Tag Archives: sangrahalaya

गजल : छोडी गयो

~विभोर बराल~ थाहा छैन कहिलेको हिसाब छोडी गयो जिन्दगीले टेबलमा किताब छोडी गयो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : घरको जग हाल्दै

~बूँद राना~ बूँदजी !, काठमाडौँमा घर बनाउनु भो ? केही समय यतादेखि मेरा परिचितहरूले मसँग सोध्ने गरेको प्रश्न हो यो । यो प्रश्न सोध्नेक्रम घट्लाजस्तो लाग्दैन, बरु बढ्ला । काठमाडौँ र घरको प्रसङ्ग उठ्दा विगतका तत्सम्बन्धी केही भावनात्मक तथ्यहरू मेरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नाटक : आकाश/परिवेश

~जनार्दन जागरुक~ गोलो टेबल छ । टेबल वरिपरि मेचहरू छन् । मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् । पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् ।

Posted in नाटक | Tagged | Leave a comment

गीत : लाखौँ जुनी कम हुन्छ

~गणेश रसिक~ लाखौँ जुनी कम हुन्छ तिमीसँग माया लाउन तिमीसँग माया लाउन ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

एउटी विवश महिला

~महेन्द्र चालिसे~ म यहाँ अहिले तपाईंहरूसामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु सुनिसकेपछि तपाईंहरूले मेरो र मजस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

शब्द निश्शब्द कोलाज

~तुल्सी थापा~ पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : आधा मेरोः आधा तिम्रो

~नन्दलाल आचार्य~ पात्रहरू- लक्ष्मीः एक अधबैँसे युवती नरनाथः एक अधबैँसे युवक रञ्जनाः एक ठिटी पुष्पकमलः एक बालक

Posted in एकाङ्की | Tagged | Leave a comment

खोजपत्र : नेपाली नाटकमा महिलालेखन

~लीला लुइटेल~ नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

नाटक : आवरण-अनावरण

~कृष्ण शाह’यात्री’~ बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

कविता : यो दलन

~भुपी शेरचन~ माथि माथि अरूहरू तल म छु छायाँ एक्लै जन्म उस्तै, मृत्यु उस्तै बाँच्नुपर्ने ढङ्ग बेग्लै

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~भुपी शेरचन~ नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर

Posted in कविता | Tagged | Leave a comment

कविता : भैरहवा

~भुपी शेरचन~ टाढा-टाढासम्म जता हेर्यो उतै मैलो, फुस्रो धरती उजाड, उदाङ्ग आदिदेखि अन्तसम्म एकनास

Posted in कविता | Tagged | Leave a comment

कविता : 'भूपि' शेरचन

~भुपी शेरचन~ केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी

~भुपी शेरचन~ हामी जतिसुकै माथि उठौं, जतिसुकै यताउति दगुरौं, जतिसुकै ठुलो स्वरमा गर्जौं तर, हामी फगत् पानीको थोपा हौं

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चोक

~भुपी शेरचन~ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्ने मेच माथी अन्धो मान्छे

~भुपी शेरचन~ दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ

Posted in कविता | Tagged | Leave a comment

कविता : दाल भात डुकू

~लक्ष्मीप्रसाद देवकोटा~ दुःखको लामो सडकमा पीरको केही छडकमा चल्दथे ‘टुक टुक टुकू !’ आफूजस्तै लाख हेरी बेला-बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : पागल

~लक्ष्मीप्रसाद देवकोटा~ जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु ।

Posted in कविता | Tagged | 1 Comment

कविता : घाँसी

~भानुभक्त आचार्य~ भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~ एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि । मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कविता : गाई

~शिवगोपाल रिसाल~ गाई हाम्रो पशुधन, गोठको शोभा गाई गाईजस्तो अरू छैन गाउँघरलाई गाई पाल्ने देश हाम्रो गाईलाई मान्छ वर्षैपिच्छे तिहारमा गाईको पूजा हुन्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : रमाइलो धर्ती

~कृष्णप्रसाद पराजुली~ हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो धर्तीभरि रमाइला कुरा धेरै हुन्छन् पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन्

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिहानीको गीत

~गणेश ‘विषम’~ चिरबिर गर्छ गौँथली हाम्रै घर आँगनमा फुरफुर गर्छ पुतली हाम्रै फूलबारीमा हाम्रा राम्रा वनचरी बिहानी पो डाक है आजभन्दा भोलि झन् अझ राम्रो पार है

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कानाकाना कुर्र

~दैवज्ञराज न्यौपाने~ कानाकाना कुर्र नानी दौड्यो खुर्र चरी उड्यो भुर्र कानाकाना कुर्र

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : बिचरी चरी

~कवी शिरोमणी लेखनाथ पौड्याल~ वर्षा याम एक दिन ठुलो पानी पर्‍यो काला-काला बादलुले सेता गेडी झार्‍यो

Posted in बाल कविता | Tagged | Leave a comment

मेरो सानो खरायो

~कल्पना प्रधान~ मेरो सानो खरायो आज कता हरायो। हिजो सँगै खेलेथ्यौँ घर भित्रै भुलेथ्यौँ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : कमिलाको ताँती

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : टालाटुली बटुली

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ टालाटुली बटुली – टालाटुली बटुली कति राम्री पुतली

Posted in बाल कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : खोल

~भैरब अर्याल~ अस्पतालको सगाल पलङमा सेतो सुकिलो ओच्छ्यान पाई नयाँ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुम्याई अहा ! कस्तो सफा विच्छौना, हातको मयल पनि सर्ला जस्तो कति नरम औ कति मनोरम खोपीभित्रको शैय्या जस्तो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : कारिन्दा

~भैरब अर्याल~ उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ बस् धस् हस् हजुर लुखुर–लुखुर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : चरिचुच्चे ‘च’

~भैरब अर्याल~ हो, मान्छे बिछट्ट छुच्चा भए, चौपट्ट लुच्चा भए । यिनै छुच्चा र लुच्चाको मिचोमा परेर हामीजस्ता लाटासुधा मान्छे फुच्चामा गनियैाँ । अनि, गुच्चा खेल्दा जसरी चुपो लागेको सुधो गोटीलाई चारैतिरबाट ताकिन्छ, त्यसै गरी छुच्चा र लुच्चाका कुर्कुच्चाहरू सधैं … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘उडाउनु’ सित एकछिन उड्दा

~भैरब अर्याल~ एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनासित्तिको कुराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment