Tag Archives: sangrahalaya

गीत : तिमीले मुटुमा औंसी लगायौं

~विवश यात्री~ तिमीले मुटुमा औंसी लगायौं मायाको भारी बोक्ने नाम्लो चुडायौं टाढा टाढा धेरै टाढा पुग्ने हाम्रो लक्ष्य थियो आधी बाटो नपुग्दैमा मन त्रि्रो बदलियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

तीजको गीत : एउटा गीत गाउँदैछु म तीजको लयमा

~अस्मिता~               (तीजको लयमा) एउटा गीत गाउँदैछु म तीजको लयमा। बिदेश आउने नेपालीको सुन्नुस् बयान। साना साना बालबच्चा रुदै होलान् घरमा नेपाली हौं भन्न पनि लाग्छ मलाई सरम।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : परदेशीको बाटो हेरी नबस है मैना

~‘बेखर्ची’ ज्ञानेन्द्र कोईराला~ परदेशीको बाटो हेरी नबस है मैना निलो आकाश सारा धर्ति तिम्ले संसार देख्छौ कति सक्छौ भने पंखा खोली उड्दै जाऊ मैना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बिर्सिएकै बेस होला दुखियाका साथहरु

~अम्बिका गिरी~ बिर्सिएकै बेस होला दुखियाका साथहरु भयो अब नदेउ धेरै जीन्दगीमा घातहरु मैले हिँड्ने बाटो तिम्लाई साँघुरो लाग्न थालेपछि मैले बस्ने बस्ती तिमीलाई उजाड लाग्न थालेपछि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जहाँ गयो ठेस लाग्छ

~बिमल गिरी~ जहाँ गयो ठेस लाग्छ हेर्छु क्षितिज पारी ठगिस् मलाई कर्म भन्दै रुन्छु आँखा भरी। जिन्दगीको गोरेटोमा गर्नुपर्ने कति कति समयले कोल्टे फेर्यो नपुग्नेभो सोचेजति,

Posted in नेपाली गीत | Tagged | Leave a comment

खेम भण्डारीका पाँच हाइकु

~खेम भण्डारी~ १.बियोगका ती अध्यारो रातहरु रोएर बिते २.त्रि्रो मुस्कान एकान्त यो ठाउँमा सम्भिmरहन्छु

Posted in हाइकु | Tagged | Leave a comment

मुक्तक : यो शहर हो जहाँ उनी पनि आ’कि छिन्

~टेक थजाली मगर~ यो शहर हो जहाँ उनी पनि आ’कि छिन् डिस्को बार रेष्टुरेन्टमा धा’कि छिन् बुझि नबुझि नानाभाती गीत गाउने उनी सुनेको आज बिना पोई दर्ुइ जिउकी भा’कि छिन् [17th,august 2006] झिन्८ म्याग्दी हाल यू.ए.इ. दुबई

Posted in मुक्तक | Tagged | Leave a comment

हाँस्य कविता : सून र स्वास्नी

~शैलेन्द्र सिम्खडा~ स्वास्नीको कचकचसाग न सरकारको कानुन चल्छ न त भगवान्को दाल गल्छ द्वापरमा परिक्षितले सुनमा कलि बसाएर ऋषिको गलामा सर्प घुमाउनु भो त्रेतामा रामचन्द्रले सुनको मृग लखेटेर जङ्गलमा स्वास्नी गुमाउनु भो ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हाँस्य कविता : बिचरा महादेव

~प्रेम वली~ घर बाहिर महादेवलाई देखे पछि कति हुरुक्क हुन्छन कति फुरुक्क हुन्छन तर घर भित्र

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : झगडा नगरे के गर्छ ?

