Tag Archives: sangrahalaya

मनु लोहोरुङ राईका ३ मुक्तकहरु

~मनु लोहोरुङ राई~ १ मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ? छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ? जसो तसो जोगाएर राखेकै’थें सिङ्गै मुटु टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ? २ जिउने आधार एउटै मुटु, आधा लुटी … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : परिवर्तन

~हरी भुसाल ‘स्याटलाइट’~ ‘wallace’ले मलाइ नयाँ जबको अफर राखेको थियो ! कुनै बर्षको सायद June महिनाको कथा हुनुपर्छ यो !ठ्याक्कै तिथिमिति थाहा भयन फेरि कथाहरुका Éxcatly Date’हुनथाले भने ति कथाबाट समाचारमा रुपान्तरण भैसकेका हुन्छन ! एक बिहान म आफ्नो work … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रश्न तालिवानलाई

~मदन दुलाल~ बालक मार्यौ,पायौ के? तालिवान निर्दोष गाल्यौ,गायौ के? तालिवान।।१ बिचरा निर्दोष अबोध दुधे बालक निस्फिक्रि ढाल्यौ, लायौ के? तालिवान।।२

Posted in गजल | Tagged | Leave a comment

गजल : अचेल

~सजु शिवकोटी~ रिसायौं कि के हो तिमी, बोल्नै छोड्यौं अचेल हरायौं कि कतै तिमी, आउनै भुल्यौं अचेल ढुङ्गेनीमा बस्दा खेरी, पछ्यौरीको सप्को तिम्रो त्यै सप्कोको मेरो माया, अन्त कतै पोख्यौं अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : सिल्भिया ! म तिमीलाई प्रेम गर्छु

~शुभ आगन्तुक~ मैले पहिलोपल्ट हातमा रातो गुलाब बोकेको छु तिम्रो लागि । तिम्रो ह्रदयमा सिउरिनलाई यतिखेर हातमा रातो गुलाब बोकेर उभिएको छु म निर्जन किनारामा र, पर्खिरहेछु – तिम्रो बाटो ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पञ्चायतकालको जागिरयात्रा …

~राधारमण उपाध्याय~ मैले काम गर्ने गोरखापत्रको कार्यालय काठमाडौं भूगोलपार्कको बगलमा छ । ठीक सामुन्ने विशालबजार छ । त्यस ठाउँमा पहिले जनसेवा नामको सिनेमा हल थियो । त्यो हल पहिले सरकारी रहेछ । राजा त्रिभुवनबाट दरबारका सचिव दयारामभक्त माथेमाले बक्सिस पाएका … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : लोग्नेको जात

~कृष्ण बजगाईं~ दुई आइमाईले विवाह गरे । “आइमाईको विवाह ?” हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकल बसको सिट

~गोपाल झापाली~ प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

वाल कथा : थाल

~माधव सयपत्री~ मधु त्यो घरमा काम गर्न बसेको तीन वर्ष भएको थियो । उनले त्यो घरमा धेरै काम गर्नुपथ्र्यो । करलागी परेर मालिकले मधुलाई छैटौं कक्षामा भर्ना गरिदिए । कामको बोझ भए पनि मधु राम्ररी पढ्न थाले । उनी विद्यालयको … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : गौथली र भँगेरा

~जयदेव गौतम~ बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो । ‘अर्काको मिहिनेतमा जुका सरी कहाँ टाँसिन पाइन्छ र ? आफैँले गरेर खानुपर्छ, … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : जानिन देह पैले यो प्रेममा डुबाएँ

~भीमनिधि तिवारी~ जानिन देह पैले यो प्रेममा डुबाएँ लागेन हाथ मोती गोता हजार खाएं फक्रे गुलाफ थुंगा देखि भई म मोहित आशा र लालशाले पाऊ उतै बढ़ाएं

Posted in नेपाली गीत | Tagged | Leave a comment

हाँस्य-गीत : कागज काट्ने बन्चरो त काठ कट्ने कैची

~सि यम नेपाल~ कागज काट्ने बन्चरो त काठ कट्ने कैची कुखुराले पाडो पायो छक्क पर्यो भैंसी आहै ! भिगी भिगी रातोमे , मिठी मिठी बातोमे भरी बर्षातोमे कैसा लगता है ? यैसा लग्ताहै मेरे मन के बादल, तिमी बजाउ मादल … Continue reading

