Tag Archives: sangrahalaya

कविता : बादल फाट्न सक्छ

~उषा गिरी~ समयको खाली सिउदोमा रङ्ग भर्ने कोशीस नगर सिमारेखा लामोछ अन्धकार सङ्गै बादल फाट्न सक्छ डाढा पाखा हिजोजस्तो छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश

~चिना थापा~ प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश छन् धेरै संस्कृति र थरीथरीका भेष । प्रणभन्दा प्यारो छ यो देश नेपाल छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःखको आगो बल्दैछ

~दिपेन्द्र घिमिरे ‘तरंगी’~ जनतालाई छ पीडा, नेतालाई मस्ति छ प्रायः हाम्रो देशमा झुपडीकै बस्ति छ।। गरीब काम गर्दैछ पसिना धारा चुवाई। बस्दैछ अझै सामन्ती गरीब जनतालाई रूवाई।

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : भोजपुरी प्रगतिशील साहित्य

~गोपाल ठाकुर~ नेपालको तराई क्षेत्रमा रौतहटदेखि रुपन्देही जिल्लाका बीच भोजपुरी मातृभाषाका रुपमा बोलिन्छ । यस भाषाको लामो इतिहास रहे पनि लेख्य साहित्यका रुपमा भारतमा कबीरदासका कृतिहरुबाट यो लिपिबद्ध भएको मानिन्छ । नेपालको सन्दर्भमा राणाकालको सामाप्ति पछाडि यस भाषामा कलम चलेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : म खहरे नै हुन्छु

~हरिमाया भेटवाल~ धेरै छन् तिमीलाई हेरेर आनन्द लिनेहरू तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरू तिम्रो गीत गाइरहन्छन् तिम्रो नीलो शरीर हेर्न कोसौँ टाढाबाट पनि धाइरहन्छन् ओ समुद्र… मलाई डरलाग्छ तिम्रो स्तब्धता तिम्रो गहिराई

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जूनको क्रन्दन

~सरुभक्त~ कुहिरेयात्राः उल्टो घुमेका पाङ्ग्राहरु प्लाष्टिकका पालमुनि वसेर हामी गगनचुम्वी भवनहरुको पोष्टर हेर्दैछौं नेपथ्य युद्धहरुः प्रदक्षिणा विम्वहरु टिपेर शीतलहरीय ढोलपिटाई अभियानमा जुटेका छन् खोई कहाँ के गर्दैछन् परा–संभाषणयुक्त नेपाली तालिवानहरु ? ‘पोभर्टी म्यापिङ – गरीवीमापन नक्सामा हामी कति धनी छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : छत्रभङ्ग

~रमेशजंग थापा~ “यो आकस्मिक बैठकमा तपाईंहरूलाई स्वागत छ” मन्त्रीगणतर्फ दृष्टि लगाउँदै राजा त्रिलोचन पुनः भन्न थाल्दछन् ः- “आजभन्दा पन्ध्रवर्ष अगाडिको तुलनागरी हेर्दा हाम्रो देश अहिले सबै क्षेत्रमा उत्साहजनक उत्कर्षमा पुगेको सर्वविदित छ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अवस्था

~धीरेन्द्र मल्ल~ – नेमप्लेट टाँगिएको थियो डा. नेपाल। उसले नेमप्लेट हेर्‍यो। मुन्टो हल्लायो। त्यसपछि ढोकामा दबाब दियो। ढोका उघ्रियो। भित्र पस्यो। सँगैको कोठामा ढोका खुल्ला थियो। त्यहाँ उसले एउटा व्यक्ति निमग्न भई बसिरहेको देख्यो। त्यस व्यक्तिको ध्यान आफूतिर आकर्षित गर्न … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समालोचना : घामको चुम्बनमा लोकबोलीको चमत्कार

~वसन्त बस्नेत~ नेपाली नियात्रा र निबन्धलेखनमा आफ्नो नढल्ने सत्ता निर्माण गरिसकेका युवराज नयाँघरे हालसालै एउटा नयाँ नियात्रा पुस्तक “घामको चुम्बन” लिएर नेपाली भाषी पाठकमाझ प्रस्तुत भएका छन् । भाषामाथि पूर्ण पकड कायम गर्ने यी लेखकले यही चामत्कारिक शिल्प देखाउँदै “एक … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कथा : अन्तिम बिदाई

~सुमित्रा पौडेल ‘आँचल’~ ‘रिना’ सिमालाई असाधै माया गर्थिन् ! मानौ उनी नै रिनाको सबै थोक थिईन् ! धेरै बर्ष अघि देखि केही रोगको शिकार बने पनि औषधी सेबन र सुख सुविधाका कारण उनी भित्र भएको पिडा र शारीरिक अस्वस्थतालाई दबाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुमित्रा पौडेल ‘आँचल’का मुक्तकहरु

~सुमित्रा पौडेल ‘आँचल‘~ १ तिम्रो माया मुटु भित्र अंगालेर बसेकोछु जेजे दियौ तिम्रै लागि संहालेर बसेकोछु ईसाराको भरले तिम्लाई हाँसो खुशी दिई तिम्रा भित्री दु;ख पीडा पगालेर बसेकोछु !!

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : ओअसिस

~रिता राई~ हिड्दै थिएँ एकल यात्री बनी कोहि आयो गोरेटोमा मित्र भै चोर्यो मेरो सुख-शान्ति छोड्यो मलाई दोबाटो मै। हिंड्नु मेरो नियति हो विश्वासघाती साथी भेटें भुलाईदिए सबै कुरा गल्ती सम्झी बाँचेकोछु म पनि फेरी डुल्ने आस मै।

Posted in कविता | Tagged | Leave a comment

गजल : चट्टान फोड्नुु छ

~दीपक भोजपुुरे~ तिम्रो मेरो साथ मिलाई चट्टान फोड्नुु छ । छुुवाछुतको नेपालमा पर्खाल तोड्नुु छ । घमण्ड छ केही जातको केही धर्म संस्कार, मानव सबै एक हुुन् भनी सन्देश छोड्नुु छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : किन थुकेर जान्छ

~समीर सिम्खडा~ जस्ले पनि मलाई किन थुकेर जान्छ । जून हेर्छुु बादल भित्र लुुकेर जान्छ । दैवले नि मलाई नै गर्छन् कि हेला , कुुकुुरले नि मलाई देख्दा भुुकेर जान्छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यही मान्छे

~एकादेशको गगनराज~ बनिन्छ कहिले देवदुुत् यही मान्छे । र हुुन्छ लोकमा अछुुत् यही मान्छे । मान्छेले बेच्छ मान्छेकै मर्यादा , कमाउँछ दौलत अकुुत् यही मान्छे ।

Posted in गजल | Tagged | Leave a comment

गजल : हिसाव भएन

~खगेन्द्र साउद ‘समर्पण’~ कैले अघाइयो होला हिसाव भएन । कैले नखाइयो होला हिसाब भएन । एउटै पानाबाट त्यो बेला थरि थरिका, के के बनाइयो होला हिसाब भएन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : आन्दोलनमा छन्

~लक्ष्मण मिलन विष्ट~ हलिया मसाल बोकेर आन्दोलनमा छन् । कमैया चुपचाप–चुपचाप अनसनमा छन् । म तिमीलाई जुन तारा उपहार कसरी दिउँ ? तिमी आफैँ टिपेर ल्याऊ ऊ त्यो गगनमा छन् । मलाई प्यार गर्नेहरु जीवन सुुम्पनेहरु , कोही मेरो दिलमा … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : प्यार हुुँदैन

~कपोल कल्पित~ रहरै रहरमा प्यार हुुँदैन । चाहेकै भरमा प्यार हुुँदैन । आँखाले मनको भाव नवोले , एकै नजरमा प्यार हुँदैन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : यो ठाउँमा आउनेछ

~कपिल अन्जान~ अन्जान एकदिन यो ठाउँमा आउनेछ । र यी विभेदका पर्खालहरु भत्काउनेछ । बाबुले घरमा हतियार राखि दिएपछि , छोरो कतिञ्जेल दुुनियाँसँग डराउनेछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : संविधान बनाउछु

~युुगल योगेन लिम्बू~ छोड एक्लै जनताको संविधान बनाउछु । सवै राजनितिक दललाई एक चिहान बनाउछु । अन्तर क्रिया गर्नु हुन्न उठाउनै पर्छ बन्दुक, राजदरवार जस्तै सिंहदरवार निसाना बनाउछु ।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘गजल दर्शन’ नियाल्दा . . . . . . .