~शैलेन्द्र सिम्खडा~ अलपत्र विश्वासको खोलमा सर्वत्र शङ्का सिउरिएको सशङ्कित अङ्गहरूको ज्वारभाटा हातलाई खुट्टाको विश्वास छैन लठ्ठी टेकेर हिँड्ने गर्छ, जिब्रोलाई आँखाको विश्वास छैन

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : तपाईंले तँ को होस् भन्नु होला

~शैलेन्द्र सिम्खडा~ तपाईंले तँ को होस् भन्नु होला मलाई म, मै हुँ भन्ने आँट छैन म त्यस्तो देशको नागरिक झरनाको मुनि बसेर ओठ मुख सुकाउनु पर्छ रगतमा करेन्ट बगाउने जात घरमा बिजुली बल्दैन आँखा हेरि हेरि निदाउनु पर्छ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी र म

~मोमिला~ (तिमी=पुरुष र म=नारी) तिमी र म अर्थात् हामी फरक बाटो भए पनि आज, एउटै सपनामा हस्ताक्षर गरेर हिँडेका छौँ

Posted in कविता | Tagged | Leave a comment

बिम्ब यौनकथा : नैना भाउजु

~नरेन्द्र राज पौडेल~ नैना भाउजू ल्वाङ् सुकुमेल चपाउँदै चौतारीमा निस्किएपछि सबै हाकिमहरूमा उत्साहको सञ्चार हुन्थ्यो । एकछिन गफको सिङौरी खेलेपछि अलिक शान्त मन लिएर सबै आ-आफ्ना निवासतिर लाग्दथे । बाँझी, टटली अलिक कुरौटे खालकी नैना भाउजू सबैलाई हिकेर गफ गर्दथिन् … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : जोइटिंग्रे

~गुरूदत्त ज्ञवाली~ छोरी ; सञ्चै आयौ ? ज्वाइँ घरमै हुनुहुन्छ ? भाग्यमानी छौ छोरी तिमी त तिम्रो पूरा हेरचाह गर्ने ज्वाइँ सुख दुःखमा साथ दिने ज्वाइँ

Posted in कविता | Tagged | Leave a comment

कथा : बिहेको कार

~ईश्वर ढकाल~ हर्के समाजका ठूलो महत्वकांक्षा बोकेर हुर्कदै गरेको युवा हो । उ अरुभन्दा भिन्न देखिन चाहन्छ । त्यसको लागि उ छल, कपट, खर्च अनेक गर्न सक्छ । यसको एकमात्र उद्देश्य समाजमा स्थापित हुने हो । सानातिना मानिसलाई हतपत हर्केले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हाकिम

~चूडा निर्भीक~ उसको शरिर मोटो थियो । भुँडी उछिट्टिएर भुईँ हेर्न नमिल्ने भएकोले हिँड्न पनि उसलाई मुश्किल पर्थ्यो । ऊ अतिसारको व्यथाले एकदिन अपर्झट मर्यो । उसको त्यो उछिट्टिएको पेटमा के रहेछ भनि हेर्ने उत्सुकता सबैलाई भयो । मानिसहरूले पोष्टमार्टम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नयाँ हाकिम

~नारायण ढकाल~ विभागमा नयाँ हाकिम नियुक्त भएर आएपछि वातावरणमा पनि नयाँ रंग चढ्यो । दिनभर विभिन्न शाखाका कर्मचारीहरु जम्मा भएर उसकै बारेमा टीका टिप्पणी गरे । कसैले उसको तारिफ गरे भने कसैले खिल्ली उडाए । तारिफ गर्ने पक्षको खरिदार जीवनाथले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आज हाकिम फेरियो

~चूडा निर्भीक~ आज फेरि उसको हाकिम फेरियो । पुरानो हाकिम हुँदा उसले प्रशस्त फाईदा लुट्यो । कहिले साथीहरूको कुरा लगायो । कहिले फाईल लुकाएर कार्यालयका कार्यक्रमहरू फर्जी रुपमै सम्पन्न गरायो । यस कार्यको लागि हाकिमको पुरा समर्थन प्राप्त गरेकै हो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता :मेरो हाकिम

~इन्द्रकुमार श्रेष्ठ~ कतिसम्म हरामी छ बोल्नुहुन्न अरुसँग छट्पटिन्छ त्यसै हेर मलाई नेत्र तर्दछ डर होला अरु कोही कुर्सी बसिदिन्छ कि गजधम्म हमेशा ऊ टाँसिन्छ त्यसैमा बसी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सबै नेपाली भाइ हौं

~मुक्तिनाथ शर्मा~ मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो अग्ला हिमचुली देखि पहाड र मधेशको भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।। चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ जीव जन्तु घना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साउन महिना

~मुक्तिनाथ शर्मा~ घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ खेत खर्क बगैंचामा हरियाली सुरम्य छ । ढाकिएको छ आकाश बादलु दल दौडदा झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा लगातार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : टिकट

~रमेशमोहन अधिकारी~ एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आँखा

~रमेशमोहन अधिकारी~ ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् । ‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन

Posted in लघुकथा | Tagged | Leave a comment

यात्रा संस्मरण : छेपारोकोझैं रुप फेर्ने रारा रानी

~हरि प्रसाद खनाल~ “ छेपारोकोझैं रुप फेर्ने राराको बानी छ  १६७ मि. गहिरो खाडलमा कञ्चन पानी छ राम्रा छन् फेवा , रुपा , बुलबुल र घोडाघोडी पनि तर सौन्दर्यमा त रारा तालहरुको रानी छ ।’’ यस्तै बयानहरु अनेकौं सुनियो राराको बारेमा, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आकृती

~किशोर सापकोटा~ सौरहाको पवमा वसेर रापतीतिर आँखा डुलाउँदै गर्दा आकृतिलाई देखें । ऊ अगाडिको टेवलमा साथीहरुसँग थिइ । रापती नदी पारी लटरम्मै फूलेका झ्याक्सी नियाल्दै जिवजन्तुको उपस्थितितिर आँखा तन्काउँदै लठ्ठ देखिन्थी उ । रापती नदी पार गर्दा हात्तीले धकलेको पानी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खहरेको भेल

~आर. आर. चौलागाई~ “तँ अखिलमा लाग्या छस् रे हो ? ” एकदिन अचानक उसले मसँग यस्तो प्रश्न ग-यो । “हो, लागेको छु । असल काममा को लाग्दैन ?” यसरी मैले छोटो उत्तर दिएको थिएँ उसलाई । दुई हजार पैँतीस सालतिरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : सहयात्री

~राम प्रसाद दाहाल~ १.यात्राको थालनी कहींकतै टाढाको यात्रा गर्नु पर्दा, चाहे त्यो उडानमार्गबाट होस् या गुडानमार्गबाट, म टिकटमा दिइएको समयमा नै पुग्ने प्रयास गर्दछु तर त्यो प्रयास कहिलेकहीं सफल नभएर मैले मेरो वाहनलाई छुटाउनु पनि परेको छ। कहिले म ट्राफिक … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

निबन्ध : भोग

~युवराज नयाँघरे~ किनारमा छु रगते आहालको ! सधैं त काठमाडौं छोडेर घरै पुग्थें दशैं मान्न । यो पालि खै के लाग्यो, यो उपत्यका छोड्न मानेन मन । थच्चिएं यै उकुसमुकुसमा । लाग्यो, यो कान्तिपुरको दशैं हेरौं ! यसको पोल्टामा थच्चिनेका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : चप्पल छिने के भो र यात्रा जारी छ

~नीलम कार्की ‘निहारिका’~ सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐठन

~नीलम कार्की ‘निहारिका’~ तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~नीलम कार्की निहारिका~ साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ। उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्झनुलाई तितामिठा याद भए पुग्छ ……..

~शशीकला थापा सुब्बा~ सम्झनुलाई तितामिठा याद भए पुग्छ । भूल्न परे फेरि हजूर मुटु सार्है दुख्छ ।। अचानोलाई चोटैमात्र खाने बानी हुदो रहेछ । त्यसैले त खुकुरीलाई सम्झीसम्झी रुदो रहेछ ।। चोटै खानु कसैलाई आफ्नो भने पुग्छ । भूल्न परे … Continue reading

Posted in कविता | Tagged | Leave a comment