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अविवेकी बर्तमानहरु

~राजेन्द्रप्रसाद अर्याल~ म विश्वस्त छु जन्मदैमा मलाई आशङ्का हुनु पर्छ काल क्रमसँगै आशङ्का शङ्कामा परिवर्तन हुन गयो हेक्का उच निचको बृध्दि हुने क्रममा शङ्का यथार्थमा परिणत भयो हाम्रो प्यारो गोरखा प्रत्येक वर्तमानका शोषणबाट पिल्सिईरहेको पो रहेछ ।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर

~हरिवंश आचार्य~ बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन! यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!! च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा! त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्याबिनको सीट

~कृष्ण अविरल~ काठमाडौका र्सार्वजनिक यातायातका साधन, त्यसमा पनि सानाखाले नीलो माइक्रोमा यात्रा गर्नु कम्ती कठिन छैन । सागुरो खोरमा क्षमताभन्दा बढी भेडाबाख्रा कोचिएभन्दा चर्को । कहिलेकाँही त यस्तो लाग्छ, मःम र मासुको लागि काठमाडौं ल्याउनका लागि ट्रकमा लादिएका बूढाराँगा र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकस्मिक प्रेम

~संविदा राजभण्डारी ‘श्रेष्ठ’~ एउटा असाधारण अनुभवले आज दिनभरि नै गिजोलिरह्यो मलाई । म मेरो श्रीमान्को बहुपासमा गम्ल्याङ्ग अङ्गालो हालेर रुँदै भन्दै थिए, “बाबा, टिटु उड्यो, गयो मलाई छाडेर ।” सायद म अलि बढि नै भावुक भएको थिए । भल्नेरेवल । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिसर्जन

~राजु शर्मा~ जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सज्जन एक

~विवेक दुलाल क्षेत्री ‘दमक’~ सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको घरै अघिको गेटमा एउटा माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो .सज्जनलाइ सनक्क रिस उठ्यो र माग्नेलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : चेतनाको प्रवेशद्धार

~सविना सिन्धु~ शब्द जोडेर उतार्नेछौं प्रवेशद्धारको चित्र अनि वयस्क घामले डढाउन सक्ने छैनन् हाम्रा इतिहासलाई खुल्ला मैदानमा रुझ्ने छैनन् हाम्रा शब्दहरु हामीले चट्टानमा कोरेको आँशुको आकृित र सपनाको खुल्ला बजारमा निश्चिन्त भई बिक्री गरेका हाम्रा उदाङ्गा घाउहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : अमृतकुण्ड

~महेशबहादुर क्षेत्री~ शिवरात्रीको दिन, चिसो मौसममा विहानैदेखि तलाउमा स्थान गर्नेहरुको भीडभाड देखिन्छ । शिवप्रतिको अगाढ आस्थाले सारा जग नै आफूलाई धन्य महसुस गरिरहेको छ । भक्त तथा दर्शनार्थीहरुको भीडभाड विस्तारै बढ्दै गइरहेको छ । यत्तिकैमा दुइ जना दर्शनार्थीको आगमन हुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजमार्ग

~प्रदीप नेपाल~ (१) “ढोका खोल्,” भात खाएर सुतेको धेरैबेर भैसकेको थियो । पहाडको सानो घर, कोठाहरु धेरै थिएनन् । भुइँतलालाई जयबहादुरले सानो पसल बनाएको थियो । गाउँ पनि ठूलै थियो अनि उनीहरुको घर पनि जुम्ला जाने मूल बाटैमा पर्दथ्यो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

~विवेक दुलाल क्षेत्री ‘दमक’~ यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन पोशणमा हुर्कियो। बाबुचाही इन्डियन लाहुरे हुँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभब

~योगी बालक~ आजको दिन होलीको । सबै सप्तरङ्गी रङ्ग संगै आफ्ना आनन्द साटासाट गरिराखेका छन् । यहि आनन्दमा देशका कतिपय जनताहरु होलिको रङ्ग मिलेसरी मिलेर होली खेलेका छन भने कोही दुःखै दुःखको जालोलाई जबरजस्ती फुकाउने प्रयत्न गर्दै आएको होलीलाई मनाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविता

~राज थापा~ मेरी प्यारी कवियत्री , तिम्रा कविता पढी रमाउने मेरो मन आज अझै फूरूक्कछु धेरै भयो तिम्रा कविताका भाबमा डुबदै अाएको सुन्दर बिम्ब सजीएका शब्द मिठासको चास्नी फुलै फूलमा डुल्ने भमरा झैं तिम्रा हरफहरूमा अल्झन्थें तिम्रो किताब पढ्ने अहोभाग्य … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नूरी–१०

~वर्षात् दर्लामी~ “तिमी अब मलेसिया फर्कन्छौ कि नाई ?” मायाले सोध्दैथी । वातावरण बडो गम्भीर बनिरहेथ्यो । साथीहरु सबैजना ड्यूटीमा थिए । हामी बसिरहेको होस्टेलभित्र यतिखेर दुईजना मात्र थियौं– माया र म । “सायद सम्भव छैन माया । ….” मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : यस्तो छ नेपाल यो

~इन्द्रमणि नेपाल~ हेर्छु उच्च हिमाल दङ्ग परदै हो शिर मेरो भनी ति पाखा र पहाड छन् सुनसरी संसारम मै धनी खोला वग्छ सुसेली हालि दिनहुँ बाँड्दै मिठो संगीत हावा चल्दछ सर्सरी गगनमा बोकेर मिठो प्रीत ।। १ ।। मेचिलाई विपद् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : नेवारी भोजका परिकारहरू

~हरिबहादुर श्रेष्ठ~ नयाँ वर्षको दिन थियो। बुइँगलमा नेवारहरूको भोज हुँदै थियो। दुवैतिर लहरै पाका नेवारहरू भोज खाँदै थिए। नेवारहरूको भोजमा परिकार तयार गर्ने र राख्न ल्याउने व्यक्तिलाई ‘भारी’ भन्ने गरिन्छ। चिउरामाथि झोल भएको मासु (चिच्याको ला) राख्दै ‘भेग’ (माटोको भाँडो) … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दुःख

~कृष्ण बजगाईं~ बिकटपुरका वासिन्दाहरुमा अचानक त्रास छायो । त्यस दिन अनायसै एक हुल सैनिक पोशाक लगाएका जवानहरु आएर भने-”अबदेखि यहां हाम्रो आदेश चल्छ । आजदेखि सबैले हाम्रो भजन गाउनु । भजन गाउनेहरुले भविष्यमा राम राज्य पाउनेछन् । विरोध गर्नेहरु यमराज्यमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समानता

~किरण शाक्य पन्त~ पहाडले थिचे जस्तो मन्सराको ढाड दाउराको भारीले थिचिएको थियो। दाउराको भारीको बोझले गर्दा ऊ हिँड्नसकेकी थिइन। केही थकाइ कम गर्नका लागि दाउराको भारी ठाउँ–ठाउँमा बिसाइयो। एकछिन थकाइ मरेपछि फेरि त्यसरी नै बोकेर घरतिरको बाटो लाग्थी। “ऐय्या बाबै, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गणतन्त्र कि कुर्सीतन्त्र ….?

~हरिकृष्ण न्यौपाने ‘प्रबासी’~ गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गाह्रो भो राजकाल भन्दा पनि आजकाल साह्रो भो ! नेता जति सबै ब्यस्त सबै जेशा-जोशमा सबै आज लागेका छन् कुर्सी खोसा-खोसमा !!

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : हुरीसँगको एकरात

~सकु थापा~ नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : एक जुग भयो विदेशिएको म

~देव गुरुङ~ खण्डहर जस्तो घरको मझेरीमा दुखी वुढी आमालाई छोडेर पहिरो छेउको आगन डिलमा दमको रोगी वुढो बा लाई छोडेर मैलो टोपीले आँसु पुछ्दै एक जुग अघि विदेशिएको म

Posted in कविता | Tagged | Leave a comment