~सदानन्द अभागी~ परिचय समिक्षीत कृति गजल दर्शन नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढीरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~ अनुवादः होमर श्रेष्ठ मेरा मित्रले मलाई यो कथा सुनाए : म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे … Continue reading

Posted in अनूदित कथा | Tagged , | 1 Comment

कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~ जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

~डा. तारानाथ शर्मा~ मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी ? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

ब्यङ्ग्य निबन्ध : निउरी मुन्टी ‘न’

~शेषमणि आचार्य~ एकदिन मलाई तर्कना चल्यो, निउरी मुन्टी ‘न’ उँभोमुन्टी ” भइदिएको भए कस्तो हुन्थ्यो ? मलाई यस्तै तर्कले धेरै समयसम्म ऐँठन गरिरहृयो । आधा रातसम्म निद्रा परेन, कोठाको बत्ती निभेन । बत्ती ननिभाई निद्रा नपर्ने ‘बूढी माऊ’ को करकर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : आइसक्रिम हैन माँया पलभरमै बिलाउने

~जीतु खड्का गाउँले~ आइसक्रिम हैन माँया पलभरमै बिलाउने काउशो नि हैन माँया छुदै खेरी चिलाउने !! दुई आंत्मा मिलेपछी आँफै बस्छ माया प्रिती जाम पनि हैन माँया पिउने र पिलाउने !!

Posted in गजल | Tagged | Leave a comment

गजल : हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ

~फणिन्द्र ‘शान्त’~ हेर न त्याँ गणेश जीको स्थान मुसो ताक्छु भन्छ ए गाँठे हौ! गणेश पनि आसन छोडी भाग्छु भन्छ ।। शान्त नै छ महासागर हेर फूर्ति खहरेको धमासैमा किन नहोस् जल सत्ता हाँक्छु भन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

नैना निर्झरा का मुक्तक

~नैना निर्झर~ व्यथा बोकेर कोशीको किनारा दुखेझैं लाग्छ, गृहयुद्दको भुमरिमा सर्वहारा दुखेझैं लाग्छ मनभरी अनगिन्ती बिरही तरंगहरु बोकेर, अनकन्टारबाट देश नियाल्दै रारा दुखेझैं लाग्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त

~बुद्धि मोक्तान~ तिम्रो मन्को भित्री कुरा जाने भने मान्छौ कि त ! एक्ली रैछौ साथ दिन ताने भने मान्छौ कि त ! तानी चुमी भाग्छ भनी डराएछौ भित्र भित्रै तर हैन त्यही आफ्नो ठाने भने मान्छौ कि त !

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो

~रामचन्द्र कार्की~ भ्यालेन्टाइन नजिकिदा उनको मेरो दुरी बढ्यो, दुरी किन बढ्यो भनि मनमा कुरी कुरी बढ्यो । अचानकै देखे उन्लाई क्षितिज पारी डोली भित्र, अपार माया देकै थिएँ किन मनमा छुरी बढ्यो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लज्जा झुक्दो छ रहर च्याउदो छ

~भरत पौडेल~ लज्जा झुक्दो छ रहर च्याउदो छ होश गुम्दो छ प्यास छाउदो छ आबाज दमित छ नजर बोल्दो छ धड्कन बढेर सरगम गाउदो छ

Posted in गजल | Tagged | Leave a comment

गजल : सँधै हाँसी बस्ने जूनले

~भगवती कंडेल~ सँधै हाँसी बस्ने जूनले अधेँरीमा ठाउँ पायो ! ओहो ! कालो गाजलुले परेलीमा ठाउँ पायो !! बगरको ढुङ्गा सरी भएका छन् धेरै जीवन् ! भाग्यमानी त्यो हो जस्ले कलेजीमा ठाउँ पायो !!

Posted in गजल | Tagged | Leave a comment