम्रो देशमा

Posted in गजल | Tagged | Leave a comment

कविता : जन्माऊ क्रान्ति

~राहुल पुन~ विचरा ! झोलीको सोगी खरावीको भोगी विचारको रोगी आखिरीमा काठमाडौं छिरेकै अलच्छिनले गिरेकै लोभिभाँडो भिरेकै

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो घर भाडिँदैछ

~राजेश नेपाली~ लौ न ए नेपाल आमा तिम्रो घर भाडिँदैछ सानो यो सुन्दर नेपाल टुक्रा पारी बाडिँदैछ बहुल जाति भाषा धर्म बसेका छौँ मिलीजुली खिचातानी गर्दै फूलबारी यो माडिँदै छ

Posted in गजल | Tagged | Leave a comment

गजल : थोत्रो बस छुटेछ

~मनु ब्राजाकी~ नयाँ नेपाल जाने थोत्रो बस छुटेछ भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ । पूरा खान ‘प्रभु’लाई भोग लगायो थोते बूढी आमालाई मकै भुटेछ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : तीन रुपैयाँको रक्सी

~भागवत खनाल~ साहुनी : यो काठालाई किन रक्सी खान दिएको ? साहु : अति नै गरेर पो देको नि हत्य हाले , के गर्ने हार्ने सकिन। साहुनी : यो राम्रो भएन नि , हामीलाई लोभी भन्दैनन् ? बाजेले के भन्लान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दलित दिवस

~हरिप्रसाद भण्डारी~ जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले । धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै

Posted in लघुकथा | Tagged | Leave a comment

लेख : गोस्ट राइटिङ दुनियाँ

~अच्युत कोइराला~ बेलायतमा डेढ सय वर्षअघि औपचारिकरूपमा ‘छाया लेखन’ अर्थात् ‘गोस्ट राइटिङ’ सुरु भएको मानिन्छ। तर, श्रुति परम्परामा विश्वास गर्ने पूर्वीय दर्शन हेर्ने हो भने गोस्ट राइटिङ सुरु भएको पाँच हजार वर्षभन्दा बढी भइसकेको देखिन्छ। ‘महाभारत’ घोस्ट राइटिङको उत्तम नमूना … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

गजल : सिरेटो चलेर आयो

~रामेश्वर पौडेल~ चिसोचिसो यो सिरेटो चलेर आयो किन हो मुटुको चाल बढेर आयो    सोधु म कस्लाई गई आज हेर बाच्ने आशाा यो फेरी मरेर आयो 

Posted in गजल | Tagged | Leave a comment

युद्ध संस्मरण : डक्टरलाई सहिद हुन हिँडेको हुँ भनेँ

~अनुपम थामी~ मलाई यतिखेर विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनको भनाईको याद आइरहेछ । ‘जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।’ त्यसै गरी सर्वहारावर्गका महान गुरु माक्र्सको भनाईले पनि ब्यूँझाइरहन्छ ‘रगत क्रान्तिको उर्जा हो ।’ यी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अन्तर्वार्ता

~भैरव अर्याल~ काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यले उत्पन्न गरेको एक विश्वतरङ्ग नजिक उभिएर

~डा. गोविन्दराज भट्टराई~ बसन्त ऋतु विदा हुने एक बिहान भ्यालमा बसेर माथि बाघभैरवको गजूरतिर एक दृष्टि लगाएँ । फेरि एक दृष्टि इन बक्सका इमेलतिर दिएँ । माथि सल्लेरी पनि बिस्तारै हल्लिरहेको छ। यो मौसमका चरा कराएको सुनिने गरी झ्यालबाट सिरसिरे … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

Research Paper : Nepalese Children’s Literature: Past and Present

~Biswambhar Ghimire ‘Chanchal’~ History of Children’s Literature In Nepal Nepal, is a mountaineous, and glittering snowy  country in the world has its diversed culture, traditions and customs. It is privileged with different  ethnic groups with the spirit of tolerance, unification … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

गीत : यहीँनेर रोकिएझैँ लाग्छ

~गीता त्रिपाठी~ जिन्दगी यो यहीँनेर रोकिएझैँ लाग्छ पर्खाइमै सारा आकाश पोखिएझैँ लाग्छ बतासमा तिमीलाई छोएर पो हो कि बिर्सिएको गीत सम्झी रोएर पो हो कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : कमण्डलुको जल

~प्रकाशप्रसाद उपाध्याय~ जाडोको मौसम थियो । एउटा छेपारो बिहानी पखको न्यानो घाम ताप्दै थियो । आफूले घाम तापिरहेको छाप्रोको टाटीसित साधुको छाप्रो थियो । गोठालो आएर दूध दुहुने सुरसार गर्दै थियो । दूध निचोर्न थाल्नुअघि गोठालोले गाईको थुनबाट दूधका केही … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : हुरी चल्यो

~केशब आचार्य ~ सम्झनामा तिम्रो धेरै छाती भित्र हुरी चल्यो आँखाभरि छाई रह्यौ एकान्तमा रात ढल्यो बिर्सिदिने कोशीशमा मोडिएको पाईला कतै अनायास आज किन दिलभित्र माया फल्यो

Posted in गजल | Tagged | Leave a comment

पत्रकथा : आजलाई यति नै

~प्रकाशमणि दहाल~ मेरो राजा ! भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : देवता

~रामकुमार श्रेष्ठ~ ढुंगा खोजे ढुंगा मिल्छ देवता खोजे देवता सवै नै चाहन्छन् त गर्छ के एउटा जाने चुनाब पनि देवता हो रे वाद पनि देवता नेता जति जनता भए जनता जति नेता ।

Posted in कविता | Tagged | Leave a comment

गजल : आज झन्डा फरफरायो

~भुपेन्द्र महत~ तिम्रो दिलमा उसले आज झन्डा फरफरायो बिना युध्द हार भो मेरो छाती चराचरायो रुप उही रंग उही ढंग फेरियो कि कतै धेरै पछि भेटदा तिम्रो ओठ थरथरायो

Posted in गजल | Tagged | Leave a comment

कथा : घर कब आओगे?

~कमल कुमार~ लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment